वीरेन्द्रनगर–८ कृष्णमन्दिर क्षेत्रबाट ठूलो मात्रामा औषधीजन्य लागुऔषध, हतियार र प्रतिबन्धित बन्यजन्तुका अंगसहित दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा छापा मार्दा २३ वर्षीय बिधान शाही र २२ वर्षीय आदित्य घिमिरेलाई पक्राउ गरेको हो।
उनीहरूको कोठा र शरीर खानतलासी गर्दा विभिन्न किसिमका १ हजार ४२६ ट्याबलेट बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (डिएसपी) मोहन जंग बुट थापाले बताए।
त्यस्तै, उनीहरू बस्ने कोठाबाट लुकाएर राखिएको एक थान सेमी अटोमेटिक चाइनिज पेस्तोल, दुई थान म्यागजिन, १२ राउण्ड गोली, चार थान खुकुरी, दुई थान चक्कु, एक थान कुलाडी, एक थान नाईनस्टिक, एक थान कैंची लगायत विभिन्न हतियारहरू फेला परेका छन्।
यसैगरी, प्रतिबन्धित बन्यजन्तु जरायोको सिङ जस्तो देखिने एक थान ओखेटोपहारसमेत बरामद गरिएको छ। घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
एक महिना अघि कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख (डिआइजी) माधव प्रसाद श्रेष्ठ आएपछि कर्णालीमा प्रहरीको गतिविधि तीव्र रूपमा बढेको छ। लागुऔषध, जुवातास, वेश्यावृत्ति र फरार अभियुक्त धमाधम पक्राउ परिरहेका छन्।