मोरङको विराटनगरबाट लागुऔषध ब्राउनसुगर (खैरो हेरोइन)का साथ एक भारतीय नागरिकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका–१४ मलाया रोडबाट भारत बिहारको अररिया जिल्ला फुल्का थाना–२ का २१ वर्षीय पवनकुमार यादव र विराटनगर–१२ का २३ वर्षीय रोशनलाल महतालाई ब्राउनसुगरसहित पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुँडालले जानकारी दिइन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले शनिबार साँझमा ब्राउनसुगरसहित पक्राउ गरेको उनले बताइन् ।
सडकको ‘साइड’मा रोकेर राखिएको को ३० प ४१० नम्बरको मोटरसाइकलमा अडेस लागेर गफ गरिरहेका दुवै जनालाई शंका लागि प्रहरीले नियन्त्रणमा लिएर शरीर खानतलासी गरेको थियो । त्यस क्रममा महतोको साथबाट १ सय ७४ ग्राम ३१ मिलिग्राम ब्राउनसुगर बरामद भएको डिएसपी चुँडालले बताइन् । बरामद भएको ब्राउनसुगर र नियन्त्रणमा लिइएको मोटरसाइकलसहित दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ ।
पक्राउ परेका उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।