जेनजीको करामत : सयौँ सर्वसाधारणको नागरिकतामार्फत डिजिटल खाता खोलेर ठगी
२५ साउन २०८३
•
४ मिनेट पाठ
जेनजीको करामत : सयौँ सर्वसाधारणको नागरिकतामार्फत डिजिटल खाता खोलेर ठगी
भदौ २३ र २४ को जेनजी विद्रोह ताका अग्रिम मोर्चामा रहेर आन्दोलनको समर्थन गर्ने उदयपुरका एक युवामाथि सयौँ व्यक्तिको नागरिकता प्रमाणपत्रको दुरुपयोग गरी ठगी कार्य गरेको आरोप लागेको छ।




बेलका नगरपालिका–४ गुरुङचौरीका २१ वर्षीय रितेश खत्रीमाथि सयौँ सर्वसाधारणको नागरिकता लिएर डिजिटल खाता खोली ठगी गरेको आरोप लागेको हो।

बेलका–४ का वडाध्यक्ष तीर्थ अधिकारीका अनुसार साता दिनअघि केही व्यक्तिले आफूहरूको नागरिकताको दुरुपयोग गरेको भन्दै वडा कार्यालयमा निवेदन दिएपछि यो कुरा सतहमा आएको हो।

गाउँ छिमेक र वरपरका सयौँ सर्वसाधारणको नागरिकता लिएर खल्ती, ई-सेवा, वालेट तथा विभिन्न बैंकमा फर्जी खाता खोलेर सट्टेबाजीदेखि अनेकौँ अनलाइन खेलमार्फत करोडौँ डिजिटल ठगी गरेको स्थानीयको गुनासो आएपछि जेनजी अगुवा खत्री ठगी धन्दामा संलग्न भएको आशंका बढेको वडाध्यक्ष अधिकारीको अनुमान छ।

‘सुरुमा दुई–चार जना आएर आफूहरूको नागरिकता लिएर अहिलेसम्म फिर्ता नदिएको भन्दै वडा कार्यालयमा निवेदन दिए,’वडाध्यक्ष अधिकारीले भने,‘हुन्छ नि के भएको हो, म सम्बन्धित व्यक्तिलाई बोलाएर सँगै राखेर छलफल गरौँला भनेँ, भोलिपल्टदेखि यस्तो निवेदन लिएर आउनेहरू ह्वात्तै बढे।’

त्यसपछि दिनहुँ जसो हुल बाँधेर निवेदन पीडितहरू ग्वारग्वारती आउन थालेपछि वडा कार्यालयबाट सम्भव नहुने देखेर प्रहरी कार्यालय जान सुझाएको उनले बताए।

वडाध्यक्षको सुझाव अनुसार पीडितहरू इलाका प्रहरी कार्यालय रामपुर पुगेर निवेदन दिएपछि खत्री पक्राउ परेका छन्। इप्रकाले गत बिहीबार खत्रीलाई पक्राउ गरेर आवश्यक अनुसन्धान सुरु गरे जनाएको छ।

वडाध्यक्ष अधिकारीका अनुसार अहिलेसम्म २ सय ९९ जना स्थानीयको नागरिकता लिएको खुलेको छ। तर, त्यसपछि पनि धेरैले नागरिकता दिएको भन्दै गुनासो गर्दै आएकाले संख्या बढ्ने उनले बताए।

खत्रीले लिएको नागरिकताका आधारमा मोबाइलको सिम लिएर खल्ती, ई-सेवा, वालेटजस्ता डिजिटल खाता खोलेर आर्थिक कारोबार गरेको, बैंकमा खाता खोलेर मोवाईल बैंक चलाएको पाइएको छ।

वडाध्यक्ष अधिकारीका अनुसार केहीको नाममा करोडौँको बैंकमा आर्थिक कारोबार देखिएको छ भने केहीकोमा लाखौँ कारोबार देखिएको छ। बेलका ४ का एक माझी थरका व्यक्ति जो जीवनमा बैंक देखेकै छैनन्, उनको नाममा खालेको स्थानीय एक्सल बैंक रामपुर शाखामा ७५ लाख रुपैयाँ जम्मा भएको पाइएको छ।

खत्रीले फर्जी खाता खोलेर गैरकानुनी कारोबार गरेको भन्ने सुनेर बैंकमा सोधपुछ गर्दा आफ्नो नामको खातामा ७५ लाख बचत पाएको माझीलाई उद्धृत गर्दै वडाध्यक्ष अधिकारीले बताए। तर, खाता सञ्चालक भने खत्रीको हस्ताक्षर चल्ने बनाइएको छ। 

नागरिकता लिनका लागि खत्रीले स्थानीयहरूलाई विभिन्न बहाना गरेको खुलेको छ। प्रहरीमा परेको उजुरी अनुसार उनले सर्वसाधारणलाई अनेक प्रलोभन देखाएर नागरिकता लिएका छन्।

कसैलाई चाइना कम्पनीको बाटो टेन्डर फार्म भर्न, कुखुरा पालन अनुदान लिन, सडक निर्माण समितिमा राख्न, कृषि अनुदान लिन, तरकारी खेती गर्न तथा राप्रपाको क्रियाशील सदस्यता फार्म भर्ने प्रयोजनका लागि नागरिकता लिएको उजुरीमा उल्लेख छ। 

गाउँलेहरूको नागरिकता लिन खत्रीसहित उनका बुबा र आमा पनि परिचालित भएको उजुरीमा उल्लेख छ। बुबा प्रकाश खत्री राष्ट्रिय प्रजातन्त्र पार्टीका बेलका नगर समिति उपाध्यक्ष भएकाले कतिपयलाई राप्रपाको क्रियाशील सदस्यता लिनका लागि फार्म भर्ने प्रयोजनमा नागरिकता लिएको आरोप छ।

सकेसम्म आफैले नागरिकता लिने कोसिस गर्ने खत्रीले आफूले भनेको नमान्नेलाई बुबा र आमा प्रयोग गरेर नागरिकता लिने गरेको स्थानीयको भनाई छ।

दुई वर्षअघि स्थानीय बालकृष्ण अधिकारी दम्पतीको नागरिकता लिन खत्रीले ‘चीनमा ठुलो प्रोजेक्टको टेन्डर खुल्दै छ त्यसमा काम गर्न जाने लागेको र पछि तपाँईहरुलाई पनि त्यही काम लगाउने’ भन्ने आश्वासन दिएका थिए।

सुरुमा चीनको प्रोजेक्टमा काम गर्न जाने पछि तपाँईलाई पनि लाने भनेर नागरिकता मागेको सुनाउँदै अधिकारीले तर, नदिएपछि बुबा प्रकाश र आमा प्रमिला कट्टेल खत्रीसँगै आएर मागेपछि पत्याएर दिएको बताए। तर, यत्तिका वर्षसम्म रितेश पनि चीन नगएको र आफूलाई पनि केही नभनेको बरु जीवनशैलीमा सुधार र समाजमा फाइफुर्थी बढ्दै गएको देखिएको उनले बताए।

स्थानीय कृष्णकुमार ढुंगानाले गाउँभरिका ३ सय बढीको नागरिकता प्रमाणपत्र खत्रीले लिएर दुरुपयोग गरेको गाउँलेको अनुमान गरेको बताए। आफूसँग पनि मागेको तर, नदिएको बताउँदै ढुंगानाले गाउँघर र छिमेक तथा वरपरका धेरै सर्वसाधारणको सक्कलै नागरिकता र कतिपयको फोटो मात्र खिचेर लगेको उनको भनाइ छ।

प्रहरीले ठुलो संख्याका स्थानीयको उजुरीका आधारमा खत्रीलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जनाएको छ। पक्राउ खत्रीविरुद्ध अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी प्रमुख एसपी राजन चापागाईँले बताएका छन्।

उनका अनुसार खत्री एक्लै पक्राउ परे पनि उनीसँग बुबा आमाको पनि नाम जोडेर उजुरी परेको र अन्य व्यक्तिहरू पनि संलग्न भएको हुनसक्ने अनुमान छ।

बेलका नगरप्रमुख अशोक कार्कीले सर्वसाधारण नगरबासीको नागरिकता लिएर ठुलो ठगी धन्दा चलाएको हुनसक्ने अनुमान गरेका छन्। वडा र प्रहरी कार्यालयमा ३ सय १६ जनाको उजुरी परेको भए पनि ५ सयदेखि हजारसम्मको नागरिकता लिएको अनुमान मेयर कार्कीको छ।

खत्री एक्लै नभएर बाबुआमा नै परिचालित भएको तथा काठमाडौं र विभिन्न देशमा सञ्जाल फैलाएर ठगी कार्य भइरहेको हुनसक्ने उनी बताउँछन्।

सूचना प्रविधिको चरम दुरुपयोग गर्दै सर्वसाधारणलाई यसरी ठग्ने कार्य राज्यको असफलताको मानक भएको मेयर कार्कीले बताए। प्रविधिको सदुपयोग गर्नुपर्नेमा यस्तो दुरुपयोग हुनुले देश र समाज ठगी धन्दाको जालोमा पर्दै जानु निश्चय नै देश, समाज र भावी पुस्ताका लागि अप्रिय हुने कार्कीको निष्कर्ष छ।
अर्को समाचार
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
४३ मिनेट अघि
•
१ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
ताप्लेजुङ। विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।




कैद तथा जरिवाना तोकिएका र हालसम्म फरार भएका दुई महिलासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी निरीक्षक विन्देश्वर यादवका अनुसार जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयको फैसलाबमोजित दोषी ठहर भई फरार रहेकाहरु पक्राउ परेका हुन्।

डाका मुद्दाका दोषी सांकेतिक नाम (ङ) पक्राउ परेका प्रहरी निरीक्षक यादवले जानकारी दिए। उनका अनुसार सांकेतिक नाम (ङ) लाई ६ हजार ६ सय ६७ रुपैयाँ जरिवाना तोकिएको थियो।

यस्तै अभद्र व्यवहार मुद्दाका दोषी मेरिङ्देन गाउँपालिका–६ नाल्बुका मिलन/धनबहादुर भनिने फुर्वा शेर्पा पक्राउ परेका छन्। शेर्पालाई २२ दिन कैद सजाय र १० हजार रुपैयाँ जरिवाना तोकिएको थियो।

सरकारी कागजात किर्ते मुद्दामा दोषी ठहर भई फरार रहेकी सिरिजंघा गाउँपालिका–७ की सुनिता लिम्बूलाई पनि प्रहरीले पक्राउ गरेको छ। लिम्बूलाई एक वर्ष कैद र ६६ हजार ६ सय ६७ रुपैयाँ जरिवाना तोकिएको थियो।

त्यसैगरी बैंकिङ कसुर मुद्दामा एक वर्ष कैद र ७९ हजार ३ सय ४७ रुपैयाँ जरिवाना हुने फैसलापछि फरार रहेकी सिरिजंघा गाउँपालिका–७ कै सुनिता लिम्बू पक्राउ परेकी छन्। फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका ज्वाइँ भनिने पूर्णकुमार हेल्लोक लिम्बू पनि पक्राउ परेका छन्।

जबरजस्ती करणी मुद्दामा तीन वर्ष कैद सजाय सुनाइएका हेल्लोक लिम्बू पक्राउ परेका हुन्।

फरार व्यक्तिहरूलाई खोजतलास गर्ने क्रममा ताप्लेजुङ र झापाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार फक्राउ परेका व्यक्तिहरू विभिन्न मुद्दामा दोषी ठहर भई आठ वर्ष, सात वर्ष, पाँच वर्ष र कोही एक वर्षदेखि फरार रहेका थिए।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस