कर्णालीको प्रसिद्ध चन्दननाथ मन्दिरमा राखिएको दानपेटिका फोडेर भेटी चोर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाले शनिबार साँझ जुम्लाको चन्दननाथ नगरपालिका-१० निवासी २७ वर्षीय वीरजित कामीलाई पक्राउ गरेको हो।
प्रहरी नायब उपरीक्षक (डीएसपी) रबिनबाबु रेग्मीका अनुसार, कामीले गत बिहीबार दिउँसो करिब २:४० बजे मन्दिरको दानपेटिका फोडी नगद भेटी चोरेका थिए। चोरीको घटनापछि प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको थियो।
मन्दिरमा जडान गरिएको सीसीटीभी फुटेजले अनुसन्धानमा महत्त्वपूर्ण सहयोग पुगेको डीएसपी रेग्मीले बताए। ‘दानपेटिका फोडेको दृश्य सीसीटीभी फुटेजमा स्पष्ट देखिएपछि अभियुक्तको पहिचान गरी पक्राउ गर्न सफल भयौं,’ उनले भने।
पक्राउ परेका कामी मजदुरी पेसामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनापछि चन्दननाथ मन्दिरको सुरक्षा व्यवस्था थप कडा पारिएको प्रहरीले जनाएको छ। डीएसपी रेग्मीले भने, ‘मन्दिरको सुरक्षालाई ध्यानमा राख्दै अब प्रहरी हवल्दारको नेतृत्वमा एक सुरक्षा टोली खटाइएको छ।’
पक्राउ परेका कामीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।