अमलेखगञ्ज प्रहरी कार्यालयले प्रतिबन्धित लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको वीरगन्ज–१६ का सिद्धान्त पटेल र भारतको मोतिहारी जिल्लाको मलाहीका नितिश कुमार ठाकुर छन्।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले यसबारे जानकारी गराएका हुन्।
वीरगन्जबाट हेटौंडातर्फ जाँदै गरेको बीआर ०५ बीए ४८१७ नम्बरको कारलाई अमलेखगञ्जस्थित प्रहरी चेकपोस्टमा प्रहरी वरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्कीको नेतृत्वमा रहेको प्रहरी टोलीले जाँच गरेको थियो। जाँचका क्रममा उनीहरूको साथबाट प्रतिबन्धित लागूऔषध ट्रामाडोल हाइड्रो क्लोराइड क्याप्सुल बरामद भएको पण्डितले बताए।
उनका अनुसार कारको पछाडिको सिटमुनि फल्स बटम बनाएर लुकाइएको अवस्थामा प्रतिबन्धित लागूऔषध ट्रामाडोल हाइड्रो क्लोराइड क्याप्सुल २९ हजार ६५० पिस बरामद गरिएको थियो।
लागूऔषध बरामद भएपछि कारसहित कारका चालक नितिश र कारमा सवार सिद्धान्तलाई प्रहरीले नियन्त्रणमा लिएको पण्डितले जानकारी दिएका छन्। पक्राउ परेका दुवै जनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।