रामबहादुर बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता, ८ करोड २७ लाख बिगो मागदाबी
०६ फागुन २०८१
•
१ मिनेट पाठ
रामबहादुर बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता, ८ करोड २७ लाख बिगो मागदाबी
बाल यौन शोषणको मुद्दा खेपिरहेका लिटल बुद्ध भनेर चिनिने रामबहादुर बम्जन (रामलाल बम्जन) विरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दर्ता भएको छ ।




यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको अभियोग लागेका उनीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सरकारी वकिलको कार्यालय सर्लाहीमार्फत् सर्लाही अदालतमा सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गरेको जनाएको छ ।

विभागले बम्जनविरुद्ध कुल ८ करोड २७ लाख ५९ हजार ४८१ बिगो कायम गरी बिगोको दोब्बर जरिवाना र कसुरको मात्रा अनुसार कैद सजाय माग गरेको छ ।

यस्तै बम्जनले सो कसुरबाट आर्जन गरेको सम्पत्ति र बरामद भएको रकम जफत गर्न विभागको माग छ । गैरकानुनी रूपमा स्रोत लुकाउने छल्ने लगायत निषेधित कार्य गरेकाले बम्जनविरुद्ध हदैसम्मको सजायको माग विभागको छ ।

अर्को समाचार
मानव बेचबिखन र किशोरी बेपत्ता मुद्दामा बयान दिँदै रामबहादुर बम्जन
११ साउन २०८१
•
२ मिनेट पाठ
मानव बेचबिखन र किशोरी बेपत्ता मुद्दामा बयान दिँदै रामबहादुर बम्जन
बाल यौन दुराचार मुद्दामा समातिएका तपस्वीका रूपमा प्रचारित रामबहादुर बम्जनसँग मानव बेचबिखन र व्यक्ति बेपत्ताका अन्य दुई मुद्दामा जिल्ला सरकारी वकिलको कार्यालयमा बयान थालिएको छ। नुवाकोटबाट बुधबार सिन्धुपाल्चोक ल्याइएका उनीसँग जिल्ला न्यायाधिवक्ताको उपस्थितिमा बिहीबार बयान थालिएको हो। 




दुवै मुद्दामा समानान्तर ढंगले बयान लिने काम भइरहेको त्यसमा संलग्न कर्मचारीले जानकारी दिए । उनीहरूका अनुसार एक पुरुष बेचबिखन गरेको र एक किशोरी बेपत्ता बनाएको आरोपमा बम्जनसँग बयान जारी छ। बयान नसकिँदसम्म उनलाई सिन्धुपाल्चोक जिल्ला कारागारमा राख्न अनुमति दिइएको छ। 

‘दुवै मुद्दामा बयान सक्न चार–पाँच दिन लाग्ने जानकारी सरकारी वकिलको कार्यालयबाट पाएका छौं’, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी निरञ्जन भट्टराईले भने। बम्जनको सिन्धुपाल्चोकस्थित आश्रमबाट ती पुरुष बेचबिखनमा परेको र किशोरीलाई बेपत्ता बनाएको जाहेरी प्रहरीकोमा परेको थियो।

तपस्वीको भेष धारण गरी बम्जनले आफ्नो आश्रमभित्र अनुयायीमाथि ‘बलात्कार, हत्या र हिंसाको दुस्चक्र चलाएको’ आरोपमा प्रहरीले ६ वर्षयता बम्जनमाथि अनुसन्धान थालेको थियो। सोही क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनलाई २०८० पुस २४ गते राजधानीबाट पक्राउ गरेको थियो।

सर्लाही जिल्ला अदालतले अघिल्लो महिना मात्र बाल यौन दुराचार मुद्दामा दोषी ठहर गर्दै १० वर्ष कैद र पीडितलाई पाँच लाख रूपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको थियो। त्यहाँकी एक किशोरीले बम्जनले आफ्नो आश्रममा आफूलाई पटकपटक बलात्कार गरेको सर्लाही प्रहरीमा जाहेरी दिएकी थिइन्। सोही मुद्दामा अदालतले बम्जनलाई बालयौनरी ठहर गरेको हो।

बम्जनका विभिन्न आश्रमबाट पाँच अनुयायी (चेला, आनी) बेपत्ता भएको भन्दै पीडितका परिवारले सिन्धुपाल्चोकसहित मकवानपुर, नुवाकोट, बारा र सर्लाही प्रहरीमा जाहेरी दिएका छन्। उनी पक्राउ परेपछि प्रहरीले सबै मुद्दामा बम्जनमाथि अनुसन्धान गरिरहेको हो।

बम्जनको सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकास्थित बाँडेगाउँको तोड्केभिरमा आश्रम छ। सोही आश्रमबाट हराइरहेका पाँचमध्ये तीन अनुयायी बेपत्ता पारिएको किटानी जाहेरीमा उल्लेख छ। तोड्केभिरको आश्रममै रहेको बखत बाराका ती पुरुष बेचबिखनमा परेको र मकवानपुरकी किशोरी बेपत्ता भएको मुद्दामा यहाँको सरकारी वकिलको कार्यालयले बयान थालेको हो।

सिन्धुपाल्चोक ल्याउनुअघि बम्जनलाई अर्को मुद्दामा बयानका लागि नुवाकोट पुर्‍याइएको थियो। उक्त मुद्दामा उनले त्यहाँका सरकारी वकिलको कार्यालयमा बयान दिएका छन्। सिन्धुपाल्चोकको आश्रमबाट नुवाकोटकी तामाङ थरकी एक किशोरी बेपत्ता बनाएको जाहेरी नुवाकोट प्रहरीमा परेको थियो। तोड्केभिर आश्रमबाट बेपत्ता भएका तीनजनालाई २०७१ पुस र चैतमा बेपत्ता पारिएको बम्जनविरुद्धको किटानी जाहेरीमा उल्लेख छ।
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस