विपश्यना गरौँ : बन्दाबन्दी जितौँ
११ जेष्ठ २०७७
•
४ मिनेट पाठ
विपश्यना गरौँ : बन्दाबन्दी जितौँ
कोरोना महामारीको त्रास र घरभित्रै थुनिनुपर्दा विचलित मनलाई शान्त पार्न आध्यात्मिक चिन्तकहरु ध्यान र योगको सुझाव दिन्छन्। त्यसो त ध्यान  र योग अन्य बेला पनि आवश्यक छ र यसलाई दिनचर्या नै बनाउनुपर्छ भन्ने कुरा हजारौँ वर्षदेखि भनिँदैआएको  हो।




ओशो ध्यान, चिन्मय ध्यान, भावातीत ध्यान जस्तै विपश्यना ध्यान मनलाई काबुमा ल्याउने अस्त्र हो। तनावयुक्त र हतास मनस्थितिमा रहेका मानिसको मनलाई एकाग्र बनाई जीवन जिउने कला सिकाउने माध्यम विपश्यना भएको बौद्ध भिक्षुहरु बताउँछन्। मानिसलाई दास बनाउने चञ्चल मनलाई वशमा राख्न विपश्यना ध्यान गर्न आवश्यक भएको उनीहरुको अनुभव र सल्लाह दुवै छ। कोरोना र बन्दाबन्दी जित्ने एक माध्यम आफैँले आफैँले चिन्ने विपश्यना हुन सक्ने उनीहरुको सुझाव छ।  

बन्दाबन्दीमा विपश्यना ध्यान उपयुक्त समय भएको अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थविर बताउँछन्। “यस्तो समयमा ध्यान गरेर हतास र आत्तिएको चित्त र मनलाई शान्त गर्न सकिन्छ”,  भिक्षु मैत्री  भन्छन्, “ध्यानले मानिसको चित्तलाई दमन गर्छ, मनलाई एकाग्र बनाउँछ।”  

सांसरिक जीवनमा हुने राग, द्वेष र  मोहबाट मुक्त गराउने  साधन एवं माध्यम पनि विपश्यना भएकाले अहिलेको समयमा संसारभर यसको प्रयोग पनि बढ्दो रहेको छ। आर्य–मौनको माध्यमबाट शिरदेखि पाउसम्म आफूले आफैँलाई पढ्ने र पाउदेखि शिरसम्म अध्ययन निरीक्षण गर्ने हुनाले पनि मानिसको मनलाई वशमा राख्न सकिने उत्तम मार्ग विपश्यना हो। आध्यात्मिक सुखशान्तिका लागि गरिने साधनाले चित्त निर्मल र शुद्ध हुने विपश्यना कर्म गर्नेहरु बताउँछन्।  

चित्तमा हुने नराम्रा प्रवृत्ति त्याग्नका लागि विपश्यनाले प्रेरणा दिन्छ। आफूले आफैँलाई चिन्न सिकाउँछ। लुम्बिनी बौद्ध विश्वविद्यालयमा विपश्यना विषयमा प्राध्यापनरत सुमन्तराज न्यौपाने बन्दाबन्दीमा घरभित्र रहेका मानिसले दैनिक रुपमा आनापाना माध्यमबाट विपश्यना गरे मन निर्मल हुने बताउँछन्। न्यौपाने भन्छन्, “विपश्यनाले आफूलाई चिन्ने, आफूलाई हेरेर अनित्यको बोध गर्ने र वस्तुनिष्ठ सत्यताको विकास गर्छ। पहिला आफ्नो अन्तरात्मालाई चिन्ने अनि बाह्य संसारलाई शून्यतामा बुझ्ने नै विपश्यनाको काम हो।”  

हामीले खोज्ने भौतिक सुखले बाह्य संसारमा सुख देखिए पनि आन्तरिक मनमा यसले कुनै फरक पार्दैन। भौतिक सुखले एकछिन आनन्द दिए पनि एकपछि अर्को इच्छा उत्पन्न हुँदै जाने तृष्णाले तनाव सिर्जना गराउँछ। वास्तविक सुख त मानिसको मनभित्र नै हुन्छ। आफूले आफैँलाई चिन्न सके मात्र हामी वास्तविक सुखको अनुभूति गर्न सक्छौँ। यो विपश्यनावाट मात्र सम्भव भएको लुम्बिनी बौद्ध विश्वविद्यालय विपश्यना कक्षको ठहर छ।  

विपश्यना शरीरभित्र भएको विकार हटाउने तथा सुख र शान्तिले जिउने कला पनि हो। सिद्धार्थ गौतमले करीब दुई हजार छ सय वर्ष पहिला खोज गरेको विपश्यना अहिले सबै धर्म, समुदायकोे साझा भएको छ। प्राणी हिंसा नगर्ने, झूटो नबोल्ने, चोरी नगर्ने, व्यभिचार नगर्ने र मद्यपान नगर्ने भन्ने पञ्चशील पूर्णरुपमा पालना गर्नाले समाधि (साधन) प्राप्त हुन्छ। साधना गर्नाले मानिसमा प्रज्ञा (ज्ञान) प्राप्ति हुन्छ। चार आर्यसत्यको ज्ञान प्राप्त हुन्छः  दुःख छ, दुःखको कारण छ, दुःखको निवारण गर्ने मार्ग छ, दुःख निवारण हुन्छ।  आर्य आष्टांगिक मार्ग सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक जीविका, सम्यक प्रयास, सम्यक स्मृति र  सम्यक समाधि जस्तै दुःख निरोध गर्ने मार्ग पनि विपश्यना भएको लुम्बिनीका बौद्ध भिक्षुहरु बताउँछन्।  

विपश्यना आत्मशुद्धिको साधना–विधि हो। यसबाट शारीरिक तथा मानसिक रोगबाट मुक्त हुन सकिन्छ। यो अन्तरदृष्टिले आफैँलाई खोज्ने कला हो। विपश्यना शिविरमा बन्दाबन्दीका समयमा साधन गर्न असम्भव जस्तै भएकाले यसको प्रयोग घरमा गर्न सकिन्छ। विपश्यनाले दिमागलाई स्थिर राख्ने र शरीरका गतिविधि हेर्ने भएकाले अहिले यसको प्रयोग आवश्यक छ। कायानुपस्सना (शरीरका लागि), वेदनानुपस्सना (भावका लागि), चित्तानुपस्सना (चित्तका लागि), धम्मानुपस्सना (धर्म तथा विशेष प्रकारले देख्नका लागि) विपश्यना साधना गरिन्छ। यसको प्रयोग विपश्यना शिविरमा विपश्यना गुरुको मार्गनिर्देशनमा विशेष प्रकारले गरिने भए पनि घरमा हुँदा एकान्त स्थानमा आँखा बन्द गरी पलेटी कसेर बसी  आनापाना (सास लिने र फाल्ने ) विधिले गर्न सकिन्छ। साथै शरीरलाई शिरदेखि पाउसम्म र पाउदेखि शिरसम्म आफैँ हेर्ने गर्नुपर्छ। यसले मन शान्त पार्छ।  

बौद्ध भिक्षु छेवाङ बन्दाबन्दीमा आत्मा र शरीरलाई नियन्त्रण गर्नका लागि योग र साधना प्रत्येक मानिसले गर्न आवश्यक भएको बताउँछन्। चञ्चले मनलाई योग र साधनाले मात्र बाँध्न सक्ने भएकाले घरभित्र शान्त भएर साधना गरे अहिलेको संकट टार्न सहज हुने भिक्षु छेवाङको भनाइ छ। बन्दाबन्दीमा साधना गर्दा सादा खाना खानुपर्ने, शिललाई मान्नु पर्ने, चित्तलाई बाँध्नुपर्ने र विपश्यनाका आधुनिक गुरु सत्यनारायण गोयंकाका प्रवचन सुन्नुपर्ने धम्मजननी विपश्यना केन्द्र लुम्बिनीका प्रमुख राम कोइराला बताउँछन्।

सबै मानिस शान्ति र आनन्दको खोजमा दौडिरहेका हुन्छन्। त्यसलाई पाउन बुद्ध वचनको पालन गर्नुपर्छ। मन, वचन र शरीरले गर्ने १० अकुशल कार्य नगरे मानिसमा शान्ति र आनन्द आउने बुद्ध वचनले प्रमाणित गरेको छ।  मनबाट हुने तीन अकुशल कार्य लोभ, प्रतिहिंसा र  असत्य ज्ञान हुन्।  वचनबाट हुने अकुशल कार्य झूटो वचन, चुक्ली, कटुवचन र  व्यर्थ वचन हुन्। शरीरबाट हुने अकुशल कार्य हत्या, चोरी, व्यभिचार हुन्।  विपश्यना गुरु कोइरालाका अनुसार“साधना गर्दा यी काम नगर्ने प्रतिज्ञा गरेमा मानिसमा स्वतः शान्ति र आनन्द प्राप्त हुन्छ”,। 
अर्को समाचार
विपश्यनामा ध्यान गर्न नेपाल आए बलिउड अभिनेता आमिर खान
२४ वैशाख २०८०
•
१ मिनेट पाठ
विपश्यनामा ध्यान गर्न नेपाल आए बलिउड अभिनेता आमिर खान
फाइल तस्बिर
बलिउड अभिनेता आमिर खान नेपाल आएका छन्। उनी बुढानिलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा ध्यान गर्न काठमाडौं आएका हुन्।




नेपाल आइपुगेका खान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सीधै बुढानिलकण्ठतिर लागेका छन्।

बुढानिलकण्ठस्थित विपश्यना केन्द्रमा खानले ११ दिन समय विताउने कार्यतालिका रहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस