के खाने ? के नखाने ?
०९ चैत्र २०७५
•
११ मिनेट पाठ
के खाने ? के नखाने ?
खाना




खाना जीवन निर्वाहका लागि चाहिन्छ। खानाले नै हाम्रो शरीर निर्माण, बृद्धि र मर्मत हुन्छ। हामी जस्तो खाना खान्छौ त्यस्तै शरीर र स्वास्थ्य बन्छ। खानाले हाम्रो शरीर र विचारलाई प्रभाव पार्छ। त्यसैले सधैं शरीरलाई सजिलो गराउने खाना खानु पर्छ। हाम्रो शरीर कार्वन, हाइड्रोजन, नाइट्रोजन, अक्सिजन, सल्फर, फोस्फोरस जस्ता रासायनिक तत्व मिलेर बनेको हुन्छ। हामीले खानुपर्ने खाना पनि यिनै रासायनिक तत्वको अनुपात हो।

शरीरलाई कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो, खनिज, भिटामिन, रेशा र पानी चाहिन्छ। यी सात चीज हाम्रो शरीर निवार्हका लागि चाहिने घटक हुन्। कार्बोहाइड्रेटले शरीरलाई बलियो बनाउने र शक्ति दिने काम गर्छ। यो एक दलीय अन्न, नफलेको चामल मकै, गहुँ, कोदो, फापर आदिमा पाइन्छ। प्रोटिन शरीरका लागि अति आवश्यक पोषिलो आहार हो। मुंगफली बदाम, चना, मुंग, दाल, गेडागडी जस्ता दुई दलीय अन्न र भटमासमा प्रोटिन प्रशस्त पाइन्छ।   

शरीरमा फोहोर जम्न नदिने पौष्टिक आहारमा फलफूल, हरियो सागसव्जी, नफलेको चामल, आँटा, फापर, कोदो आदि पर्छन्। यी खानाको दैनिक प्रयोगले शरीर स्वस्थ हुन्छ।

कृत्रिम तेल, घिउ आदिमा बढी कोलेस्टेरोल हुन्छ। त्यसले शरीरलाई हानि गर्छ। हरियो सागसब्जिमा शरीरलाई चाहिने चिल्लो र भिटामिन्स प्रशस्त मात्रामा हुन्छ।  शरीरलाई अति आवश्यक घटक रेशा फाइबर हो जसले खाना पच्न सजिलो गराउँछ र मल निष्काशन गर्न मद्धत गर्छ। नफलेको चामल, चोकर भएको आँटा, हरिया सागसब्जी अनि काँचो सलादमा हुन्छ। स्वस्थ रहन हाम्रो दैनिक खानामा अन्न सँगै हरिया सागसब्जी र सलाद खानुपर्छ।्र

जिब्रोका लागि खाने कि स्वास्थ्यका लागि ?

अचेल मानिस जिब्रोको स्वादका लागि खाने गर्छन। बालबालिका पनि रंगीन विज्ञापनमा अलमलिएर जंक, स्पाइसी खाना, चाउचाउ आदिमा भुलेका छन्। त्यसैले आजकल अधिकांश बालबालिकामा कब्जियतको समस्या छ। गाउँघरमा पनि मकै बेचेर चाउचाउ खाने चलन चलेको छ। फोहोर जम्न नदिने रेशा र शरीरलाई चाहिने पौष्टिक आहार यी मकै भटमास, गहुँ, कोदो, फापर, फलफूल, हरियो सागसव्जी, नफलेको चामल, आँटा, आदिमा प्रशस्त हुन् जसले कब्जियत खुलाउँछ। त्यसैले बालबालिकालाई सागसब्जी र फलफूल खानामा जोड दिनु पर्छ। त्यसमा पनि फलफूलहरू सबैभन्दा राम्रो हो जसलाई शरीरले सजिलै पचाउन सक्छ। स्वस्थ भएपछि बालबालिकामा जाँगर बढ्छ। 

के खाने ?

शरीरका लागि खाने भएकाले शरीरलाई नै मापदण्ड बनाएर खानु पर्छ। जे खाँदा शरीर हलुका र सजिलो हुन्छ त्यही खानुपर्छ। जे खाँदा शरीरमा भारीपन आउँछ, थकान र आलस्य बढाउँछ त्यस्तो खाना खानु हुँदैन। हामीले जति प्राकृतिक र हलुका खाना खान्छौ त्यति स्वास्थ्य राम्रो हुन्छ।

आँटा– गहुँको पिठो (आँटा)मा शरीरका लागि चाहिने रेशा छोक्रा, बोक्रा प्रशस्त हुन्छ जसले आन्द्रा सफा गर्न मद्धत गर्छ। खैरो चीज– सेतो चामलको सट्टा खैरो चामल, खैरो चिनी, मकै, गहुँ आदि खाने।  

सागसब्जी– हरियो सागबव्जीमा आन्द्रा सफा गर्न चाहिने रेशा प्रशस्त मात्रामा हुन्छ। यसले आँखालाई तेजिलो बनाउँछ। त्यसैले खानामा हरियो सागसव्जीको प्रयोग बढाउने। फलफूल– फलफूल सबैभन्दा राम्रो र शरीरले सजिलै पचाउन सक्ने प्राकृतिक खाना हो। फलफूल र सागसब्जीको प्रयोगले शरीर हलुका हुन्छ। स्कुल र अभिभावकहरूले बालबालिकालाई यी चिज खान प्रेरणा दिनु पर्छ।

अचेल जंक फुड र कृत्रिम जुस धेरै प्रयोग भएको पाइन्छ। यसको सट्टामा ताजा फलफूल, मकै भटमास खान पे्ररित गर्ने। अर्को कुरा, पानी शरीरका लागि आवश्यक घटक हो। पानीले शरीर सफा गरी शरीर शुद्ध राख्छ। त्यसैले नियमित पानी पिउने।

अचेल मानिस जिब्रोको स्वादका लागि खाने गर्छन। बालबालिका पनि रंगीन विज्ञापनमा अलमलिएर जंकफुड, स्पाइसी खाना, चाउचाउ आदिमा भुलेका छन्। त्यसैले आजकलका अधिकांश बालबालिकामा कब्जियतको समस्या छ।

के नखाने ?

कब्जियत गराउने खालका खानेकुरा नखाने। बजारमा पाइने अधिकांश तयारी खाजा जस्तै केक, मम, बिस्कुट, पाउरोटी, चाउचाउ, सेल, दुनोट, मिठाई र जंक खाना मैदाबाट बनेका हुन्छन्। मैदामा शरीरको पाचन क्रियालाई चाहिने छोक्राबोक्रा हुँदैन। त्यस्ता खानाले कब्जियत गराउँछ। फेरि त्यसमा प्रयोग हुने रसायन (प्रिजरभेटिभ) हानिकारक हुन्छ।

सेतो चामल, मैदाबाट बनेका परिकारहरू नखाने। जंक फुड र प्याकेट गरेका खानेकुरा नखाने। कृत्रिम जुस नपिउने। चिल्लोमा तारे–भुटेका खाना नखाने। बढी चिल्लो, पिरो, अमिलो, घिउ, नुन नखाने। बाहिर राखिएका खानेकुरा जस्तै पानीपुरी र चटपट नखाने।

त्यस्तै चिया, कफी कोल्ड ड्रिंक्स नखाने। एक चोटि पाकेको खाना फेरी तताएर नखाने। चुरोट, खैनी, रक्सी जस्ता नशाजन्य पदार्थ सेवन नगर्ने।

कसरी खाने ?

भाइबहिनी हो ! दाँत पेटमा होइन मुखमा हुन्छ। मुख पाचन प्रणलीको पहिलो अंग हो। हामीले खाएको खाना मुखबाट सुरु भएर पाचन नली हुँदै पेटसम्म पुग्छ र पेटमा चाहिने रसहरू शोषण भएर बाँकी कस आन्द्रा हुँदै मलद्धारबाट बाहिर निस्कन्छ। त्यसैले खाना चपाइचपाई ¥यालमा मुछेर मात्र निल्नु पर्छ। खाना हतारहतार खानु हुँदैन। खाना खाँदा सधैँ बसेर सजिलोसँग खानु पर्छ।

शरीरमा लाग्ने अधिकांश रोग हामीले खाने खाना नमिलेर हुन्छ। खानासँगै कहिल्यै पनि पानी नपिउने। खाँदा जहिले पनि खानामै ध्यान दिनुपर्छ। टिभी हेर्दै, गीत सुन्दै र कुरा गर्दै खानु हुँदैन। शान्त भएर खानु पर्छ। खाना सही समय र सही मात्रा मिलाएर नखाए रोगी भइन्छ।

कहिले र कतिपटक खाने ?  

भोक लाग्नु भनेको शरीरलाई खाना आवश्यक पर्नु हो। त्यसैले खाना भोक लागेपछि खानु पर्छ। तर अचेल मानिस खानाको पछि परेर शरीरको भोकको भन्दा मनको भोकमा लागरे समय ख्याल नगरी जति बेला मन लाग्यो त्यतिबेला, जे मन लाग्यो त्यही खाने गर्छन्।

साधारणतया खाना दिनको तीन पटक खानुपर्छ। विहान १० बजे खाना, खाजा दिउँसो २ देखि ३ बजे, र बेलुकीको खाना साँझ ७ देखि ८ बजे भित्र, सुत्नुभन्दा २ घण्टा अगाडि खानु पर्छ। खानाको समय नमिले पाचन प्रक्रियामा गडबडी हुन्छ। हामीले भारी खाना खाएको कम्तीमा चार देखि पाँच घण्टा र फलफूल खाएको दुई देखि तीन घण्टा फरकमा अर्को खाना लिनुपर्छ। खाना खाजासँग पानी पिउनु हुँदैन। खाइसकेपछि र खानु अगाडि १– १ घन्टा फरकमा पानी पिउनु पर्छ।

शाकाहारी बनौं  

माछा, मासु, अन्डा र दुग्ध पदार्थलाई बढी प्रोटिन भएका, शरीर वृद्धि गर्न चाहिने आहारका रूपमा प्रयोग गर्ने चलन छ। तर यी खानामा शरीरका लागि चाहिने रेशा धेरै कम हुन्छ। पच्न गाह्रो हुन्छ र खाएपछि शरीर भारी हुन्छ। आलश्य बढाउँछ। प्रोटिन माछा, मासुमा मात्र होइन दाल गेडागुडीमा पनि प्रशस्त पाइन्छ। त्यसैले मासुभन्दा गेडागुडी प्रयोग गर्नु राम्रो हुन्छ। समस्या भएका, जीर्ण रोग लागेका, युरिक एसिड भएका, अधिक मोटोपन, उच्च रक्तचाप, मधुमेह, कोलेस्टेरोल, दम भएकाले त माछामासु खानै हुँदैन।  

हामी जति पोसिलो खाना, प्रोटिन भएका खानेकुरा खान्छौ त्यति नै शरीरलाई पचाउन शक्ति जरुरी पर्छ र शक्ति सबै पाचन गर्नमा खर्च हुन्छ। फलस्वरूप बढी थाक्ने र गल्ने हुन्छ। त्यसैले पौष्टिक आहारभन्दा निस्कासक आहार उपयुक्त हुन्छ। प्रकृतिका हिसाबले पनि, अरूलाई मारकाट नगर्ने हिसाबले र स्वस्थ रहने दृष्टिकोणले पनि माछामासु नखानु सबैका लागि कल्याणकारी हुन्छ। शाकाहारी बनौं। स्वस्थ बनौं। (महर्जन प्रकृतिप्रेमी समूहसँग आबद्ध छिन्।)  
अर्को समाचार
नून र शपथ
१७ माघ २०६६
•
७ मिनेट पाठ
नून र शपथ
'अब दोहोर्‍याएर खाने।' उपराष्ट्रपतिले भन्नुभो-'भर पेट।'




'के खाने?' पत्रकारले सोधे-'शपथ खाने कि कसम खाने?'
'कसम नखाने।' उपराष्ट्रपतिले भन्नुभो-'अब चाहीँ शपथ खाने।'
'किन?' पत्रकारले पुनः सोधे-'कसमको साटो किन शपथ खाने?'
'कसम खाएर मैले आफ्नो कर्तव्य निभाएँ।' उपराष्ट्रपतिले भन्नुभो-'उनीहरूले निभाएनन्।'
'कस्ले निभाएन?' पत्रकारले सोधे-'कुरै बुझिएन।'

'कस्ले निभायो?' उपराष्ट्रपति दुखी हुनुभो-'भन्नोस् कस्ले निभायो?'
'त्यही सोधेको।' पत्रकारले सोधे-'कस्ले निभाएन?'
'मैले कसम खाएँ।' उपराष्ट्रपतिले सोध्नुभो-'खाएँ कि खाइन?'
'खानुभो।' पत्रकारले भने-'राष्ट्रपतिले एकथोक ख्वाउँनुभो तपाईले अर्कै थोक खानुभो।'
'हो , राष्ट्रपतिले मातृभाषामा खान भन्नुभो।' उपराष्ट्रपतिले बताउनुभो -'मैले दातृ भाषामा खाएँ।'
'हो , तपाईले त्यसो गर्नुभो।' पत्रकारले भने-'त्यसपछि गड्बड् सुरु भो।'
'मैले देशका लागि यसो गरें।' उपराष्ट्रपतिले भन्नुभो-'कर्तव्य निर्वाहका खातिर।'
'कसरी?' पत्रकारले सोधे-'मैले कुरा बुझिन।'
'तपाईँ भन्नोस्।' उपराष्ट्रपतिले सोध्नुभो-नुन कहाँबाट आउँछ?'
'कहाँबाट?' पत्रकारले भने - सायद समुद्रबाट।'
'हामी कहाँ समुद्र छ?' उपराष्ट्रपतिले सोध्नुभो-'छ कि छैन?'
'छैन।' पत्रकारले जवाफ दिए-'हामी कहाँ हिमालमात्र छ।'
'हिमालमा हिउँ हुन्छ?' उपराष्ट्रपतिले प्रश्न गर्नुभो र उत्तर समेत दिनु भो-'त्यहाँ हिउँँमात्र हुन्छ।'
'हो , हिमालमा नुन हुँदैन।' पत्रकारले सही थापे-'हिउँमात्र हुन्छ।'
'तपाईँ दालमा के हाल्नु हुन्छ?' उपराष्ट्रपतिले सोध्नुभो-'नुन कि हिउँ?'
'नुन।' पत्रकारले बताए-'दालमा हिउँ हाल्यो भने अलिनो हुन्छ।'
'बस् कुरा बुझ्नोस्।' उपराष्ट्रपतिले भन्नुभो-'मैले किन दातृभाषामा कसम खाएँ, यसैबाट प्रष्ट हुन्छ।'
'कसरी प्रष्ट हुन्छ?' पत्रकारले जिरह गरे-'मैले तैपनि बुझिन।'
'तपाई आदमी हो कि पैजामा?' उपराष्ट्रपति रिसाउनुभो-'यति सजिलो कुरा पनि बुझ्नुहुन्न!'
'म आदमी होइन।' पत्रकारले भने-'पाइजामा पनि होइन, पत्रकार हुँ।
'तपाईँलाई थाहा छ हामी कहाँ समुद्र छैन।' उपराष्ट्रपतिले भन्नुभो-'त्यही भएर नुन पनि छैन। '
'हो हामी कहाँ नुन छैन।' पत्रकारले दोहोर्‍याए-'किन भने समुद्र छैन।'
'समुद्र कहाँ छ?' उपराष्ट्रपतिले विशेष दिशातिर औलाले देखाउँदै भन्नुभो-'त्यो उता छ।'
उपराष्ट्रपतिको व्याख्यानमा मग्न पत्रकारले थप प्रतिक्रिया दिएनन्।
'तपाई बिहान नास्तामा नुन हाल्नुहुन्छ।' उपराष्ट्रपतिले भन्नुभो-'बेलुकाको खानामा नुन हाल्नुहुन्छ।'
'मौका परे दिउँसोको खाजामा पनि नुन हाल्छाँै।' पत्रकारले सघाए-'नुन अति आवश्यक वस्तु हो।'
'नुन खानु हुन्छ उताको।' उपराष्ट्रपतिले भन्नुभो-'शपथ खानुहुन्छ यताको।' सोध्नुभो-'के यो इमान्दारी हो?'
पत्रकार दोश्रो पटक प्रतिक्रियाविहीन भए।
'नेपाली जाति नुनको सोझो गर्न संसारभर कहलिएको छ।' उपराष्ट्रपतिले भन्नुभो-'यहाँ सब उल्टो भैरहेको छ।'
'त्यही भएर तपाईले कसम खानु भएको? पत्रकारले भने-'मैले कुरो बुझेँ।'
'देशका लागि त्यसो गर्नु पर्‍यो।' उपराष्ट्रपतिले भन्नुभो-'मेले देखाइदिएँ नेपालीहरू कसरी नूनको सोझो गर्छन्।'
'तर तपाईको पद खतरामा पर्‍यो।' पत्रकारले भनेे-'कस्तो फसाद!'
'मैले मेरो कर्तव्य निभाएँ।' उपराष्ट्रपतिले भन्नुभो-'उनीहरूले निभाएनन्।'
'कस्ले निभाएन?' पत्रकारले भने-'मैले बुझिन।'
'तिनले निभाएनन्।' उपराष्ट्रपतिले भन्नुभो-'जसका लागि मैले निभाएको थिएँ।'
'तिनले के गरे?' पत्रकारले सोधे-'अझ प्रष्ट भएन।'
'मेरो पद चैट भयो।' उपराष्ट्रपतिले गुनासो गर्नुभो-'तिनले मेरो वास्ता गरेनन्।'
त्यसपछि उपराष्ट्रपति भावुक हुनुभो। पत्रकार पनि उहाँको भावुकतामा सामेल भए।
'पद गयो, इज्जत गयो।' उपराष्ट्रपति दुःखी हुनुभो-'तिनले केही गरेनन्।'
'यो देशमा नुनको सोझो गर्नेको कल्याण नहुने रहेछ।' पत्रकार बहकिए-'जस्तो तपाईँको भएन।'
'तपाईँ नुनको सोझो गर्नुहुन्छ?' उपराष्ट्रपतिले सल्लाह दिनुभो-'नगर्नु होला।'
'किन गर्ने?' पत्रकारले भने-'नुनको सोझो गर्दा तपाईँले जस्तै दुख पाइन्छ।'
'अबदेखि यसो गर्ने।' उपराष्ट्रपतिले भन्नुभो-'नुन चाहिँ खाने , सोझो चाहिँ नगर्ने।' सोध्नुभो-'तपाई नुन खानु हुन्छ?'
'तपाईँ पहिले शपथ खानोस्।' पत्रकारले बताए-'त्यसपछि विचार गरौँला।'
'खानै पर्‍यो।' उपराष्ट्रपतिले भन्नुभो-'पहिले देशका लागि खाइयो, अब पेटका लागि खानुपर्ला।'

 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस