‘लकडाउन’ मा स्वास्थ्य जोखिमबाट कसरी बच्ने ?
१५ चैत्र २०७६
•
८ मिनेट पाठ
‘लकडाउन’ मा स्वास्थ्य जोखिमबाट कसरी बच्ने ?
काठमाडौं - विश्वभरि फैलिएको कोरोना संक्रमणका कारण नेपाल पनि यतिखेर लकडाउन अवस्थामा छ। यो बन्दाबन्दीको समय लम्बिन सक्ने संकेत सरकारले दिएको छ। यसो हुनु भनेको लामो समय घरभित्रै बस्दा व्यक्तिको जीवनशैलीमा आउने परिवर्तन पनि हो। यस्तो जीवनशैलीले दीर्घरोगी तथा स्वस्थ व्यक्ति दुवैमा विभिन्न किसिमका स्वास्थ्य समस्या निम्त्याउन सक्ने चिकित्सकले औंल्याएका छन्।




चिकित्सकका अनुसार विशेष गरी बन्दाबन्दीका कारण घरभित्रै बस्ने र मिठामिठा परिकार बनाएर खाने गरेको देखिन्छ। कतिपयले समय कटाउन मदिरा सेवन, अनावश्यक मात्रामा चिल्लो तथा गुलियो पदार्थ पनि खाने गरेको सुनिन्छ। घरभित्रै बस्ने र व्यायाम नगर्नाले मधुमेह, रक्तचाप, कोलस्ट्रोल बढ्ने तथा मुटुका रोगीमा धड्कन बढ्नेजस्ता समस्या आउन सक्छन्। यीसँगै मानिसहरु घरभित्र कोरोनाको त्रास बोकेर बसेका कारण पनि रक्तचाप बढ्ने, छाती दुख्ने, स्वाँस्वाँ बढ्नेजस्ता समस्या देखिएका छन्। मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलका अनुसार अहिले रोगभन्दा डरका कारण यस्ता लक्षण बढी देखिने गरेका छन्।

कोरोनाको जोखिमका कारण रक्तचाप, मुटु तथा अन्य दीर्घरोगी सीधै अस्पताल पुगेर उपचार गर्न सक्ने अवस्था नभएपछि विभिन्न सामाजिक सञ्जालमार्फत बिरामीको सूचना संकलन गरी परामर्श दिनेगरेको मनमोहन कार्डियो भास्कुलर तथा थोरासिक सेन्टरका मुटुरोग विशेषज्ञ डा. रत्नमणि  गजुरेल बताउँछन्। ‘विशेष गरी मुटु, रक्तचाप, मधुमेह र  गम्भीर खालको उपचार गराइरहेका बिरामीका हकमा अनलाइन परामर्श दिइरहेका छौं’, डा. गजुरेलले भने। लामो समय लकडाउन भएमा यी दीर्घरोगीमा विभिन्न समस्या आउन सक्छन्। त्यसैले यस्ता बिरामी र अन्य स्वस्थ व्यक्तिले पनि लकडाउनको बेला आफ्नो मानिसिक र शारीरि क स्वास्थ्यप्रति सचेत हुन आवश्यक रहेको चिकित्सक बताउँछन्। लामो समय कोरोनाको त्रासमा घरभित्रै बसिरहनुपर्दा भावनात्मक समस्या पनि आउन सक्ने त्रिवि शिक्षण अस्पतालका मानसिक रोग विभाग प्रमुख डा. सरोजप्रसाद वझा बताउँछन्। उनका अनुसार त्रासका कारण निद्रा नलाग्ने, तनाव बढ्ने, डराउनेजस्ता समस्या आउन सक्छन्। तनावले व्यक्तिको शारीरिक र मानसिक स्वास्थ्यमा असर पार्ने भएकाले बन्दाबन्दीका बेला स्वस्थ भएर जिउने कला हरेकमा हुनु जरुरी छ। 

सकारात्मक सोच्ने, हँसाउने चलचित्र हेर्ने, आफन्तसँग टेलिफोनमा कुराकानी गर्ने, स्वस्थकर खाना खाने, धेरै नखाने, चिल्लो बढी नखाने, घरभित्र व्यायाम, योग, भ-याङमा हिँडडुल गरेर सम्भावित स्वास्थ्य जोखिमबाट बच्न चिकित्सहरुले सुझाएका छन्।

लकडाउनका बेला हुन सक्ने सम्भावित जोखिमबाट बच्न स्वस्थ खाना खाने, अनावश्यक चिल्लो, भुटेतारेको खाना नखाने र चिकित्सकले सिफारिस गरेका औषधि नियमित सेवन गर्नुपर्छ। ‘दीर्घरोगीले खानपिनमा अलिकति पनि बिगार्नुभएन’ डा. अनिलले भने। बन्दाबन्दीका बेला जथाभावी खानाले स्वस्थ व्यक्तिमा पनि झाडापखाला, ग्यास्ट्रिकको समस्या आउन सक्छ। 

यो समयमा घर बाहिर निस्केर व्यायाम गर्न नमिल्ने भएकाले घरभित्रै गर्न सकिने व्यायाम गरेर पनि स्वस्थ रहन सकिने डा. अनिल औंल्याउँछन्। उनका अनुसार घरबाहिर हिँडडुल गर्न नमिले पनि दैनिक आधा घण्टाजति घरभित्रै भ¥याङमा तलमाथि गर्ने, स्किपिङ खेल्ने, घर कम्पाउन्मा हिँडिरहने, नाच्ने गर्न सकिन्छ। यस्ता व्यायामले पनि तौल तथा रक्तचाप सन्तुलनमा राख्न सकिने डा. अनिल सुझाउँछन्। घरभित्रै गर्न सकिने शारीरिक व्यायाम गर्दा मानसिक रुपमा तयार भएमा रोगसित लड्ने क्षमतासमेत बढ्ने डा. गजुरेल बताउँछन्। उनका अनुसार घरभित्रै जगिङ, प्राणायम, स्किपिङ गर्न घरको छत उपयोग गर्न सकिन्छ। ‘केही भएमा अस्पताल जान सकिने अवस्था छैन, स्वास्थ्यको ख्याल गरौं’, उनले भने।

मानसिक रोग विशेषज्ञ डा. वझाका अनुसार लामो समय घरभित्र बस्दा कोरोनाको त्रासबाट बच्न आत्मबल बलियो बनाउनु आवश्यक छ। भावनात्मक रुपमा स्वस्थ हुन हरेक व्यक्तिले योग–ध्यान गर्ने, मनमा सकारात्मक सोेच राख्ने, भविष्यमा हुन सक्ने कुरामा भन्दा वर्तमानमा रमाउने, नियमित व्यायाम गर्ने, कमेडी भिडियो हेर्ने र फोनमा आफन्तबीच कुराकानी गर्न सकिन्छ। मनमा शान्ति ल्याउन नराम्रा समाचार नहेर्ने, निद्रा पुग्नेगरी सुत्ने, घरभित्रकै काममा व्यस्त हुुने गर्न सकिन्छ। ‘घरको कोठा सफा गर्ने र विश्व स्वास्थ्य संगठनले भने अनुसार सफाइ गर्न नभुल्ने गर्नुपर्छ’, उनले भने। राम्रो संगीत सुन्ने, सिर्जनशील काममा लाग्ने, लामो श्वास तानेर रोक्ने र बिस्तारै बाहिर फाल्ने श्वासको व्यायाम गर्नाले पनि आनन्द प्राप्त हुन्छ।

बन्दाबन्दीमा नेपाल सरकारले विकसित राष्ट्रमा जस्तो खानाको व्यवस्थापन गर्न सकेको छैन। कतिपय धेरै खाना पाउने र कतिपय खाना नपाउने समूह नेपाली समाजमा रहेको पोषणविद् मोदनाथ पौडेल बताउँछन्। आफू स्वस्थ हुने र रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने खाना खानुपर्ने पौडेल सुझाउँछन्। विशेष गरी मधुमेह, उच्च रक्तचाप र कोलस्ट्रोलका बिरामी तथा अन्य दीर्घरोगी र वृद्धवृद्धाले लामो समय व्यायाम गर्न नपाएको अवस्थामा पहिलेको भन्दा खानामा क्यालोरी घटाउनुपर्छ। यसका साथै सन्तुलित खाना खानुपर्छ। कोरोनाविरुद्ध लड्ने क्षमता वृद्धि गर्न भिटामिन सी भएका फलफूल कागती, सुन्तला, अमलाको सेवन गर्न सकिन्छ। मौसमी फलफूल उपभोग गरेमा शरीरमा प्रतिरोधात्मक क्षमता बढ्छ।
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 




डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस