विद्यार्थीका लागि मनोसामाजिक कार्यक्रम संचालन गर्नुपर्नेमा जोड
२५ असोज २०७८
•
१ मिनेट पाठ
विद्यार्थीका लागि मनोसामाजिक कार्यक्रम संचालन गर्नुपर्नेमा जोड
वरिष्ठ मानव अधिकारकर्मी प्रा. कपिल श्रेष्ठले विद्यार्थीहरुका लागि मनोसामाजिक कार्यक्रमहरु संचालन गनुपर्ने आवश्यकता औंल्याएका छन्। अहिले कोभिडबाट थलिएका कारण विभिन्न विद्यालयहरुमा विद्यार्थीहरुका लागि यस्तो कार्यक्रमहरु संचालन गर्नुपर्ने आवश्यकता उनले औंल्याएका हुन्।  

बालअधिकार र बालबालिकाहरुको क्षेत्रमा क्रियाशील संस्था चाईल्ड नेपालको सोमबार भर्चुअल माध्यमबाट भएको १७ औं वार्षिकोत्सव तथा साधारणसभामा उनले ससाना वालबालिकाका लागि यो पनि मानव अधिकार भएको बताए।  

संस्थाका निर्देशक मोहन दंगालले वर्षभरिको कार्य प्रगति विवरण प्रस्तुत गर्ने क्रममा बालबालिकाको क्षेत्रमा कार्यरत संस्थाले बालबालिकासम्बन्धी विभिन्न जिल्लामा कार्यक्रमहरु गर्दै आइरहेको जानकारी गराए।  

कार्यक्रममा संयुक्त राष्ट्र संघीय बालअधिकार सम्बन्धी महासन्धिको सञ्चार प्रक्रियासम्बन्धी तेस्रो इच्छाधीन आलेखको अनुमोदनका लागि नागरिक समाजको साझा धारण स्थापना गर्न सफल भएको उनले जनाए।

साथै इच्छाधीन आलेखको अनुमोदनका लागि राजनैतिक तथा सरकारी तहमा वातावरण निर्माणका लागि पहलको सुरुवात गरेको जस्ता सकरात्मक प्रयासहरु भैरहेको दंगालले बताए।

कार्यक्रममा बाल अधिकारकर्मीहरु तारक धिताल, ऋतु भट्ट, कृष्ण थापा, नरेन्द्र डङ्गोल, उद्धवराज पौड्याल, तिलोतम पौडेल, सिविन नेपालका माधब प्रधान र राष्ट्रिय मानव अधिकार आयोगका मुरारी खरेल लगायतले बालबालिकाको हक र अधिकारका बारेमा आ–आफ्नो विचार प्रस्तुत गरेका थिए।  

कार्यक्रममा डा. कृष्ण सुवेदीले संस्थाको काम कर्तव्यप्रति सधैं जागरुक र क्रियाशील रहेकाले आगामी दिनमा सम्पूर्ण बालबालिकाको क्षेत्रमा क्रियाशील अधिकारकर्मीहरुको अभियान जोडेर साझा राष्ट्रिय महाअभियानको रुपमा प्रस्तुत हुन आह्वान गरेको बताए।
अर्को समाचार
सीमान्तकृत बालिकाका अधिकार मूल प्रवाहीकरण गर्न माग
१२ चैत्र २०८०
•
२ मिनेट पाठ
सीमान्तकृत बालिकाका अधिकार मूल प्रवाहीकरण गर्न माग
 नेपालमा विद्यमान बालअधिकारसम्बन्धी नीति तथा नियमले सीमान्तीकृत बालबालिकालाई सम्बोधन गर्न नसकेको भन्दै उनीहरुका अवसर र अधिकार स्थापित हुने गरी नीतिनियम बनाउन माग गरिएको छ।

अधिकारले अपांगता भएका, लैगिक तथा यौनिक अल्पसंख्यक, दलित तथा जनजाति समूहका बालबालिकाको अधिकार स्थापित गर्ने गरी अबको बाल संरक्षण नीति तथा नियम बनाउनुपर्ने बताए। समाजमा लैंगिक अल्पसंख्यक, दलित, जनजाति तथा मुस्लिम बालबालिका अधिकारको पहुँचमा नपुगेको बताए।  

दुईदिने कार्यशालामा बालबालिकाले बालिकाको संरक्षण र सहभागिता, बालबचाउ, हिंसा र दुव्र्यवहारको अवस्थाबारे प्रस्तुति दिएका थिए। सो क्रममा घरभित्रको काम बाँडफाँडमा छोरा र छोरीबीच विभेद गर्न नहुने, शिक्षा पाउने अधिकारमा विभेद हुन नहुने, घरबाहिर विद्यालय तथा बालक्लबहरुमा विभेद हुन नहुने बताएका थिए।  

अहिले पनि यौनिक अल्पसंख्यक बालबालिकालाई स्कुलका साथीभाइले अपमानित व्यवहार गर्ने, अपाङ्गता भएकाका लागि अपांगमैत्री भौतिक संरचनाको कमी, विद्यालयमा अतिरिक्त क्रियाकलापमा सहभागी नगराइने, दलित तथा सीमान्तकृत बालबालिकालाई यस्ता अवसरमा सहभागी नगराउने गरिएको उनीहरुले बताए।  

बालबालिकाको प्रस्तुतिपछि विभिन्न सरोकारावाला संघसंस्थाका प्रतिनिधिले बालअधिकारको नीति समावेशीमुखी हुनुपर्ने बताए।

मधेसी आयोगको सदस्य आभा सेतु सिंहले बालबालिकाको प्रस्तुतिले मन छोएको बताउँदै सीमान्तकृत बाल अधिकारका लागि मधेसी आयोग सहयोग गर्न तयार रहेको बताए।

बालअधिकार सवाल विज्ञ चन्द्रिका खतिवडाले सीमान्तकृत समुदायका रुपमा दलित, मधेसी, मुक्तकमैया, पूर्व कमलरी तथा मुस्लिम समुदाय र अपांगता भएका, लैगिक तथा यौनिक अल्पसंख्यक समुदायका बालबालिकालाई मान्यता दिनुपर्ने उल्लेख गरिन्।

‘अहिलेसम्म बनेका बालअधिकारका विद्यमान कानुनले सीमान्तकृत बालबालिकाको अधिकार किटान गरेको छैन। यसकै कारण सीमान्तकृत बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण र हिंसा, दुव्र्यहारमुक्त हुन कठिन भइरहेको छ’, उनले भनिन्।

सोही क्रममा हामी दाजुभाइ संस्थाका अध्यक्ष सन्जोग ठकुरीले नेपालमा सीमान्तकृत बालिकाको आवाजलाई मूल प्रवाहमा ल्याउन आवश्यक रहेको बताए। उनले यसका लागि सबैसँग हातेमालो गरी सीमान्तीकृत बालबालिकाको अधिकार स्थापित गर्ने समय आएको बताए।

कार्यक्रममा दलित महिला संघ, सिविन, राष्ट्रिय योजना आयोगका प्रतिनिधिीहरुले ऐन–काननु परिमार्जन र कार्यान्वयनको आवश्यकता भएको बताए।

कार्यशाला हामी दाजुभाइ, दलित महिला संघ (फेडो) र प्लान इन्टरनेसनलको संयुक्त आयोजनामा सञ्चालन गरिएको थियो। कार्यशालामा २० जिल्लाका प्रतिनिधिको सहभागिता थियो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस