खोटाङको होटेहाङ गाउँपालिका ७ खोटाङ बजारस्थित भगवती दिनानाथ माध्यमिक विद्यालयले अत्याधुनिक नयाँ भवन पाएको छ । गाउँपालिकाकै पुरानोमध्येको एक विद्यालयको नवनिर्मित ३ तले १५ कोठाको प्रशासनिक पक्की भवन सञ्चालनमा आएको हो ।
विद्यालयका प्रधानाध्यापक कुमार पराजुलीका अनुसार उक्त भवन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको ४ करोड ५० लाख लागतमा निर्माण भएको हो । ४ वर्षअघि निर्माण सुरु भएको प्रशासनिक भवन क्रमागत योजना अन्तर्गत सम्पन्न भएको उनले बताए । प्रअ पराजुलीका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा १ करोड ५० लाख प्राप्त गरेर सुरु भवन त्यसयता वर्षेनी १-१ करोड प्राप्त गर्दै निर्माण सम्पन्न भएको हो ।
गाउँपालिकाको नमूना विद्यालय घोषित गरेर नेपाल सरकारले उपलब्ध गराएको बजेटबाट भवन निर्माण गरिएको हो । विद्यालयको ७६औँ वार्षिकोत्सवको अवसर पारेर भवन उद्घाटन गरिएको हो । प्रशासनिक भवनसँगै विद्यालयको अर्को ७ कोठाको २ तले छात्रावास भवन पनि निर्माणको अन्तिम चरणमा पुगेको प्रअ पराजुलीले बताएका छन् ।