खोटाङको केपिलासगढी गाउँपालिकाले गत वर्षको माध्यमिक शिक्षा परीक्षा सामुदायिक विद्यालयतर्फ (एसइई)मा सबैभन्दा धेरै जिपिए ल्याउने छात्रछात्रालाई नगदसहित पुरस्कृत गरेको छ। गाउँपालिकाले बढी जिपिएका साथ एसइई उत्तीण १-१ जना छात्रछात्रालाई जनही १ लाख नगदसहित पुरस्कृत गरेको हो।
गत वर्षको एसइईमा गाउँपालिकाभित्रका सामुदायिक विद्यालयबाट सबैभन्दा बढी जिपिए ल्याउने छात्र थर्पुडाँडा माध्यमिक विद्यालय सप्तेश्वरका शिवकुमार राई र सोही विद्यालयकी छात्रा क्याल्सी राई पुरस्कृत भएका छन्। उनीहरूलाई जनही नगद १-१ लाख राशीको पुरस्कार प्रदान गरिएको हो।
शिवकुमारले ३ दशमलव ४५ जिपिए ल्याएका थिए भने क्याल्सीले ३ दशमलव ३० जिपिएका साथ एसइई उत्तीर्ण गरेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले शुक्रबार सिर्जनशील भरिया समाज र जि–फाउण्डेसनसँगको सहकार्यमा आयोजना गरेको ‘बृहत् कृषि, जडीबुटी तथा शैक्षिक मेला एवं उभौली साकेला सिली प्रदर्शनी कार्यक्रम ०८२’को अवसर पारेर विद्यार्थीलाई पुरस्कृत गरेको हो।
गाउँपालिका अध्यक्ष समीर राईले दुवै विद्यार्थीलाई नगद पुरस्कार र प्रमाणपत्र वितरण गरे। सो अवसरमा बोल्दै अध्यक्ष राईले विद्यार्थीलाई सामुदायिक विद्यालयमा पढ्न प्रेरणा दिनुका साथै शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले बढी जिपिएका साथ एसइई उत्तीर्ण गर्ने छात्रछात्रालाई प्रोत्साहनस्वरुप नगद पुरस्कार दिने व्यवस्था गरिएको बताए। त्यसका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७९/२०८० देखि नै वार्षिक नीति तथा कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गर्दै आएको बताए।
यस्तै अध्यक्ष राईले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने अभियानमा गाउँपालिका लागिरहेको बताउँदै गत वर्षदेखि ‘बुहारी शिक्षा कार्यक्रम’समेत सञ्चालनमा ल्याएको उल्लेख गरे। बुहारी शिक्षा कार्यक्रम अन्तर्गत पढ्न मन भएका तर वैवाहिक बन्धनमा बाँधिएर पढ्न नपाएका महिलाहरूलाई कक्षा १२ सम्म निःशुल्क अध्ययन गर्न पाउने व्यवस्था गाउँपालिकाले मिलाएको छ।
सो नीतिअनुसार पढ्न चाहने बुहारीहरूले कम्तीमा कक्षा ८ अनिवार्य उत्तीर्ण गरेको हुनुपर्न, वैवाहिक बनधनमा बाँधिएको प्रमाणपत्र र अभिभावकको स्वीकृति अनिवार्य गरिएको प्रमुख प्रशासकीय अधिकृत सौधन राईले बताए। उनका अनुसार बुहारी शिक्षा अन्तर्गत पढ्न चाहने महिलालाई विद्यालय भर्नादेखि पुस्तक तथा स्टेशनरी र पोसाकसमेत गाउँपालिकाले नै उपलब्ध गराउँदै आएको छ।
केपिलासगढीले सामुदायिक विद्यालयका विद्यार्थीको होमवर्क (गृहकार्य)को परीक्षणसमेत गर्ने कार्यक्रम ल्याएको छ। विद्यार्थीलाई शैक्षिक क्रियाकलापमा थप क्रियाशील गराउँदै शिक्षामा गुणस्तर सुधार्ने उद्देश्यले निःशुल्क अभ्यास पुस्तिका (कापी) वितरण गरेर उनीहरूको गृहकार्य कापी गाउँपालिकाले चेक गर्ने गरेको हो।
विद्यार्थीको गृहकार्य मात्र नभएर कक्षा कार्यसमेत चेक गर्ने गरी प्रथम चरणमा कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई गाउँपालिकाले तयार पारेको ‘विद्यार्थी अभ्यास पुस्तिका’ पनि निःशुल्क उपलब्ध गराएको छ। गाउँपालिकाभरि सञ्चालित ३७ सामुदायिक विद्यालयका कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई यसै वर्षदेखि अभ्यास पुस्तिका वितरण गर्न थालिएको हो।