बोरामा बिछ्याएर पढ्छन् विद्यार्थी, सात वर्षदेखि शिक्षक तलबविहीन
१० पौष २०८१
•
३ मिनेट पाठ
बोरामा बिछ्याएर पढ्छन् विद्यार्थी, सात वर्षदेखि शिक्षक तलबविहीन
फतुवा विजयपुर नगरपालिका–१ शीतलपुरस्थित दलित प्राथमिक विद्यालयका विद्यार्थी विगत १७ वर्षदेखि बोरामा बसेर अध्ययन गरिरहेका छन्। बकैया नदीको ‘ड्याम’मा स्थानीय समाजसेवी गणेश महराले दान गरेको १० धुर जग्गामा २०६४ सालमा दलित प्राथमिक विद्यालय स्थापना भएको हो।




विद्यालयमा कुनै किसिमको फर्निचर तथा भवन नभएकै कारण अध्ययन गर्ने बालबालिका भुइँमा बोरा ओछ्याएर पढ्दै आएका छन्। भवनको नाममा दुईवटा स–साना छाप्रो छन्। अहिले पनि सो विद्यालयमा अध्ययन गर्ने बालबालिका भुइँमा नै बसेर अध्ययन गरिरहेका छन्। सो विद्यालयका कक्षा ३ मा अध्ययनरत रबिताकुमारी मुखियाले पढ्ने वातावरण नै नभएको बताइन्। विद्यालयका समस्याप्रति स्थानीय सरकार उदासीन भएका उनको गुनासो छ।

स्कुलमा डेस्क, बेञ्च, भवन, शौचालय केही पनि नभएको उनले गुनासो गरिन्। अर्का विद्यार्थी सुवोधकुमार पटेलले पनि फर्निचर अभावमा पढ्न कठिनाइ भएको बताए। अहिले फर्निचर र भवनमात्र भए पनि पढ्न सहज हुने पटेलले बताए। बाल विकास कक्षामा अध्ययन गर्न बालबाललिकाले बोरा लिएर जाने गरेका छन्। घरबाट बोरा नल्याउनेले चिसो भुइँमा बस्नुपर्ने बाध्यता रहेको निमित्त प्रधानाध्यापक हीरालालप्रसाद यादवले बताए।

हाल उक्त विद्यालयमा चारजना बाल विकास शिक्षिका, दुई सङ्घीय अनुदानका शिक्षक र एक कार्यालय सहयोगी कार्यरत छन्। स्थापना भएको १७ वर्षमा सो विद्यालयमा हालसम्म एक जना पनि स्थायी शिक्षक छैनन् विद्यालयमा अध्ययन र अध्यापन गराउन एकदमै असहज भएको प्रधानाध्यापक यादवले बताए। विद्यालय स्थानीय तह मातहत आएको आठ वर्ष बितिसक्दा पनि विद्यालयको अवस्थामा परिर्वतन नहुनु राजनीतिक मतभेद भएको उनको बुझाई छ।

सोही विद्यालय स्थानन्तरणका लागि २०७४ सालमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट निर्वाचित फतुवा विजयपुर नगरपालिका–१ का तत्कालीन वडाध्यक्ष सञ्जय साहले चार कठ्ठा जमिन खरिद गरेर पाँचकोठे भवन बनाएका थिए। तर उक्त जमिन रौतहट क्षेत्र नं ३ का सांसद प्रभु साहको तराई मधेश समृिद्ध प्रतिष्ठानका नाममा खरिद गरेका कारण विद्यालय सार्न नसकिएको प्रधानाध्यापक यादवले जानकारी दिए।

विद्यालयका नाममा बजेट लिएर जमिन र भवन विद्यालयको नाममा नगर्दा विद्यार्थीले सास्ती खेप्नुपरेको प्रधानाध्यापक यादवले बताए। विसं २०७९ मा निर्वाचित नगरप्रमुख निलम्बनमा परेको र हालका कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले विद्यालयको अवस्थाबारे चासो नदिएको उनले गुनासो गरे। सामान्य वर्षा र प्रचण्ड गर्मीमा पनि विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको प्रधानाध्यापक यादवले बताए। मधेश प्रदेश सरकारका अर्थमन्त्री जितेन्द्र यादव सोही नगरका भए पनि विद्यालयको समस्या समाधान नभएकामा उनी खिन्न छन्।  

साउनदेखि खाजा खुवाउन सकेको छैन

पकाउने र भाँडा राख्ने ठाउँको अभाव देखाउँदै विद्यालयले गत साउनदेखि त्यस विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खाजा खुवाउन नसकेको प्रधानाध्यपक यादवले जानकारी दिए। बाढीले हाजिर रजिष्ट्रर बगाएको स्मरण गर्दै प्रअ यादवले भौतिक पूर्वाधार अभाव झेल्नुपरेको गुनासो गरे। विद्यालयमा एक सय ७५ विद्यार्थी छन्।

यो विद्यालयमा ६० प्रतिशत छात्रा र चार शिक्षिका छन्। शौचालय अभावमा उनीहरू दिसापिसाप गर्न आफ्नै घर वा नजिकैको उखुबारी जानुपर्ने बाध्यता छ।  

सात वर्षदेखि तलबविहीन

सोही विद्यालयमा अध्यापनरत एक शिक्षकले सात वर्षदेखि तलबविहीन भएर काम गरिरहेको गुनासो गरे। विसं २०७५ असोज ६ गते आफूले राहत दरबन्दीमा नियुक्त भएको तर हालसम्म एक रूपैयाँ तलब नपाएको शिक्षक रामप्रवेश बैठा धोबीले बताए। फतुवा विजयपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख सञ्जय यादवले तलब दिने आश्वासन दिएको तर कहिले पाउने हो टुङ्गो नभएको शिक्षक धोबीले बताए। सोही विद्यालयका प्रधानाध्यापक हीरालाल यादवले भने विद्यालयमा राहत दरबन्दी नै नभएको जानकारी दिए।

फतुवा विजयपुर नगरपालिका–१ का वडाध्यक्ष विजयकुमार यादवले चाँडै अर्को ठाउँमा सो विद्यालयका लागि जमिन खरिद गर्ने जानकारी दिए। वडाध्यक्ष यादवले जमिन खरिद गरेर भवन बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। रमेश तिमलसिना/रासस
अर्को समाचार
शिक्षा मन्त्री भन्छन्ः निजी विद्यालयलाई निषेध गर्ने होइन, सरकारीलाई सुधार्नुपर्छ
२८ असार २०८२
•
४ मिनेट पाठ
शिक्षा मन्त्री भन्छन्ः निजी विद्यालयलाई निषेध गर्ने होइन,  सरकारीलाई सुधार्नुपर्छ
शिक्षा तथा सूचना प्रविधि मन्त्री रघुजी पन्तले निजी विद्यालयलाई बन्द गरेर नभई सरकारी विद्यालयको स्तरोन्नति गरेर अघि बढ्ने नीति सरकारले लिएको बताएका छन् । नेकपा एमाले बागमती प्रदेश सम्पर्क कमिटीले माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण विद्यार्थीको सम्मानमा शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन्।




निजीलाई निषेध गरेर होइन साधन–स्रोतहरू सरकारीमा केन्द्रित गरेर अनि गरिब तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति दिएर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो। संविधानले भनेको अनिवार्य र निःशुल्क शिक्षा पैसावाललाई भन्दा पनि गरिब जनताका लागि आवश्यक रहेको उनले स्पष्ट पारे।

‘यो सुविधा अर्बपतिका छोराछोरीलाई चाहिएको होइन । पैसावालहरू सामाजिक हैसियत देखाउन थुप्रै पैसा तिरेर रातो बंगला, युलेन्स, सेन्ट जेभियर्सजस्ता महँगा विद्यालयमा छोराछोरी पढाउन चाहन्छन्, पढाऊन्,’ मन्त्री पन्तले भने, ‘तर राज्य कसलाई चाहिएको छ त भन्दा गरिबलाई चाहिएको छ । जोसँग केही छैन, उसका लागि राज्य हुनुपर्छ । पैसा तिरेर महँगो स्कुलमा पढ्न नसक्नेहरूलाई पढाउने दायित्व राज्यले लिनुपर्छ ।’ बरु रातो बंगला, युलेन्स, सेन्ट जेभियर्समा पढ्नेहरूलाई सरकारीमा पढ्नेहरूले प्रतिस्पर्धा गरेर जित्न सक्ने वातावरण निर्माणको आवश्यकता औंल्याउँदै उनले सरकार त्यसमा सरकार गम्भीर भएर लागिपरेको बताए ।

संविधानअनुसार मुलुकमा निजी, सहकारी र सरकारी गरी तीन खम्बे अर्थनीति रहेकाले खुलिसकेका निजी विद्यालय बन्द गर्न नमिल्ने धारणा उनले राखे। ‘पहिला कानुन बनाएर निजी विद्यालय खोल् भन्ने, कम्पनीमा जान दिने तर अहिले बन्द गर् भन्ने हो भने त्यो न्यायिक हुँदैन,’ उनले भने, ‘बरु नियमन गर्ने जथाभाबी शुल्क उठाउन नदिने, गुठी या सरकारीमा जान प्रोत्साहित गर्ने नीति सरकारले लिएको छ ।’

उनले जे बने पनि आफ्नो इच्छाअनुसार मिल्ने विषय पढ्नुपर्नेमा उनले जोड दिए । अहिले डाक्टर, इन्जिनियर बनेर पनि जागिर नपाइने, जुनसुकै पेसामा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था रहेको सुनाउँदै उनले भने, ‘कम्प्युटरको जमानामा, एआईको जमानामा पढ्ने विषय पनि नयाँ–नयाँ रोज्नुहोस् । त्यसो गर्दा कम्तीमा आफूलाई पनि पढ्न मन लागोस् र मुलुकलाई पनि काम लागोस् । परम्परागत ढंगबाट होइन नयाँ ढङ्गबाट सोच्नुहोस् ।’  

अहिले घरमै बसेर ५०/६० हजारदेखि दुईतीन लाख रुपैयाँसम्म कमाउन सकिने अवस्था बनिसकेको बताउँदै उनले भने, ‘विदेशीबाट काम लिएर घरमै बसी आफ्नो ल्यापटपबाट काम गरेर राम्रो आम्दानी गर्न सक्ने अवस्था अहिले बनिसकेको छ । केही वर्षअघिसम्म यस्तो अवस्था थिएन ।’ यस्तो कामबाट वर्षको ६/७ अर्ब रुपैयाँ भित्र्याउन सक्ने अवस्था बनेको भनेर डिजिटल मिडिया क्षेत्रमा काम गर्नेहरूले बताउने गरेको उनले सुनाए।

तर पछिल्ला सातआठ वर्षमा विदेशमा पढ्न जानेहरूले ६ खर्बभन्दा बढी रकम लगेकोमा उनले दुःख व्यक्त गरे। ‘कक्षा १२ पूरा गरेर उच्च शिक्षाका लागि वर्षको एक लाखभन्दा बढी विद्यार्थी बिदेसिने गरेका छन् । उनीहरू घरजग्गा धितो राखेर गइरहेका छन्,’ उनले भने। तर सबैले राम्रो गर्न नसकिरहेको बताउँदै उनले विदेशमा पढ्न जानेबित्तिकै सबै राम्रो भइहाल्छ भन्नेतिर नलाग्न विद्यार्थी तथा अभिभावकलाई सुझाए। ‘विदेश पढ्न गएकाहरू काम नपाएर, शुल्क तिर्न नसकेर पीडामा परेका छन्। कतिपय विभिन्न खाले दुव्र्यवहारमा परेका छन् भने कतिपय डिप्रेसनमा पुगेका छन्,’ उनले भने।    

आफैंले निर्णय लिन सक्ने, जस्तोसुकै परिस्थिति आइपरे पनि सामना गर्ने अठोट लिन सक्ने बनाएर मात्र विद्यार्थीलाई विदेश पठाउनुपर्ने उनको भनाइ थियो। ‘प्रशस्त पैसा छ भने बेग्लै कुरा हो तर जान्छ, पढ्छ, कमाउँछ, तिर्छ भन्नेहरूका हकमा धेरै नै दुःख पाइरहेको अवस्था छ। राम्ररी बुझेर सोचेर मात्र निर्णय लिनुहोला,’ उनले भने।      

कक्षा १२ सकेर विद्यार्थी बिदेसिने प्रवृत्तिले नेपालको उच्च शिक्षामा विद्यार्थी अभाव भइरहेको उनले बताए । ‘अहिले राम्राराम्रा कलेजले पनि विद्यार्थी पाउन नसकिरहेको अवस्था छ । कतिपय इन्जिनियरिङ कलेजहरूले समेत विद्यार्थी अभाव बेहोर्नुपर्ने स्थिति सिर्जना भएको छ,’ उनले भने। कक्षा १२ पूरा गरेपछि विदेश जान मन लागिहाल्ने सोचले देशविकास हुन नसक्ने तर्क उनले गरे। ‘जागिर खोज्ने होइन, देशमै बसेर जागिर दिने मान्छे बन्नुहोस्। देशमा हामी रोजगारीका नयाँनयाँ अवसर सिर्जना गर्छौं भनेर लाग्नुहोस्,’ उनले भने, ‘कुनै बेला सूर्यको किरणबाट बिजुली निकाल्ने भन्दा नपत्याइने अवस्था थियो। कुनै बेला बिजुलीबाट गाडी चलाउनेभन्दा विश्वास गर्न नसकिने अवस्था थियो। तर अहिले यो सम्भव भयो यो सबै शिक्षाको कारण गर्दा हो।’ शिक्षाले अरू धेरै सम्भावनाको ढोका खोल्ने उनले बताए।  

समृद्ध नेपाल र सुखी नेपालीको सपनालाई साकार पार्न सबैभन्दा पहिलो र महत्त्वपूर्ण भूमिका शिक्षाको हुने उनको भनाइ थियो। शिक्षालाई समयानुकूल परिवर्तन र परिमार्जन गर्दै लानुपर्ने आवश्यकता उनले औंल्याए। कक्षा १ देखि १२ सम्म वञ्चित नहोस् भनेर मात्र नभई उच्च शिक्षामा पनि योग्य तथा क्षमतावान् मान्छेलाई नियुक्त गर्ने कुरामा सरकारले ध्यान दिएको भन्दै उनले हालै त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्तिको उदाहरण प्रस्तुत गरे। ‘उच्च शिक्षामा विज्ञहरूलाई प्रोत्साहित गरेर उच्च शिक्षालाई पनि स्तरोन्नति गर्न चाहन्छौं,’ उनले भने।  
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस