सामुदायिक विद्यालयले टपरी र चकटी बनाउन सिकाउँदै
०७ असोज २०८१
•
३ मिनेट पाठ
सामुदायिक विद्यालयले टपरी र चकटी बनाउन  सिकाउँदै
तनहुँका केही विद्यालयले विद्यार्थीलाई सीपमूलक सीप सिकाउन थालेका छन्। भानु नगरपालिकास्थित सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने प्रयोगात्मक सीप सिकाउन थालेका हुन्।




पढाइसँगै जीवनपयोगी सीपलाई जोड्ने भानु नगरपालिका–८ स्थित मनोहर माध्यमिक विद्यालयले विद्यार्थीलाई टपरी बुन्ने सीप सिकाउन थालेको प्रधानाध्यापक हरिमा नेपालीले बताए। पुरानो पुस्ताबाट नयाँ पुस्तामा सीप हस्तान्तरण गर्ने उद्देश्यसहित विद्यार्थीलाई दुना, टपरी बनाउने सीप प्रदान गरिएको नेपालीको भनाइ छ।

पछिल्लो समय आल्मुनियम कागज प्लेटको प्रयोग बढेपछि दुना टपरीको चलन लोप हुँदै गएको छ। अहिलेका कतिपय युवापुस्तालाई सालको पातबाट बनाइने दुना टपरीको ज्ञान पनि नभएको नेपालीको भनाइ छ।

त्यस्तै भानु नगरपालिका–६ सिम्पानीस्थित प्रभात आधारभूत विद्यालयले मकैको खोस्टाबाट विद्यार्थीलाई चकटी बनाउने सीप सिकाएको छ। विद्यालयले ‘पुस्तकरहित शुक्रबार’ कार्यक्रममार्फत प्रत्येक हप्ताको शुक्रबार सीपमूलक तालिम सञ्चालन गर्न थालेको हो।

विद्यार्थीलाई पढाइसँगै सीपमा अब्बल बनाउने उद्देश्यसहित मकैको खोस्टाबाट चकटी निर्माण गर्न सिकाइएको विद्यालयका प्रधानाध्यापक चिजकुमार सुर्खालीले बताए। उनका अनुसार विद्यार्थीको रुचिअनुसार कम्प्युटर मर्मत, चित्रकला, हाजिरीजवाफ, विद्युतीय वायरिङलगायत सीप सिकाउन थालिएको छ।

विद्यालयका शिक्षिका मानकुमारी खवास, प्रतिमा खड्गी, रेखबहादुर थापाले विद्यार्थीलाई मकैको खोस्टाबाट चकटी बनाउन सिकाएका थिए। विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालनले विद्यार्थीको सीप र क्षमता वृद्धिमा सहयोग पुग्ने भानु नगरपालिकाका शिक्षा शाखा प्रमुख ध्रुवराज पौडेलले बताए।

उनले भने, “बालबालिकामा जीवनपयोगी सीपको व्यावहारिक अभ्यास सुरु गरेर केही विद्यालयले अनुकरणीय प्रयास गरेका छन्, यसलाई निरन्तरता दिनुपर्छ।”

असहाय बालबालिकालाई पढाउँदै व्यास

व्यास नगरपालिकाले दुई टुहुरा विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको छ। व्यास नगरपालिका–१३ छाब्दी निवासी दुई टुहुरा बालबालिकालाई अध्ययन, खानबस्नको सम्पूर्ण व्यवस्थापन गर्ने गरी नगरपालिकाले अभिभावकत्व ग्रहण गरेको हो।

बाबुआमा बितेपछि अरूको घरमा काम गर्न बसेका दुवै जनालाई आइतबार नगरप्रमुख वैकुण्ठ न्यौपाने, वडाध्यक्ष वसन्त आलेले अभिभावकत्व ग्रहण गर्दै नगरपालिकाले स्थापना गरेको व्यास नगर समता विद्यालयमा भर्ना गरिएको छ।

कक्षा १ र ६ मा अध्ययनरत उनीहरू अब आवासीय विद्यालय नगर समता विद्यालयमा बसेर अध्ययन गर्नेछन्। विपन्न, असहाय, टुहुरा बालबालिकालाई अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले नगरपालिकाले व्यास नगरपालिका–७ मा नगर समता विद्यालय स्थापना गरेको छ।

उक्त विद्यालयमा हाल ५३ जना बालबालिका अध्ययन गर्छन्। नगरपालिकाले यस विद्यालयलाई देशकै नमूना विद्यालयका रूपमा विकास गर्दै लैजाने लक्ष्य लिएको नगरप्रमुख न्यौपानेको भनाइ छ। उनले भने, “यहाँ अध्ययन गर्ने बालबालिकाको सम्पूर्ण जिम्मेवारी नगरपालिकाले नै बहन गर्दै आइरहेको छ।”

न्यौपानेका अनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खान, बस्नको व्यवस्थापन समेत यही गरिएको छ।

बन्द अवस्थामा रहेको क्यामिनकोट प्राथमिक विद्यालयलाई गत वर्षदेखि समता विद्यालयको रूपमा सञ्चालन गरिएको छ। विद्यालयमा अति विपन्न, अभिभावकविहीन, शिक्षाको पहुँचमा नरहेका बालबालिकालाई अध्ययनको व्यवस्था मिलाइएको वडाध्यक्ष कृष्णप्रसाद न्यौपानेले बताए। विद्यालयमा हाल ६ कक्षासम्म अध्यापन हुँदै आएको छ। चाँडै कक्षा थप गरिने योजना बनाइएको छ।  
अर्को समाचार
विपन्न र जेहेनदारलाई मौकैमौका
३० असार २०८२
•
४ मिनेट पाठ
विपन्न र जेहेनदारलाई मौकैमौका
एसइई नतिजा प्रकाशनसँगै यतिबेला मुलुकभरका विद्यार्थी कक्षा ११ मा अध्ययन गर्ने तयारीमा छन्। कुन विषय पढ्ने र कुन शैक्षिका संस्था रोज्ने भन्ने अन्योल विद्यार्थीमा अझै कायमै देखिन्छ। अझ दूरदराजका विद्यार्थी त आफ्ना अभिभावकको आर्थिक पाटो केलाउँदै कलेज छान्नुपर्ने बाध्यतामा छन्।




तर उनीहरूका लागि थोरै भए पनि खुसीको खबर छ। ग्रामीण भेगबाट काठमाडौं आई कक्षा ११ मा अध्ययन गर्न चाहने एसइई उत्तीर्ण विद्यार्थीहरूका लागि काठमाडौं उपत्यकाका विभिन्न शैक्षिक संस्थाहरूले छात्रवृत्तिका थुप्रै अवसरहरू उपलब्ध रहेको बताएका छन्।

शिक्षामा पहुँच र समावेशीता विस्तार गर्ने उद्देश्यले राष्ट्रिय परीक्षा बोर्ड, काठमाडौं महानगरपालिका र महानगरपालिका भित्रका केही निजी तथा सामुदायिक शैक्षिक संस्थाहरूले ग्रामीण क्षेत्रका जेहेन्दार, आर्थिक रूपमा कमजोर, विपन्न र सामाजिक रूपमा सीमान्तकृत विद्यार्थीहरूका लागि छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएका छन्।

सामुदायिक विद्यालयहरूले पूर्ण शुल्क छुटसहित छात्रवृत्ति उपलब्ध गराउने गरेका छन् भने निजी शिक्षण संस्थाहरूले सरकारी कोटाका १० प्रतिशतका अलावा शैक्षिक प्रदर्शनको आधारमा २५ देखि १०० प्रतिशतसम्म छात्रवृत्ति दिने प्रचलन छ।

यस्तै छात्रवृत्ति काठमाडौंको रिलायन्स कलेजमा उपलब्ध रहेको प्रधानाध्यापक रवीन्द्र जंग थापाले बताए। उनले कलेजमा भर्ना भएका कुलमध्ये १० प्रतिशत विद्यार्थीहरूलाई छात्रवृत्ति दिइरहेको बताए। ‘हाम्रो कलेजमा भर्ना भएका कुल विद्यार्थीको संख्यामध्ये १० प्रतिशतलाई छात्रवृत्ति दिँदै आइरहेका छौँ,’ उनले भने।

शैक्षिक संस्थाका साथै सरकारको तर्फबाट राष्ट्रिय परीक्षा बोर्ड र काठमाडौं महानगरपालिकाले पनि छात्रवृत्ति दिँदै आएका छन्। उनले बोर्ड र महानगरबाट छनोट भएर आएका विद्यार्थीका लागि छात्रवृत्ति उपलब्ध हुने जानकारी दिए। उनले भने, ‘छात्रवृत्तिहरू सरकारले पनि दिइरहेको छ। राष्ट्रिय परीक्षा बोर्ड र काठमाडौं महानगरपालिकाले पनि दिने गरेको छ,’ प्रधानाध्यापक थापाले भने, ‘यिनै माध्यमबाट छनोट भएर आएका विद्यार्थीहरूलाई हाम्रो कलेजमा छात्रवृत्तिको सुविधा छ।’

उनले कलेजको छात्रवृत्ति नीति मुख्यतः आर्थिक, सामाजिक तथा भौगोलिक दृष्टिले पिछडिएका वा कमजोर वर्गमा केन्द्रित रहेको बताए। जसमध्ये दलित, अपाङ्ग, महिला, आदिवासी–जनजाति, पछि परेका क्षेत्रका विद्यार्थी, संघर्ष प्रभावित र शहीद परिवारका सदस्यहरूलाई विशेष प्राथमिकता दिइएको थापाको भनाइ छ।

यस्तै पिनाकल एकेडेमीले पनि कक्षा ११ बाटै आफ्ना विद्यार्थीलाई छात्रवृत्तिको विशेष व्यवस्था गरेको छ। एसइईको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, कलेजले लिने प्रवेश परीक्षामा सफल विद्यार्थी, गरिव, जेहेन्दार, पिछडिएका क्षेत्र, दलित तथा जनजाति आदि विद्यार्थीलाई समेत छात्रवृत्ति दिने गरेको पिनाकलका प्रधानाध्यापक डा. ऋषि तिवारीले जानकारी दिए।

उनका अनुसार एसइई परीक्षामा जिपिए ४ ल्याउने सबै विद्यार्थीलाई कक्षा ११ र १२ को परीक्षामा शतप्रतिशत छात्रवृत्ति प्राप्त हुन्छ। त्यस्तै एसइईको परीक्षामा जिपिएका आधारमा ३० देखि १०० प्रतिशतसम्म छात्रवृत्तिको व्यवस्था हुन्छ।

त्यसैगरी कलेजले लिने इन्ट्रान्स परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई शतप्रतिशत छात्रवृत्तिको व्यवस्था हुन्छ। इन्ट्रान्स परीक्षामा आएको अंकका आधारमा मेरिट लिस्टका आधारमा अन्य विद्यार्थीलाई पनि छात्रवृत्तिको व्यवस्था गर्ने गर्छन्। साथै भौगोलिक विकटता र आर्थिक अवस्था कमजोर भएकाहरूलाई पनि कागजातका आधारमा छात्रवृत्ति दिने गरेको उनले बताए।

त्यस्तै दलित, जनजाति सीमान्तकृत र पिछडिएका जातजातिका विद्यार्थीलाई पनि छात्रवृत्तिको व्यवस्था गरिएको हुन्छ। स्थानीय तहको नियमानुसार प्राप्त हुने अन्य छात्रवृत्ति पनि कलेजले उपलब्ध गराउने प्रधानाध्यापक तिवारीले बताए। छात्रवृत्तिलाई विद्यार्थीको परीक्षाको अंकमा मात्र सीमित राख्न नहुने उनको भनाइ छ।

छात्रवृत्तिका लागि पहिलो प्राथमिकतामा सामुदायिक विद्यालयका विद्यार्थी रहने उनले बताए। ‘सबै विद्यार्थी सहर बजारको हुन्छन् भन्ने हुँदैन। कोही विद्यार्थी दुर्गमबाट आउला तर उसले प्राप्त गरेको अंक कम छ भने उसले छात्रवृत्ति नपाउन सक्छ,’ तिवारीले भने, ‘यस कारण विद्यार्थीले एसइईमा कति अंक ल्यायो भने मात्र हेर्न हुँदैन। परीक्षालाई मात्र आधार मान्न हुँदैन।’

यस्तै प्रधानाध्यापक तिवारीले छात्रवृत्ति उपलब्ध गराउने माध्यम एउटै बनाउने पर्ने बताउँछन्। परीक्षालाई मात्र आधार नमानेर क्लस्टर छुट्याएर छात्रवृत्ति दिनुपर्ने उनको सुझाव छ। उनी भन्छन्, ‘परीक्षालाई आधार मान्ने भए दुर्गमका विपन्न तथा कमजोर बालबालिकाले राम्रो कलेजहरूमा पढ्ने अवस्था नरहन सक्छ।’

यसैबिच काठमाडौं महानगरपालिकाले निजी शैक्षिक संस्थाहरूले उपलब्ध गराउँदै आएको छात्रवृत्ति लक्षित वर्गसम्म पुर्‍याउन र पारदर्शी बनाउन पहल गरिरहेको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस