शिक्षक आन्दोलनले मारमा विद्यार्थी
०४ वैशाख २०८२
•
६ मिनेट पाठ
शिक्षक आन्दोलनले मारमा विद्यार्थी
पाल्पास्थित श्रीदमकडा माध्यमिक विद्यालयकी छात्रा ओजस्वी आचार्य कक्षा ८ को परीक्षा नतिजा प्रकाशन नभएपछि उत्साहका साथ नयाँ कक्षामा पढ्ने सपना मुर्झाइसकेको बताउँछिन्। उनी बुधबार स्कुलमा नतिजाबारे बुझ्न जाँदा प्रधानाध्यापक मोहन सापकोटाले शिक्षक महासंघले आह्वान गरेको शैक्षिक हडतालका कारण विद्यालयका शैक्षिक गतिविधि ठप्प भएकाले समयमा नतिजा प्रकाशन गर्न नसकेको जवाफ दिए। कक्षा ९ मा नयाँ जोस र ऊर्जाका साथ पढ्ने सोच राखेकी ओजस्वी प्रधानाध्यापकको जबाफपछि झस्केकी छन्। उनले घर फर्केपछि प्रधानाध्यापकलाई सन्देशमूलक भिडियो बनाएर पठाइन्। त्यसमा उनले आफ्नो भावना पोखेकी छन्। ‘आज मेरो विद्यालय बन्द छ। सरहरूले मलाई घरै बसेर अध्ययन गर भन्नुभएको छ,’ ओजस्वीले भिडियोमा आफ्नो भावना यसरी पोखेकी छिन्, ‘शिक्षक महासंघले गरेको आम शैक्षिक हडतालका कारण विद्यालय बन्द भएको हो। यतिबेला म दमकडा माविको कक्षा ८ मा पढ्दै छु। तर म कक्षा ९ को विद्यार्थीको हैसियतले बोल्दै छु। किनभने शिक्षकहरू हड्तालमा रहेकाले कक्षा ८ को परीक्षा नतिजा प्रकाशन भएको छैन। यसकारण म कक्षा ८ कै विद्यार्थी छु अहिले पनि।’




उनले अगाडि भनेकी छिन्, ‘ज्ञापनपत्र, धर्ना हुँदै सामुदायिक विद्यालय बन्दसम्मको आन्दोलन बन्यो। नयाँ कक्षा कोठामा उत्साहका साथ पढ्न पाउनुपर्ने विद्यार्थीको सपना मुर्झाएको छ ।’

राज्यको नीतिगत त्रुटि वा राज्यले शैक्षिक क्षेत्र व्यवस्थापन गर्न नसकेका कारण राज्यविरुद्ध नै उत्रनुपरेको पीडा व्यक्त गर्दै गुरुहरूले विद्यार्थीको भविष्य नबिगार्ने प्रतिबद्धता व्यक्त गरेको भए पनि शैक्षिक सत्रको सुरुवातमै विद्यालय बन्द हुनु शैक्षिक क्षेत्रका लागि चुनौती भएको ओजस्वीको ठम्याइँ छ। ‘मसँगै पढ्ने विद्यार्थी अन्योलमा छन्। अभिभावक आफ्ना नानीको भर्ना र पठनपाठनबारे चिन्तित हुनुहुन्छ,’ उनले भनेकी छन्, ‘यसकारण हाम्रा गुरुहरूको माग सरकारले छिटोभन्दा छिटो सम्बोधन गरोस्। साँझबिहान कसरी छाक टार्ने? बाल कक्षाका शिक्षकले कसरी कक्षा सञ्चालन गर्नु होला? लाहुर जाने कि यहीँ जागिर गर्ने दोधारमा परेका राहत र अस्थायी शिक्षकले कसरी कक्षा कोठामा शिक्षण गर्नुहोला?’  

अहिले भइरहेको शैक्षिक क्षतिलाई पूरा गर्न गुरुहरूले कुनै न कुनै उपाय अपनाउनु हुने नै छ भन्दै उनले राज्यसँग गुरुहरूलाई छिटोभन्दा छिटो कक्षा कोठामा फिर्ता पठाउन माग गरेकी छन्। ओजस्वी मात्र होइन, अहिले सामुदायिक विद्यालयमा भर्नाका लागि कुरिरहेका ७० लाख विद्यार्थी र अभिभावकको चाहना छ– विद्यार्थीको पढ्न पाउने अधिकार नखोसिओस्, विद्यार्थीका सपना नमुर्झाऊन्।

काठमाडौं कालिमाटीकी सिर्जना श्रेष्ठले आफ्नो बच्चा पढाइरहेको कालिमाटीकै निलबाराही स्कुलमा पुग्दा शिक्षकहरूले शैक्षिक हडताल भएकाले भर्ना लिन नमानेको सुनाइन्। ‘सामुदायिक विद्यालयमा भर्ना लिन मान्नु भएन। शैक्षिक हडताल छ भन्नुभयो शिक्षकहरूले,’ उनले भनिन्, ‘यसकारण नजिकैको जनज्योति मावि (निजी विद्यालय) मा मैले आफ्ना तीन सन्तानलाई भर्ना गरिदिएँ। के गर्ने सरकारीमा जहिले नि हडताल भइरहने हो भने हाम्रा नानीबाबुले राम्ररी पढ्न पाउँदैनन्। पढाइ राम्रो हुँदैन।’

१४ दिनदेखि नेपाल शिक्षक महासंघको अगुवाइमा काठमाडौंकेन्द्रित सडक आन्दोलनमा सामुदायिक विद्यालयका शिक्षक छन्। यसले भर्ना प्रभावित भएको छ। यसबाट निजी विद्यालयलाई भने लाभ भएको छ। अहिले विद्यालय तहका कुल विद्यार्थीमध्ये ७० प्रतिशत सरकारी र ३० प्रतिशत निजीमा अध्ययनरत छन्। सरकारी विद्यालयका शिक्षक भर्नाका बेला हड्तालमा उत्रिएकाले यसको फाइदा निजी विद्यालयले लिने देखिन्छ।

पाल्पाको तानसेन–९ स्थित दमकडा माविका प्रधानाध्यापक मोहन सापकोटा भन्छन्, ‘हामी स्कुलको भलो चाहने शिक्षकलाई आन्दोलनले चुनौती पो थप्यो। म बस्ने वडामा दुई निजी र दुई सरकारी गरी चारवटा विद्यालय छन्। १२ कक्षासम्म चलेको सामुदायिक दमकडा मावि मात्र छ ।’ उनले चिन्ता प्रकट गरे, ‘वरिपरिका निजी स्कुलले धमाधम भर्ना लिइरहेका छन्। हाम्रो विद्यालयमा शैक्षिक हडतालका करण भर्ना लिन पाइएको छैन। विद्यार्थी निजीमा जाने हुनु कि भन्ने चिन्ता लागेको छ। यसकारण अब राज्य र शिक्षक दुवै आन्दोलन टुंग्याउनेतिर लाग्नु पर्छ। दुवै विद्यार्थीप्रति संवेदनशील बन्नु पर्छ ।’ प्रिन्सिपल एसोसिएसन पाल्पाका अध्यक्ष समेत रहेका सापकोटाले सरकारले शिक्षकका माग सम्बोधन गर्न वैशाख १२ गते संसद् अधिवेशन बोलाउने निर्णय गर्नु सकारात्मक पक्ष भएको बताए।

तर कतिपय सामुदायिक विद्यालयले विद्यार्थीप्रति जिम्मेवार भएर भर्ना लिएका पनि छन्। तर शिक्षक आन्दोलनका कारण ती विद्याललयले भर्ना लुकीछिपी मात्र गरिरहेका छन्। हालको अवस्थामा शिक्षक आन्दोलनले राजनीतिक रूप लिएको छ। शिक्षकहरू कुनै न कुनै दल निकट संगठनमा आबद्ध भएकाले भोलिका दिनमा पार्टीबाट टिकट पाउने लोभले शिक्षक नेताहरू आन्दोलन लम्बाइरहेको बुझिएको शिक्षाविद् विद्यानाथ कोइरालाको विश्लेषण छ।

‘शिक्षकको माग अर्थसँग सम्बन्धित रहेकाले शिक्षा मन्त्रालयले मात्र सक्दैन। अर्को कुरा राज्यले विश्वासको वातावरण पनि बनाउन सकेको छैन,’ कोइरालाले भने, ‘यस कारण पनि शिक्षकले आन्दोलन जारी राखेका छन्। अब नीतिगत विषयवस्तुमा सबै दलको सहमति आवश्यक हुन्छ।’

शिक्षकहरूमध्ये ८० हजार नेपाली कांग्रेस निकट, ७० हजार एमाले निकट र ४० हजार माओवादी केन्द्र निकट संठनमा आबद्ध रहेको ती दलहरूले नै विभिन्न समयमा बताउँदै आएका छन्। शिक्षाविद् कोइरालाले विद्यार्थीको भविष्यप्रति अब शिक्षक र राज्य दुवै संवेदनशील हुनुपर्ने बताए। ‘हालको आन्दोलनले शिक्षकको पेसागत सुरक्षाको सवाल बोकेको छ तर विद्यार्थीको शैक्षिक गुणस्तर, शिक्षण सिकाइबारे खै बोलेको?’ उनले प्रश्न गरे।

आन्दोलनको नेतृत्व गरिरहेका शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकारले मन्त्रिपरिषद्को निर्णयबाट वैशाख १२ गते संसद्को वर्षे अधिवेशन बोलाउनेबाहेक अरू केही पनि माग सम्बोधन नगरेकाले आन्दोलन जारी रहने बताए। ‘मन्त्रिपरिषद् र मन्त्रालयले सम्बोधन गर्न सक्ने माग पनि सम्बोधन गर्न सकेन राज्यले,’ सुवेदीले भने, ‘यस कारण महासंघले कक्षा १२ को परीक्षा बहिष्कार गर्ने निर्णय गरेको छ, भर्ना अभियान र एसइईको उत्तर पुस्तिका परीक्षण पनि नगर्ने हाम्रो अडान हो ।’

कर्मचारीले एसएलसी चलाएका थिए

शिक्षक महासंघका उपमहासचिव रामप्रसाद ढकालका अनुसार २०४२ सालमा शिक्षकहरूले सञ्चय कोष, पबमा, बिरामी बिदा, उपदान, पेन्सन सुविधाको ब्यवस्थालगायत माग राखेर आन्दोलन गरेका थिए। राजतन्त्रकालमा १०४ दिन गरिएको उक्त आन्दोलनका क्रममा ११ शिक्षक सहिद पनि भएका थिए।

त्यतिखेरको एसएलसी राज्यले कर्मचारी परिचालन गरेर सञ्चालन गरेको थियो। यसकारण परीक्षा प्रभावित हुने सम्भावना छैन। साथै विद्यालय भर्ना पनि विद्यालयले गुपचुप गरिरहेकै छन्। यो आन्दोलनले राजनीतिक रूप लिएको शिक्षकहरूबीच नै चर्चा छ ।

वार्ता तयारीमा शिक्षक

‘हामीले सरकारसँग २०७५, ७८ र ८० मा भएको सहमतिका आधारमा सार्थक वार्ता तयारीका लागि खाका बनाएका छौं,’ उपमहासचिव ढकालले भने, ‘वार्तासाथै आन्दोलन पनि जारी नै हुन्छ। विगतमा पनि २०४२ सालमा शिक्षक आन्दोलनकै क्रममा तत्कालीन सरकारले कर्मचारी परिचालन गरेर एसएलसी सञ्चालन गरेको इतिहास छ ।’ उनले थपे, ‘यसकारण अब कक्षा १२ को परीक्षा राज्यले नै सञ्चालन गरोस्। माग पूरा नभएसम्म हामी सडक आन्दोलनबाट पछि हट्दैनौं।’

आन्दोलनमा सहभागी १५ वटा घटकका अध्यक्षहरूबीच विगतमा भएका सहमतिका आधारमा सार्थक वार्ता गर्ने निर्णयमा आफूहरू पुगेको उनले बताए।  
अर्को समाचार
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
०८ साउन २०८२
•
३ मिनेट पाठ
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
जुम्लाका ६ स्थानीय तहले करार कर्मचारी हाजिर नहुन विषयमा सूचना जारी गरेका छन्। यस्तो सूचनाले धेरै करार कर्मचारी प्रभावित हुने देखिन्छन्। जुम्लाको सिंजा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, तिला गाउँपालिका, तातोपानी गाउँपालिका, पातारासी गाउँपालिका र गुठिचौर गाउँपालिका संघ र प्रदेशबाट स्रोत सुनिश्चितता नभएका कर्मचारीहरूलाई साउनबाट हाजिर नगर्न, नगराउन सूचना जारी गरेका हुन्।




प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरमा जारी सूचनामा कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम कुनै व्यक्तिलाई ज्यालादारी वा करार नियुक्ति गर्न नपाइने र स्थानीय सेवा - गठन तथा सञ्चालन नियमावली २०८१ को नियम ११ (१) अनुसार पद नभई करार कर्मचारी नियुक्त गर्न नहुने, प्रदेश र संघबाट बजेट सुनिश्चितता भएका करार कर्मचारीबाहेकका कर्मचारीले २०८२ साउन १ गतेबाट हाजिर नगर्न नगराउन सूचना जारी गरेको छ।

कर्णाली प्रदेशको कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम स्थानीय तहले ती कर्मचारीले स्थानीय तहमा हाजिर हुन पाएका छैनन्। जुम्लाको   पातारासी गाउँपालिकामा १ सय २ जना, कनकासुन्दरी गाउँपालिकामा ८४ जना, तिला गाउँपालिकामा ६२ जना स्वास्थ्यकर्मी, कार्यालय सहयोगी सहितका कर्मचारी प्रभावित हुने भएका छन्। शिक्षकको भने तथ्यांक आउन बाकीँ नै छ।

यसैगरी तातोपानी गाउँपालिकामा २५ जना, सिंजा गाउँपालिकामा २४ जना, गुठिचौर गाउँपालिकामा २१ जना, हिमा गाउँपालिकामा झण्डै ७० कर्मचारी प्रभावित हुने छन्। यस ऐनको कार्यान्वयनपछि स्वास्थ्य र शिक्षा क्षेत्रका कर्मचारी प्रभावित हुने भएका छन्।

यता जुम्लाको तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जानकारी हितानकाे अनुसार यो निर्णयले तिलाका ४ आधारभूत स्वास्थ्य संस्था प्रभावित हुने भएका छन्। यहाँका अनमी र कार्यालय सहयाेगी गरी ९ जना नभएर खोप सेवा समेत प्रभावित हुनेछ।

यस्तै कनकासुन्दरीमा ३६ जना स्वास्थ्य क्षेत्रका, २९ जना शिक्षा र अन्य ८४ जना कर्मचारी प्रभावित भएका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले बताए। यस्तै पातारासी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नविन शाहीकाे अनुसार ५४ जना शिक्षक सहित १ सय २ जना कर्मचारी प्रभावित भएका छन्।

पातारासी गाउँपालिकामा जसरी पनि जागिर सुनिश्चित गर्नुपर्ने माग गर्दै करार शिक्षकले तालाबन्दी समेत गरेका छन्। पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले तालाबन्दीकाे विषयमा छलफल भइरहेको बताउँछन्।

गाउँपालिका तालाबन्दी भएपछि गाउँपालिकामा प्रहरी पुगेको छ। गाउँपालिका तालावन्दी भएपछि काम प्रभावित भइरहेको छ। यता जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले नगरपालिकाका ७ जना मात्र रहेको बताए।

अरू करार सबै कर्मचारी ओएनएमभित्र परेका छन्। नगरपालिकाले आन्तरिक स्रोतबाट तलब खुवाउने गरी ओएनएम पास भइसकेको छ। खासै प्रभावित हुने कर्मचारी छैनन्। उनले भने, ओएनएम भित्र नसमेटिएका ७ जना मात्र छन्। जसमध्ये फाएर फाइटर ३ र सुइपर ४ जना छन्।

प्रदेश सरकारको ऐनका विषयमा भने गाउँपालिकाहरुले भने असन्तुष्टि जनाएका छन्। हिमा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष लक्ष्मणबहादुर शाहीले कर्णाली प्रदेश सभाबाट पारित “कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१” ले संविधानको मर्ममाथि गम्भीर प्रश्न उठाएको छ।

उनकाे अनुसार उक्त ऐनको दफा १४ (१) अनुसार “कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्त गर्न नपाइने” तथा सो व्यवस्था विपरीत नियुक्त गरे नियुक्ति गर्ने पदाधिकारीवाट सरकारी बाँकी सरह असुल उपर गरिने भन्ने व्यवस्था गरिएको छ। यो व्यवस्था कार्यरत करार कर्मचारीहरूलाई चेतावनीसहित सेवा बाहिर धकेल्ने कानुनी हतियार बनाइएको बताए।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस