कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि
०३ फागुन २०८०
•
१ मिनेट पाठ
कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि
ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि सञ्चालन हुने जनाएको छ। परीक्षा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सञ्चालन हुने छ।

परीक्षा एक दिनमा पाँच सिफ्टमा सञ्चालन गरिनेछ भने एक दिनमा एक हजार परीक्षार्थीले सहभागिता जनाउन सक्ने गरी व्यवस्था मिलाइएको ईपीएस कोरिया शाखाका निर्देशक मैयाँ कँडेलले जानकारी दिइन्। उनले भनिन्, 'शनिबार पनि परीक्षा दिने गरी व्यवस्था गरेका छौँ, पहिलो सिफ्टमा करिब ४७ हजारले कोरियन भाषा परीक्षा दिन सक्नेछन्।'

परीक्षा हुने अघिल्लो दिन आफ्नो सिफ्टअनुसार ईपीएस शाखा, कार्यालय ग्वार्कोमा बायोमेट्रिक रजिस्ट्रेशन फिङ्गर प्रिन्ट दर्ताका लागि उपस्थित हुनुपर्नेछ। परीक्षाका दिन परीक्षा केन्द्र भैँसेपाटीमा बायोमेट्रिक भेरिफाइ हुनेछ।

परीक्षा समयभन्दा एक घण्टा अगाडि परीक्षा हलमा ‘ओरेन्टेसन’ शुरु हुने र निर्धारित समयमा उपस्थित नभएमा परीक्षामा सहभागी नगराइने निर्देशक कँडेलले बताइन्। परीक्षामा मोबाइलफोन, स्मार्टवाचलगायतका कुनै पनि विद्युतीय सञ्चारका साधनहरु लैजान निषेध गरिएको छ।

यसैगरी परीक्षामा अवाञ्छित गतिविधि गरेको भेटिएमा परीक्षा रद्द गर्नुका साथै चार वर्षसम्मका लागि परीक्षामा समावेश हुन निषेध गरिनेछ।

सन् २०२३ का लागि कोरियाको उत्पादनमूलक क्षेत्रतर्फ एक लाख ६४ हजार सात सय १६ जनाले आवेदन दिएका जनाइएको छ। रासस
अर्को समाचार
अझै आएन कोरियाको जवाफ
१७ पौष २०८०
•
३ मिनेट पाठ
अझै आएन कोरियाको जवाफ
रोजगार अनुमति प्रणाली (इपिएस) कोरिया शाखाले सन् २०२३ का अनुत्तीर्ण करिब ३२ हजार परीक्षार्थीलाई सोमबारदेखि फारम भर्न सुरु गरेको छ। 

सिप बिल्डिङमा अनुत्तीर्ण परीक्षार्थीलाई उत्पादनमूलक क्षेत्रमा आवेदन फाराम भर्न नदिएको भन्दै युवाहरूले आन्दोलन गरेका थिए। आन्दोलनको क्रममा केही घाइते भए भने अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको मृत्यु भएको थियो।

दक्षिण कोरियाको सिप बिल्डिङमा आवेदन दिएकै कारण उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाएकाहरूलाई परीक्षामा सहभागी गराउन गत शुक्रबार उच्च अदालत पाटनले आदेश दिएको थियो। 

अदालतले निवेदनकर्ता र इच्छुक सबै युवालाई आवेदन फाराम भर्न दिन आदेश जारी गरेकाले सोमबारदेखि आवेदन फाराम भर्न सुरु गरिएको हो।
कोरिया शाखाले अदालतको आदेशकै आधारमा सिप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएकाहरूलाई उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन आह्वान गर्दै सूचना जारी गरेको थियो। तर, एचआरडी कोरियाबाट कुनै जवाफ नआएपछि थप अन्योल सिर्जना भएको छ। तर, अदालतको आदेशबारे रिसोर्स डेभलपमेन्ट सर्भिस अफ कोरिया (एचआरडी सर्भिस अफ कोरिया) बाट भने कुनै जवाफ नआएको इपिएसका अधिकारी बताउँछन्।

‘आजैदेखि तीन दिनसम्म अनलाइनमार्फत उनीहरूको आवेदन संकलन भइरहेको छ। आवेदन संकलन गरेको जानकारी एचआरडी कोरियाले पाउनेछ,’ इपिएस स्रोतले बताएको छ।

अदालतको आदेशबारे एचआरडी कोरियालाई आदेश आएलगत्तै मेल पठाएको तर हालसम्म कुनै प्रतिक्रिया नआएको इपिएस कोरिया शाखाका शाखा अधिकृत कमल श्रेष्ठले बताए।
‘अदालतको आदेशअनुसारै आवेदन माग गरेको हो। अहिले फाराम भर्न दिएका छौं। त्यो फाराम संकलन गरेर एचआरडी कोरियालाई पठाउने हो,’ श्रेष्ठले भने। इपिएस कोरिया शाखाले अदालतले दिएको आदेश मान्दै आवेदन आह्वानका लागि सूचना जारी गरेको जनाएको छ। तर एचआरडी कोरियाबाट कुनै जवाफ नआएको अधिकारीहरू बताउँछन्।

इपिएस कोरिया शाखाले ८ र २२ डिसेम्बर २०२३ मा गरी दुई पटक पत्राचार गरेको थियो। शाखाले नेपालमा भइरहेको विरोध, उनीहरूले बुझाएको ज्ञापनपत्र तथा अदालतबाट आएको आदेशलाई समेटेर पत्राचार गरेको थियो। तर त्यसको जवाफ अहिलेसम्म नआएको अधिकारीहरू बताउँछन्। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यो विषयमा छलफल गर्नका लागि मंगलबार (पुस १७ गते) नेपालस्थित दक्षिण कोरियाली राजदूतलाई बोलाएको मन्त्रालयका प्रवक्ता राजीव पोखरेलले जानकारी दिए। राजदूतलाई छलफलका लागि बोलाएको र छलफलपछि के गर्ने भन्ने विषयमा टुंगो लाग्नसक्ने पोखरेलको भनाइ छ।
सिप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएकाहरूले फाराम भर्न पाउनुपर्ने माग राख्दै आन्दोलन गर्दैगर्दा उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिएकाहरूले समेत आन्दोलन गर्ने चेतावनी दिँदै आएको इपिएस शाखाले बताएको छ।

उनीहरूले इपिएस कोरियालाई मेल, ह्वाट्सएप, भाइबरजस्ता माध्यमबाट सिप बिल्डिङ क्षेत्रकाहरूलाई आवेदन भर्न दिएको खण्डमा आन्दोलन गर्ने चेतावनी दिएका इपिएसका अधिकारी बताउँछन्। जसले गर्दा एचआरडी कोरियाका अधिकारीले यो विषयमा गम्भीर प्रश्न राखेको इपिएस स्रोतको भनाइ छ।

यसअघि उच्च अदालतले नै सुरज पाठकसहित १८ जनालाई आवेदन फाराम भर्न दिन भनेर अन्तरिम आदेश जारी गरेको थियो। सोही आधारमा १८ जनाले पुस १३ गते नै आवेदनका लागि फाराम भरेका थिए।
सरकारले यो विषयमा छानविन गर्न उच्चस्तरीय आयोग गठन गरेको छ। उच्च अदालतका पूर्व न्यायाधीश शेखर पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो।

इपिएस स्रोतका अनुसार अदालतको आदेश मान्न बाध्य भएकाले सूचना जारी गरिएको थियो। तर दुईवटा पत्रको एचआरडी कोरियाबाट कुनै जवाफ नआएपछि के हुन्छ भन्न सकिँदैन।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस