गणतन्त्रका १५ वर्ष
१५ जेष्ठ २०८०
•
५ मिनेट पाठ
गणतन्त्रका १५ वर्ष
मुलुकमा संघीय गणतन्त्र घोषणा गरेको १५ वर्ष पुगेको छ। २०७२ सालमा संविधान जारी भएपछि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकास भइरहेको छ। बितेका डेढ दशकमा भएका अभ्यासले गणतन्त्रप्रति गुनासो पनि उत्तिकै भइरहेको छ। यही मौकामा इतिहासको पानामा सीमित भइसकेको राजतन्त्र ब्युँताउने प्रयास चलिरहेका छन्।

जनअसन्तुष्टिलाई उपयोग गर्दै लोकतान्त्रिक गणतन्त्रको ठाउँमा राजतन्त्र स्थापना गर्ने कुनै शक्तिशाली आन्दोलन गराउन खोजिएको छ। पूर्वराजा ज्ञानेन्द्रलाई अघि सारेर विभिन्न कोणबाट अहिले भइरहेका प्रयासको उद्देश्य त्यही हो। गणतन्त्र विरुद्ध जानसक्ने शक्ति तत्काल तयार नभए पनि गणतान्त्रिक शक्तिको व्यवहारले व्यवस्थालाई कमजोर बनाइरहेको मान्न सकिन्छ।  

हामीले खोजेको लोकतन्त्रको अभ्यास उम्दा किसिमको हो। अन्य मुलुकले पनि गणतान्त्रिक नेपालको प्रगति देखेर चर्चा गर्न सक्ने बनाउनुपर्ने हो। तर, मुलुकमा यस्तो गणतन्त्र हाबी छ, जहाँ सांसदले बोल्नसमेत प्रतिबन्ध लाग्ने अवस्था सिर्जना भएको छ। 

प्रतिनिधिसभाको बैठकमा सांसद लेखनाथ दाहालले पशुपतिमा चढाइएको जलहरीमा सुनको सट्टा पित्तल लगाइएको भन्ने अभिव्यक्तिलाई संसद्को अभिलेखबाट हटाउने काम भएको छ। सार्वभौम जनताका प्रतिनिधि सांसदले बोलेको अभिव्यक्ति नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित भएकै कारण संसद्को अभिलेखबाट हटाइनु आफैंमा चिन्ताको विषय भएको छ। कुनै पनि दलका ठुला नेता लक्षित हुने गरी अभिव्यक्ति दिनै नपाइने हो भने अहिलेको गणतन्त्र पनि सीमित रहेछ भन्ने पुष्टि हुन्छ। एउटा राजाको ठाउँमा अनेकन छोटे राजा जन्मिएको गुनासो त्यतिकै भएको होइन।

वास्तवमा यती, ओम्नी, ललितानिवास, पशुपतिको जलहरीजस्ता विषय यतिबेला घरघरका विषय बनेका छन्। कुनै पनि विषयमा विवाद उत्पन्न हुँदा छानबिनका निम्ति तत्परता हुनुपर्छ। कुनै दल वा नेतातर्फ विषयवस्तु केन्द्रित हुनासाथ विरोध गरिहाल्ने र बोल्न नदिने हो भने विद्यमान व्यवस्थामा रहेका विकृतिमा सुधार आउने छैन। यसले हाम्रो गणतन्त्रलाई खोक्रो मात्र बनाउने छ। गणतान्त्रिक व्यवस्थामा राजा र रंकको भेद हुँदैन। प्रत्येक नागरिक आफैंमा सार्वभौम हुन्छन्। तर, केही शीर्ष नेताले आपसमा सहमति गरेर सार्वभौम सांसद सदस्यका अभिलेख हटाउने अभ्यासले गणतन्त्रलाई बलियो र चिरस्थायी बनाउँदैन।  

कुनै पनि दलका ठुला नेता लक्षित हुने गरी अभिव्यक्ति दिनै नपाइने हो भने अहिलेको गणतन्त्र पनि सीमित रहेछ भन्ने पुष्टि हुन्छ। एउटा राजाको ठाउँमा अनेकन छोटे राजा जन्मिएको गुनासो त्यतिकै भएको होइन।
हाम्रो लोकतान्त्रिक गणतन्त्रमा सबैभन्दा धेरै समस्या सुशासनमा देखिएको छ। चौतर्फी भ्रष्टाचारका काण्ड सतहमा छन्। तिनलाई नियन्त्रण गर्न सक्ने क्षमता गणतन्त्रभित्रका संस्थामा हुनुपर्छ। अनि मात्र देशमा लोकतन्त्रको अभ्यास सफल हुन्छ। भ्रष्टाचार नियन्त्रणका निम्ति अख्तियार दुरूपयोग अनुसन्धान आयोगको संवैधानिक व्यवस्था छ। सरकारभित्रै पनि राष्ट्रिय सतर्कता केन्द्र रहेको छ। यसबाहेक राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण, राजस्व अनुसन्धान विभागजस्ता निकाय नभएका होइनन्। मुलुकमा अनियमितता रोक्न सक्ने अवस्था देखिएको छैन। सबै संस्थाहरू कमजोर देखिएका छन्। जुन राजनीतिक प्रणालीमा सन्तुलन र नियन्त्रणको व्यवस्था कमजोर हुन्छ, त्यहाँ गणतन्त्र टिक्न सक्दैन।  

पटक–पटक भएका राष्ट्रिय जनआन्दोलनको उद्देश्य मुलुकमा भरपर्दो राजनीतिक व्यवस्था स्थापना गर्नु रहेको हो। जनताका छोराछोरी नै राज्यका सर्वोच्च स्थानमा पुगेपछि सत्ता संघर्ष कम हुने र देशमा संघीय लोकतान्त्रिक व्यवस्थाले सुशासन दिने अपेक्षा गरिएको हो। सुशासन देशमा यतिबेला मृगतृष्णाजस्तो बन्न पुगेको छ। 

पशुपतिको जलहरी प्रकरण महालेखा परीक्षकको प्रतिवेदनमा पनि परिसकेको विषय हो। त्यसैगरी यसमा अख्तियारले समेत छानबिन गरिरहेको छ। तर, यही विषयमा कुरा उठाए वापत संसद् अवरुद्ध भयो। प्रमुख विपक्ष एमालेले संसद् चल्न नदिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बैठक गर्नुपरेको छ। सरकारको नीति तथा कार्यक्रम पारित गर्ने र जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक दायित्व पूरा गर्न नसक्ने भएपछि प्रधानमन्त्री दाहाल पनि सांसदको अभिव्यक्ति अभिलेखबाट हटाउने प्रक्रियामा सहमत भएका हुन्।  

यसले लोकतन्त्रमा संसद् चलाउने असल अभ्यास स्थापना गर्न सकेको छैन। संसदीय शासन प्रणाली परम्पराको निरन्तरता पनि हो। बेलायती प्रजातन्त्रमा संसद्ले अभ्यासलाई सुचारु गर्दै आजको दिनमा परिपक्व अवस्थामा पुर्याएको छ। लिखित संविधान नभएको मुलुक आफ्ना परम्परा र अभ्यासबाटै सही ढंगले अगाडि बढ्न सकेको छ। हामीकहाँ संविधानले सांसदलाई अधिकारसम्पन्न बनाए पनि तिनलाई अभ्यासले निरीह बनाउँदै लगेको छ। यसै पनि हाम्रो गणतन्त्रको अभ्यासमा संसद् कमजोर देखिँदै आएको छ। कार्यकारी संसद्प्रति जवाफदेही हुनुपर्नेमा यसको मुख थुन्ने काम भइरहेको छ। यसकारण पनि मुलुकमा गणतन्त्रको अभ्यास सही दिशामा गइरहेको छैन।  

हाम्रो लोकतान्त्रिक गणतन्त्रका निम्ति मुलुकले ठुलो वलिदान गरेको छ। यो सजिलै प्राप्त भएको होइन। यसका विरुद्धमा आज जसरी आवाज उठिरहेका छन्, त्यसको कारण र निराकरण खोजी अहिलेको आवश्यकता हो। एकथरी मानिसलाई लोकतान्त्रिक गणतन्त्रप्रति अझै चित्त बुझेको छैन। तिनलाई हिजोको मनोमानीपूर्ण पारिवारिक शासन व्यवस्था नै प्रिय लागेको छ। मुलुकको लोकतान्त्रिक गणतन्त्र स्थापनाका निम्ति जीवन आहुति गर्ने सहिदको आकांक्षा त्यो होइन। लोकतान्त्रिक व्यवस्था नै फल्ने र फुल्ने अवस्था आवश्यक छ। त्यसका लागि अहिले देखिएका विकृतिको निराकरण र सही अर्थको लोकतन्त्र आजको आवश्यकता हो। लोकतन्त्रको विकल्प बढी लोकतन्त्र मात्र हो। यसको विकल्पमा हिजोको इतिहास भइसकेको राजतन्त्रको पुनस्र्थापना गर्न सकिँदैन। व्यवस्थाको शुद्धिकरण अहिलेको आवश्यकता हो। गणतन्त्रको शुभकामना !
अर्को समाचार
गणतन्त्रका लागि हाँसीहाँसी फाँसी चढेका दुर्गानन्द झा
१५ माघ २०७८
•
४ मिनेट पाठ
गणतन्त्रका लागि हाँसीहाँसी फाँसी चढेका दुर्गानन्द झा
फाइल फोटोः दुर्गानन्द झा
नेपालमा मृत्युदण्डको सजाय पाउने पहिलो ब्राह्मण मात्र होइन, गणतन्त्रणको बिगुल फुक्ने पहिलो व्यक्ति थिए, दुर्गानन्द झा। शनिबार (०७८ माघ १५ ) उनको ५८औं स्मृति दिवस छ। उनले राजा महेन्द्रको गाडीमाथि बम प्रहार गरेर गणतन्त्रको उद्घोष गरेको ४५ वर्षपछि देशमा गणतन्त्र आयो। उनी गणतन्त्रका लागि बलिदानी दिएको ५२ वर्षपछि सहिद घोषणा भए। तर उनी गणतान्त्रिक सरकारको प्राथमिकताबाट ओझेल पर्दै आएका छन्।

नेपालमा गणतन्त्र आएपछि कांग्रेस र कम्युनिस्ट दुवैले सरकारको नेतृत्व गरे। तर नेपालमा गणतन्त्र आएको झन्डै एक दशकपछि दुर्गानन्द झालाई राज्यले सहिद घोषणा गर्‍यो। उनको परिवारलाई सरकारले अझै सहिद परिवारसरहको सम्मान दिन सकेको छैन, पुराना राजनीतिज्ञ खुसीलाल मण्डल भन्छन्, ‘मधेस र मधेसीमाथिको विभेदको यो चरम उदाहरण हो।’ जसले नेपालमा गणतन्त्रको शंखघोष गरे। राजाको खिलाफ बोल्ने साहससम्म नगर्ने समयमा जसले राजामाथि बम प्रहार गरेर गणतन्त्रको उद्घोष गरे।

मण्डल भन्छन्, ‘गणतान्त्रिक मुलुकमा दुर्गानन्दको बलिदानी ओझेल पर्नु विडम्बना हो।’ यद्यपि त्यो हमला ज्यान लिने उद्देश्यले गरिएको थिएन। राजाबिनाको तन्त्र कल्पना गर्नु पनि अपराध करार हुने समयमा दुर्गानन्दले राजामाथि बम फ्याँकेर साहस मात्र प्रदर्शन गरेका थिएनन्,’ मण्डल भन्छन्, ‘राजा चाहिँदैन भन्ने सन्देश दुर्गानन्दले त्योबेला नै प्रदर्शन गरेका थिए। तर मधेसी भएकै कारण दुर्गानन्द मरणोपरान्त पनि राज्यबाट सहिद घोषणा हुन दशकौं पर्खिनुपर्‍यो। सहिद घोषणा भएर पनि सहिदसरह सम्मान पाउन सकेका छैनन्, राजनीतिज्ञ मण्डलले भने।’

२०२० माघ १५ गते दुर्गानन्द झालाई फाँसी दिइएको थियो। २०७२ फागुन १९ गते राज्यले उनलाई सहिद घोषणा गरेको थियो। गणतन्त्रका लागि हाँसीहाँसी फाँसीमा चढेका दुर्गानन्द झाले सहिदका सम्मान पाउन ५२ वर्ष कुर्नुपर्‍यो। २०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले नेपाललाई लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरेको थियो।

मधेसको दूरदेहातमा जन्मेर राजासँग फरक मत मात्र होइन, राजा नै चाहिँदैन भने साहस गर्ने पहिलो व्यक्तिका रूपमा चिनिन्छन्, दुर्गानन्द झा। झाको जन्म १९९९ वैशाख १४ गते धनुषाको जटही गाउँमा पिता देवनारायण र माता सुकुमारीदेवी झाको एक्लो सन्तानका रूपमा भएको थियो। घरको एक्लो सन्तान भएकाले आमाबुवाले दुर्गानन्दको विवाह मेट्रिक पढ्दै गर्दा २०१७ सालमा गरिदिए। उनको विवाह काशीदेवी झासित सम्पन्न भएको थियो। दुर्गानन्दको पढाइ गाउँनजिकै पारिको उभगाँवस्थित दिनदयाल हाई स्कुलमा भएको थियो।

उनी विवाहको वर्षगाँठ मनाएर गर्भवती पत्नीलाई आमासँग छाडेर लोकतन्त्रको संघर्षमा होमिएका थिए। दुर्भाग्य उनको पहिलो सन्तान नै मृत जन्मे।

२०१७ पुस १ गते राजा महेन्द्रले गरेको ‘कु’ को विरोधमा कांग्रेसले आन्दोलन सुरुवात गर्‍यो। प्रजातन्त्रमाथि ‘कु’ गर्ने राजा महेन्द्रको कदमविरुद्ध युवा उमेरका दुर्गानन्दको आक्रोश उत्कर्षमा थियो। भारतको जयनगरमा निर्वासित जीवन बिताइरहेका कांग्रेस नेता सरोज कोइरालाको सम्पर्कमा पुगी उनले राजा महेन्द्रको जनकपुर सवारीका क्रममा बम प्रहार गर्ने योजना बनाएका थिए। २०१८ माघ १९ गते राजा महेन्द्रको जनकपुर भ्रमणका क्रममा दुर्गानन्दले महेन्द्र चढेको गाडीलाई लक्षित गरि बम प्रहार गरे।  

कडा सुरक्षा पहराबीचमा रहेको महेन्द्र चढेको गाडीमाथि जनकी मान्दिरमा दुर्गानन्दले बम प्रहार गरे। यद्यपि बम पड्केन, गाडीको सिसामा क्षति भयो। बम प्रहार गरेर सकुशल उम्कनसमेत दुर्गानन्द सफल भएका थिए। त्यो दिन उनी जनकपुरमै सुरक्षित बसेर बिहान भारतको उभगाँव पुगेका थिए। दुर्गानन्दकै नजिकका व्यक्तिले उनलाई राजाबाट माफी दिलाइदिने भनेर बोलाए। जयनगरबाट रेल चढेर जनकपुर आउँदै गरेका दुर्गानन्द बाटोबाटै गिरफ्तार भए। पक्राउ परेको भोलिपल्ट परकौली सैनिक ब्यारेकमा ल्याएर हेलिकोप्टरबाट काठमाडौंको केन्द्रीय कारागारमा पुर्‍याइएको थियो। दुर्गानन्दमाथि राज्यले राजामाथि गाँत गाँदी हालेको (राजालाई मार्ने उपक्रम) गरेको अभियोग लगाइयो। उनलाई फाँसीको सजाय तोकियो। तर, ब्राम्हण जातीका उनलाई फाँसी वा मृत्युदण्ड दिन कानुनमा व्यवस्था थिएन। कानुनले ब्राम्हणलाई मृत्युदण्ड दिन रोक लगाएको थियो।

त्यो बेला राज्यले जनकपुरमा राजामाथि भएको बमकाण्डको छानबिन गर्न विशेष अदालतका न्यायाधीश पशुपतिप्रसाद उपाध्यायको अध्यक्षतामा झपटसिंह रावल र गुणनाथ उपाध्याय सदस्य रहनेगरी उच्च स्तरीय छानबिन आयोग गठन गरेको थियो। आयोगले २०१९ भदौ १९ मा सरकारलाई प्रतिवेदन बुझायो।

विशेष अदालतद्वारा २०१९ भदौ १९ गते कुनै सुनुवाइ नै नगरी मृत्युदण्ड दिने फैसला सुनाइएको थियो। पञ्चायतकालीन प्रधानन्यायाधीश भगवतीप्रसाद सिंहको इजलासबाट उक्त फैसला भएको थियो। २०१९ फागुन २० मा सर्वोच्च अदालतका न्यायाधीशद्वय दुर्गादत्त उपाध्याय र भैरवप्रसाद उपाध्यायले फैसलालाई सदर गरेको थियो।  

राजनीतिज्ञ मण्डल भन्छन्, ‘ब्राह्मणलाई मृत्युदण्ड दिन नहुने कानुन संशोधन गरेर यो देशमा फाँसी पाउने पहिलो व्यक्ति दुर्गानन्द झा हुन्। २०२० भदौ १ मा मुलुकी ऐन संशोधन गरी सबैलाई समान सजाय दिने व्यवस्था कानुनमा उल्लेख गरियो। जसअनुसार २०२० माघ १५ गते राति दुर्गानन्द झालाई केन्द्रीय कारागारको रूखमा झुण्ड्यार मृत्युदण्ड दिइएको थियो। राज्यले दुर्गानन्दलाई राजालाई बिन्तीपत्र लेखेर माफी मागे मृत्युदण्ड मिनाहा हुने अन्तिमसमयसम्म भनिरह्यो।  

तर, दुर्गानन्द झुक्न तयार भएनन्। उनले माँफी भन्दा मृत्युलाई स्वीकार गरे। उनी हाँसीहाँसी फाँसीमा चढे। यतिसम्म कि राज्यले दुर्गानन्दको मृत शरीरसमेत उनको परिवारलाई दिएनन् । उनको परिवार कुशलाई भारतको गयामा गएर अन्तिम संस्कार गरेका थिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस