धराशायी बन्दै उदयपुर सिमेन्ट उद्योग
२२ कार्तिक २०७९
•
४ मिनेट पाठ
धराशायी बन्दै उदयपुर सिमेन्ट उद्योग
निजी क्षेत्रले सञ्चालन गरेका सिमेन्ट उद्योग नाफामा छन्। विदेशी बजारमा समेत निर्यात गर्न सुरु गरेका छन्। तर, सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग दिनानुदिन धराशायी बनेको छ।




व्यवस्थापकीय नेतृत्वको लापरबाहीले उद्योग अप्ठ्यारो अवस्थामा गुज्रिएको हो। उद्योग अहिले बन्द अवस्थामा छ। दसैंपछि केही दिन खुलेको उद्योग छठ बिदा सकिएपछि पनि सञ्चालनमा आएको छैन। उद्योग सञ्चालनको पहल गरिदिन त्यहाँका ट्रेड युनियनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई अनुरोध गरेका छन्। उच्च व्यवस्थापनले उद्योगलाई धरासायी बनाएको ट्रेड युनियनको आरोप छ। उद्योगमा आर्थिक हिनामिना र अनियमितता भएको आरोप लगाएका हुन्।  

उद्योग डुबाउने खेल सुरु भएको अखिल नेपाल औद्योगिक मजदुर संघका अध्यक्ष विश्वेश्वर पालले बताए। ‘उद्योग बन्द भएपछि सञ्चालनका लागि सहजीकरण गरिदिन मन्त्रालयलाई आग्रह गरेका छौं,’ पालले भने, ‘सिमेन्ट बिक्रीमा पनि अनियमितता भएको छ।’ इआरपी सिस्टममा पहिला पैसा आएको देखाउने सिमेन्ट गएपछि पैसा जम्मा नभएका उदाहरण पनि रहेको पालले बताए। उद्योगले गैंडा छाप सिमेन्ट उत्पादन गर्दै आएको छ।

उद्योग आर्थिक वर्ष २०७७/७८ मा ३० करोड ६० लाख रूपैयाँ घाटामा थियो। त्यसअघि २०७६÷७७ मा पनि ३३ करोड ३६ लाख रूपैयाँ घाटा थियो। आर्थिक वर्ष २०७४/७५ मा भने १० करोड नाफामा रहेको थियो। तत्कालीन समयमा महाप्रबन्धक सुरेन्द्र पौडेल थिए। गत आर्थिक वर्ष २०७८/७९ को नाफा घाटा उद्योगले सार्वजनिक गरेको छैन। आर्थिक वर्ष २०७७/७८ सम्म ५ अर्ब ५० करोड नोक्सानी छ। निजी क्षेत्रका सिमेन्ट उद्योग करोडौं रूपैयाँ नाफा कमाउँदा सरकारी लगानीको उदयपुर सिमेन्ट सधैं घाटामा रहेको छ। अर्थ मन्त्रालयको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदनअनुसार उदयपुर सिमेन्टमा ५ अर्ब ३७ करोड रूपैयाँ लगानी रहेको छ।

उद्योगको आर्थिक अवस्था नाजुक बन्दै गएको र कर्मचारीले सेवासुविधा पनि नपाएको बताएका छन्। बन्द उद्योग सञ्चालन गर्न माग गरेका छन्। उद्योग ट्रेड युनियनका अध्यक्ष राधेकुमार कोइराला, नेपाल कारखाना श्रमिक संघका अध्यक्ष देवेन्द्र झा, अखिल नेपाल औद्योगिक मजदुर संघका अध्यक्ष विश्वेश्वर पाल, नेपाल औद्योगिक मजदुर संगठनका उपाध्यक्ष बुद्धिमान तामाङले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको ध्यानाकर्षण गराउँदै उद्योग सञ्चालनको माग गरेका हुन्। आर्थिक अनियमितता भएको पनि ट्रेड युनियनको आरोप छ। उद्योगको क्षमता अनुसार आधा मात्र उत्पादन हुने गरेको छ। उद्योगले असार महिनादेखि कर्मचारीको सञ्चय कोष, नागरिक लगानी कोषमा रकम जम्मा नगरेको बताएका छन्।

उद्योग धराशायी हुनुमा महाप्रबन्धक गोपिकृष्ण न्यौपाने गैरजिम्मेवार भएको ट्रेड युनियनको आरोप छ। चारवटा ट्रेड युनियनले अतिथि सत्कार, सवारी दुरूपयोग, अनावश्यक खर्च गरेर उद्योगको स्रोतको दुरूपयोग गरेको भन्दै यस्ता खर्च रोक्न महाप्रबन्धक न्यौपानेले ध्यानाकर्षण गरेका थिए।  

महाप्रबन्धक न्यौपानेले भने आफूमाथि लगाएका आरोपमा कुनै सत्यता नभएको बताए। ‘एक रूपैयाँ तलमाथि गरेको छैन,’ न्यौपानेले भने, ‘सरकारले सहयोग गरे पूर्ण क्षमतामा चलाएर नाफामा ल्याउँछु।’ न्यौपानेले नाफामा सञ्चालन गर्ने बताए पनि उद्योग सधैं घाटामा छ। न्यौपाने २०७७ पुसमा नियुक्त भएका थिए। उनी नियुक्त भएको वर्ष आर्थिक वर्ष २०७७÷७८ मा ३० करोड ६० लाख रूपैयाँ घाटा थियो। उद्योगले बिजुलीको करिब २४ करोड र कोइला खरिदमा करिब २६ करोड रूपैयाँ तिर्न बाँकी रहेको उद्योगमा कार्यरत कर्मचारी बताउँछन्।

अहिले बन्द रहेको उद्योग दुई÷तीन दिनभित्रमा सञ्चालनमा आउने उनले बताए। पुराना मेसिन भएकाले सरकारले ऋण दिएर उद्योगको मर्मत गरेर पूर्ण क्षमतामा चलाउने न्यौपानेको जिकिर छ। ३० वर्ष पुरानो उद्योगका मेसिन जीर्ण भएकाले लगानी थप्नुपर्ने उनले बताए।  

उद्योगको उत्पादन क्षमता दैनिक १६ हजार ८ सय बोरा छ। उद्योग आधा क्षमतामा मात्र चल्ने गरेको छ। गत आर्थिक वर्ष २०७८/७९ मा २१ लाख ७२ हजार बोरा सिमेन्ट बिक्री गरेको थियो। पहिला ५६÷५७ ग्रेडको सिमेन्ट उत्पादन गर्दै आएको उद्योगको अहिले ग्रेडमा पनि प्रश्न उठेको छ।

विगतमा १ सय रूपैयाँ महँगो हुँदा पनि बिक्री हुने उदयपुर सिमेन्टको गुणस्तरमा प्रश्न उठेपछि बिक्रीमा पनि समस्या आएको कर्मचारी बताउँछन्। सिमेन्टको लागत प्रतिबोरा ८ सय ५० रूपैयाँ परे पनि ७ सय रूपैयाँ प्रतिबोरा बिक्री गरिरहेको न्यौपानेले बताए। मासिक २ लाख बोरा उत्पादन गरे मात्र ब्रेकइभनमा जाने उनले बताए। ‘अहिले मासिक १ लाख बोराभन्दा कम उत्पादन हुन्छ,’ न्यौपानेले भने, ‘नाफामा जान फुलफेजमा उद्योग चलाउन सक्नुपर्छ।’

उद्योग पूर्ण क्षमतामा चलाउन थप ५६ करोड ७२ लाख रूपैयाँ ऋण लगानी गर्न व्यवस्थापनले सरकारसमक्ष प्रस्ताव पेस गरेको छ। थप लगानी प्रस्तावको फाइल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा पुगेको छ। सरकारले २०४४ सालमा उदयपुर सिमेन्ट उद्योग स्थापना गरेको हो ।
अर्को समाचार
प्रधानमन्त्री दाहाल शनिबार उदयपुर आउँदै
१८ माघ २०८०
•
३ मिनेट पाठ
प्रधानमन्त्री दाहाल शनिबार उदयपुर आउँदै
उयदपुरकाे पर्यटकीय, धार्मिक तथा ऐतिहासिक रौता पोखरी। तस्बिर : नागरिक
प्रधानमन्त्री पुष्पकमल दाहाल आउँदो शनिबार उदयपुर आउने कार्यक्रम छ। उदयपुरको समग्र विकास निर्माणको अवस्थाबारे प्रत्यक्ष जानकारी लिने उद्देश्यले उनी यहाँ आउन लागेको बताइएको छ।




उदयपुर भ्रमणका क्रममा प्रधानमन्त्रीले पछिल्लो समय आर्थिक अभावले टाट पल्टेको पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) जलजलेको निरीक्षण गर्नेछन्। त्रियुगा नगरपालिका ६ जलजलेमा रहेको उद्योगको उत्पादन प्लान्ट निरीक्षणपछि उनी जिल्लाको रौतामाई गाउँपालिका केन्द्र भुट्टार पुगेर नवनिर्मित प्रशासनिक भवन उद्घाटन गर्ने कार्यक्रम छ।

प्रमुख प्रशासकीय अधिकृत जनक बस्नेतका अनुसार प्रधामन्त्रीले उद्घाटन गर्ने नवनिर्मित भवन रौतामाई गाउँपालिकाले तीन वर्षअघि निर्माण थालेर भर्खरै सम्पन्न भएको हो। उनका अनुसार ०७७ असोज ११ मा भएको ठेक्का सम्झौताअनुसार रौताहा÷धुलिखेल÷सुसम÷आदित्य जेवीले सो भवन निर्माण गरेको हो।

तोकिएकै मितिमा निर्माण सम्पन्न भएको भवनमा अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत कार्यकक्ष, आवास, विषयगत शाखा, बैठककक्षलगायत ४० वटा कोठा रहेको हाकिम बस्नेतले बताए।

लेखा अधिकृत भुपध्वज रायमाझीले भवन निर्माणमा मूल्य अभिवृद्धि कर (भ्याट) सहित सात करोड ८७ लाख रुपैयाँ खर्च भएको बताएका छन्। साढे चारतले अपांगमैत्री, विद्युतीय भर्‍याङ (लिफ्ट) जडित तथा प्रत्येक तलामा पुरुष महिला अलग शौचालय, खानेपानी सुविधासहितको भवन गाउँपालिकाको आफ्नै जमिनमा निर्माण भएको रायमाझीले बताए।

गाउँपालिका अध्यक्ष वीरेन्द्रकुमार मगरले हेलिकोपटरमार्फत कार्यक्रमस्थल आउने प्रधानमन्त्री  दाहाल भवन उद्घाटनपछि गाईघाट फर्कने क्रममा रौतामाई गाउँपालिका ६ स्थित उयदपुरकै महत्वपूर्ण पर्यटकीय, धार्मिक तथा ऐतिहासिक रौता पोखरीको अवलोकन गराउने बताए। सदरमुकाम गाईघाटदेखि ४८ किलोमिटर उत्तरमा रहेको रौता पोखरी उदयपुरको प्रसिद्ध पर्यटकीय तथा धार्मिकस्थल हो।

‘हामी प्रधानमन्त्रीज्युलाई जिल्लाकै महत्वपूर्ण पर्यटकीयस्थल रौता पाखेरी पनि भ्रमण गराउने प्रयास गर्दैछौं’, अध्यक्ष गमरले भने, ‘तर समय कत्तिको व्यवस्थापन गर्न सकिन्छ, उहाँको व्यस्तता कति छ, त्यसमा भर पर्छ।’ बाह्रैमास पानी जमिरहने सुन्दर पोखरी, वरिपरि जंगल र बुट्यानले घेरिएको यो ठाउँ समुद्री सतहदेखि एक हजार नौ सय मिटरको उचाइमा अवस्थित छ।

त्यससँगै प्रधानमन्त्रीले त्रियुगा नगरपालिका १६ सिँधालीमा रहेको उसिउलिको चुनढुंगा खानीको पनि अवलोकन गर्नेछन्। सिँधालीमा दैनिक आठ सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्दा पनि दुई सय वर्षसम्म पुग्ने चुनढुंगा खानी छ। उद्योग सुरु हुनुअगावै जापानले पत्ता लगाएको यो चुनढुंगा दक्षिण एसियाकै सबभन्दा गुणस्तरीय सिमेन्ट उत्पादन हुने कच्चा पदार्थ हो।

जापान सरकारकै आर्थिक तथा प्राविधिक सहयोगमा स्थापना भई ०४६ सालदेखि व्यावसायिक उत्पादन थालेको उसिउलि व्यवस्थापकीय कमजोरीका कारण हाल धराशायी भइसकेको छ। पछिल्लो एक वर्षयता कोइला अभाव र मेसिन उपकरण मर्मत गर्ने खर्चसम्म नहुँदा उद्योग लगभग बन्दको अवस्थामा पुगेको छ।

लगभग चार सय हाराहारी कर्मचारी कार्यरत रहेको सरकारी स्वामित्वको उद्योगलाई सुचारु गर्न आर्थिक व्यवस्थापन गर्न माग गर्दै स्थानीय सरोकारवालाको समूहले पटकपटक उद्योग मन्त्रालय हुँदै प्रधानमन्त्रीलाई भेटिसकेको छ।

स्थानीयको मागपछि उद्योगमन्त्री रमेश रिजालले दुईपटक उद्योगको स्थलगत अवलोकन गरिसकेका छन्। यही बीचमा सरकारले केही दिनअघिको मन्त्रिपरिषद् बैठकबाट १७ करोड अनुदान सहयोग गर्ने निर्णयसमत गरेको सार्वजनिक भएको छ।

पछिल्लो समय देशका रुग्ण उद्योगहरू सुचारु तथा पुनःसञ्चालनमा ल्याउने सरकारी नीति कार्यान्वयन गर्न पनि प्रधानमन्त्री दाहाल उसिउलिको निरीक्षणमा आउन लागेको उनको सचिवालयले जनाएको छ। सरकारले रघुपति जुटमिल, गोरखकाली टायर, वीरगञ्ज चिनी कारखाना र हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णयसमेत गरिसकेको छ।
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस