झापा–भारतीय बजारबाट सहजै इन्धन भित्रिरहे पनि झापामा पेट्रोलियम पदार्थको हाहाकार यथावतै छ। यातायात व्यवसायीले आयल निगम र पेट्रोलियम व्यवसायीले नियतवश कृत्रिम अभाव देखाएर तस्करी धन्दालाई प्रोत्साहित गरेको आरोप लगाएका छन्।भारतीय बजार पानीट्याङ्कीबाट जर्किनमा इन्धन आयात गर्न प्रशासनले रोक लगाएको जनाएको छ। तर, भारतीय नम्बर प्लेटका ट्याक्सीले निष्फिक्री इन्धन ओसारी रहेका छन्। '७६ रुपैयाँ प्रतिलिटर पाइने डिजेल १ सय १० रुपैयाँमा किन्नु परेको छ,' मेची बस व्यवसायी संघका उपाध्यक्ष विष्णुकुमार श्रेष्ठ भन्छन्, 'सरकारी लापरवाहीले कालोबजारीले प्रश्रय पाइरहेको छ।' राज्यलाई पटकपटक गुहार्दा पनि यातायात व्यवसायीको गुनासो सुनुवाई नभएको श्रेष्ठले बताए।
त्यासे त मधेश आन्दोलन र भारतीय नाकाबन्दी उत्कर्षमा छँदा पनि काँकडभिट्टा नाकाबाट धेरथोर इन्धन आएको थियो । आन्दोलनको कुनै प्रभाव नरहेको पूर्वी नाकाबाट नियमित रुपमा पेट्रोलियम पदार्थ आयात भए हुन थालेको दुई महिनाभन्दा बढी भइसकेको छ। तैपनि यातायात व्यवसायी तस्करीकै इन्धन किन्न बाध्य भएका छन्। व्यवसायीका अनुसार वितरण प्रणाली सही नहुँदा मेची अञ्चलमा पेट्रोलियम पदार्थको अभाव देखिएको हो।
मेची पेट्रोलियम डिलर्स एशोसिएशनका अनुसार पूर्वी नाका काँकरभिट्टाबाट अहिले दैनिक सरदर १ सय ८० किलोलिटर पेट्रोलिमय पदार्थ भित्रिरहेको छ। तर, झापामा सञ्चालित सवारी साधनका लागि चाहिने करिब २० किलोलिटर इन्धन पनि नेपाल आयल निगमले उपलब्ध गराउन सकेको छैन। 'टाटा सुमोमा पानीट्याङ्कीबाट ओसारिएको डिजेल किनेर बस चलाउन परिरहेको छ', व्यवसायी संघका उपाध्यक्ष श्रेष्ठले थपे, 'काठमाडौ पुगेर आउने इन्धन नपाएपछि कालो बजारीसँग महँगोमा किन्न हामी बाध्य छाैं ।
यात्रुको चलानी बोकेर माइपारि पुगेपछि मात्रै इन्धन पाइने श्रेष्ठले बताए। उनका अनुसार २ सय ६० लिटर डिजेल डिलक्स बसलाई आवश्यक पर्छ। एसीलाई ३ सय लिटर चाहिन्छ । 'तर, ८५–९० लिटर डिजेल पेट्रोल पम्पबाट प्राप्त हुन्छ', श्रेष्ठ भन्छन्, 'झापा प्रशासन र यातायात व्यवसायीबीच १२ हजार लिटर पेट्रोलियम पदार्थ रात्री बसलाई दिने गरी भएको सम्झौता कार्यान्वयन भएन।' प्रशासनले नै इन्धन वितरणमा लापरवाही गरेको उनको आरोप छ ।
मेची अञ्चलका लागि आउने इन्धन काठमाडौं पठाउनु परेकाले बजारमा अभाव देखिएको प्रशासनको स्वीकारोक्ति छ । झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेल मेची अञ्चलका लागि आउने पेट्रोलियम पदार्थ विराटनगर हुँदै काठमाडौ पठाउनु पर्दा इन्धन संकट देखिएको बताउँछन् । 'एक सय किलोलिटर विराटनगर जान्छ', भुजेलले भने, 'बाँकी ७०–८० किलोलिटर मेची अञ्चलमा वितरण भइरहेको छ ।' उनका अनुसार उद्योग, विकास निर्माण, यातायात क्षेत्र र अत्यावश्यक सेवाका सामग्रीलाई वितरण गर्दा ८० किलोलिटरले पुग्दैन । मागको आधा हिस्साले काम चलाउनु परेको भुजेल बताउँछन् । 'माग अनुसारको इन्धन, चाँडै सहज हुने विश्वासमा छौँ,' भुजेलले भने ।
तर, सरकारी निकायले इन्धन लुकाएर कालोबजारीलाई बढावा दिइरहेको यातायात व्यवसायीको आरोप छ। 'पेट्रोलियम व्यवसायीले लामो लाम लगाएर खटाई–खटाई वितरण गर्दा उनीहरुलाई मुष्ठ रकम एकैपटक आउँछ', यातायात व्यवसायी हिमाल आचार्य भन्छन्, 'त्यसैले पम्पहरु हप्तामा एक–दुई पल्ट मात्रै तेल वितरण गर्छन् । अरु दिन आरामले बस्छन् ।' नाकाबन्दीपछि पेट्रोलयम व्यवसायीको बानी बिग्रेको यातायातकर्मीको आरोप छ । 'पहिले गाडीले बाँकी चलाउने इन्धन अहिले क्यास दिएर चलाउनुपर्ने अवस्था छ', उनले भने 'पम्प नियमित चलाउँदा पुरानै शैली दोहोरिने डर उनीहरुलाई छ। त्यसैले सल्लाह गरेर उनीहरु हप्तामा एक–दुई पल्ट मात्रै तेल दिन्छन् ।'