काठमाडौं– गृहमन्त्री बामदेव गौतमले पेट्रोलियम पदार्थ आयतमा भारतले अबरोध गरेको बताउका छन्। भारतीय मालवहाक गाडीलाई सुरक्षा दिने सरकाले प्रतिबद्धता व्यक्त गरेपनि भारतीय पक्षले अबरोध कायमै राखेको उनको भनाइ थियो।सोमबार बालुवाटार बसेको शीर्ष नेताको बैठकपछि संचारकर्मी कुरा गर्दै गृहमन्त्री गौतमले भारतीय अबरोधका कारण पेट्रोलियम पदार्थ नेपाल आउन नसकेको बताएका हुन्। 'नेपाल सरकारले भारतीय माहवहाक गाडीलाई सुरक्षा दिने प्रत्याभूति हामीले पहिला नै जनाइसकेका छौं,' गौतमले भने,'तर पनि भारतीय पक्षले अबरोध कायमै राखेको छ।'
उनले भारतीय भूमि प्रयोग गर्दै आन्दोलनकारीले नेपालतर्फ प्रहरीमाथि ढुंगा प्रहार गरेको घटना भारतलाई अवगत गराउँदा भारतले तपार्ईहरुकै मानिस हुन हामीले के गर्नु भन्ने गैर जिम्मेवारपुर्ण जवाफ दिएको बताए। उनले पेट्रोलियम पदार्थको अबरोध खुलाउने प्रयास जारी रहेको बताए।