काठमाडौं- धान उत्पादन हुने खेत बाँझै रहँदा चामलसँगै ठूलो मात्रामा धान पनि आयात हुने गरेको छ। अर्बौं रुपैयाँको चामल आइरहेको बेला नेपालीको मुख्य खाद्यान्नको रुपमा रहेको धान भारत र चीनबाट आउने गरेको छ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको गत आर्थिक वर्षको तथ्यांक अनुसार 'राइस इन द हस्क' शीर्षकमा ९ अर्ब १ करोड २४ लाखभन्दा धेरैको धान भारत र चीनबाट ल्याइएको छ। उक्त परिणाममध्ये १४ लाखको चीनबाट र अरु सबै भारतबाट आयात भएको छ।
धान उत्पादन हुने खेत बाँझै रहदा स्वदेशी माग अनुसार उत्पादन बढ्न नसकेको हो। हरेक वर्ष चामलको माग बढ्दो छ तर उत्पादनलाई त्यसै अनुसार वृद्धि गर्न सकिएको छै्। सरकारी तथ्यांक अनुसार यस वर्ष ६१ हजार हेक्टर धान खेती हुने जमिन बाँझै रह्यो, जसले गर्दा ४ अर्बभन्दा धेरैको उत्पादन घटेको छ।
'नेपालको मुख्य बालीको रुपमा रहेको धान खेती देशको आवश्यकता अनुसारको वृद्धि गर्न सकिएको छैन,' कृषिविज्ञ कृष्ण पौडेलले भने, 'यसपालि पनि झन्डै आधा रोपाइँ हुन नसकेको स्थिति छ।' रोपाइँ हुने बेलामा पानी परेन। सिँचाइको राम्रो सुविधा हुन नसक्दा तराईका फाँटमा धान रोपाइँ हुन नसकेको हो।
मुख्य बाली उत्पादनमा सरकारको स्पष्ट भूमिका नहुँदा खेतीयोग्य जमिन बाँझै रहने र उत्पादनको वृद्धिदर अपेक्षाकृत हुन नसकेको पौडेलले बताए। समयमा पानी नपर्ने, सिँचाइको राम्रो सुविधा नहुने, मल, बिउको अभाव भइरहँदा उत्पादन वृद्धिदर आवश्यकता अनुसार छैन।
कृषि विकास मन्त्रालयका अनुसार यस आर्थिक वर्षमा १० प्रतिशतले धान उत्पादन घटेको छ। सरकारले समयमा रोपाइँ नहुनु र रासायनिक मलको अभावले यस वर्ष धानको उत्पादन घटेको बताएको छ।
कुल गार्हस्थ उत्पादनमा कृषिको ३३ प्रतिशत योगदान छ। यसमा धानको मात्र २१ प्रतिशत योगदान छ। चामल नेपालीको मुख्य आहाराको रुपमा रहेको तर यसको उत्पादन वृद्धिदर आवश्यकता अनुसार नबढ्दा आयातमा भर पर्नुको विकल्प छैन।
धान नेपालको प्रमुख खाद्यान्न बाली हो। नेपालमा खासगरी बर्खे र चैते धान उत्पादन हुँदै आएको छ। यसको उत्पादन बढी हुँदा देशकै अर्थतन्त्रमा राम्रो प्रभाव पर्छ भने ह्रास आउँदा नकारात्मक स्थिति सिर्जना हुन्छ। धानसँगै मकै, गहुँ, कोदो जस्ता अन्य मुख्य बाली उत्पादन पनि आवश्यकता अनुसार बढेको छैन।
कुनै समय नेपालबाट धान र चामल निर्यात हुन्थ्यो। २०३५ सालसम्मको धान उत्पादन हेर्ने हो भने यहाँको माग पूरा भएर पनि निर्यात हुन्थ्यो। धान–चामल निर्यात गर्ने कम्पनी थिए। त्यसपछिका वर्षमा माग निरन्तर बढ्दै गयो तर त्यसै अनुसारको उत्पादन दर बढ्न सकेन। यसले आयात बढाउनुपर्ने बाध्यता भएको हो। आयात घटाउने सरकारी पहल चुस्त भएन। बरु खेतीयोग्य जमिन बाँझै रहन थाले।
मुलुकमा धान उत्पादन हुने खेत नै बाँझै भएपछि चामल आयातसमेत बढेको छ। विभिन्न शीर्षकमा विभिन्न देशबाट चामल आयात भएको छ। 'हस्क राइस' शीर्षकमा ७ करोड १६ लाखभन्दा धेरैको आयात भएको छ। यो चामल चीन, कोरिया, थाइल्यान्ड, भारत र इटालीबाट ल्याइएको छ। यसमध्ये ५ करोडभन्दा धेरैको भारतबाटै आयात गरिएको छ।
ब्राउन राइस शीर्षकमा ९६ करोड ७७ लाख रुपैयाँभन्दा धेरैको चामल आयात गरिएको छ। यो शीर्षकको अधिकांश चामल भारतबाट ल्याइएको छ भने चीन र बेलायतबाट थोरै मात्रामा ल्याइएको तथ्यांकमा उल्लेख छ।