उपभोग्य सामग्री पर्याप्त
१० असोज २०७२
•
८ मिनेट पाठ
उपभोग्य सामग्री पर्याप्त
काठमाडौं- भारतले आयातमा अवरोध गरे पनि उपभोग्य सामग्री प्रशस्त मात्रामा मौज्दात रहेको भन्दै सरकारले सर्वसाधारणलाई नआत्तिन आग्रह गरेको छ। नुन, चामल, चिनी, खानेतेल लगायत दैनिक उपभोग्य वस्तुको मौज्दात प्रशस्त भएकाले आत्तिहाल्नुपर्ने स्थिति नभएको सरकार र निजी क्षेत्रले बताएका छन्।

वाणिज्य विभाग, नेपाल खाद्य संस्थान, नेसनल ट्रेडिङ लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र निजी क्षेत्रले खाद्यान्न प्रशस्त मात्रामा रहेको बताए। चामल, नुन, गेडागुडी, चिनीको स्टक राम्रो भएकोले दसैं, तिहारको बजार प्रभावित नहुने उनीहरुको भनाइ छ।

'प्रशस्त मात्रामा खाद्यान्न स्टक छ,' वाणिज्य विभागका निर्देशक हरिनारयाण बेल्वासेले भने, 'अभाव हुने स्थिति छैन।' पेट्रोलियम पदार्थ नहुँदा अन्य क्षेत्रमा पनि प्रभाव परेको जस्तो देखिएको भन्दै खाद्य वस्तुको अभाव हुन नदिने उनले बताए। नजिकै आएको दसैं, तिहारलाई यसले असर नगर्ने बेल्वासेले बताए।

निजी क्षेत्रसँग पनि निरन्तर छलफल भइरहेको र उनीहरूसँग पनि प्रशस्त खाद्यान्न मौज्दात रहेको बेल्वासेले बताए।

साल्ट ट्रेडिङ कर्पोरेसनमा नुन र चिनी पर्याप्त स्टक रहेको महाप्रबन्धक उर्मिला श्रेष्ठले बताइन्। 'अहिले हामीसँग ७ महिनाभन्दा बढी धान्ने नुन स्टक छ,' श्रेष्ठले भनिन् । उनका अनुसार संस्थानमा अहिले १ लाख १३ हजार मेटि्रक टन नुन मौज्दात छ।

धेरै प्रयोग हुनेमध्येको चिनी पनि ३ महिनालाई पुग्छ अहिले १२ हजार टन चिनी स्टक रहेको श्रेष्ठले जानकारी दिइन्। 'यसले तिहार पछिसम्म धान्छ,' श्रेष्ठले भनिन्।

नेपाल खाद्य संस्थानले काठमाडौं उपत्यकाका मात्र कम्तीमा ३ महिनालाई पुग्ने खाद्यान्न गोदाममा रहेको बताएको छ। उपत्यका लगायत देशका विभिन्न ठाउँमा खाद्यान्न स्टक पर्याप्त मात्रामा रहेको बताएको छ। 'हामीसँग काठमाडौंमा मात्र ७८ हजार क्विन्टल खाद्यान्न छ,' संस्थान प्रवक्ता श्रीमणिराज खनालले भने, 'यसले हामीलाई कम्तीमा ३ महिना धान्छ।' संस्थानले चामल, गहुँ र गेडागुडी स्टक राख्ने गरेको छ। काठमाडौं लगायत विभिन्न जिल्लाका गोदाममा खाद्यान्न राखिएकोले आत्तिनुपर्ने स्थिति नभएको उनले बताए।

नजिकिँदै गरेको दसैं, तिहारलाई खाद्यान्न अभाव हुने हो कि भन्ने चिन्ता उपभोक्तामा छ। कतिपय उपभोक्ताले खाद्यान्न स्टक गर्न थालिसकेका छन्। खनालले दसैं, तिहारमा अभाव होला भनेर आत्तिनु नपर्ने बताए। दसैं सुरु हुनुभन्दा एक हप्ताअघिनै सुपथ मूल्य पसल सञ्चालन गरिने उनले बताए। ती पसलबाट चामल, गहुँ, गेडागुडी बेचिने छ।

थापाथली, नख्खु, रामशाहपथ, सूर्यविनायक, जाउलाखेल, कोटेश्वर, कुलेश्वर, टेकुमा सुपथ मूल्य पसल राख्ने तयारी संस्थानले गरेको छ। सकेसम्म सबै क्षेत्रमा पुग्ने गरी सुपथ मूल्य पसल खोलिने छ। यी पसलमा चामल, गहुँ, गेडागुडी, फापर लगायत खाद्य सामग्री राखिने छ। संस्थानले जुम्लाबाट ल्याएको गेडागुडी र कालीकोटको फापर बेच्नेछ। एक क्विन्टलमा ५ सय रुपैयाँ छुट दिने योजना रहेको खनालले बताए।

संस्थानले तराई आन्दोलनले दसैंका खसी–बोका आयातमा समस्या होला भनेर मुस्ताङबाट च्यांग्रा ल्याउँदै छ। मुस्ताङबाट हजार च्यांग्रा र अन्य ठाउँबाट १ हजार ५ सय खसी–बोका ल्याउँदै छ।

देशमा संकट परेको बेला उपभोक्ता पनि संयमित भएर विकल्प खोज्नुपर्ने वाणिज्य विभागका बेल्वासेले बताए। खर्च कम गर्ने, ग्यासको ठाउँमा ब्रिकेट बाल्ने, तेल खर्च कम गर्ने, चाहिएभन्दा धेरै स्टक नराख्ने गरे जटिल स्थितिको सामना गर्न सकिने उनले बताए।

नाकाबन्दी विरोध

भारतले नेपालविरुद्ध लगाएको अघोषित नाकाबन्दीलाई उपभोक्ता हित संरक्षण मञ्चले आपत्तिजनक भनेको छ। नाकाबन्दीका कारण इन्धन लगायत अत्यावश्यक वस्तुको आयात ठप्प हुँदा सर्वसाधारणको दैनिकी कष्टकर बनेको भन्दै संस्थाले चासो व्यक्त गरेको छ।

'संविधानमाथिको असन्तुष्टि पोख्न अघोषित नाकाबन्दी गरी नेपाली बजारमा अभाव र हाहाकार उत्पन्न गराउनु अन्तर्राष्ट्रिय व्यापार संगठनको सदस्यसमेत रहेको प्रजातान्त्रिक मुलुकका लागि उपयुक्त विकल्प र शोभनीय कुरा होइन,' मञ्चले भनेको छ, 'स्वतन्त्र मुलुक नेपालको आन्तरिक मामलामाथिको ठाडो हस्तक्षेप डब्लुटिओको मान्य सिद्धान्त, अन्तर्राष्ट्रिय कानुन र मानवताविरोधी काम हो।'

मञ्चले देशमा आएको विषम परिस्थितिमा बन्द, हडताल र नाकावन्दीको बहानामा अत्यावश्यक वस्तु लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गरी उपभोक्ता ठग्ने र हाहाकार सिर्जना गर्ने जस्ता स्वच्छ बजारविरोधी गतिविधि हुन थालेको भन्दै कानुन कार्यान्वयन गर्ने निकायलाई घच्घच्याएको छ।

मञ्चले तत्काल नाकाबन्दी र हडताल फिर्ता लिई अत्यावश्यक वस्तुको आपूर्ति र वितरण व्यवस्था सहज बनाउन भारत सरकार र अन्दोलनरत मदेसवादी दललाई अनुरोध गरेको छ। विषम अवस्थामा अत्यावश्यक वस्तुको आयात सहज बनाउन उपयुक्त विकल्प खोज्न सरकार लगायत सम्बद्ध सवै पक्षलाई मञ्चले अनुरोध गरेको छ।

मञ्चले व्यापारी, व्यवसायीलाई बिक्रीका लागि ल्याइएका वस्तु नलुकाउन र सर्वसाधारणलाई मितव्ययी हुन सुझाएको छ।
अर्को समाचार
म्याद नाघेका उपभोग्य सामग्री जलाइए
०३ असार २०७५
•
२ मिनेट पाठ
म्याद नाघेका उपभोग्य सामग्री जलाइए
म्याद नाघेको उपभोग्य सामान जलाउँदै प्रशासनका कर्मचारी। तस्बिर : दमन राई/नागरिक
खोटाङ – जिल्ला प्रशासन कार्यालय खोटाङले बजार अनुगमनका क्रममा बरामद म्याद नाघेका दैनिक उपभोग्य सामग्री जलाएको छ। सदरमुकाम दिक्तेल बजारका ३२ वटा पसलबाट बरामद ३३ किसिमका दैनिक उपभोग्य सामग्री प्रशासन परिसरमा जलाइएको हो।

प्रशासन, प्रहरी, उद्योग वाणिज्य संघ, कोष लेखा नियन्त्रक कार्यालय, पत्रकार लगायतको रोहवरमा म्याद नाघेका ती सामग्री शुक्रबार जलाएर नष्ट पारिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले बताए।

बजार अनुगमनका क्रममा जफत गरिएका म्याद नाघेका चाउचाउ, बिस्कुट, चिनी, भुजिया, चिउरा, दालमोठ, थुक्पा, जिरा, तेल, बदाम, चिया, धुलो खुर्सानी, अजिना, जुस, नरिवल, लड्डु, पराग, पापड, चिजबल, बेसार, चुईगम, फ्रुटी, साबुन, मेहेन्दी लगायत नष्ट उनले बताए।

बजारमा म्याद नाघेका सामान बिक्री वितरण भइरहेको पाइएपछि जिल्ला प्रशासन नेतृत्वको अनुगमन समितिले कसैलाई जानकारी नदिइ चारपटक गरेको अनुगमनका क्रममा भारी मात्रामा म्याद नाघेका सामान जफत गरेको थियो। बेला–बेलामा बजार अनुगमन भए पनि बजारमा म्याद गुज्रेका सामान आउन छाडेको छैनन्। सदरमुकाम लगायतका मुख्य व्यापारिक नाकाबाहेक गाउँ–गाउँका पसलमा बढी मात्रामा म्याद नाघेका खाद्य पदार्थ पाइने अनुमान गरिएको छ।

औषधि पनि खाल्डोमा पुरिए

यस्तै, अनुगमनका क्रममा फेला परेको म्याद नाघेका औषधि पनि खाल्डोमा पुरिएको छ। दिक्तेलका छवटा औषधि पसलबाट भारी मात्रामा जफत गरिएका १३ किसिमका औषधि खाल्डो खनेर सुरक्षित स्थानमा पुरिएको प्रशासनले जनाएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस