खतरा खबर
१८ पौष २०६६
•
७ मिनेट पाठ
खतरा खबर
'सानोबुबा!' सुजाताजीले भन्नुभो-'ग्रेट न्युज।'

'कस्तो न्युज?' सानोबुबाले सोध्नुभो-'झट्ट सुना।'
'अनुमान गर्नोस्।' सुजाताजीले भन्नुभो-'खबर खतरा छ।'
'कस्तो खतरा?' सानोबुबाले सोध्नुभो-'राम्रो खतरा कि नराम्रो खतरा?'
'राम्रो खतरा।' सुजाताले दोहोर्‍याउनुभो-'अनुमान गर्नोस्।'
'राम्रो खतरा।' सानोबुबाले गम्नुभो-'के हुन सक्ला?'

'जे पनि हुन सक्छ।' सुजाताजीले भन्नुभो-'यति हो न्युज ग्रेट छ।'
'मैले बुझेंँ।' सानोबुबाले भन्नुभो-'ग्रेटवालको कुरा होला।'
'कुन ग्रेटवालको?' सुजाताजीले सोध्नुभो-'मैले चाहिँ बुझिन।'
'चाइनाको ग्रेटवाल।' सानोबुबाले भन्नुभो-'ग्रेटवाल हेरेको खवरलाई ग्रेट न्युज भनेको होला।'
'कसरी यस्तो अनुमान गर्नुभो?' सुजाताजीले आग्रह गर्नुभो-'गे्रटवालको खबर कसरी ग्रेट न्युज हुन्छ?'
'तँ चाइना गइस्।' सानोबुबाले सोध्नुभो-'हो कि होइन?'
'हो।' सुजाताजीले जवाफ दिनुभो-'विदेश जाने मेरो कामै हो।'
'चाइनामा ग्रेटवाल छ।' सानोबुबाले सोध्नुभो-'छ कि छैन?'
'छ।'सुजाताजीले भन्नुभो-'ग्रेटवाल चाइनामा छ, यो पनि ठीक भन्नुभो।'
'म चाइना जाँदा मैले ग्रेटवाल हेरेको थिएँ।' सानोबुबाले भन्नुभो-'मेरा लागि यो खवर ग्रेट न्यूज थियो।'
'तपाईँले ठान्नुभो मेरा लागि पनि यो त्यस्तै भयो होला।' सुजाताजीले सोध्नुभो-'हो कि होइन?'
'हो।' सानोबुबाले भन्नुभो-'त्यसै होइन?'
'होइन।' सुजाताजीले जवाफ दिनुभो-'न्युज त्यसभन्दा ग्रेट छ।'
'ग्रेटवालभन्दा पनि ग्रेट?' सानोबुबा छक्क पर्नुभो-'के हुन सक्ला?'
'खबर साँच्चिकै ठूलो छ।' सुजाताजीले गुनासो गर्नुभो-'तपार्इँले अनुमान लगाउन सक्नु भएन।'
'धमिजाभन्दा ठूलो?' सानोबुबाले सोध्नुभो-'त्यत्रो चाहिँ होइन होला।'
'त्यति ठूलो चाहिँ होइन।' सुजाताजीले भन्नुभो-'त्यसभन्दा केही सानो।'
'लाउडा जत्रो?' सानोबुबाले सोध्नुभो-'कि त्यत्रो पनि होइन?'
'लाउडा जत्रो पनि होइन।' सुजाताजीले भन्नुभो-'त्यसको छेउमा यो न्युज आउँदैन।'
'त्यसो भए चेज एयर जत्रो होला।' सानोबुबाले भन्नुभो-'अब चाहिँ मेरो अनुमान मिलेको हुनुपर्छ।'
'त्यसभन्दा चाहिँ ठूलो।' सुजाताजीले भन्नुभो-'चेज एयर मेरा लागि ग्रेट न्यूज होइन।' थप्नूभो-'यो रावलका लागि ग्रेट न्युज हो।'
'को रावल?' सानो बुबाले भन्नुभो-'मैले चिनेको छैन।'
'अहिलेको गृहमन्त्री।' सुजाताजीले भन्नुभो-'पहिलेको पर्यटनमन्त्री।'
'मैले भन्न सकिन।' सानो बुबाले हार मान्नुभो-'लौ भन् के हो ग्रेट न्युज?'
'तपाईँले नोबल प्राइज पाउने हुनुभो।' सुजाताजीले पर्दा उठाउनुभो-'ग्रेट न्युज यही हो।'
'मैले नाबल प्राइज पाउने।' सानोबुबा खुसी हुनुभो-'के का लागि?'
'शान्तिका लागि।' सुजाताजीले भन्नुभो-'तपार्इँले देशमा शान्ति ल्याउनु भए बापत।' सोध्नुभो-'के यो ग्रेट न्युज होइन?'
'देशमा शान्ति आउन मनमा शान्ति ल्याउनुपर्छ।' सानोबुबाले भन्नुभो-'मैले पहिले मनमा शान्ति ल्याएँ।'
'कसरी सानोबुबा?' सुजाताजीले सोध्नुभो-'मलाई भन्न मिल्छ?'
'मनमा शान्ति ल्याउन पार्टीमा शान्ति ल्याउनुपर्छ।' सानो बुबाले भन्नुभो-'मैले पार्टीमा शान्ति ल्याएँ।'
सुजाताजी सुन्दै जानु भो। सानोबुबा भन्दै जानुभो।
'पहिले पार्टीमा शान्ति थिएन।' सानोबुबाले सोध्नुुभो-'तँलाई गणेशमानजीको सम्झना छ?'
'अलिअलि सम्झन्छु।' सुजाताजीले सोध्नुभो-'के उहाँ पनि पार्टीमा हुनुहुन्थ्यो?'
'हुनुहुन्थ्यो।' सानोबुबाले भन्नुभो-'तर उहाँले पार्टीमा शान्ति आउन दिनु भएन।'
'तपाईले के गर्नुभो?'सुजाताजीले सोध्नुभो-' शान्ति कसरी आयो?'
'गणेशमानजीले पार्टी छाड्नुभो।' सानोबुबाले बताउनुभो-'यो शान्तितर्फको पहिलो पाइला थियो।'
'त्यसपछि?' सुजाताजीले सोध्नुभो-'पार्टीमा त्यसपछि कुनै समस्या भएन?'
'किन नहुनु।' सानोबुबा दुःखी देखिनुभो-'गणेशमानजीले छाडेपनि किसुनजी बाँकी हुनुहुन्थ्यो।' थप्नुभो-'धन्न उहाँले पनि पार्टी छाड्नुभो, मैले चाहिँ छाडिन।'
सानोबुबाका कुरा सुनेर भावुक देखिनु भएकी सुजाता तत्काल केही बोल्नु भएन।
'पार्टीमा शान्ति ल्याउन परिवारमा शान्ति आउनुपर्छ।' सानोबुबाले भन्नुभो -'परिवारमा पनि शान्ति थिएन।'
'मलाई थाहा छ।' सुजाताजीले भन्नुभो-'परिवारमा शेखर'दा हुनुहुन्थ्यो ज्योति'दा हुनुहुन्थ्यो , शशांक'दा हुनुहुन्थ्यो। थप्नुभो-'त्यतिका मान्छे हुँदाहुँदै शान्ति सम्भव थिएन।'
'परिवारमा तँ पनि थिइस्।' सानोबुबाले सोध्नुभो-' सुशील थियो हो कि होइन?'
'हो।' सुजाताजीले भन्नुभो-'लास्टमा आएर सुशील'दाले भिलेन खेल्नुभो।'
'तर मैले तँलाई बनाएँ।' सोध्नुभो-'के बनाएँ?'
'उपप्रधानमन्त्री।' सुजाताजीले भन्नुभो-'परराष्ट्र हेर्ने गरी।'
'त्यसपछि।' सानोबुबाले भन्नुभो-'परिवारमा शान्ति आयो।'
'परिवारमा शान्ति आएपछि पार्टीमा शान्ति आयो।' सुजाताजीले भन्नुभो-'पार्टीमा शान्ति आएपछि देशमा शान्ति आयो।' थप्नुभो-'यसरी तपाईले नाबल प्राइज पाउनु हुनुभो।'
सानोबुबा यस जानकारीले प्रसन्न हुनुभो। तपाईँ के हुनु भो?
अर्को समाचार
‘कोरोनाबाट काठमाडौंमा ठूलो दुर्घटना निम्तिने खतरा !’
१६ साउन २०७७
•
१ मिनेट पाठ
‘कोरोनाबाट काठमाडौंमा ठूलो दुर्घटना निम्तिने खतरा !’
फाइल तस्बिर : काठमाडौं
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा कोरोना महामारीप्रति लापरबाही बढ्दै गएकाले यसले ‘ठूलो दुर्घटना’ निम्तिने चेतावनी दिएको छ।  

दुई/तीन दिनयता काठमाडौंमा ससाना सभा भइरहेको खबर आएको भन्दै यसले कोरोना संक्रमण भयावह हुने चेतावनी मन्त्रालयले दिएको हो।  

कोरोना संक्रमणबारे नियमित पत्रकार सम्मेलनअन्तर्गत आज शुक्रबार मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले काठमाडौंमा दिनदिनै संक्रमित थपिँदै  गएकामा चिन्ता व्यक्त गर्दै भने, ‘यसमा पथपरहेजमा बस्नुपर्ने कुरा हामीले हरेक दिन निवेदन गरिरहेका छौं, तर पालना भइरहेको छैन, यसले हाम्रो जनस्वास्थ्यमा ठूलो दुर्घटना ल्याउने कुरा म जानकारी गराउन चाहन्छु।’

यस्तै देशका अन्य स्थानमा पनि जनस्वास्थ्यको मापदण्ड पालना नभएको र लापरबाही बढिरहेको उनले बताए। कतिपय नाकामा अहिले नियन्त्रण नभएको उनले सुनाए। जसले गर्दा कोरोना संक्रमण बढ्दै गएको उनको भनाइ छ।  

हालसालै भारतबाट ओखलढुंगा कामदाहरू लगियो,’ पत्रकार सम्मेलनमा उनले भने, ‘२१ कामदारमध्ये १८ जनामा कोरोना पोजिटिभ देखियो। अहिले उनीहरूलाई विराटनगर लगिएको छ।’

अहिले एकदमै सतर्क हुनुपर्ने बेला आएको डा. गौतमले सुझाव दिए।  

विस्तृत याे भिडियाेमा सुन्नुहाेस् :

रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस