काठमाडौं- काठमाडौंको बजारमा महँगो धातु सुनको मूल्य पछिल्लो ८ महिनाकै सबैभन्दा तल्लो बिन्दुमा ओर्लेको छ। आइतबार तोलाको ४९ हजार ५ सय रुपैयाँमा झरेको मूल्य ८ महिनाकै सस्तो हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार छापावाल सुन १० ग्रामको मूल्य ४९ हजार ५ सय कायम भएको जनाएको छ।
पछिल्लो ८ महिनामध्ये माघमा यसको मूल्य ५३ हजार ७ सय ५० रुपैयाँसम्म पुगेको थियो। त्यसपछि केही समय तलमाथि भएको मूल्य पछिल्लो समय लगातार घटिरहेको छ। सुन सस्तिनुमा अन्तर्राष्ट्रिय बजार र नेपालको बजेट मुख्य कारण भएको महासंघका अध्यक्ष मणिरत्न शाक्यले बताए।
अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य थपघटले नेपालमा प्रत्यक्ष असर गर्छ। अन्तर्राष्ट्रिय बजारमूल्य पछिल्लो समय घटिरहेकाले नेपाली बजार प्रभावित भएको शाक्यले बताए। 'अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा यहाँ पनि घटेको हो,' शाक्यले भने, 'नेपाली बजार सधैं अर्न्तराष्ट्रिय बजारमा भर पर्छ।'
नेपालमा मूल्य घट्नुको अर्को प्रमुख कारण आर्थिक वर्ष २०७२/०७३ को बजेट भाषण पनि भएको शाक्यले बताए। उनका अनुसार बजेटले नेपाली सुन आयातकर्तालाई विशेष सुविधा थपिदिएको छ। 'नयाँ बजेटले सुन आयातमा एक लाखको कर छुट दिएको छ,' शाक्यले भने, 'यो सुविधाले मूल्य घटाउन सहयोग गरेको छ।'
यसअघि एक किलोग्राम सुन आयात गर्दा ५ लाख २० हजार रुपैयाँ कर तिर्नुपर्ने व्यवस्था थियो। बजेटले यसमा १ लाख छुट दिएपछि अब ४ लाख २० हजार रुपैयाँ तिरे पुग्छ।
सुनमा लगाइएको करमा केही सुविधा दिन सुन व्यवसायीले पहिलेदेखि माग गर्दै आएका थिए। महासंघ, नेपाल जेम्स एन्ड ज्वेलरी एसोसिएसन लगायत व्यवसायीको मागअनुसार नै सरकारले करमा छुट दिएको शाक्यले बताए।
यो छुटले नेपालमा फस्टाएको सुनको कालोबजारीलाई निरुत्साहित गराउने व्यवसायीको तर्क छ। पछिल्लो समय बजारमा सुनको कारोबार उच्च भए पनि बैंकको सुन बिक्री भएको थिएन। बजारमा उच्च कारोबार हुँदा पनि कानुनी बाटोबाट आएको सुन बिक्री नहुँदा अवैध बाटोबाट सुन भित्रिएको आशंका गरिएको छ।
'करमा दिएको सुविधाले अवैध कारोबारलाई निरुत्साहित गर्छ भन्ने हाम्रो विश्वास छ,' शाक्यले भने।
बजेटले स्थानीय सुन तथा गरगहना व्यावसायको प्रवर्द्धन गर्न तयारी गरगहना आयातमा कर बढाएको छ। बजेटपछि तयारी गरगहना आयातमा १५ प्रतिशत भन्सार महसुल लाग्छ। यसअघि ११.७५ प्रतिशत लाग्थ्यो।
तयारी गरगहना आयातमा बढाएको करले स्वदेशमा उत्पादितलाई प्रोत्साहन मिल्ने शाक्यले बताए। नेपालमा उत्पादितभन्दा आयातित गहना सस्तो पर्ने भएकाले स्थानीयको बजारमा असर परेको थियो।
८ महिनामा सुनको मूल्यमा उतारचढाब आइरह्यो। माघमा ५३ हजार ७ सय ५० रुपैयाँ पुगेको मूल्य घटेर ४९ हजार ५ सय आइपुग्ने क्रममा विभिन्न बिन्दुमा रोकिएको देखिन्छ। वैशाख १२ गतेको भूकम्पपछि केही समय यसको कारोबार नै ठप्प भयो। स्टक सुन बिक्री भएन। त्यसपछि जेठ, असारको अफसिजनले कारोबार बढ्न दिएन।
निरन्तर घटिरहेको सुनका मूल्य अब पनि अन्तर्राष्ट्रिय बजारमै निर्भर हुनेछ। व्यवसायीले अझ केही समय मूल्य घट्ने प्रक्षेपण गरेका छन्।
सुनको मूल्य घट्ने र तिज नजिकिने क्रमले बजार तताउने उनीहरुको विश्वास छ। 'तीजको मौसमले सुनको कारोबार बढाउने विश्वास लिएका छौं,' शाक्यले भने।