काठमाडौं-अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै बुधबार सुनको भाउ पाँच महिनामै सबैभन्दा सस्तो भएको छ।मंगलबार प्रति तोला ५२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार नेपाली बजारमा प्रति तोला ५१ हजार सात सय रुपैयाँमा किनबेच भयो। तेजाबी सुन तोलाको ५१ हजार चार सय ५० रुपैयाँ र चाँदी तोलाको सात सय ७० रुपैयाँमा कारोबार भयो।
अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्य ओरालो लागेसँगै नेपाली बजारमा सुनको मूल्यमा गिरावट आउन थालेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्नु र अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा बलियो हुँदै गएकाले पनि भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष्य मणिरत्न शाक्य बताउँछन्। भारतीय रुपैयाँसँग नेपालको स्थिर विनिमय दर भएको र भारतीय मुद्राको तुलनामा अमेरिकी डलर कमजोर हुँदै गएकाले नेपालमा सुन सस्तिएको उनले बताए। अन्तर्राष्ट्रिय बजारमा मंगलबार प्रति औंस एक हजार दुई सय दस डलरमा कारोबार भएको सुनको मूल्य बुधबार एक हजार दुई सय ६४ डलर प्रति औंसमा झरेको हो।
‘सुनको मूल्य दिनदिनै घटिरहेको छ। विश्व बजारमै सुनको माग र व्यापार घटेको छ,' शाक्यले भने। उनका अनुसार पछिल्लो पाँच महिनामा नेपाली बजारमा सुनको मूल्य सबैभन्दा सस्तिएको हो। ‘केही महिना अघि रसिया र क्रोसिया बीचको द्वन्द्वको आशंकामा सबैले सुनमा लगानी गर्न थालेका थिए तर केही समय पछि त्यो आशंका हट्यो र पहिले खरिद गरेका कच्चा सुन बजारमा फिर्ता आएको छ,' शाक्यले भने। सोही कारण पनि सुनको भाउ ओरालो लागिरहेको शाक्यको विश्लेषण छ। सुनको माग कम भएकोले पनि माग कम हुँदा मूल्य घट्ने सिद्धान्त अनुसार मूल्य घटेको उनको तर्क छ।
गत फागुनमा तोलाको ५६ हजार ६ सय रुपैंया सम्म पुगेको बहुमुल्य पहेलो धातु सुनको मूल्य त्यसपछि विस्तारै ओरालो लाग्न थालेको हो। वैशाखमा औसतमा प्रति तोला ५४ हजार पाँच सय रुपैयाँमा बिक्री भएको सुनको मूल्य यो साता सबैभन्दा कम विन्दुमा पुगेको हो। पाँच महिना अघि एक अमेरिकी डलरको विनिमय दर १०० रुपैयाँको आसपास पुगेकामा बुधबार राष्ट्र बैंकले एक अमेरिकी डलरको खरीद दर ९४ रुपैंया १७ पैसा तोकेको थियो।
सुनको मूल्य घटेपनि व्यापार भने बढ्न नसकेको शाक्य बताउँछन्। ‘विगतमा भन्दा अहिले सुनमा लगानी गर्नेहरुको संख्या घटेको छ। मान्छेहरु अहिले अत्यावश्यक अवस्थामा बाहेक सुन किन्न चाहदैंनन्,' उनले भने। सुनको भाउ घटेपछि अझ घट्छ अनि खरिद गरौंला भन्ने आशामा उपभोक्ताहरु रहने गरेको गरेको उनले सुनाए । सेयर बजार मजबुत हुँदै गएकाले मान्छेहरुले सुन खरिद छोडेर सेयर बजारमा लगानी गर्न थालेको उनले बताए। शाक्यले व्यापारीहरुलाई सुनमा मिसावट लगायतका आरोप लगाइएकोले पनि सुनको व्यापार घटेको हो। ‘हामीलाई बारम्बार बजारमा हुने गरेका अनियमितताको बारेमा आरोप लगाइएको छ, ग्राहकहरु अचेल त्यो कारणले पनि गहना पसलमा जानलाई हच्किएका छन,' उनले भने। अब भारतमा नयाँ सरकार आएकाले यो व्यवसायमा सकारात्मक प्रभाव पर्ने उनले बताए। ‘भारतमा नयाँ सरकार भएपछि सुन प्रतिको नीति लचिलो हुन्छ,' उनले भने। सुन आयातमा भएको कटौती फुक्का हुनमा व्यवसायी आशावादी छन्। सुनको कालोबजारी पनि तुलनात्मक रुपमा घटेको र अझै घट्ने उनले दाबी गरे। अहिले राष्ट्र बैंकले विभिन्न वाणिज्य बैंकमार्फत दैनिक २० किलो सुन दिने गरेको छ।