काठमाडौं- गत साता नेपाली बजारमा सुनको मूल्य असार यताकै सबै भन्दा सस्तो भएको छ। साताको पहिलो दिन आइतबारको तुलनामा अन्तिम दिन एक तोलामा एक हजार रुपैयाँ घटेपछि सुन दुई महिना यताकै सबै भन्दा सस्तो भएको हो।
साताको पहिलो दिन आइतबार प्रति तोला ५३ हजार ६ सय रुपैंयामा कारोबार सुरु भएको छापावाल सुनको मूल्य साताको अन्तिम दिन एक तोलामा एक हजार रुपैयाँ घटेर ५२हजार ६ सय पुग्यो। सोमबार र मंगलबार तोलामा एक एक सय रुपैयाँ घटेको बहुमूल्य पहेलो धातुको मूल्य बुधबार एक्कासी ६ सय रुपैयाँ घटेर ५२ हजार आठ सय रुपैयाँ पुगेको थियो। बिहीबार तोलामा एक सय रुपैयाँ बढेर ५२ हजार नौ सय पुगेको छापावाल सुनको मूल्य शुक्रबार पुनःतीन सय रुपैयाँ घटेर ५२ हजार ६ सय पुगेको हो।
पछिल्लो दुई महिना सम्म प्रतितोला ५३ र ५४ हजारको हाराहारीमा रहेको सुनको मूल्य साउनको चौथो साता बढेर ५५ हजार तीन सय रुपैयाँ सम्म पुगेको थियो। गत साता तोलाको ५३ हजार एक सयदेखि ५३ हजार ६ सयको बीचमा कारोबार भएको सुनको मूल्यमा यो साता केही गिरावट आएको हो।
अमेरिकी अर्थतन्त्रमा सुधार आएपछि डलर १३ महिनायताकै बलियो स्थितिमा पुगेको छ। डलरको भाउ बढ्दा सुरक्षित लगानीको विकल्प मानिएको सुनको मागमा कमी आएकाले मूल्य घटेको व्यवसायीहरुले बताएका छन्। युक्रेन र रुसबीचको तनाब कमभएको र इजरायल–हमास युद्धविरामको कारणले पनि सुनको मागमा धक्का लागेको बताइएको छ।
युरोपेली केन्द्रीय बैंकले ब्याजदर सशून्यको हारहारीमा कायम गरेकाले युरोपको कुल ग्राहस्थ्य उत्पादनमा सामान्य सुधार भएकाले पनि युरोपमा सुनको माग बढ्न नसकेकाले मूल्य केही घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अमेरिकामा बैंकको ब्याजदर बढ्ने संकेत लगायत विभिन्न कारणले सुनको माग घटेकाले पनि सुनको मूल्य घटेको महासंघको दाबी छ।
यो सातापनि अमेरिकी डलर बलियो हुँदै गएमा नेपाली बजारमा सुनको मूल्यकेही घट्न सक्ने अनुमान व्यवसायीहरुले गरेका छन्। त्यसबाहेक सुनको विश्वव्यापी मूल्यलाई युक्रेन र रुस, इराक र सिरियाबीचको भूराजनीतिक तरल अवस्थाले पनि प्रभाव पार्नेछ।
सुनको मूल्य घटेसँगै चाँदीको मूल्यमा एक तोलाको पाँच रुपैयाँको दरले कमी आएको छ। आइतबार देखि मंगलबार सम्म प्रति तोला आठ सय रुपैयाँ रहेको चाँदीको मूल्य बुधबारदेखि शुक्रबारसम्म सात सय ९५ रुपैयाँमा बिक्री भएको थियो।