आगामी वर्ष लगानी सम्मेलन
२९ असार २०७२
•
८ मिनेट पाठ
आगामी वर्ष लगानी सम्मेलन
काठमाडौं-सरकारले मुलुकमा स्वदेशी र विदेशी लगानी प्रवर्द्धन गर्न आगामी वर्ष 'लगानी सम्मेलन' आयोजना गर्ने भएको छ। आर्थिक वर्ष २०७२/०७३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री रामशरण महतले ठूला पूर्वाधारका अतिरिक्त सम्भाव्य अन्य क्षेत्रमा सार्वजनिक–निजी साझेदारीमा लगानी गरिने बताए।विदेशी लगानी आकर्षित गर्न विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा समयानुकूल सुधार गर्ने पनि उनले प्रस्तुत गरेको बजेट भाषणमा छ। बाह्य लगानी प्रवर्द्धनकै लागि आगामी आर्थिक वर्षदेखि विदेशी नागरिकले सहज प्रक्रियाबाट नेपालमा अपार्टमेन्ट किन्न पाउने व्यवस्था गर्ने योजना पनि अर्थमन्त्रीले सुनाए।




वित्तीय पूर्वाधार विकासमा लगानी गर्न सक्षम हुने निजी क्षेत्र समेतको सहभागितामा पूर्वाधार विकास बैंक स्थापना गर्ने प्रारम्भिक कार्य अघि बढेको अर्थमन्त्री महतले बताए। पूर्वाधारमा लगानी बढाउन सक्षम हुने गरी एनआइडिसी विकास बैंक र जलविद्युत लगानी तथा विकास कम्पनीको पुनःसंरचना गरिने छ।

लगानीमैत्री वातावरण निर्माण गरी पूर्ण रुपमा सञ्चालनमा नआएका औद्योगिक क्षेत्रमा नयाँ लगानीकर्तालाई उद्योग स्थापना गर्ने वातावरण मिलाउने सरकारले बताएको छ। सार्वजनिक निकायले १५ प्रतिशतसम्म बढी महँगो भए पनि स्वदेशी वस्तु प्रयोग गर्नुपर्ने नीति कडाइका साथ लागु गर्ने अर्थमन्त्रीले बताए।

आयात प्रतिस्थापन गर्दै निर्यात सम्भावना भएको सिमेन्ट उद्योगमा बढ्दै गएको चासो समेतलाई ध्यानमा राखी यस उद्योगको शीघ्र प्रवर्द्धनको लागि सिमेन्ट उद्योगस्थलसम्म बाटो र बिजुली पुर्याचउने नीतिलाई निरन्तरता दिने उनले बताए।

आगामी आर्थिक वर्षमा १६ वटा सिमेन्ट उद्योगलाई खानीसम्म पहुँच मार्ग तथा १२ वटालाई विद्युत उपकेन्द्र तथा प्रसारण लाइन निर्माण गर्न ६३ करोड रुपैयाँ विनियोजन गरेको छ। यस्ता सडकहरू उद्योगी आफैंले निर्माण गर्न चाहे सरकारले गरेको लागत अनुमानमा नबढ्ने गरी निर्माण गर्न दिनेसमेत सरकारले उल्लेख गरेको छ।

सिमेन्ट उद्योगलाई आवश्यक पर्ने ४ हजार ८ सय मेटि्रक टनसम्म चुनढुंगा उत्खनन गरी ३ हजार मेटि्रक टनसम्म क्लिंकर वा सिमेन्ट उत्पादन गर्ने उद्योग स्थापना गर्दा प्रारम्भिक वातावरणीय परीक्षण मात्र गरे हुने व्यवस्था गरेको छ। सिमेन्ट उद्योगको पूर्वाधारमा गरिएको लगानीले यस उद्योगमा पारेको सकारात्मक प्रभावबाट पाठ सिक्दै अन्य औद्योगिक पूर्वाधारका लागिसमेत लगानी गर्ने नीति अनुरुप आगामी आर्थिक वर्ष रामेछापको ठोसेमा फलाम खानीस्थलसम्म बाटो र बिजुली पुर्यानउन आवश्यक बजेट विनियोजन गरेको छ।

रुग्ण उद्योग पहिचानसम्बन्धी मापदण्ड परिमार्जन गरी पुनरुत्थानका लागि सुहलियत तथा सुविधा उपलब्ध गराउने सरकारले बताएको छ।

नेपाली कला र संस्कृति झल्कने परम्परागत उद्यमको विकास गर्न युवा उद्यमशीलताको विकास गरिने अर्थमन्त्री महतले बजेट भाषणका क्रममा बताए। महिला उद्यमशीलता विकास गर्न महŒवपूर्ण भूमिका निभाउँदै आएको महिला उद्यमशीलता कोषबाट परियोजना धितोमा ऋण प्रवाहलाई थप १० जिल्ला विस्तार गरिने भएको छ।

आर्थिक क्रियाकलाप विस्तारमा वित्तीय पहुँचको महत्वपूर्ण भूमिका हुने भन्दै प्रत्येक घरपरिवारको कम्तीमा एक बैंक खाता खोल्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गरिने उनले बताए। राज्यद्वारा गरिने नगद बैंक खातामार्फत उपलब्ध गराउने योजना बजेटमा छ।

सडकमा पुरानै सक्ने लक्ष्य

सरकारले अधुरा आयोजना सम्पन्न नगर्ने तर हरेक वर्ष नयाँ नयाँ आयोजना थप गर्दा विकास प्रक्रिया ढिला हुने भन्दै पुराना आयोजनालाई निरन्तरता दिएको छ।

राष्ट्रिय राजमार्गको पुल निर्माणलाई उच्च प्राथमिता दिँदै निर्माणाधीन पुल निर्माण सम्पन्न नहुन्जेल रणनीतिक सडकमा पर्नेबाहेक अन्य पुलको निर्माण सुरु नगर्ने अर्थमन्त्री महतले घोषणा गरे।

राष्ट्रिय राजमार्गमा विस्तार हुँदै गएको अनियन्त्रित बस्तीले गर्दा असहज भएको आवागमनलाई सहज बनाउन र सवारी दुर्घटना न्यून गर्न राष्ट्रिय राजमार्गमा दुवैतर्फ क्रमशः बारबेर गरिने योजना बजेटमा छ।

अरनिको राजर्मागको बाह्रविसे–तातोपानी खण्डको स्तरोन्नति र सुदृढीकरण गर्ने, झोर–छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्नुका साथै काठमाडौं–मैलुङ–रसुवागढी सडकलाई चीनसँगको दोस्रो ठूलो व्यापारिक नाकाको रुपमा विकास गर्ने बजेटमा छ। आगामी वर्ष थानकोट–नौविसे सुरुङ मार्ग निर्माण सुरु गर्ने उनले बताए। यसका लागि १ अर्ब ६७ करोड रुपैयाँ छुट्ट्याइएको छ। नारायणगढ–मुग्लिङ सडकको स्तरोन्नति र लेन विस्तार गर्न २ अर्ब १३ करोड छुट्ट्याएको छ।

भूकम्पबाट क्षतिग्रस्त सडक संरचना मर्मत सम्भार तथा पुनर्निर्माणमा तदारुकता अपनाई राजधानी सहर जोड्ने सडकलाई तयारी हालतमा राखिने छ। काठमाडौं जोड्ने वैकल्पिक सडकको रुपमा निर्माणाधीन कान्ति राजपथलाई ६ महिनाभित्र मालवाहक सवारी साधन गुड्न सक्ने बनाउन उनले बताए।

देशका सबै सहरमा स्वीकृत मापदण्ड बमोजिमका सडक विस्तार कार्यक्रम प्राथमिकताका साथ सञ्चालन गरिनेछ भन रणनीतिक सडकमा नियमित, पटके र आवधिक मर्मत तथा पुनःस्थापना सम्बन्धी कार्य योजनावद्ध रुपमा सम्पन्न गर्न ८३ करोड छुट्ट्याइएको छ।

स्थानीयस्तरबाट निर्माण हुने सडकसमेत गरी आगामी आर्थिक वर्षमा १ हजार ९ सय ४२ किलोमिटर नयाँ ट्र्याक खोल्नुका साथै ७ सय ९५ किलोमिटर सडकमा कालोपत्रे गर्ने सरकारी योजना छ। यस्तै १ सय ७० पुल निर्माण सम्पन्न हुने र यसको लागि ५४ अर्ब छुट्ट्याएको अर्थमन्त्री महतले बताए।
अर्को समाचार
गण्डकीको नीति तथा कार्यक्रम: पर्यटनको राजधानीको प्रवर्द्धन, आगामी वर्ष लगानी सम्मेलन
२१ जेष्ठ २०८२
•
३ मिनेट पाठ
गण्डकीको नीति तथा कार्यक्रम: पर्यटनको राजधानीको प्रवर्द्धन, आगामी वर्ष लगानी सम्मेलन
गण्डकीमा आगामी वर्ष लगानी सम्मेलन हुने भएको छ। यसअघि पटक पटक हुने भनेर स्थगित हुँदै आएको लगानी सम्मेलन यस वर्ष गरिने बुधबार गण्डकी प्रदेश सरकारले जारी गरेको नीति तथा कार्यक्रममा उल्लेख छ।




प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै लगानी सम्मेलन आगामी वर्ष गर्ने बताए। तर त्यसको ठ्याक्कै मिति भने तोकिएको छैन।

त्यस्तै, नीति तथा कार्यक्रममा पूर्वाधार संरचना तथा सेवा क्षेत्रमा लगानी भित्राउनका लागि प्रोत्साहित गर्न सार्वजनिक–निजी साझेदारीका लागि आवश्यक कानुनी व्यवस्था गर्नेपनि प्रदेश प्रमुख भट्टले उल्लेख गरे।

नीति तथा कार्यक्रममा गण्डकी सरकारले स्थगन गरेको राईड सेयरिङलाई नियमन गर्ने विषय प्राथमिकताका साथ राखिएको छ।

व्यवसायीको आन्दोलनपश्चात् संघ सरकारको आग्रहमा एक महिनाका लागि राईड सेयरिङ सम्बन्धी नियमावली गण्डकी सरकारले स्थगन गरेपनि नीति तथा कार्यक्रममा राखेर त्यसबाट पछि नहट्ने स्पष्ट पारेको छ। नीति तथा कार्यक्रम भनिएको छ,‘राइड सेयरिङलाई प्रभावकारी नियमन र व्यवस्थापन गरिने छ।’

गण्डकी सरकारले प्रदेशबाटै लाइसेन्स छपाइ र वितरण सुरुवात गर्ने उल्लेख गरेको छ। हालसम्म संघ सरकार मातहत हुँदै आएको सो काम संघ सरकारको बजेटमा प्रदेशलाई दिने उल्लेख भएलगत्तै गण्डकी सरकारले त्यसको स्वामित्व लिँदै प्रदेशबाटै लाइसेन्स छपाइ र वितरण गर्ने नीति तथा कार्यक्रममा राखेको हो।

‘संघ सरकारसँगको लाइसेन्स छपाइ र वितरण कार्य गरिनेछ’, नीति तथा कार्यक्रममा भनिएको छ, ‘नेपाल सरकारको समन्वयमा सवारी चालक अनुमति पत्रको छपाइ तथा वितरण कार्य प्रदेशबाटै सुरुवात गरिनेछ।’ प्रदेश प्रमुख भट्टले सवारी साधन करलाई अनलाइनमार्फत भुक्तानी गर्ने व्यवस्था गरिने भन्दै त्यसका लागि आवश्यक पूर्वाधार तयार पारिने बताए।

गण्डकी सरकारले प्रदेश मातहतका अस्पतालमा जन्मजात रोगको पहिचान गर्न शिशुको स्क्रिनिङ गर्ने व्यवस्था मिलाउने नीति लिएको छ।

त्यसका लागि धौलागिरी, मध्यविन्दु, दमौली, स्याङ्जा र बुर्तिबाङ अस्पतालमा इमर्जेन्सी ट्रमा केयर युनिटको स्थापना र सुदृढीकरण गर्ने सरकारले जनाएको छ।

पोखराको मातृशिशु मितेरी प्रादेशिक अस्पतालमा निःसन्तान उपचार केन्द्र र मध्यविन्दु प्रादेशिक अस्पतालमा बौद्धिक एवम् अटिजमसम्बन्धी अपाङ्गता भएका बालबालिकाको उपचार गर्न अपाङ्गता उपचार केन्द्र स्थापना गरिने प्रदेश प्रमुख भट्टले उल्लेख गरे।

गण्डकी सरकारले प्रादेशिक जनरल तथा सरुवा रोग अस्पतालमा एभी फिस्टुला सेवा निःशुल्क प्रदान गर्नुका साथै निःशुल्क डायलसिस सेवालाई निरन्तरता दिने नीति लिएको छ।

त्यस्तै, पर्यटनको राजधानी पोखराको ब्राण्डिङका लागि ‘पोखरा जाऔँ, प्रकृति र संस्कृतिसँग रमाऔँ’ तथा ‘राउण्ड फेवा, भ्यु फेवा कार्यक्रम’लाई प्राथमिकताका साथ सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

यसैगरी, गण्डकी प्रदेशको पर्यटन विकास र प्रवर्द्धन गर्न पर्यटकीय राजधानी घोषणा अध्ययन प्रतिवेदनमा उल्लेख भए बमोजिमका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। पर्यटन प्रवर्द्धनका लागि पोखराको रुपा तालमा सिसाको पुल बनाउन सम्भाव्यता अध्ययन गरिने पनि उल्लेख छ।

गण्डकी सरकारले आर्थिक विकास तथा शासन प्रणालीको प्रभावकारिता बढाउन मुख्यमन्त्री सार्वजनिक सुशासन फेलोसिप कार्यक्रम सुरुवात गर्ने भएको छ।

प्रतिभाशाली युवाको नवीन सोच, ज्ञान र सीपको प्रयोगबाट नीति परिणाम सुनिश्चित गरी सरकारको सुशासन, पारदर्शिता र जबाफदेहिता प्रवर्द्धन गर्ने सरकारको उद्देश्य रहेको नीति तथा कार्यक्रममा उल्लेख छ।

प्रदेश सरकारले गोरखा दरबार, मनकामना मन्दिर, लिगलिगकोट दरबार, क्होंलासोंथर, लमजुङ दरबार, विन्ध्यवासिनी मन्दिर, लोमान्थाङ दरबार, मुक्तिनाथ मन्दिर, बागलुङ कालिका, पुर्कोट कालिकालगायतका सम्पदालाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक पहल गर्ने जनाएको छ। गण्डकी प्रदेशलाई आरोग्य पर्यटन हबको रुपमा विकास गर्ने सरकारले नीति लिएको छ।

गण्डकी सरकारले सहकारी क्षेत्रमा देखिएका आर्थिक अपचलन नियन्त्रण गरी नियमन प्रणालीलाई प्रभावकारी बनाउने जनाएको छ। उसले बचतकर्ताको रकम सुनिश्चित गर्ने, उद्देश्य मिल्ने सहकारीलाई समायोजन हुन प्रोत्साहित गर्ने तथा निष्क्रिय सहकारीलाई खारेज गर्ने उल्लेख छ।

गण्डकी सरकारले मुस्ताङको कोरला, गोरखाको रुइला र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को त्रिवेणी नाकासम्म पुग्ने सडकको विस्तार तथा स्तरोन्नति गर्ने योजनालाई निरन्तरता दिएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस