'पार्टीको जिम्मेवारी मेरो काँधमा आएकोछ।' शेरबहादुरजीले सोध्नुभो-'एक गिलास थपौँ?'
'पहिले पार्टीको जिम्मेवारी लिऊँ।' विमलेन्द्रजीले सल्लाह दिनुभो-'त्यसपछि देशको जिम्मेवारी लिनुपर्छ।'
'जिम्मेवारी लिने कुरामा म उदार छु।' शेरबहादुरजीले भन्नुभो-'तिमी के लिने?'
'ग्रिन सलाद।' प्रकाशशरणजीले भन्नुभो-'त्यसपछि प्रजातान्त्रिक समाजवादी धारमा मुलुक जान्छ।'
'मलाई पुरानो कुरा याद आयो।'शेरबहादुरजीले भन्नुभो-'डिल्लीबजारको मोटेको पसलमा बसेर हामी यस्तै कुरा गर्थ्यौँ।'
'कस्ता कुरा?' मीनेन्द्रजीले सोध्नुभो-'जिम्मेवारीका कुरा?'

'होइन।' शेरबहादुरजीले भन्नुभो-'प्रजातान्त्रिक समाजवादका कुरा।'
'अब जिम्मेवारीका कुरा गरौँ।' विमलेन्द्रजीले भन्नुभो-' एजेण्डा त्यो हो।'
'जिम्मेवारीको कुरा गर्दा जिम्मेवारीपूर्वक गर्नुपर्छ।' मीनेन्द्रजीले सुझाव दिनुभो-'प्रश्न के हो भने हामी जिम्मेवारी किन लिँदैछौ?'
'जिम्मेवार हुन।' शेरबहादुरजीले भन्नुभो-'कुरो प्रष्ट छ।'
'त्यसको अर्थ हामी गैरजिम्मेवार थियौँ।' विमलेन्द्रजीले भन्नुभो-'कुरो यसो होइन।'
'सुकुटी टक्रयाउँ?' आरजुजीले भन्नुभो-'मेरो जिम्मेवारी मैले निर्वाह गर्नु पर्यो।'
'यिनले आफ्नो जिम्मेवारी निर्वाह गरेपछि।' शेरबहादुरजीले भन्नुभो-'मैले पार्टीको जिम्मेवारी पूरा गर्नुपर्छ।'
'कुनै दिन सरकार हाम्रो जिम्मामा थियो।' विमलेन्द्रजीले सम्झनुभो-'हामीसँग संसद् थियो।'
'संसद्मा फोहोरी खेल भयो।' शेरबहादुरजीले सघाउनुभो-'मैले संसद् साफ गरें।'
'राजाले त्यसपछि हामीलाई साफ गरे।' मीनेन्द्रजीले अनुहार बिगार्नुभो-'तिन्ले असक्षम भने।'
'उनी पनि सक्षम भएनन्।' शेरबहादुरजी झोक्किनुभो-'नालायक निस्किए।'
'तपाईले संसद् साफ नगरेको भए के हुन्थ्यो?' प्रकाशशरणजीले भन्नुभो-'तिन्ले अक्षम भन्ने थिएनन्।'
'मलाई त्यसो भनेपछि आन्दोलन भयो।' शेरबहादुरजीले भन्नुभो-'अन्दोलन भएपछि गणतन्त्र आयो।'
'खासमा गणतन्त्र ल्याउने हामी हौँ।' विमलेन्द्रजीले भन्नुभो-'यसको श्रेय तपाईलाई जान्छ।'
'जिम्मेवार ढंगले प्रस्तुत हुँदा यस्तो हुन्छ।' शेरबहादुरजीले भन्नुभो-'त्यसैले पार्टीको जिम्मेवारी मैले लिनुपर्छ।'
'पहिले पनि लिएकै हो।' विमलेन्द्रजीले भन्नुभो-'नेपाली कांग्रेस(प्रजातान्त्रिक) को म चाहिंँ महामन्त्री थिएं।' थप्नुभो-'तपाई चाहिँ सभापति।'
'हामीले रामचन्द्रजीलाई सभापति बनाउन खोजेका थियौ।' प्रकाशशरणजीले भन्नुभो-'मान्नु भएन।'
'रामचन्द्रजी चिकन हार्टेड हुनुहुन्छ।' मीनेन्द्रजीले भन्नुभो-'कलेजो छैन।'
'किन नहुनु।' आरजूजीले सोध्नुभो-'राखौँ?' त्यसपछि उहाँले पोलेको कलेजो थप्नु भो।
'संसदीय दलमा चाहिं लफडा भयो।' शेरबहादुरजी दुःखी हुनुभो-'सबै उता भए।'
'हामी चाहिँ यता भयौ।' विमलेन्द्रजीले भन्नुभो-' सुजाता र गिरिजाबाबु सहित।'
'सुजाताको भोटै थिएन।' शेरबहादुरजीले भन्नुभो-'गिरिजाबाबु भोटै दिन जानु भएन।'
'पार्टी अधिवेशनमा त्यस्तो हुदैन।' मीनेन्द्रजीले भन्नुभो-'सुजातासँग भोट हुन्छ।'
'त्यसपछि हामी जित्ने छौ।' प्रकाशशरणजी खुसी हुनुभो-'एक गिलास जुस पाउँन।'
'सुशीलमा दम छैन।' शेरबहादुरजी हाँस्नुभो-'बिहे त गरेको छैन।'
'हामीले चाहिँ बिहे गर्यौँ।' विमलेन्द्रजीले भन्नुभो-'किनभने हामीसँग दम छ।'
'हामीमा दम थियो त्यसैले बिहे गर्यौँ।' शेरबहादुरजीले भन्नुभो-'घर बनायौँ।'
'हामीले आफ्नो जीवनमा एक प्रकारको क्रान्ति गर्यौँ।' विमलेन्द्रजीले भन्नुभो-' सामाजिक र आर्थिक क्रान्ति।'
'किनभने हामी क्रान्तिकारी हौँ।' मीनेन्द्रजीले सोध्नुभो-'सुशीलजीले खोई क्रान्ति गरेको?'
'सुशीलजीले केही गर्न सक्नु हुन्न।' शेर बहादुरजीले भन्नुभो-'न सामाजिक क्रान्ति न आर्थिक क्रान्ति।'
'रामचन्द्रजी समेतले गर्नु होला जस्तो छैन।' विमलेन्द्रजीले भन्नुभो-'सातु खानेले सत्ता चलाउन सक्तैन।'
'त्यसैले जिम्मेवारी हाम्रो काँधमा आउनुपर्छ। मीनेन्द्रजीले सोध्नुभो-सुकुटी होला?'
'हामीले जिम्मेवारी काँधमै लिनुपर्ने कारण चाहिँ के हो?' प्रकाशशरणजीले सोध्नुभो-'हातमा लिन सकिँदैन?'
'हातले गिलास समात्नुपर्छ।' विमलेन्द्रजीले बताउनुभो-'त्यही भएर।'
'अर्को कारण पनि छ।' छलफलमा सहभागिता जनाउदै आरजुजीले भन्नुभो-'हातले खाम पनि समात्नु पर्ने खण्ड आइरहन्छ।'
' जिम्मेवारी बढ्ना साथ खामको संख्या थपिन्छ।' शेरबहादुरजीले आफ्नो अनुभव सुनाउनु भो-'विशेषगरी सरकारको जिम्मेवारी बढेका बेला।'
'त्यही भएर पार्टीको जिम्मेवारी काँधमा लिनु उचित हो।' विमलेन्द्रजीले समर्थन जनाउँनुभो-'हात खुला राख्नुपर्छ।'
'अब जाने हो।' प्रकाशशरणजी उठ्तै भन्नुभो-'ढिला भयो।'
'दुई बज्यो।' मीनेन्द्रजीले भन्नुभो-'पाँच बजे मर्निङवाक जानुपर्छ।'
'मर्निङवाकले फाइदा गर्छ।' शेरबहादुरजीले भन्नुभो-'यसले काँध बलियो बनाउँछ।'
'बलियो काँधले जिम्मेवारी सजिलै बोक्छ।' विमलेन्द्रजीले भन्नुभो-'चियर्स फर दी रोड।'
त्यसपछि उहाँहरू उठ्नु भो।