काठमाडौं-गुल्मी, अर्गेनी–५ का विष्णु न्यौपाने जापानको एक विश्वविद्यालयमा उच्चशिक्षा अध्ययनको तयारीमा छन्। फुकुओका इकोनोमिक युनिभर्सिटीले यही शनिबार स्थानीय समयअनुसार बिहान ९ बजे उनलाई अन्तर्वार्ता निम्ति डाकेको छ।उनी बिहीबार राति ११:२० बजे ड्रागन एयरबाट हङकङ हुँदै जापान उड्ने तयारीमा थिए। तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा बुधबार दुर्घटना परेको टर्किस एयरलाइन्सको जहाज हटाउन नसकिएपछि न्यौपानेको जापान यात्रा अनिश्चित बनेको छ। विश्वविद्यालयको अन्तर्वार्तामा सरिक हुन पाइने–नपाइने पनि कुनै टुंगो छैन।
‘शनिबार अन्तर्वार्ता छ, तर यहाँबाट उड्नै पाइएन,' २६ वर्षीय विष्णु न्यौपानेले बिहीबार नागरिकसँग दुःखेसो पोखे, ‘विमानस्थलले धावनमार्गमा रहेको एउटा जहाज दुई दिनसम्म हटाउन नसकेपछि मेरो यो वर्षको अध्ययनै चौपट हुने स्थिति आयो।'
अवतरण बेला धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको टर्किसको जहाज दुई दिनदेखि हटाउन नसक्दा न्यौपानेजस्ता २४ हजार यात्रु अलपत्र भएका छन्। यसमा काठमाडौंबाट विदेश जाने तयारीमा रहेका र विभिन्न मुलुकबाट नेपाल आउन ‘ट्रान्जिट' मा रहेका यात्रुसमेत छन्। त्रिभुवन विमानस्थलबाट दैनिक औसत १२ हजार यात्रुले ओहोरदोहोर गर्छन्। यहाँ दैनिक ८० अन्तर्राष्ट्रिय जहाज उडान र अवतरण हुने गर्छ।
अलपत्र यात्रुमध्ये कतिको काम छुटेको छ भने कतिको पढाइ त कतिको जागिरै गुम्नेसम्म स्थिति आएको छ। नेपाल घुमेर स्वदेश फर्किन लागेका कतिपय पर्यटकलाई भिसा अवधि सकिने डर छ। टर्किस जहाज हटाउन जति ढिला हुँदैछ, ती यात्रुको सकस उति बढ्दैछ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार बिहान १० बजेसम्म सबै अन्तर्राष्ट्रिय उडान–अवतरण बन्द गरेको छ। यसअघि बिहीबार अपराह्न ४ बजे विमानस्थल खुल्ने घोषणा गरिएको थियो।
‘अब शुक्रबार उडे पनि म कुनै हालतमा शनिबार अन्तर्वार्ताको निम्ति जापान पुग्न भ्याउँदिनँ,' न्यौपानेले भने।
जापानबाट एक महिनाअघि फर्केका उनी परिवारसँग बिदावारी भएर बुधबार राति गुल्मीबाट काठमाडौं आइपुगेका हुन्। यहाँ आएपछि बल्ल त्रिभुवन विमानस्थलको घटना थाहा पाए। लगत्तै ड्रागन एयरको कार्यालयमा फोन गरेर आफ्नो उडानको स्थितिबारे सोधपुछ गरे। उताबाट जवाफ आयो, ‘हामी सकेसम्म प्रयास गर्दैछौं, तर गल्ती हाम्रो होइन, खानेबस्ने व्यवस्था आफैं मिलाउनुस्।'
‘एउटा जहाज हटाउन नसक्दा विमानस्थल बन्दै गर्नुपर्योन, यत्राविधि मान्छे अलपत्र परे, यो देशकै लागि लाजमर्दो विषय हो,' न्यौपानेले भने।

मलेसियास्थित क्वालालाम्पुर विमानस्थतलमा नेपाल फर्कने जहाजको पर्खाइमा बसेका नेपाली कामदार। तस्बिर सौजन्य :आनन्द बतास
अन्तर्राष्ट्रिय विमानस्थलमा यतिखेर अलपत्र यात्रुको भीड थामिनसक्नु छ। बुधबार जति भीड थियो, त्यसको दाँजोमा बिहीबार अलि कम भए पनि यात्रुमा निराशा र आक्रोश उस्तै थियो। स्वदेशीमात्र होइन, विदेशी यात्रु पनि के गर्ने, कसलाई भन्ने र कता जाने रनभूल्लमा थिए।
‘हामी २० जना छौं, दिउँसो ४:४० बजे इतिहाद एयरवेजको जहाजबाट अबुधाबी जाने टिकट छ, कम्पनीले दिउँसो ४ बजे विमानस्थल खुल्छ भनेको थियो,' नेदरल्यान्ड जान लागेकी एफ ब्रोइक्माले बिहीबार दिउँसो नागरिकसँग भनिन्, ‘यहाँ आउँदा त शुक्रबार बिहान १० बजेसम्म विमानस्थलै बन्द भन्ने खबर पाइयो, तर हामीलाई न इतिहादले कुनै जानकारी दियो न त ट्राभल एजेन्टले।'
कामदार भिसामा साउदी अरब जान लागेका मोरङका युवराज श्रेष्ठ पनि बिहीबार त्रिभुवन विमानस्थलमा असिनपसिन भेटिए। उनीसँगै ३४ जना कामदार एयर इन्डियाको जहाजबाट बिहीबार ३ः३० बजे साउदी उड्ने तयारीमा थिए।
‘म्यानपावरले बिहान १० देखि ११ बजेभित्र विमानस्थल छिरिसक्नू भनेको थियो, त्यही भएर चाँडै आइयो,' उनले भने, ‘यहाँ आएपछि त बेहाल स्थिति रहेछ। तै पनि एयर इन्डियाले साँझ ५ बजे उड्छ भनेको थियो, उडेन। म्यानपावर एजेन्टलाई फोन गरेको मोबाइल स्विचअफ छ। जे गरे पनि हाम्रै बिचल्ली हुँदो रहेछ।'
मोरङकै सन्तमान तामाङ रोजगारीका लागि मलेसिया जान बिहीबार विमानस्थल आइपुगे। एयर एसिया एक्सबाट दिउँसो २:१५ बजे मलेसिया उड्न लागेका उनीसँगै अरू ३५ जना यात्रु बिहानै ९ बजे विमानस्थल छिरिसकेका थिए।
‘म्यानपावर एजेन्टले चाँडै आउनू भनेर आयौं, जहाज पनि उड्दैन, केही खान पनि पाइएन,' तामाङले भने, ‘अहिले न एयरलाइन्सले केही भन्छ न त एजेन्ट नै सम्पर्कमा छ।'
अन्तर्राष्ट्रिय उडानका यात्रुको यतिसाह्रो विचल्ली हुँदा पनि त्रिभुवन विमानस्थल व्यवस्थापनले भने ‘यात्रुका लागि उचित व्यवस्थापन गरिएको' दाबी गरेको छ। यात्रुलाई सम्पूर्ण जानकारी उपलब्ध गराउन अन्तर्राष्ट्रिय टर्मिनलमा वायुसेवा कम्पनी, प्रहरी र प्राधिकरणको ‘हेल्प डेस्क' राखिएको विमानस्थलका प्रबन्धक पूर्ण चुडालले बताए।
‘सबै यात्रुलाई सकेसम्म दुःख हुन नदिन हामीले वायुसेवा कम्पनीहरूलाई एयरपोर्ट अफिस, सिटी अफिस चौबीसै घन्टा खुला राख्न, कुनै पनि कर्मचारीलाई बिदा नदिन आग्रह गरेका छौं,' चुडालले नागरिकसँग भने, ‘हाम्रो आग्रहलाई यहाँ उडान गरिरहेका साढे दुई दर्जनभन्दा बढी वायुसेवाले सकारात्मक रूपमा लिँदै सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।'
विभिन्न वायुसेवाबाट जान लागेका यात्रुलाई सम्बद्ध कम्पनीले होटलमा राख्ने व्यवस्था गरेको उनले बताए। सस्तोमा उडान गर्ने बजेट एयरलाइन्सबाहेक प्रिमियम एयरलाइन्सले आफ्ना यात्रुलाई होटलमा राखिरहेको उनको भनाइ छ।
चुडालको भनाइको ठिकविपरीत वायुसेवा कम्पनीहरूले भने सबै यात्रुलाई होटलमा राख्ने व्यवस्था नभएको बताएका छन्।
‘हाम्रो कारण उडान रद्द भएको होइन, त्यही भएर यात्रुले आफ्नो व्यवस्था आफैं गर्नुपर्छ,' नाम उल्लेख नगर्ने सर्तमा भारतको एक वायुसेवा कम्पनीका अधिकारीले भने, ‘विमानस्थल खुलेपछि हामी यात्रुलाई पुरानै टिकटमा उडाउँछौं तर नउडुन्जेल हामी केही गर्न सक्दैनौं।'
यहाँबाट जाने वायुसेवाले त्यसो भने पनि अन्य गन्तव्यबाट यहाँ आउने वायुसेवाले भने ट्रान्जिट विमानस्थलमा परेका यात्रुलाई होटलमा राख्ने व्यवस्था मिलाएका छन्। सुरुको विमानस्थल भए त्यहाँ पनि यात्रुले आफ्नो व्यवस्था आफैं गर्नुपर्थ्यो तर ट्रान्जिटमा हुनेले सुविधा पाउँछन्।
प्रबन्धक चुडालका अनुसार नेपाल घुम्न आएका पर्यटकको भिसा अवधि यही बेला सकिएको छ भने नियमबमोजिम लाग्ने शुल्क लिएर विमानस्थल अध्यागमन कार्यालयले एकदेखि दुई दिनको भिसा म्याद थप्ने व्यवस्था मिलाएको छ।
‘वायुुसेवाका कारण उडान रद्द भएका होइनन्, यात्रुले पुरानै टिकटमा उड्न भने पाउँछन्,' नेपाल उडान गरिरहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूको संगठन ‘एयरलाइन्स अपरेटर्स कमिटी नेपाल' का अध्यक्ष तथा ओमान एयरका एयरपोर्ट म्यानेजर भरतकुमार श्रेष्ठले भने, ‘भिसाको म्याद सकिएका कामदारका हकमा भने हामी केही गर्न सक्दैनौं, यो उनीहरूकै जिम्मेवारी हो।'

नागरिक उड्डयन प्राधिकरणले शुक्रबार बिहान १० बजेसम्म अन्तर्राष्ट्रिय उडान–अवतरण बन्द गरे पनि त्यतिञ्जेल टर्किस जहाज हटाउन सकिने–नसकिने टुंगो छैन।
‘फसेको ठाउँबाट जहाज निकाल्न ठ्याक्कै कति समय लाग्छ थाहा छैन,' प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले बिहीबार विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘त्यही भएर शुक्रबार बिहान १० बजेसम्म अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय गरेका हौं।'
अन्तर्राष्ट्रिय उडान रोकिए पनि एयर एम्बुलेन्सलाई आवतजावत गर्न छुट दिइएको तथा आन्तरिक उडान यथावत राखिएको उनले जानकारी दिए। मुलुकको ६३ वर्ष लामो उड्डयन इतिहासमै पहिलोपटक यस्तो घटना भएको भन्दै सुमनले यस्ता घटनामा परेका जहाजलाई बाहिर निकाल्ने उपकरण संसारका कमैमात्र विमानस्थलमा हुने दाबी गरे।
उनका अनुसार टर्किस जहाजलाई फसेको ठाउँबाट बाहिर निकाल्न आवश्यक उपकरण ‘रिमुभल किट्स' भारतबाट ल्याइएको थियो। बिहीबार मध्याह्न भारतीय हवाई सेनाको ‘हर्कुलस' जहाजले ती उपकरण काठमाडौं ल्याएको हो। २ सय ५० टन क्षमताको उक्त जहाज ५ हजार फिटको धावनमार्गमा उडान–अवतरण गर्नसक्ने भएका कारण भारतको मुम्बईबाट नयादिल्ली हुँदै जहाज यहाँ अवतरण गरेको थियो। त्यसमा १३ भारतीय सेना र एयर इन्डियाका १२ इन्जिनियर आएका थिए। त्यसपछि उक्त जहाज सेना लिएर भारत फर्केको थियो।
धावनमार्गको बायाँपट्टि दुई दिनदेखि फसेको टर्किस एयरलाइन्सको जहाजलाई बाहिर निकाल्न भारतीय हवाई सेनाले ल्याएको उपकरण जडानको काम बिहीबार साढे १ बजेबाट सुरु भएको थियो।
सुरुमा जहाजको अगाडिको पाङ्ग्रा भास्सिएको ठाउँमा सकेसम्म जहाजकै मुनि पर्ने गरी ‘एयर ब्याग' राखिन्छ। त्यसपछि पम्पबाट हावा दिएर एयर ब्याग फुलाउने काम गरिन्छ। एयर ब्याग जति फुल्दै जान्छ, जहाज विस्तारै माथितिर उचालिँदै जान्छ। एयर ब्यागले ‘ज्याक'बाट गाडी उचालेजस्तै गरी जहाज उचाल्छ।
त्यसपछि अगाडिका दुइटै पाङ्ग्रा फेरिन्छ। जहाजमा रहेका अगाडिका दुई तथा पछाडिपट्टि दायाँ र बायाँ रहेका चार–चार गरी पंक्चर भएका १० वटै पांग्रा फेर्ने काम हुन्छ। एयर ब्यागले जहाजलाई उचालेपछि खाल्डो भएको ठाउँ पुरिन्छ। खाल्डो पुरेपछि जहाजमा कुनै खराब छ कि छैन भनेर सबै जाँच गरिन्छ। त्यहीँ मर्मत गर्न सकिनेसम्मका काम त्यहीँ गरिन्छ।
त्यसपछि नेपाल वायुसेवा निगमसँग रहेको ‘पुस ब्याक' गाडी (जहाजलाई पार्किङ क्षेत्रबाट ठेलेर बाहिर निकाल्ने सानो गाडी) ले अगाडिपट्टिबाट धकेलेर धावनमार्गमा ल्याइन्छ। त्यसपछि विस्तारै पार्किङ बेमा पुर्यानइन्छ। अनि जहाज मर्मत तथा दुर्घटनाको कारण पत्ता लगाउन गठित छानबिन समितिले अनुसन्धान गर्छ।
जहाज धस्सिएको हिले चौरसम्म जान डोजरले सबै समथर बनाएर ग्राभेल हालिएको छ। त्यसलाई रोलरले थिचेर बाटो नै बनाइएको छ। आवश्यक परेको खण्डमा गाडी थाम्न सक्ने फलामको पाता पनि प्रयोग गरिनेछ। जहाजलाई बाहिर निकाल्न एयर इन्डियाका १२, टर्किस एयरलाइन्सका दुई तथा नेपाल वायुसेवा निगमका इन्जिनियर सहभागी छन्।
टर्किसका एक इन्जिनियर यहीँ काम गरिरहेका थिए भने अर्का इन्जिनियर दुर्घटनामा परेकै जहाजमा आएका थिए। अन्तर्राष्ट्रिय उडानमा एक इन्जिनयर बस्नैपर्ने नियम छ।

यात्रुको विचल्ली

‘उडानको टुंगो छैन'

यसरी निकालिन्छ जहाज