काठमाडौं— चार दिनदेखि ठप्प त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शनिबार साँझबाट सञ्चालनमा आएको छ । साढे ८३ घन्टा अन्तर्राष्ट्रिय उडान–अवतरण बन्द हुँदा नेपालभित्र र बाहिर गरी करिब ५० हजार यात्रु अलपत्र छन् । सबै यात्रुलाई गन्तव्य लान र ल्याउन विमानस्थल पाँच दिनसम्म चौबीसै घन्टा सञ्चालन हुने भएको छ।त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा गत बुधबार बिहान ७:४५ बजे टर्किस एयरलाइन्सको जहाज चिप्लिएर दुर्घटनामा परेपछि बन्द हुन पुगेको विमानस्थल शनिबार राति साढे ७ बजबाटे पुनः सञ्चालनमा आएको हो । टर्किसको जहाजलाई बल्लबल्ल धावनमार्गबाट बाहिर ल्याइएपछि उडानको बाटो खुलेको थियो । अन्तर्राष्ट्रिय जगतसँग चार दिनदेखि भएको हवाई सम्पर्कविहीनता तोड्न विमानस्थल व्यवस्थापनले 'ठूलो पापड' बेल्नुपरेको थियो ।
अन्तर्राष्ट्रिय उडान–अवतरण ठप्प हुँदा यात्रु व्यवस्थापन गर्न विमानस्थल व्यवस्थापन मात्र नभई वायुसेवा कम्पनीहरूलाई पनि हम्मे परिरहेको छ । संसारका २९ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले हाल काठमाडौं उडान गरिरहेका छन् । ती सबैले दैनिक ८० सम्म उडान–अवतरण गर्ने गरेका छन् । विमानस्थलमा दैनिक औसत १२ हजार यात्रुले अन्तर्राष्ट्रिय उडान सेवा प्रयोग गर्छन् ।
'राति साढे ७ बजेदेखि विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आएको छ,' त्रिभुवन विमानस्थलका प्रमुख सञ्चालक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले शनिबार नागरिकसँग भने, 'यहाँबाट उडान गर्न नेपाल वायुसेवा निगमका बाहेक अन्य जहाज छैनन्, त्यसकारण निगमकै जहाजले पहिलो उडान गरेको छ । अरू कम्पनीका जहाजले आउने तालिका मिलाइरहेका छन् । अब विमानस्थल पाँच दिनसम्म चौबीसै घन्टा सञ्चालन हुन्छ । आवश्यक परे थप केही दिन पनि गर्दै जान्छौं ।'
यात्रुहरूले आफू उड्ने जहाज कति बजे आइपुग्छ र गन्तव्य जान सकिन्छ कि सकिँदैन वा आफ्नो उड्ने पालो आउँछ वा आउँदैन भन्ने उत्तर पाउन नसकेका कारण शनिबार राति विमानस्थलमा यात्रुको भीड थामिनसक्नु छ । वायुसेवा कम्पनीहरूले पनि यात्रुलाई यसबारे यकिन जानकारी दिन सकिरहेका छैनन् ।
सामान्य दिनमा बिहान ६ बजे खुल्ने र राति साढे १२ बजे बन्द हुने त्रिभुवन विमानस्थलमा २९ वायुसेवा कम्पनीले दैनिक ८० सम्म उडान–अवतरण गर्ने गर्छन् । चार दिनदेखि रोकिएका करिब सवा ३ सय उडानलाई अब कुन दिनको कुन समयमा उडाउने भन्ने व्यवस्था मिलाउन ती कम्पनी र विमानस्थल व्यवस्थापनलाई चौबीस घन्टा सञ्चालन व्यवस्था मिलाउन हम्मे पर्ने देखिन्छ ।
विमानस्थल सञ्चालनमा आएको दुई घन्टापछि नेपाल वायुसेवा निगमले राति साढे ९ बजे भारतको नयाँदिल्ली उडान गरेको निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले जानकारी दिए । त्यसैगरी निगमकै अर्को जहाज राति ११ः२० बजे कतारको दोहा उडेको उनले बताए ।
उनका अनुसार दिल्ली गएको निगमको जहाज आइतबार बिहान ३ बजेतिर फर्कने छ भने दोहा गएको चाहिँ बिहान १०ः३० बजे फर्कने तालिका छ । दिल्ली गएको ए३२० जहाजमा १ सय ५८ यात्रु (पूर्णक्षमता) र दोहा गएको बि७५७ जहाजमा १ सय ९० यात्रु (पूर्णक्षमता) छन् । 'त्यसकारण आइतबार बिहानको दिल्ली उडान केही ढिला हुनसक्छ,' उनले भने ।
यहाँबाट उड्नेमा निगममात्र भए पनि आउनेमा भने तीन अन्तर्राष्ट्रिय वायुसेवाले समय तय गरेका थिए । विमानस्थल पुनः सञ्चालनमा आएपछि पहिलो अन्तर्राष्ट्रिय अवतरण फ्लाई दुबईले राति १२ बजे गर्ने जानकारी दिएको छ । त्यसपछि आइतबार बिहान २ः१५ बजे चाइना साउदर्न र २ः५० बजे इतिहाद एयरवेजले काठमाडौं आउने जानकारी गराएका छन् ।
टर्किस एयरलाइन्सको अर्को जहाज आइतबार बिहान साढे ७ बजे आउने तय भएको विमानस्थलले जनाएको छ । 'शनिबार मध्यरातदेखि आइतबार बिहान ६ बजेसम्मा १५ अन्तर्राष्ट्रिय जहाज यहाँ अवतरण गर्ने जानकारी प्राप्त भएको छ तर कसको जहाज कति बजे आउँछ भन्ने समय यकिन भएको भने छैन,' प्राधिकरणका महानिर्देशक सुमनले भने, 'वायुसेवा कम्पनीहरूले यात्रु व्यवस्थापन गर्न अतिरिक्त उडान गर्ने जानकारी पनि दिएका छन् ।'
यसरी निकालियो टर्किस जहाज
बुधबार बिहान टर्कीको इस्तानबुलबाट नियमति उडानमा काठमाडौं आएको टर्किस एयरलाइन्सको 'ए३३०' सिरिजको जहाज अवतरण गरेपछि धावनमार्गबाट चिप्लिएर विमानस्थलको पश्चिमपट्टि लगभग धावनमार्गको आधा दुरीमा दुर्घटनामा परेको थियो । जहाजमा क्षति पुगे पनि त्यसमा सवार एक नाबालकसहित २ सय २४ यात्रु र ११ चालकदल सकुशल रहे । जहाजको दायाँ पखेटाको केही भाग धावनमार्गपट्टि रहेका कारण विमानस्थल नै बन्द गर्नुपर्ने अवस्था आएको थियो ।
उक्त जहाज हटाउन विमानस्थल व्यवस्थापनलाई चार दिन पूरै लाग्यो । बिहीबार मध्याह्न भारतीय हवाई सेनाको 'हर्कुलस' जहाजले टर्किस जहाज फसेको ठाउँबाट बाहिर निकाल्न आवश्य उपकरण 'रिमुभल किट्स' ल्याएपछि नागरिक उड्डयन प्राधिकरणले ८ देखि २४ घन्टाभित्र विमानस्थल पूर्ण सञ्चालनमा आउने घोषणा गरेको थियो । तर, हिलोमा धस्सिएको जहाजलाई 'एयर ब्लाडर' बाट उचालेर अगाडिको पाङ्ग्रा फर्ने काम शुक्रबार दिउँसोमात्र सुरु भएको थियो ।
प्राधिकरणले शुक्रबार बिहान १० बजेसम्म विमानस्थल बन्द घोषणा गरेकोमा शनिबार बिहान १० बजेसम्म जारी राख्यो । त्यसपछि पनि उडान–अवतरण सुरु हुन सकेन । जहाजका पांग्रा फेरिए पनि जहाजलाई धावनमार्गसम्म लैजाने बाटो बनाउनुपर्ने हुँदा ढिलाइ भएको थियो । झन्डै दुई लाख किलो तौलको टर्किस जहाजलाई गुडाउन बाटो बलियो बनाउनुप¥यो ।
शनिबार बिहान १० बजे बल्लबल्ल जहाजलाई तानेर धावनमार्गमा ल्याइए पनि जहाजको अगाडिको भागको भार बोकेको ठूलो ट्रक एक्कासि बिग्रिएपछि थप केही घन्टा काम रोकिएको थियो । त्यसपछि ट्रक मर्मत गरी काम अगाडि बढाउँदै लाँदा साँझ करिब ६ बजेतिर टर्किस जहाजलाई विमानस्थलको आन्तरिक टर्मिनल अगाडि पु¥याएपछि विमानस्थल सञ्चालनमा आएको थियो ।