काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आगामी चार महिनापछि चीनबाट बाँकी चार जहाज ल्याउने भएको छ। चीनबाट हालसम्म दुईवटा मात्र जहाज आएका छन्।
निगमले सबै चिनियाँ जहाजलाई आन्तरिक उडानमा प्रयोग गर्ने छ। दुई ठूला जहाजलाई सहरी भेगका विमानस्थलमा मात्र उडान गर्ने र साना चार जहाजलाई भने दुर्गम भेगका विमानस्थलमा प्रयोग गर्ने निगमको भनाइ छ।'चार महिनापछि चीनबाट सबै जहाज ल्याउँछौं,' निगमका महाप्रबन्धक मदन खरेलले नागरिकसँग भने, 'यसका लागि आवश्यक कागजातदेखि सम्पूर्ण प्रक्रिया तीव्र गतिमा अगाडि बढिरहेको छ।'
सरकारले २०६८ कात्तिक १७ मा चीनसँग एकैपल्ट ६ जहाज किन्ने निर्णय गरेको थियो। सम्झौताअनुसार चीनले ५६ सिट क्षमताको 'मोडर्न आर्क' (एमए)–६० मोडेलका दुई र १८ सिटयुक्त 'वाई१२–ई' सिरिजका चार जहाज दिनेछ। तीमध्ये एउटा एमए–६० र एउटा वाई१२–ई अनुदानमा तथा बाँकी एउटा एमए–६० र तीनवटा वाई१२–ई सहुलियत ऋणमा पाइने छ। अनुदानका दुइटै जहाज काठमाडौं आइसकेका छन्।
महाप्रबन्धक खरेलका अनुसार सहुलियत ऋणमा पाइने चार जहाजमध्ये दोस्रो एमए–६० सबैभन्दा पहिला ल्याइने छ। त्यसपछि १० देखि १५ दिनको फरकमा बाँकी तीनवटा वाई–१२ई जहाज एक–एक गरी ल्याइने छ। 'सबै जहाज आएपछि आन्तरिक उडानमा बजार हिस्सा बढ्दै जाने निश्चित छ,' उनले भने।
निगमका लागि चिनियाँ जहाज प्राप्त गर्न २०७० मंसिर १३ मा नेपाल र चीनबीच ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ (४० करोड ८० लाख युआन) बराबरको ऋण तथा अनुदान सम्झौता भएको थियो। यसमध्ये २ अर्ब ९४ करोड ३० लाख रुपैयाँ अनुदान सहयोग तथा ३ अर्ब ७२ करोड ८० लाख रुपैयाँ ऋण सहयोग हो।
त्यसैगरी ऋण चुक्ता गर्ने 'ग्रेस पिरियड' पनि सात वर्ष तोकिएको छ। आठौं वर्षबाट मात्र ऋण चुक्ता अवधि सुरु हुने र २०औं वर्षसम्म तिर्न सकिने सम्झौतामा उल्लेख छ।
'पहिलो सात वर्षसम्म साँवा–ब्याज केही पनि तिर्नुपर्दैन,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले भने, 'त्यसपछि मात्र तिर्नुपर्ने भएकाले सकेसम्म बढी आम्दानी गर्ने व्यापारिक योजना छ।'
उनका अनुसार चिनियाँ 'एक्सपोर्ट–इम्पोर्ट' (एक्जिम) बैंकबाट पाइने सहुलियत ऋणको वार्षिक ब्याज दर १ दशमलव ५ प्रतिशत तोकिएको छ। यसमा सेवा शुल्क शून्य दशमलव २५ प्रतिशत र व्यवस्थापन शुल्क शून्य दशमलव २ प्रतिशत तिर्नुपर्छ। त्यसबाहेक प्रतिबद्धता शुल्कवापत शून्य दशमलव २ प्रतिशत रकम एक पटकमात्र तिर्नुपर्छ।
निगमले हाल एउटा एमए–६० जहाजबाट सातामा १४ उडान गरिरहेको छ। यसले प्रत्येक साता भद्रपुर दुई, धनगढी दुई र नेपालगन्जका लागि तीन तथा विराटनगरका लागि दैनिक एक उडान गरिरहेको छ। हालै यही जहाजबाट 'माउन्टेन फ्लाइट' को सफल परीक्षण उडान गरेको निगमले चाँडै नियमित उडान गर्ने जनाएको छ।
यो एमए–६० गत वैशाख १४ मा काठमाडौं ल्याइएको थियो। यसको स्वामित्व निगमले भोलिपल्ट पाएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता भएर '९एन–एकेक्यु' कलसाइन पाएको उक्त जहाजले एकैचोटि असार ११ बाट मात्र नियमित व्यापारिक उडान गरेको थियो।
त्यसैगरी गत कात्तिक १७ मा काठमाडौं आएको १८ सिटे वाई१२–ईलाई दुर्गम भेगमा उडाउने निगमको योजना छ। उड्डयन प्राधिकरणबाट '९एन–एकेएस' कलसाइन पाएको यो जहाजलाई निगमले 'कोइली' चराको नाम दिएको छ। यो जहाजले मंसिर २ मा उडानयोग्यताका लागि सफल परीक्षण उडान गरेको थियो। 'छोटो अवधिमै धेरै जहाज आउने भएपछि पाइलटदेखि अन्य जनशक्ति तयारीका लागि युद्धस्तरमा काम अगाडि बढाइएको हो,' प्रवक्ता शर्माले भने।
हाल निगमसँग आन्तरिक उडान गर्न चिनियाँ एमए–६० बाहेक १९ सिट क्षमताको क्यानडामा निर्मित दुईवटा टि्वनअटर जहाज सञ्चालनमा छन्। साना ६ वटा जहाजलाई भने काठमाडौंबाट सिमरा, जनकपुर, तुम्लिङटार, लुक्ला, ताप्लेजुङ, फाप्लु, लामिडाँडा, रुम्जाटारलगायत पूर्वी भेगमा उडाइने शर्माले जानकारी दिए।
त्यस्तै विराटनगरबाट लामिडाँडा, तुम्लिङटार, रुम्जाटार, ताप्लेजुङ जस्ता गन्तव्य एवं पश्चिमतर्फ नेपालगन्जबाट डोल्पा, जुम्ला, मुगुको ताल्चा, हुम्लालगायत पनि उडान गरिने उनले जानकारी दिए। 'अहिले सेवा नभएका नयाँ रुटमा पनि उडान विस्तार गर्ने योजना छ,' उनले भने।