ठूलो जहाज मर्मत गर्न सिंगापुर
११ चैत्र २०७०
•
४ मिनेट पाठ
ठूलो जहाज मर्मत गर्न सिंगापुर
काठमाडौं-राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एउटा ठूलो जहाज नियमित मर्मत (सि–चेक) गर्न सिंगापुर गएको छ। एउटा जहाज बाँकी हुँदा निगमले झन्डै आधा उडान कटौती गरेको छ।अन्तर्राष्ट्रिय उडान गरिरहेका निगमका दुई बोइङमध्ये ९एन–एसिबी कलसाइनको जहाज मंगलबार राति साढे ११ बजे मर्मतका लागि सिंगापुर गएको हो। यहाँबाट जाँदा यात्रुसहित नियमित उडानमा मलेसियाको क्वालालम्पुर गएको उक्त जहाज बुधबार त्यहाँबाट सिंगापुर जानेछ। 

‘बोइङ एसिबीलाई नियमित मर्मतका लागि सिंगापुर पठाएका छौं,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले मंगलबार राति नागरिकसँग भने, ‘अब अन्तर्राष्ट्रिय उडान गर्न एक महिनाका लागि हामीसँग एउटामात्र जहाज हुनेछ।'

उनका अनुसार आगामी एक महिनाका लागि एउटा जहाजको उडान तालिका बनाइएको छ। एउटा जहाजले प्रतिसाता ११ उडान गर्ने तालिका छ। मलेसियाको क्वालालम्पुरका लागि चार, कतारको दोहाका लागि तीन तथा हङकङ र बैंककका लागि दुई–दुई उडान गर्ने नयाँ तालिका बनाइएको छ। 

निगमले आफ्ना ठूला जहाजको मर्मत सिंगापुरको ‘सिंगापुर टेक्नोलोजिज एरोस्पेस इन्जिनियरिङ लिमिटेड' मा गरिरहेको छ। सम्बद्ध अधिकारीका अनुसार उक्त जहाज मर्मत गर्न २१ लाख अमेरिकी डलर (करिब २१ करोड रुपैयाँ) खर्च लाग्ने अनुमान छ। 

‘सबै कुरा हेर्दै गएपछि खर्च कति लाग्छ भन्ने यकिन हुन्छ,' आफ्नो नाम उल्लेख नगर्ने सर्तमा ती अधिकारीले भने, ‘तीन सातासम्म मर्मत गरेपछि बल्ल कुल खर्च निक्लन्छ।'
निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा जहाज भए पनि यसअघि उडान तालिका भने सवादेखि डेढ जहाजबराबरको बनाएको थियो। विगतमा दुई जहाजबाट सातामा २० देखि २२ उडान गरेको निगमले १६ उडानमात्र गरिरहेको थियो। यो भनेको ३३ प्रतिशत उडान कटौती हो। यसमा पनि अब एउटा जहाज मर्मत गर्न गएपछि थप पाँच उडान कटौती भएका छन्। 

निगमले दुई जहाजबाट सातामा बैंकक दुई, क्वालालम्पुर पाँच, हङकङ तीन र दोहाका लागि चार उडान गरिरहेको थियो। यसअघि बैंककका लागि तीन र क्वालालम्पुरका लागि दैनिक एक उडान गर्थ्यो।

निगमले ५ हजार घन्टा उडान वा १८ महिनामध्ये जुन पहिला आउँछ, त्यसैअनुसार सि–चेक गर्छ भने इन्जिन ओभरहल (पूर्णमर्मत) चाहिँ १२ हजार घन्टा उडेपछि गर्छ। 

आन्तरिक उडान सुरु भएकै दिन रद्द
नेपाल वायुसेवा निगमको तीन सातापछि पुनः सुरु भएको आन्तरिक उडान पहिलो दिनमै रद्द भएका छन्। 

निगमले निजी वायुसेवा कम्पनी तारा एयरसँग प्रतिघन्टा ८५ अमेरिकी डलर भाडा तिर्नेगरी लिएको एउटा इन्जिन जडित जहाजले मंगलबार काठमाडौंबाट लुक्लाका लागि उडान गरे पनि मौसम खराब भएपछि फर्केको थियो। ‘त्यसपछि त्योसँगै अर्को उडान पनि रद्द गर्यौंन,' निगमका प्रवक्ता शर्माले भने।

आन्तरिक उडान गरिरहेको निगमको कलसाइन ९एन–एबियु भएको एउटा टि्वनअटर जहाज गत फागुन २३ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका एक मिनेटमै इन्जिनमा समस्या आएपछि फर्काएर अवतरण गरी ‘ग्राउन्डेड' गरिएको थियो। त्यसयता निगमको आन्तरिक उडान बन्द थियो।
अर्को समाचार
जहाज लिन निगमका २० कर्मचारी सिंगापुर
११ भदौ २०७४
•
६ मिनेट पाठ
जहाज लिन निगमका २० कर्मचारी सिंगापुर
काठमाडौं – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले मर्मत भइरहेको आफ्नो एउटा ठूलो जहाज ‘हेर्न र लिन’ जाने निहुँमा लाखौं खर्च गरी २० जना कर्मचारीलाई सिंगापुर पठाएको छ । 

‘जहाज थप्दै व्यवस्थापन पनि सुधार गर्दै लानुपर्छ’ भन्दै रटान लगाउने निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले ती सबै कर्मचारीको भ्रमण बिदा स्वीकृत गरेका हुन् । तीमध्ये आधाजति सिंगापुर घुमेर फर्किसकेका छन् भने आधा उतै घुमिरहेका छन् । सम्बद्ध विभागीय प्रमुखको सिफारिसपछि कंसाकारले भ्रमण बिदा स्वीकृत गरेका हुन्।

निगम उच्च स्रोतका अनुसार इन्जिनियरिङ, क्वालिटी एस्योरेन्स र एयर वर्दिनेस विभागका निर्देशक र त्यसमुनिका अधिकृतसहित अन्य कर्मचारी एवं मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक तहका दुई गरी २० जना सिंगापुर घुम्नेमा दरिएका छन् । तीमध्ये १८ जना निगमका कर्मचारी हुन्।  

‘महाप्रबन्धक कंसाकारले स्वीकृति दिएपछि उनीहरूको सिंगापुर जाने बाटो खुलेको हो र यसका लागि व्यवस्थापनले २० लाख रुपैयाँ खर्च गरेको छ,’ निगम स्रोतले शनिबार नागरिकसँग भन्यो, ‘जो सिंगापुरमा जहाज हेर्न र लिन जाने भनेर गएका छन् ती कसैले पनि जहाज मर्मत भइरहेको ‘ह्यांगर’ भित्र जानै पाउँदैनन्, लिएर आउनु त परकै कुरा भयो।’

स्रोतका अनुसार आफ्ना १८ कर्मचारीबाहेक उड्डयन प्राधिकरणका दुई उच्च अधिकारीको सम्पूर्ण खर्च र तिनलाई दैनिक भत्तासमेत निगमले नै बेहोरेको छ । सबैले ७ दिनको भ्रमण बिदा पाए पनि १० दिनसम्म सिंगापुर घुमेर आउनेछन् । 

‘प्रत्येकलाई दैनिक न्यूनतम १ सय अमेरिकी डलर (१० हजार रुपैयाँ) भत्ता दिइएको छ,’ स्रोतले भन्यो, ‘निर्देशक तहकालाई सिंगापुर बसुन्जेल पाँचतारे होटलमा खान र बस्न निगमले बेहोरेको छ । सबैजनालाई काठमाडौंबाट मलेसियाको क्वालालम्पुर र त्यहाँबाट सिंगापुरको दुईतर्फी हवाई टिकट पनि निगमले नै उपलब्ध गराएको छ ।’

सिंगापुर घुम्न गएकामा निगमका इन्जिनियरिङ डाइरेक्टर केबी थापा, क्वालिटी एस्योरेन्सका डाइरेक्टर विक्रम केसी, निगमबाटै अवकाश पाई हाल करारमा कार्यरत इन्जिनियरहरू आरके मानन्धर, शंकरराज रञ्जित र पुष्पबहादुर रायमाझी, दिवाकर बन्जारा, वरिष्ठ प्राविधिक अधिकृतद्वय राजेन्द्र रेग्मी र पृथ्वीचन्द्र चौधरी, प्राविधिक अधिकृत लक्ष्मण राजवाहक तथा अन्य कर्मचारीहरू मनीषा कटुवाल, पवन गवाछा, पारस पौडेल, लिमेस डाँगी, प्रदीप ऋषिदेव, प्रद्युम्नमणि सुवेदी, विजयकुमार यादव र कृष्णप्रसाद सुवेदी छन्। 

त्यसैगरी निगमकै खर्चमा उड्डयन प्राधिकरणको हवाई उड्डयन सुरक्षा विभागका निर्देशक भेषराज सुवेदी र एयर वर्दिनेस महाशाखाका प्रमुख प्रभाकरचन्द्र मल्लिक पनि सिंगापुर गएका छन् । सुवेदी र मल्लिकले मर्मत भइरहेको निगमको जहाज निरीक्षण गर्ने भनिएको छ । दुवैजनालाई निगमले दुई–दुई लाख रुपैयाँ खर्च दिएको छ। 

‘मर्मतमा रहेको जहाज हेर्न हो कि लिन भनेर यत्रो जुलुस सिंगापुर जानु नियमविपरीत र संस्थाको प्रतिष्ठामा आँच पुर्‍याउने कामबाहेक केही होइन,’ निगमको एक निर्देशकले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा नागरिकसँग भने, ‘यस्ता बेअर्थी भ्रमणलाई महाप्रबन्धकबाट स्वीकृति दिनु गैरजिम्मेवारीको पराकाष्ठा हो।’

अर्को हास्यास्पद विषय के हो भने सिंगापुर जानुअघि केहीले जहाज मर्मत गरेको सिक्न जाने भनेका थिए । ‘यसरी सिक्न जाने भन्दै यसअघि पनि धेरै गएका थिए,’ उनले भने, ‘तर, कसले के सिकेर आए, हामीले पत्ता लगाउन सकेका छैनौं ।’

अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा निर्मित १ सय ९० सिट क्षमतायुक्त ‘बि७५७–२००’ सिरिजको ‘९एन–एसिबी’ कलसाइन भएको जहाज डेढ महिनाअघि नियमित मर्मत (सि–चेक) गर्न सिंगापुर गएको थियो । मर्मत सकेर यो जहाज भदौ तेस्रो साता काठमाडौं आउने तयारीमा छ । यही जहाजको निहुँ पारेर निगम टोली सिंगापुर घुम्न गएको हो। 

यो जहाज मर्मत गर्न अधिकतम ३० करोड रुपैयाँ खर्च लाग्ने निगम व्यवस्थापनले अनुमान गरेको छ । सम्बद्ध अधिकारीका अनुसार जहाज मर्मत भइसकेपछि यकिन खर्च थाहा हुनेछ । कम्तीमा २० करोड रुपैयाँ खर्च लाग्ने निश्चित छ। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस