कोरोना महामारीबीच हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा यो वर्षको धान रोपाइँ मेला सम्पन्न भएको छ । बुधबार महामारीबीच पनि डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा धान रोपाइँ मेला सम्पन्न भएको हो ।
त्रिपुराकोटस्थित आद्यशक्ति श्रीवाला त्रिपुरासुन्दरी भगवतीको कोटखौलामा रहेको कोटसेरा नामक गुठीको जग्गामा धान रोपाइँ गरिएको थियो । मेलामा सामाजिक दूरी भने कायम गरिएको थिएन । रोपाइँ हेर्ने आउने मानिसहरुको बाग्लो उपस्थिति थियो । अधिकाशंको ध्यान रोपारहरुले रोपाइँसँगै सुरिलो भाकामा गाइरहेको गीतमा केन्द्रित थियो ।
धान रोपाइँमा पुजारीहरु हलि (दलित)को काँधमा चढेर हिलो छ्यापाछ्याप गर्ने, हलि–रोपार र पुजारीहरु एक अर्कामा हिलो खेलेको हेर्न मानिसहरु मेलामा आउने गर्छन । तर विगतका वर्षहरुमा जस्तो पुजारीहरु दलितहरुको काँधमा चढेर हिलो छ्याप्ने पराम्पराको भने अन्त्य भएको छ । पुजारीहरुले हलि सार्की (दलितहरु) को काँधमा चढ्ने परम्परालाई जातीय विभेद भएको भन्दै दलित अधिकारकर्मीहरुले विरोध जनाएपछि यो वर्षबाट पुजारीले दलितको काँध चढेर खेतको बीच भागमा झण्डासहितको पुल्ती रोप्ने चलनको अन्त्य भएको छ ।
पुजारीहरुले अझै पनि दलितको काँधमा चढेर वर्षौँदेखि दलित समुदायमाथि विभेद गरेपनि यो वर्षदेखि अन्त्य भएको अभियान्ता बमबहादुर सार्कीले बताए । ‘धान मेलामा अन्य समुदायको मानिसको काँधमा नचढ्ने दलितको काँध चढ्ने परम्परा थियो । यो पराम्पारा अन्त्य हुन जरुरी थियो । यो वर्षबाट सधैंका लागि अन्त्य भएको छ’, उनले भने ।
दलितको काँध चढ्न नपाइने भन्ने विषयमा पुजारी भानुचन्द्र उपाध्य र अभियान्ता सार्कीबीच करिब एक घण्टा लामो विवाद चलेको थियो । त्यस्तै पुजारी देविकृष्ण उपाध्यले दलित अभियान्ताहरुले उठाएको माग समयसापेक्ष रहेको बताए । काँधमा चढ्न हलिहरुले स्वीकृति दिए पछि मात्रै पुजारीहरु काँधमा चढ्ने र हिलो छयाप्ने पराम्परा रहेको उनले बताए । तर यो वर्षबाट दलितको काँधमा चढ्ने चलन अन्त्य भएको उनले बताए । भगवतीको कोटसेरामा ९ हल गोरु , ३२ जना रोपारसहितको जनशक्ति प्रयोग रोपाइँ गरिएको थियो । रोपाइँ मेलामा प्रत्येक घरबाट पुरी र सेलरोटी, हलुवा प्रसादको रुपमा बाँड्ने चलन रहेको पुजारीहरुको भनाइ छ ।