काठमाडौं - राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र कर्मचारी सञ्चय कोषबीच मंगलबार १० अर्ब रुपैयाँबराबरको ऋण आदान–प्रदान सम्झौता भएको छ।
अन्तर्राष्ट्रिय उडानका लागि निगमलाई दुईवटा एयरबस ए३२०–२०० सिरिजका 'न्यारो बडी' जहाज खरिद गर्न कोषले ऋण दिएको हो। कोषले १० अर्ब ऋणका लागि वार्षिक १२ प्रतिशत ब्याज दर तोकेको छ भने चुक्ता अवधि १५ वर्ष राखेको छ।
ऋण सम्झौतापत्रमा निगमका तर्फबाट महाप्रबन्धक मदन खरेल र कोषका तर्फबाट प्रमुख प्रशासक कृष्णप्रसाद आचार्यले हस्ताक्षर गरेका छन्। कोषले दिने ऋण (सावाँ, ब्याज, ब्याजको ब्याज, हर्जाना ब्याज) लगायत सबै रकम चुक्ता नभएसम्म ऋण तथा जमानत ऐन २०२५ अनुसार सरकारको जमानत कायम रहने सम्झौतामा उल्लेख छ।
'बल्ल दुइटा नयाँ जहाज आउने निश्चित भयो,' निगमका महाप्रबन्धक मदन खरेलले मंगलबार नागरिकसँग भने, 'सञ्चय कोषसँग ऋण सम्झौता भयो। अब एकदेखि डेढ साताभित्र युरोपेली जहाज निर्माता कम्पनी एयरबसँग जहाज खरिद सम्झौता गर्छौं।'
निगमको व्यापारिक योजनाअनुसारै रकम उपलब्ध हुने खरेलले बताए। सरकारले जहाज किन्ने रकम व्यवस्था गर्ने प्रतिबद्धता जनाएपछि निगम जहाज खरिद प्रक्रियामा अगाडि बढेको उनले जानकारी दिए। अर्थ मन्त्रालयले गत जेठ २३ मा निगमलाई जहाज किन्न आवश्यक १० अर्ब रुपैयाँ ऋण दिन सञ्चय कोषलाई स्वीकृति दिएको थियो।
'वार्षिक १२ प्रतिशत (उच्च दर) को ब्याज तिर्न सक्दैन भन्नु निगमको हित नचाहनेहरूको नकारात्मक सोच हो,' खरेलले भने, 'हाम्रो व्यापारिक योजना र बजार अध्ययनले दुई जहाज उडाएर नाफा कमाउन सकिन्छ भन्ने प्रमाणित गरेका छन्। अब खरिद गर्न लागेका जहाज अरूभन्दा इन्धन किफायती पनि छन्।'
मंगलबार भएको सम्झौताअनुसार जहाज खरिद भएर व्यापारिक उडान सुरु भएको मितिबाट ऋणको सावाँ भुक्तानी अवधि १५ वर्षसम्म हुनेछ। जहाज आएर उडान नभए पनि ब्याज भने तिरिरहनुपर्छ। निगमले कर्जाको ब्याज प्रत्येक त्रैमासिक (असोज, पुस, चैत र असार) भित्र भुक्तानी गर्नुपर्ने छ।
निगमका एक अधिकारीका अनुसार १० अर्ब रुपैयाँको १२ प्रतिशतका दरले वर्षको १ अर्ब २० करोड रुपैयाँ ब्याज उठ्छ। यो हिसाबले महिनैपिच्छे १० करोड रुपैयाँ ब्याज तिर्नुपर्छ। दुई नयाँ जहाज उडाएर प्रत्येक महिना अधिकतम ८ करोड रुपैयाँसम्म नाफा गर्ने निगमको व्यापारिक योजना छ।
त्यसै गरी कान्तिपथस्थित निगम केन्द्रीय कार्यालय भवन र त्यसले चर्चेको करिब १५ रोपनी जग्गालगायत कोषको सुरक्षणमा रहने, नयाँ आउने दुइटै जहाज कोषको नाममा धितो हुने, कर्जा सुरक्षणका लागि निगमले कोषलाई संस्थागत जमानत दिने, जहाजको समष्टिगत बिमालेख निगमले आफ्नै खर्चमा खरिद गर्नुपर्ने, उक्त बिमालेखको लाभग्राही कोष हुने तथा टिकट बिक्रीबाट प्राप्त हुने कुल आयको कम्तिमा ३० प्रतिशत ऋण नियमित गर्ने प्रयोजनका लागि कोषले तोकेको बैंकमा छुट्टै विशेष कोष खडा गरी महिनैपिच्छे रकम जम्मा गर्नुपर्ने सम्झौता दुवै संस्थाबीच भएको हो।
यसअघि कोषसँग ऋण सम्झौता भएपछि निगम व्यवस्थापनले एयरबससँग असार १ गते नै जहाज खरिद सम्झौता गर्ने कार्यक्रम थियो। तर, कोषसँग ऋण सम्झौता हुन नसकेपछि निगमले खरिद सम्झौता म्याद १५ दिन थपिदिन एयरबसलाई पत्राचार गरिसकेको छ।
साढे दुई दशकदेखि एउटा पनि जहाज किन्न नसकेको निगमलाई पछिल्लो समझदारीपछि अन्तर्राष्ट्रिय उडान गर्न आगामी २० महिनाभित्र एयरबसले दुई नयाँ जहाज दिने प्रतिबद्धता जनाएको छ। एयरबसले निगमलाई सन् २०१५ फेब्रुअरी (२०७१ फागुन) मा पहिलो जहाज आपूर्ति गर्ने मिति दिएको छ। त्यसको दुई महिनापछि दोस्रो जहाज दिने प्रतिबद्धता जनाएको छ।
निगम र एयरबसबीच करिब पाँच वर्ष (सन् २००८) अघिको आधारभूत मूल्यमा लागत मूल्य (इस्कालेसन) जोडेर त्यसैअनुसार जहाज लिने–दिने समझदारी गत चैत २३ मा भएको थियो। निगमले अहिले किन्न लागेको जहाजमा १ सय ५० सिट हुन्छ। निगम भने यसमा सिट बढाएर १ सय ६४ बनाउने योजनामा छ।
खरिद–बिक्री समझदारी भए पनि दुवै कम्पनीले जहाजको कूल मूल्य भने सार्वजनिक गरेका छैनन्। उड्डयन विज्ञहरूका अनुसार ए३२०–२०० सिरिज जहाजको हालको आधार मूल्य (क्याटलग प्राइस) एउटाको ७ करोड ९० लाख अमेरिकी डलर (७ अर्ब २६ करोड ८० लाख रुपैयाँ) छ। निगमले यो मूल्य घटाएर ४ करोड ९० लाख डलर (४ अर्ब ५० करोड ८० लाख रुपैयाँ) सम्ममा जहाज पाउन सक्छ। सञ्चय कोषले दिने १० अर्ब ऋणबाटै निगमलाई दुई जहाज किन्न पैसा पुग्छ।