एलन मस्क भन्छन् : उत्पादन राम्रो बनाऊ, बैठकमा धेरै समय खर्च नगर
०९ पौष २०७७
•
२ मिनेट पाठ
एलन मस्क भन्छन् : उत्पादन राम्रो बनाऊ, बैठकमा धेरै समय खर्च नगर
एलोन मस्क
अमेरिकाको विद्युतीय कार उत्पादन कम्पनी टेस्ला इन्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कले अचेल धेरैजसो उद्यमीले अनुत्पादक  काममा बढी समय बिताउने गरेको टिप्पणी गरेका छन्।  

आफ्नो उत्पादनलाई कसरी गुणस्तरीय बनाउन सकिन्छ भन्नेमा भन्दा उनीहरूले विभिन्न किसिमका बैठक/छलफलमा बढी समय खर्च गर्ने गरेको उनले बताएका हुन्।  

‘अमेरिकी सिइओेहरू आफ्नो उत्पादनलाई सुधार गर्नमा केन्द्रित छन् त,’ मस्कले एक भर्चुअल बैठकमा भने, ‘मलाई लाग्छ- यसको जवाफ छैनन् नै हो।’  

सल्लाह दिँदै उनले अगाडि भने, ‘पैसा व्यवस्थापनमा कम समय खर्चिने गर्नुहोस्, सभाहलहरूमा हुने छलफलमा कम समय खचिर्ने गर्नुहोस्, पावर प्वाइन्टमा पनि कम समय खर्चिने गर्नुहोस् र धेरै समय आफ्नो उत्पादनलाई अद्भूत र उत्कृष्ट बनाउनमा खर्चिने गर्नुहोस्।’

अर्बपति सिइओ मस्कले कम्पनी व्यवस्थापनका लागि जहिले पनि असामान्य कदम चाले। जसमध्ये एउटा कदमले त उनलाई अप्ठेरोमा समेत पारेको थियो। यो वर्षको सुरुवातमा उनले सामाजिक सञ्जाल प्रयोग सम्बन्धमा वित्तीय नियामक निकायको सामना गर्नुपरेको थियो। उनीविरुद्ध सन् २०१८ मा ट्विटरमार्फत टेस्लाबारे भ्रामक सूचना प्रवाह गरेको आरोप लागेको थियो। जसले टेस्लाको सेयर मूल्य घट्ने आकलन गरिएको थियो। यो वर्षको सुरुवातमा उनले ट्विट गर्दै आफूलाई टेस्लाको सेयर मूल्य अत्यधिक भएको बताएका थिए।

उनले प्रायः उद्यमीले आफ्नो संस्थाको आधारभूत मूल्य/मान्यता नै भुल्ने गरेको पनि आरोप लगाए। ‘कुनै कम्पनी आफैंमा उत्कृष्ट हुँदैन। कम्पनी त्यतिबेला मात्र मूल्यवान् हुन्छ, जतिबेला उसले लागतभन्दा बढी सामान र सेवा दिन सक्छ।’

उनका अनुसार सिइओेहरूले कम्पनीका खाता हेरेर दिक्क हुनुभन्दा त्यसको भुइँमा हिँड्नुपर्छ। सकेसम्म धेरै ग्राहकसँग अन्तरक्रिया गर्नुपर्छ। उनले भने,‘नवीनता ल्याउने कुनै अचूक उपाय छैन। यो त निरन्तर सुधारबाट प्राप्त गरिने कुरा हो।’

तपार्इंको उत्पादन जति गुणस्तरीय हुनुपर्ने थियो त्यति छ त ? ‘सायद छैन,’ उनले भने, ‘तपाईं यसलाई गुणस्तरीय बनाउन के गर्न सक्नुहुन्छ? त्यो महत्वपूर्ण कुरा हो।’

उनका अनुसार उत्पादन केन्द्रित मानसिकता एक प्रकारको खुबी हो। जसलाई सिक्न सकिन्छ। सिइओेहरूले नकारात्मक प्रतिक्रिया खोजी–खोजी हेर्नुपर्छ। र, आफ्नो उत्पादनलाई कसरी प्रयोग गर्न चाहन्छन् भन्ने कुरामा ध्यान दिनुपर्छ। उनी भन्छन्, ‘यही हो सफलताको सूत्र र यो कुनै रहस्यमय कुरा होइन।’

सामान्यतया उत्पादन गर्ने सामान वा सेवालाई पूर्ण आर्दशवादी भएर हेर्नुपर्ने उनको सुझाव छ। भन्छन्, ‘यदि तपाईंलाई त्यो मन पर्दैन भने अरूबाट पनि त्यो अपेक्षा नराख्नुहोस्।’

उनले आफ्ना कम्पनी टेस्ला र स्पेस एक्समा पनि विगतमा धेरै गल्ती गरेको बताए। ‘विगतमा मैले आफ्नै सुझाव र कम्पनीको मूल कर्तव्यलाई आत्मसात् नगर्दा धेरै गल्ती भए,’ उनले भने।

जतिबेला उनी अधिकतर समय सभाहलहरूमा बिताउँथे, त्यतिबेला सबै कुरा बिग्रिन्थे। उनले भने, ‘तर, पछि मैले कारखानाको भुइँमा समय बिताउन थालेपछि अनि आफैं कार प्रयोग गर्न थालेपछि मात्र राम्रो नतिजा आउन थाल्यो।’

उनले आफ्ना कर्मचारी उनीहरूको कामबारे विस्तृत बताएपछि खुसी हुने गरेको पनि बताएका छन्।  
अर्को समाचार
भारत भ्रमण स्थगित गरेका एलन मस्क किन पुगे चीन?
१७ वैशाख २०८१
•
२ मिनेट पाठ
भारत भ्रमण स्थगित गरेका एलन मस्क किन पुगे चीन?
अर्बपति तथा टेस्लाका प्रमुख कार्यकारी (सिइओ) एलन मस्क चीन पुगेका छन्। विद्युतीय सवारीका लागि विश्वको सबैभन्दा ठूलो बजार चीनमा एक वर्षभन्दा कम समयमा यो उनको दोस्रो भ्रमण हो।

चिनियाँ सरकारी प्रसारक सिसिटिभीका अनुसार बेइजिङको डियाओयुताई स्टेट गेस्टहाउसमा विश्वका सबैभन्दा धनीमध्येका एक तथा एक्सका समेत मालिक मस्कको तस्बिर प्रकाशित गर्दै उनले एक शीर्ष व्यापार अधिकारीसँग छलफल गरेका हुन्।

मस्कको चीनमा व्यापक व्यापारिक चासो छ। उनको पछिल्लो भ्रमण गत वर्षको जुनमा भएको थियो। टेस्लाले मस्कको भ्रमणको पुष्टिका लागि एएफपीको अनुरोधलाई प्रतिक्रिया दिएन वा उनको भ्रमणको कार्यक्रम साझा गरेन।

‘चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेडको निमन्त्रणामा टेस्ला (अमेरिका) का सिइओ एलन मस्क आज दिउँसो बेइजिङ आइपुग्नुभएको छ’, सिसिटिभीले भनेको छ, ‘सहयोग र अन्य विषयमा आगामी कदमबारे छलफल गर्नका लागि मस्कले व्यापार परिषद्का प्रमुख रेन होङबिनसँग भेट गर्नुभयो।’

पश्चिममा पारा म्याग्नेटको विवादास्पद छवि भए पनि चीनमा टेस्लाको विद्युतीय सवारी मध्यमवर्गीय सहरी जीवनको प्रमुख हिस्सा बनेको छ। एक पटक चिनियाँ विद्युतीय सवारीको उपहास गरेपछि मस्कले यस वर्ष तिनीहरूलाई ‘विश्वको सबैभन्दा प्रतिस्पर्धी कार कम्पनी’ भनेर वर्णन गरेका छन्।

आइतवार सरकार समर्थित एउटा मिडिया आउटलेटले उनलाई उद्धृत गर्दै भनेको छ, ‘चीनमा विद्युतीय सवारीले प्रगति गरेको देख्न पाउँदा राम्रो लाग्यो, भविष्यमा सबै कारहरू विद्युतीय हुनेछन्।’ 

यद्यपि मस्कको आफ्ने कम्पनी विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा समस्यामा परेको छ। टेस्लाले आफ्नो स्टेयरिङ सफ्टवेयरलाई ठीक गर्न चीनमा १६ लाखभन्दा बढी विद्युतीय सवारी फिर्ता बोलाएको छ। चीनमा टेस्लाको आगमन तीव्र प्रतिस्पर्धात्मक विद्युतीय सवारी बजारमा अगाडि बढ्न उत्सुक फर्महरूबीचको मूल्य युद्धसँग मेल खान्छ।

चीनको स्थानीय कार कम्पनी बिवाईडी (बिल्ड योर ड्रिम्स) गत वर्षको चौथौ त्रैमासिकमा टेस्लालाई पछि पारेर विद्युतीय कारको संसारको शीर्ष बिक्रेता बनेको थियो। टेस्लाले यस वर्षको पहिलो त्रैमासिकमा उक्त उपाधि पुनः हासिल गर्यो तर बिवाइडी आफ्नो घरेलु बजारमा बलियोसँग शीर्ष स्थानमा कायम छ।

बेइजिङले विशाल अटो सो आयोजना गर्ने क्रममा मस्कको भ्रमण भएको छ।

यसअघि एलन मस्कको भारत भ्रमण गर्ने र त्यहाँ टेस्लाको उद्योग स्थापना गर्ने लगायतको विषयमा सम्झौता गर्ने कार्यक्रम तय भएको थियो। तर, उनकाले टेस्लाको ४ हजार सवारीमा समस्या आएपछि भारत भ्रमण स्थगित गरेका थिए। उनको आगामी भारत भ्रमणको मिति तय नहुँदै भारतविरोधी चीन भ्रमणले आशङ्का उत्पन्न गराएको छ। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस