६ महिनामा ४ अर्बको चामल आयात
१३ फागुन २०६९
•
३ मिनेट पाठ
६ महिनामा ४ अर्बको चामल आयात
काठमाडौं, फागुन १३ (नागरिक) - चालू आर्थिक वर्षको ६ महिनामा भारतबाट कृषिजन्य वस्तुको आयात व्यापक बढेको छ। यस अवधिमा चामल, तरकारी र फलफूल आयात बढेको हो। नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा चामल आयात २ सय ४४ प्रतिशतले बढेर ४ अर्ब १९ करोड रुपैयाँ भएको छ।
  योक्रम निरन्तर भए चालू आर्थिक वर्ष ८ अर्ब रुपैयाँभन्दा बढीको चामल आयात गर्नुपर्ने अवस्था आउँछ।
सरकारी अधिकारीले चामलमा आत्मनिर्भर भएको दाबी गरेका बेला भारतबाट यतिधेरै चामल आयात भएको हो। कृषि तथा सहकारी मन्त्रालयका अनुसार ७ लाख २० हजार खाद्यान्न बचत रहेको छ। यो वर्ष धान र मकै उत्पादनमा क्रमशः ११.३ र ८.३ प्रतिशत घटेको छ।
'नेपालमा आवश्यक खाद्यान्न उत्पादन राम्रो भए पनि वितरण प्रणाली कमजोर छ। त्यसैले भारतबाट खाद्यान्न आयात बढी भएको हुन सक्छ,' खाद्य सुरक्षा विज्ञ हरि दाहालले भने।
चामलपछि तरकारी आयात सबैभन्दा बढी रहेको राष्ट्र बैंकको तथ्यांकमा छ। व्यवसायिक तरकारी खेतीको लहर चले पनि आयात झनै बढेको छ। यो अवधिमा भारतबाट २ अर्ब ५ करोडबराबरको तरकारी आएको छ। यो अघिल्लो वर्षको तुलनामा ६१ प्रतिशतले बढी हो। तरकारी निकासी ८ प्रतिशतले घटेर ५ करोड ५० लाख भएको छ।
व्यावसायिक तरकारी खेतीको सम्भावना बढी भए पनि योजना अघि बढ्न नसकेकाले आयातमा भर पर्नुपरेको कृषि विज्ञ बताउँछन्। पछिल्लो समय नेपाली तरकारी भारतबाहेक बंगलादेश र भुटानमा पनि निकासी हुँदै आएको छ। नेपाल र बंगलादेशबीच हालै भएको व्यापार वार्तामा तरकारीलाई भन्साररहित सुविधा दिन सहमति भइसकेको छ।
बंगलादेशमा गोलभेडालगायतका तरकारी निकासी भइरहेको छ । यस अवधिमा मासुका लागि जिउँदो चौपाया आयात २ सय ७५ प्रतिशतले बढेर ५६ करोड रुपैयाँ पुगेको छ। यही अवधिमा २३ करोडबराबरका जिउँदा चौपाया नेपालले भारत निकासी गरेको छ।
खाद्यान्न उत्पादनको सम्भावना रहँदारहँदै भारतबाट आयात गर्नुपरेकाले ६ महिनामा व्यापार घाटा चुलिएको हो। यो अवधिमा व्यापार घाटा २८.४ प्रतिशतले बढेर २ खर्ब ३२ अर्ब १० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो घाटा १ खर्ब ८० अर्ब थियो।
राष्ट्र बैंकका अनुसार कुल वस्तु व्यापार घाटामध्ये भारतसँगको घाटा ३०.८ प्रतिशत छ। अघिल्लो वर्ष भारतसँगको यस्तो घाटा ९.४ प्रतिशतले मात्र बढेकोे थियो। अघिल्लो वर्ष ३६.७ प्रतिशतले बढेको अन्य मुलुकसँगको व्यापार घाटा चालू आर्थिक वर्ष २४.१ प्रतिशतले बढेको छ।


अर्को समाचार
११ महिनामा ३१ अर्बको चामल आयात
१५ असार २०७७
•
५ मिनेट पाठ
११ महिनामा ३१ अर्बको चामल आयात
सरकारले ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासहित सोमबार राष्ट्रिय धान दिवस मनाउने तयारी गरिरहँदा यो वर्ष ११ महिनामा करिब ३१ अर्ब रुपैयाँको चामल आयात भएको छ। कुनै बेला चामल निर्यात गर्ने नेपालमा धानको उत्पादन र उत्पादकत्व वृद्धि हुन नसक्दा बर्सेनि धान, चामल आयात बढिरहेको छ।




यो वर्ष सात लाख १५ हजार क्विन्टल चामल आयात भएको भन्सार विभागले जनाएको छ। विभागको तथ्यांकअनुसार जेठसम्म ३० अर्ब ८२ करोड ५८ लाख ७७ हजार रुपैयाँको चामल आयात भएको छ। सरकारले कृषि उत्पादन वृद्धि गर्न मल, बिउ, उपकरण र अनुदान व्यवस्था गरेर उत्पादन बढाउने बताउँदै आए पनि परिणाम देखिएको छैन।

सिँचाइ, मल र बिउ अभाव, गुणस्तरीय बिउ प्रतिस्थापन दर न्यून, माटोमा प्रांगारिक पदार्थ न्यून भई उर्बराशक्ति कमजोर हुनु र सन्तुलित मलखादको अभावले उत्पादकत्व वृद्धि हुन नसकेको धान विज्ञ भोलामान सिंह बस्नेत बताउँछन्। ‘उत्पादन वृद्धि गर्न नसक्दा चामल आयात बढेको छ,’ बस्नेतले भने, ‘धानमात्र नभएर कृषि क्षेत्रकै अवस्था उत्साहजनक छैन।’ उनका अनुसार सरकारले उत्पादन वृद्धि गर्ने कार्यक्रम ल्याउन सकेको छैन।

नेपाललाई कृषिप्रधान मुलुक भनिए पनि यहाँका उपभोक्ताले भारत, चीन, अमेरिका, थाइल्यान्ड, इटाली, जापान, कोरिया, बंगलादेशलगायतका मुलुकबाट आयात गरिएको चामल प्रयोग गरिरहेका छन्। वैशाखसम्म २६ अर्ब ८७ करोड ३७ लाख रुपैयाँको चामल आयात भएकोमा जेठ महिनामा मात्र तीन अर्ब ९५ करोड रुपैयाँको चामल ल्याइएको छ। पोहोर करिब ३० अर्ब रुपैयाँको चामल आयात भएको थियो। यो वर्ष ११ महिनामा नै पोहोर भन्दा एक अर्ब ८२ करोड रुपैयाँ बढीको चामल ल्याइएको छ। यसरी हिसाब गर्दा यो वर्षको अन्त्यसम्म करिब साढे ३४ अर्ब रुपैयाँको चामल आयात हुने अनुमान छ।  

कृषि उत्पादन वृद्धि गर्न बर्सेनि अर्बौं रुपैयाँ बजेट विनियोजन गरे पनि परिणाम देखिएको छैन। अहिले पनि किसानले ४७ वर्ष पुरानो धानको बिउ प्रयोग गरेका छन्। करिब ८५ प्रतिशत किसानले पुरानो धान प्रयोग गरिरहेका छन्। उन्नत जातको धानको बिउ प्रयोगमा ल्याएर १५÷२० प्रतिशत उत्पादन बढ्ने भए पनि किसानले उन्नत जातको बीउ पाउन सकेका छैनन्। धान लगाउने बेला रासायनिक मल नपाएर किसान भौंतारिरहेका छन्। सरकारी निकायको व्यवस्थापन नै फितलो भएको किसान अगुवा बताउँछन्। बिउ, मल, सिँचाइ व्यवस्था गर्न नसकेको नेपाल कृषक समूह महासंघका पूर्वअध्यक्ष उद्धव अधिकारी बताउँछन्।  

कुनै बेला चामल निर्यात गर्ने नेपालमा धानको उत्पादन र उत्पादकत्व वृद्धि हुन नसक्दा बर्सेनि धान, चामल आयात बढिरहेको छ।
उपभोक्ताले अन्य खाद्यान्न प्रयोग नगरी मसिनो चामल प्रयोग गर्ने प्रचलन बढेकाले चामल आयात बढेको कृषिका अधिकारी बताउँछन्। कृषि विभागका सूचना अधिकारी महादेवप्रसाद पौडेलका अनुसार मसिनो चामल विदेशबाट आयात भइरहेको छ। आयात प्रतिस्थापन गर्न मसिनो धान लगाउन प्रोत्साहन गरिएको छ।  कृषिका अधिकारीले वार्षिक ६ लाख मेट्रिक टन चामल अपुग भएको दाबी गर्दै आए पनि ११ महिनामा सात लाख १५ हजार क्विन्टल चामल आयात भएको छ। यो वर्ष ५५ लाख ५० हजार टन धान उत्पादन भएको थियो।

जनसंख्या वृद्धिसँगै चामलको आयात बढेको दाबी गर्छन्। भात खाने प्रचलन बढेकाले पनि आयात बढेको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख रामकृष्ण श्रेष्ठ दाबी गर्छन्। ‘मध्यम वर्गीय परिवारको अन्य खाद्यान्नको तुलनामा चामल प्रयोग बढिरहेको छ,’ प्रमुख श्रेष्ठले भने, ‘यसले चमलको माग बढेको हो।’

सरकारले उत्पादन वृद्धि गर्न आधुनिकीकरण, यान्त्रिकीकरण, व्यावसायिकीकरण गर्ने बताउँदै आए पनि २० प्रतिशत किसानले मात्र यन्त्र प्रयोग गरेको कृषि विभागका सहसचिव प्रकाश सञ्जेल बताउँछन्। ‘यन्त्र प्रयोग गर्नेको संख्या बढ्दैछ,’ उनले भने, ‘प्रदेश तथा स्थानीय सरकारले उपकरणमा ५० देखि सय प्रतिशतसम्म अनुदान वितरण गरेका छन्,’ सञ्जेलले भने। धान रोपाइँको लागत महँगो भएका कारण कतिपय ठाउँमा किसानले धान लगाएका छैनन्।

सरकारले धान उत्पादन बढाउन केही वर्षदेखि मसिना तथा बासनादार धान उत्पादन प्रवद्र्धन कार्यक्रम, बृहत्तर धान उत्पादन कार्यक्रम सञ्चालन गर्दै आएको थियो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत विभिन्न जिल्लामा धानका पकेट, जोन, सुपरजोन बनाइएको छ। कृषि अनुसन्धान परिषद् (नार्क) ले उन्नत जातका हर्दिनाथ–१, हर्दिनाथ–३ लगायतका धान सिफारिस गरेको छ।

उत्पादकत्व कमजोर

छिमेकी मुलुकको तुलनामा नेपालमा धानको उत्पादकत्व कम छ। नेपालमा यो वर्ष धान प्रतिहेक्टर ३.८ टन उत्पादन भएको छ। पछिल्ला पाँच वर्षमा धानको उत्पादकत्व सामान्य वृद्धि भएको छ। आर्थिक वर्ष ०७३÷७४ मा प्रति हेक्टर ३.१५ टन उत्पादन भएकोमा चालु आर्थिक वर्षमा प्रति हेक्टर ३.८ टन रहेको छ। पाँच वर्षको अन्तरमा प्रति हेक्टर ०.६५ टन मात्र उत्पादन बढेको छ।  

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख रामकृष्ण श्रेष्ठका अनुसार भारतमा धानको उत्पादन प्रतिहेक्टर साढे चार टन र चीनमा प्रतिहेक्टर सात टन रहेको छ। भारत र चीनमा हाइब्रिड बिउ, मल, सिँचाइ, यान्त्रिकीकरण भएकाले उत्पादन धेरै भएको हो।

सिँचाइ अभाव

पर्याप्त सिँचाइको व्यवस्था नहुँदा अकासे पानीका भरमा धान रोप्नुपर्ने बाध्यता छ। मुलुकभर १४ लाख ९१ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ। करिब ३२ प्रतिशत जमिनमा मात्र बाह्रै महिना सिँचाइ हुने गरेको छ। खेतीयोग्य करिब २५ प्रतिशत जमिन बाँझो छ। पोहोर मौसम राम्रो भएको कारण ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको थियो। मुलुकभर खेती गरिने कुल क्षेत्रफलको ४८.३ प्रतिशत जमिनमा धान खेती हुन्छ। क्षेत्रफल र उत्पादनमा तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा बढी  छ।

२५ प्रतिशत रोपाइँ

समयमा वर्षा सुरु भएकाले यो वर्ष आइतबारसम्म करिब २५ प्रतिशत धान रोपाइँ भएको छ। कृषि विभागले गत बुधबारसम्मको तथ्यांक सार्वजनिक गर्दा २०.०५ प्रतिशत रहे पनि सोमबारसम्म करिब २५ प्रतिशत पुगेको कृषि विभागका अधिकारीले बताए। ‘आगामी बुधबार आधिकारिक तथ्यांक सार्वजनिक गर्छौं,’ विभागका सूचना अधिकारी महादेवप्रसाद पौडेलले भने, ‘आइतबारसम्म करिब २५ प्रतिशत पुगेको अनुमान गरेका छौं।’  

गत बुधबारसम्मको तथ्यांकअनुसार उच्च पहाडमा २४.९४, मध्य पहाडमा १६.९१, तराईमा ९.११ प्रतिशत धान रोपाइँ भएको छ। गत बुधबारसम्म दुई लाख ७५ हजार २९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ। पोहोर भन्दा यो वर्ष धान रोपाइँ करिब आठ प्रतिशत धेरै भएको छ। पोहोरको असार १० गते ११.६४ प्रतिशत रोपाइँ भएकोमा यो वर्ष सोही दिनसम्म २०.०५ प्रतिशत रोपाइँ भएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस