तनहुँमा दूध, मासु र अण्डा मागभन्दा उत्पादन बढी
०९ असोज २०७७
•
२ मिनेट पाठ
तनहुँमा दूध, मासु र अण्डा मागभन्दा उत्पादन बढी
तनहुँ जिल्लामा दूध, मासु र अण्डा मागभन्दा उत्पादन बढी भएको छ। पशुपालन गर्ने कृषकको सङ्ख्या बढेसँगै तनहुँ जिल्ला दूध, अण्डा र मासुमा आत्मनिर्भर बन्न सफल भएको हो। भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जिल्लामा दूध, अण्डा र मासुको मागभन्दा उत्पादन बढी भइरहेको जनाएको छ। केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले गत आर्थिक वर्ष २०७५/७६ को तुलनामा २०७६/७७ मा दूध, अण्डा र मासुको उत्पादन वृद्धि भएको जानकारी दिएका छन्। ‘जिल्लामा जति माग छ, त्योभन्दा बढी उत्पादन भइरहेको तथ्याङ्कले देखाएको छ, यसले तनहुँ दूध, अण्डा र मासुमा आत्मनिर्भर भएको छ’, डा श्रेष्ठले भने।




डा श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ५० हजार ६८१ मेट्रिक टन दूध, एक करोड ६२ लाख ९४ हजार गोटा अण्डा र चार हजार ६८८ मेट्रिक टन मासु उत्पादन भएको छ। आव २०७५/७६ मा ४९ हजार ५४३ मेट्रिक टन दूध, एक करोड ५२ लाख ५७ हजार गोटा अण्डा र चार हजार ५५८ मेट्रिक टन मासु उत्पादन भएको थियो। जिल्लामा २९ हजार ४१९ मेट्रिक टन दूधको माग भए पनि मागभन्दा २१ हजार २६२ मेट्रिक टन बढी उत्पादन भइरहेको छ। चार हजार ५२६ मेट्रिक टन मासुको माग भए पनि १६२ मेट्रिक टन बढी उत्पादन भइरहेको छ भने एक करोड ५५ लाख १७ हजार गोटा अण्डाको माग भए पनि सात लाख ७६ हजार गोटा बढी उत्पादन भइरहेको छ।

विज्ञ केन्द्रका अनुसार तनहुँमा उत्पादित दूधमा भैँसीको योगदान बढी रहेको छ। जिल्लामा एक लाख ४० हजार ७४७ भैँसी, ९६ हजार ६०८ गाईपालन गरिएको छ। त्यस्तै ८९३ भेडा, पाँच लाख १२ हजार २४ बाख्रा, पाँच लाख ४८ हजार ५८२ कुखुरा, एक हजार ३८२ हाँस, ७९ हजार १८० बङ्गुरपालन गरिएको छ। जिल्लामा १९४ गाईफार्म, ६८ भैँसी, २९३ बाख्रा, ९८ बङ्गुर, २४२ कुखुरा र ४६ माछाफार्म दर्ता भएर सञ्चालित छन्। युवालाई पशुपालनमा आकर्षित गराउन अनुदान वितरण गर्ने, तालिम प्रदान गर्ने, प्राविधिक सहयोग गर्नेलगायत काम विज्ञ केन्द्रले गर्दै आएको छ।
अर्को समाचार
दूधमा छलः कपिलबस्तुबाट ल्याएर ‘लोकल’ भन्दै बेच्दै
०७ भदौ २०८१
•
३ मिनेट पाठ
दूधमा छलः कपिलबस्तुबाट ल्याएर ‘लोकल’ भन्दै बेच्दै
पोखराका केहि डेरी पसलले पोखरा बाहिरको दूध ल्याएर लोकल भन्दै बेच्ने गरेको पाइएको छ। पोखराका केहि दुग्ध व्यवसायी तथा डेरी पसलले बाहिरबाट ल्याएको दूधलाई लोकल भनेर बेच्ने गरेको पोखरा महानगरपालिकाले शुक्रबार गरेको अनुगमनको क्रममा भेटिएको हो।




दुग्ध किसान तथा उपभोक्ताहरुले पोखराका केहि दुग्ध व्यवसायी तथा डेरी पसलहरुले लोकल भनेर पोखरा बाहिरको दूध बेच्ने गरेको भन्दै गुनासो गर्दै आएका थिए। जसले गर्दा स्थानिय व्यवसायी मारमा पर्नुका साथै पोखरेली उपभोक्ता ठगिदै आएका थिए।  

उपभोक्ता र स्थानिय व्यवसायीको गुनासो आएपछि पोखरा महानगरले शुक्रबार महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा पोखराका डेरी पसल तथा उद्योगमा अनुगमन गरेको हो । अनुगमनका क्रममा कसैले अनुमति नलिई सञ्चालन गरेको, कसैले बाहिरको दूधलाई लोकल भन्दै बेचेको त कसैले उत्पादन मिति र म्याद गुज्रिने मिति नराखी दुग्धजन्य पदार्थ बेच्ने गरेको पाइएको पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिईन्।  

‘पोखरामा सेतो दूधमा कालो धन्दा हुने गरेको गुुनासो आएपछि अनुगमन गरिएको हो,’ उनले भनिन्, ‘नभन्दै केहि डेरी पसलहरुले बदमासी गरेको पाइयो।’ उनका अनुसार पोखरा–१० स्थित ग्लोबल डेरी प्रालिले कपिलबस्तुको दूध पोखरामा ल्याएर लोकल भन्दै बिक्री गर्ने गरेको पाइएको छ। व्यावसायीले सस्तोमा दूध ल्याएर लोकल भन्दै महङ्गोमा बेच्ने गरेको पाइएको उनको भनाई छ।ग्लोबलले डेरी पसलमा प्रति लिटर १०७ रुपैयाँमा दिने गरेको र ती डेरी पसलले १४० रुपैयाँमा बेच्ने गरेको पाइएको छ।  

आफूहरुले दैनिक ४ हजार लिटर दूध पोखरा ल्याएर बेच्ने गरेको कम्पनी व्यवस्थापक निर्मल भण्डारीले जानकारी दिए। ‘अहिले अफसिजन भएकाले कम ल्याएका हौं। सिजनमा अहिलेको दोब्बर बिक्री हुन्छ,’ उनले भने। दूध बाहिरको भएपनि तापक्रम व्यवस्थापन गरेर ल्याउने भएकाले दूधमा समस्या नरहेको उनको दाबी छ। उनले भने, ‘हामीले कपिलवस्तुबाट ल्याउने हो। डेरी पसलले लोकल दूध भनेर बेचेको बारे हामीलाई थाहा भएन।’

त्यस्तै, पोखरा–५ प्रस्याङस्थित हेमजा गाई फारम प्रालिले इजाजत नलिइकन दुग्धजन्य पदार्थ उत्पादन गरेको पाइएको छ। सो कम्पनीले पोखरा–२५ हेमजामा पालिएका गाईभैंसीको दूध ल्याएर पोखराका विभिन्न डेरीमा पुर्याउने गरेको पाइएको उपप्रमुख गुरुङले बताए।

अनुगमनका क्रममा पोखरा–१० रामघाटस्थित ढोंडबेंसी डेरी तथा बेकरीले हेमजाको लोकल दूध भन्दै कपिलवस्तुको दूध बेचेको पाइएको थियो। डेरी सञ्चालक विष्णुप्रसाद अधिकारीले आफूले लोकल दूध नै बेच्ने गरेको दाबी गरिरहँदा शंका लागेर चेकजाँच गर्दा कैफियत भेटिएको थियो। त्यसपछि अनुगमन टोलीले लेभल र मूल्य नटाँसी बिक्रीका लागि राखिएको घिउ, पनीर, दूध र दहीको नमूना परीक्षणका लागि संकलन गरेको छ।

अनुगमन टोलीले विहीबार सुजल डेरी प्रालिको उत्पादन सफल दूधको उद्योगमापनि अनुगमन गर्यो। यस उद्योगमा प्रत्यक्ष रुपमा कैफियत नदेखिएपनि नमूना संकलन गरेर गुणस्तर जाँचका लागि पठाइएको जनाइएको छ। कम्पनीका कच्चा दूध खरिद प्रबन्धक गुरु पौडेलले कम्पनीले उपभोक्ताको स्वास्थ्यको लागि गुणस्तरमा ध्यान दिएको दाबी गरे।  

अनुगमन टोलीले पसलमा मूल्यसूची राखे नराखेको, साइनबोर्ड भएनभएको, व्यवसाय दर्ता तथा नवीकरण, नापतौलको प्रमाण, सामानमा लेभल, म्याद नाघेको सामान, पान वा भ्याट दर्ता, बिक्री बिल दिने प्रक्रिया, खाद्य अनुज्ञापत्र र पसल संचालनका लागि आवश्यक मापदण्डको पालना गरे नगरेको तथा सरसफाईको अवस्थालाई आधार मानेर अनुगमन गरेको अनुगमन समिति सदस्य सचिव अनिल कार्कीले जानकारी दिए। उनका अनुसार अनुगमन गरिएका पसलका खाद्यवस्तुहरुको नमूना संकलन गरेर गुणस्तर जाँचका लागि गुणस्तर तथा नापतौल विभागमा पठाइएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका खाद्य निरीक्षक सविना सुनारले संकलित नमूनाको परीक्षणपछि मात्रै कैफियत भएनभएको खुल्ने बताईन्।  कैफियत देखिएका तथा अन्य शंकास्पद डेरी पसल तथा उद्योगहरुलाई महानगरमा इजाजतप्राप्त कागजातसहित हाजिर हुन निर्देशन दिइएको उनले जानकारी दिईन्। अनुगमनमा दिइएको विभिन्न निर्देशन पालना नभए कानुनबमोजिम कारबाही गर्ने महानगरले चेतावनी दिएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस