स्वदेशी उत्पादन प्रवर्द्धनमा रमाउँदै दाहाल दम्पती
०४ चैत्र २०८०
•
७ मिनेट पाठ
स्वदेशी उत्पादन प्रवर्द्धनमा रमाउँदै दाहाल दम्पती
रैथाने उत्पादनमा धेरैले फाइदा देख्दैनन्। त्यसमाथि सातै प्रदेशका स्थानीय उत्पादनलाई एउटै बृहत् बजारको आकार दिनु र एकै ठाउँमा देशैभरका मौलिक स्वाद चखाउनु सजिलो पक्कै होइन। सुमन र राधिका दाहालको अथक प्रयासले स्वदेशी वस्तु र स्वादलाई स्थानीय क्षेत्रबाट उठाएर ‘ब्राण्डिङ’ गरिदिएको छ।




सातै प्रदेशको स्वदेशी उत्पादनको बजार व्यवस्थापन र प्रवर्द्धनले व्यापारमा एउटा आशलाग्दो जग बसाएका छन्। दाहाल दम्पतीले। उनीहरुले स्थानीय उत्पादनको व्यापारलाई दुई वर्षभित्रै करोडौँको बनाउन सफल भए भने थुप्रैलाई रोजगारसमेत प्रदान गरेको छ। मनले आँटे देशमै रुपैयाँ फलाउन सकिन्छ भन्ने कुराको सबल उदाहरण हुन् दाहाल दम्पती।

काठमाडौँ कपनमा पाँच लाखको लागानीबाट सुरु भएको मौलिक भान्सा तथा मौलिक बजारसहितको व्यापार अहिले १५ करोड पुगिसकेको राधिका दाहाल बताउँछिन्। ‘व्यवसाय सुरु गर्दा श्रीमान्–श्रीमतीले काम गरेका थियौँ। दुई वर्षमा २५ जनालाई रोजगारी दिन सफल भएका छौँ’। उनले भने, ‘मौलिक भान्सा र मौलिक बजारबाहेक हर्बल कस्मेटिक, अदुवा–लसुनको पेस्टसहितको उद्योगको राम्रो बजारीकरण सुरु गरेका थियौँ। त्यसको कमाइले व्यवसाय बढाउन सकेका हौँ।’

सात प्रदेशको स्वाद र उत्पादन

स्वदेशी तथा मौलिक उत्पादनको प्रवद्र्धन तथा बजार व्यवस्थापन गर्न सकिन्छ भन्ने सोच मौलिक बजारका अध्यक्ष सुमन दाहाललाई पाँच वर्ष अगाडि नै आएको थियो। सोही परिकल्पनाको आधारमा उनलेले ‘मौलिक बजार कपन जाऔँ, मौलिक भान्सामा रमाऔँ, सात प्रदेशको परिकार खाऔँ सात सय ५३ पालिकाको उत्पादन लैजाऔँ’ भन्ने मुख्य उद्देश्य साथ परियोजनाको खाका कोरेको हो ।

दाहालका अनुसार मौलिक बजारमा प्रत्येक साय सय ५३ पालिकाको नामकरण र एक उत्पादनको ब्राण्डिङ गर्नु यसको उद्देश्य हो। दाहाल भन्छन्,‘अवधारणा अलि अगाडि बनाए पनि कार्यान्वयन भएको दुई वर्षमात्रै भएको छ। एक स्थानीय तह एक उत्पादनको ब्राण्डिङ गर्ने अवधारणा राख्यौँ।

त्यसका लागि सात सय ५३ वटा खण्डहरु बनाएर प्रत्येक स्थानीय तहअनुसारको नामकरण ग¥यौँ र पालिकाहरुलाई आह्वान ग¥यौँ। एउटा पालिकाबाट एउटा उत्पादन ब्राण्डिङ्ग गरेर हामी बिक्रीवितरण गर्छौं भनेर अगाडि बढ्यौँ। अहिले जम्मा तीन सय छ पालिकाको सामान यहाँ उपलब्ध छ। उनका अनुसार चाँडै सबै पालिकाबाट स्थानीय उत्पादन ल्याइनेछ।’

सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका–२ घर भएका सुमन दाहालले आयुर्वेद अध्ययन गरेका छन् । भने मण्डनदेउपुर–५ काभ्रेकी राधिकाले पत्रकारिता र राजनीतिशास्त्रमा स्नातकोत्तर एवं एलएलबी समेत गरेकी छिन्। श्रीमानले परिकल्पना गरेका मौलिक वस्तुलाई बजारीकरण गर्ने र मौलिक स्वाद पस्किने सपनालाई राधिकालाई पनि उचित ल्याग्यो र यसमा दुबै दम्पती सक्रिय भएको छन्।

मौलिक भान्सा र बजारको व्यवस्थापनदेखि बजारीकरणको जिम्मा राधिकाले लिएकी छन्। उनी भन्छिन, ‘चुनौतीहरु धेरै छन्। त्यो पार गर्दै धेरै यसमा लाग्नुपर्छ। अहिलेको विश्वव्यापी मन्दीको अवस्थामा उत्पादनमा जानुको विकल्प छैन।’

मौलिक परिकारमा बगियादेखि भक्कासम्म

मौलिक भान्सामा सात प्रदेशको विशेष परिकार पाक्दै आएको छ। मौलिक खानाको पारखीहरुको लागि उत्तम गन्तव्य हुनसक्छ मौलिक भान्सा। दाहाल भन्छन्, ‘हामीले सबै प्रदेशको विशेष चर्चित परिकार पस्कँदै आएका छौँ। प्रदेश १ को किनेमा र झ्याउ, तराईको भक्का, मधेश प्रदेशको बगिया र गहुँको रोटी बागमती प्रदेशको नेवारी खाजा सेट र योमरी, गण्डकी प्रदेशको पोखरेली जेठोबुढो चामलको खिर र सेलरोटी लुम्बिीको खिचडी र ढिकरी, कर्णालीको मार्सीको खाना र कसार तथा सुदूरपश्चिमबाट माडा र रोटा आदि परिकारहरु विशेष परिकारमा सामेल छ।’

उनले भने, ‘ढिँडो, खिर, चाम्रे, पुवादेखि लिएर स्थानीय मौलिक सबै परिकारलाई हामीले पेय र खाजा, खानका रुपमा पस्किँदै आएका छौँ। बजार व्यवस्थापक राधिकाका अनुसार, मेरो ठाउँको के उत्पादन आयो भनेर खोज्दै आउनेहरुको भीड बढ्दो छ। आफ्नो गाउँघरको उत्पादन पाएपछि खुशी हुनेहरु पनि उत्तिकै हुनुहुन्छ ।

यसलाई पैसासँग दाँज्न सकिँदैन मौलिक बजार तथा भान्सा घर परियोजनाअन्तर्गत सङ्ग्रहालयसमेत बनाइएको छ। यसभित्र देशैभर उत्पादन हुने एक सय ४० प्रकारका बीउहरु राखिएका छन्। त्यस्तै परम्परागत सीपमा आधारित विभिन्न वस्तुहरु सङ्ग्रहालयभित्र छ। मौलिक भान्साघरले प्रत्येक वर्षको माघ महिनामा व्यञ्जन महोत्सवको आयोजना गर्दै आएको अध्यक्ष सुमन बताउछन्। यसअन्तर्गत यस वर्षको माघ १ गते ८४ व्यञ्जनसहितको मेला आयोजना गरिएको थियो।

दाहालका अनुसार, स्वदेशी वस्तुको प्रवद्र्धन र विस्तारका लागि हामीले विभिन्न मेला र आयोजनाहरु गर्दै आएका छौँ। यस वर्षको मेलाको परिकल्पनाअनुसार हप्तामा सातै बार,सात प्रदेश, सात विशेष परिकार,सात पंक्षी, सात स्वाद अनि सात संस्कृति तथा सात पहिरनका साथै सातै दिन सांस्कृतिक साँझको अवधारणा राखेर कार्यक्रमसहितको मेला आयोजना गरिएको थियो। यसवर्षका ५२ हप्तामा साप्ताहिक उत्पादन तथा मेला सञ्चालन भइरहेको छ।

मौलिक उत्पादनहितको परियोजना सात रोपनी जग्गामा सञ्चालित रहेको छ। अध्यक्ष सुमन भन्छन्, ‘बासँघारी रहेको भिरालो जमिनलाई परिस्कृत गरेर अर्गानिक खेतीको सुरुआत ग¥यौँ तर पाँच वर्षअघि लिएको जग्गामा लगातार चार वर्ष राम्रो उत्पादन भएन। तैपनि हामी हतास भएनौँ र निरन्तर खेती गरिरह्यौँ। विस्तारै खेती सप्रिँदै गयो र यस वर्ष राम्रै उब्जनी भएको छ।’

आयुर्वेदको अध्ययन गर्नुभएका दाहाल हर्बल कस्मेटिक्सको प्रोडक्सनहरुसमेत बजारमा ल्याएका छन्। यसका साथै अदुवा र लसुनको पेस्ट बनाउने उद्योग सञ्चालनमा ल्याएर सुपथ मूल्यमा उपलब्ध गराउँदै आएका छन्।

प्रशोधनदेखि ब्रण्डिङ र प्याकेजिङसम्म  

मौलिक बजारको कम्पाण्डभित्र पाँच वटा प्रोजेक्ट सञ्चालनमा रहेको राधिका बताउाछन्। मौलिक भान्सामा गाउँगाउँको मौलिक उत्पादनलाई बजारीकरण गर्ने गरिएको छ भने प्रसोधन उद्योगसमेत सञ्चालनमा रहेको छ। यसले हाम्रो उत्पादनको प्रशोधन, ब्रण्डिङ र प्याकेजिङसम्मको काम गर्छ।

‘फ्यामिली प्रोडक्सन हाउस’ भनेर नामकरण गरिएको यस उद्योगले सामानलाई बजारीकरण गर्नुअघिको सबै प्रकृया पूरा गर्छ। यसका साथै पाँच रोपनी जग्गामा सञ्चालन गरिएको अर्गानिक कृषि फार्ममा तरकारी, सागसब्जी उत्पादन गर्नुका साथै पशुपन्छी पालन गरेको बताए। राधिका भन्छिन्, ‘व्यापारको दृष्टिकोणले व्यवस्थापन गर्न सक्यौँ भने सजिलो हुने रहेछ।’

मौलिक खानाको स्वाद लिनेहरुले हप्ताका सातै दिन सातै प्रदेशका सांस्कृतिक झाँकी र नृत्यहरुको मजासमेत लिन सक्नेछन्। मौलिक भान्सा घरसँगै बनाइएको सांस्कृतिक हलमा संस्कृतिक कार्यक्रम प्रस्तुत हुने गर्दछ। यहाँ अग्रिम बुकिङ्ग गरेर पनि कार्यक्रमहरु गर्न सकिन्छ। बुकिङ्ग गर्नेले आफ्नै कलाकार ल्याएर पनि कार्यक्रम गर्न सकिने उनको भनाइ छ। बस्न खानको लागि कटेजहरुको व्यवस्था गरिएको छ।

चुनौतीहरु पन्छिँदै जान्छ

मौलिक बजारको बजार व्यवस्थापनको जिम्मेवारी सम्हाल्नु भएकी राधिका भन्छिन्, ‘नेपाली उत्पादनहरुलाई विश्वास नगर्ने एउटा चुनौती छ। हामीसँग यति राम्रो कस्मेटिकको उत्पादन छ तर भित्रको वस्तु नहेरेर बाहिरको आकर्षक प्याकेजिङलाई विश्वास गर्ने चलन हटाउन सकिएको छैन। सीमित स्रोत साधनमा हामीले जे उत्पादन दिन खोजिरहेका छौँ त्यो चीन र भारतबाट आएको सामानको प्याकेजिङ जस्तो नदेखिने हुँदा बजारीकरणमा समस्याको सामना गर्नुपरेको छ। यद्यपि हामीले विस्तारै जनमानसको विश्वास जित्ने प्रयास गर्दै आएका छौँ।’

उनका अनुसार विस्तारै नेपाली उत्पादनलाई माया गरेर प्रयोग गर्ने क्रम बढ्न थालेको छ। नेपाली पैसा नेपालमै राख्नुपर्छ भन्ने भावना बढ्दैछ।

प्रविधि र जनशक्तिको समस्या पनि मुख्य चुनौतीका रुपमा रहेको राधिका बताछिन् । उनी, ‘हामीसँग प्रविधि सिमित छ। मेसिन हामीले भारत र चीनबाटै मगाउनुपर्छ। सामानको प्याकेजिङ र ब्राण्डिङका लागि यहाँ राम्रो मेसिन चलाउन जन्ने मान्छेको अभाव छ। पाइहाले पनि टिकाउन नसक्ने अवस्था छ।

’आर्थिक मन्दीको प्रभावले व्यवसाय सञ्चालन गर्न समस्या भएको उनको भनाइ छ। सिमित स्रोत साधनले काम गर्नुपरेको बताउँदै उनी भन्छिन्, ‘महिला उद्यमशीलताका लागि राज्यबाट सहुलियत पाएका छैनौँ। धितो नभएसम्म बैंकिङले ऋण दिन पनि मान्दैन। महिला सहुलियत कर्जा, दलित कर्जालायतको छ तर त्यसका लागि पनि अन्त्यमा चाहिने धितो नै रहेछ।’

यस क्षेत्रमा निकै धेरै सम्भावना रहे पनि स्वदेशी र मौलिक उत्पादनलाई बढावा दिन सरकारले जनचेतना बढाउने उद्देश्य राखेर प्रचारप्रसार नहुँदा बजारीकणको समस्याले उत्पादनमा वृद्धि हुन सकेको छैन, युवाहरुले स्वदेशमै रोजगार नपाउँदा विदेश जानुपर्ने बाध्यता रहेको उनको भनाइ छ। सरकारले विदेशी केही वस्तुहरुमा कर र भ्याटलाई कडाइ गर्‍यो भने स्वतःस्वदेशी उत्पादनको माग बढ्ने छ र यसले बजार पाउने उनी बताउँछिन्। –रासस
अर्को समाचार
बाणगंगा नदीमा फेसका दम्पतीको ४ घन्टापछि सुरक्षाकर्मीद्वारा सकुसल उद्वार
०६ असार २०७७
•
१ मिनेट पाठ
बाणगंगा नदीमा फेसका दम्पतीको ४ घन्टापछि सुरक्षाकर्मीद्वारा सकुसल उद्वार
दाउरा संकलन नदीमा गएका दम्पतीलाई कपिलवस्तुको बाणगंगा नदीबाट सुरक्षाकर्मीले ज्यानको बाजी थापरे उद्वार गरेका छन् । बाणगंगा नदीको पुल नजिकै रहेका नदीमा दाउरा संकलन गर्न गएका बाणगंगा नगरपालिका ८ बोर्डगाँबम बस्ने वर्ष ४८ का कृतन थारु र निजकी श्रीमती वर्ष ४० कि सोफिया थारुलाई नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले ४ घन्टाको अथक प्रयासपछि उद्वार गरेका हुन । दाउरा खोज्न गएका दम्पती बिहान नदीमा छिरेका थिए । नदीको बीचमा दाउरा संकलन गरीरहेको बेला एक्कासी बाणगंगा नदीमा बाढी आएपछि दुबै जना फसेका थिए ।




स्थानीयले उनीहरुलाई देखेपछि इलाका प्रहरी कार्यालय पिपरालाई खबर गरेका थिए । नेपाली सेनाको नारायण दल, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी ४० जनाको संयुक्त टोलीको अथक प्रयासपछि दुबै जनाको सकुसल उद्वार गरिएको थियो । नदीको वारपार डोरी तानेर त्यसको साहाराले दुबैलाई नदीबाट निकालिएको थियो । सशस्त्रका उद्धारक पौडीबाज जगत सारुले आफूहरुको संयुक्त प्रयासले दुई जनाको उद्धार गर्न सकेको बताए । आफ्नो ज्यान जोखिममा रहे पनि अरुको ज्यान बचाउनु ठूलो भएको बताए । ‘हामीले दुई जनाको ज्यान बचायौ, यसैमा खुसी लागेको छ’ उनले भने ।  

सशस्त्रका इन्सपेक्टर अर्जुन ढकालले तालिम प्राप्त जनशक्ति भएकाले सफलता पाएको बताए । नारायण दल गण गोरुसिंगेका प्रमुख सेनानी भूपेन्द्र बीक्रम आङ्दाम्बेले यो आफूहरुको सफलता भन्दा पनि दुई जनाको ज्यान बच्नु नै ठूलो भएको बताए । चार घन्टापछि उद्धार गरिएपछि दम्पतीले आफुूहरुले नयाँ जीवन पाए जस्तै अनुभव भएको बताए । 

‘यसअघि पनि दाउराको लोभमा र्कैयो पटक नदीमा पसेका थियौ, तर यस पटक नदीमा फस्यौ ’ कजन थारुले भने ‘ सुरक्षकर्मीले आफ्नो ज्यानको परवाह नगरी हामीलाई बचायो’ उनले भने ।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस