पेट्रोलियम पदार्थको भाउ बढ्यो
१७ भदौ २०६९
•
६ मिनेट पाठ
पेट्रोलियम पदार्थको भाउ बढ्यो
विज्ञान अधिकारी, काठमाडौँ, भदौ १८- आयल निगमले सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आइतबार राति बसेको निगम सञ्चालक समिति बैठकले मूल्य बढाउने निर्णय गरेको हो।  पेट्रोल एक लिटरमा पाँच रुपैयाँ, डिजेल तथा मट्टितेलमा चार रुपैयाँ र हवाई इन्धनमा ११ रुपैयाँ बढाउने निर्णय भएको छ। यो मूल्य आइतबार रातिदेखि कार्यान्वयनमा आइसकेको छ।
 




स्रोतका अनुसार एक सिलिन्डरमा ५५ रुपैयाँ बढाउने निर्णय गरेको छ। अब उपभोक्ताले पेट्रोल एक लिटरको १ सय २५, डिजेल र मट्टितेलमा ९७ रुपैयाँ तिर्नुपर्नेछ। एक सिलिन्डर ग्यासको १४ सय ७० रुपैयाँ तिर्नुपर्नेछ। हवाई इन्धनको मूल्य आन्तरिकतर्फ १२० रुपैयाँ ६९ पैसा हुनेछ। 

निगमको नाफा घाटा
-पेट्रोल ४ रुपैयाँ ८५ पैसा नाफा (प्रतिलिटर)
-डिजेल ९ रुपैयाँ ६९ पैसा घाटा
-मट्टितेल ७ रुपैयाँ ७४ पैसा नाफा 
-हवाई इन्धन २० रुपैयाँ ६९ पैसा नाफा 
-ग्यासमा ३ सय ५७ रुपैयाँ घाटा (प्रतिसिलिन्डर)   
निगम सञ्चालक समिति अध्यक्ष एंव वाणिज्य सचिव लालमणि जोशी, निगमका कामु कार्यकारी निर्देशकले प्रधानमन्त्री बाबुराम भट्टराईलाई आइतबार दिउँसो भेटेर मूल्य बढाउनुपर्ने कारणबारे जानकारी गराएको थियो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अकासिएकाले मूल्य नबढाए तेल आपूर्ति गर्नै नसक्ने जिकिर गरेपछि प्रधानमन्त्री भट्टराईले मूल्य बढाउन सहमति दिएका थिए। यो सहमतिसँगै निगमको सञ्चालक समिति बैठकले मूल्य बढाउने निर्णय गरेको थियो। तर निगम अधिकारीले भने मूल्य बढाएकोबारे जानकारी दिन चाहेननन्।
'मूल्य बढाइएकोबारे मलाई कुनै जानकारी छैन। मूल्यबारे कामु कार्यकारी निर्देशकलाई सोध्नुहोस्,' निगमका प्रवक्ता मुकुन्द ढुंगेलले नागरिकसँग भने। इन्डियन आयल कर्पोरेसन(आइओसी)ले शनिबार पठाएको सेप्टेम्बर १ मा पठाएको नयाँ मूल्यअनुसार निगमको घाटा १ अर्ब १७ करोड पुगेको छ।
नयाँ मूल्य आउनेबित्तिकै शनिबारै निगम सञ्चालक समितिको बैठक बसेको थियो। शनिबार बसेको बैठकले मूल्य बढाउनेबारे कुनै निर्णय गर्न सकेको थिएन। अगस्ट १५मा पठाएको मूल्यमा निगमको घाटा ४१ करोड थियो। शनिबार निगमका कामु कार्यकारी निर्देशक अग्रवालले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेकाले समायोजनको विकल्प नभएको बताएका थिए।
'नयाँ मूल्यले निगमलाई ठूलो संकटमा पारेको छ। अब सरकारले मूल्य बढाउने, अनुदान दिने वा राजस्वमा छुट दिने विकल्प छ,' निगमका कामु कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालले नागरिकसँग भनेका थिए , 'अब निगमको बुत्ताले तेल ल्याएर उपभोक्तालाई सहज रुपमा आपूर्ति गर्न सकिदैन।' नयाँ मूल्यअनुसार मट्टितेल र हवाईइन्धनबाहेक अरु सबै पेट्रोलियम पदार्थमा नोक्सानीमा थियो।
नयाँ मूल्यपछि निगमलाई पेट्रोलमा ४ रुपैयाँ ८५ पैसा नाफा हुनेछ भने डिजेलको घाटा ९ रुपैयाँ ६९ पैसामा झरेको छ। मट्टितेल एक लिटरमा ७ रुपैयाँ ७४ पैसा नाफा हुनेछ भने खाना पकाउने ग्यासमा एक सिलिन्डरमा ३ सय ५७ रुपैयाँ घाटा हुनेछ भने हवाई इन्धनमा २० रुपैयाँ ६९ पैसा नाफा हुनेछ।
आइओसीले सेप्टेम्बर १मा पठाएको मूल्यअनुसार निगमका अनुसार पेट्रोलमा एक लिटरमा १५ पैसा र डिजेलमा १३ रुपैयाँ ३९ पैसा घाटा थियो। खाना पकाउने ग्यास एक सिलिन्डरमा ४ सय १२ रुपैयाँ घाटा थियो । हवाई इन्धन आन्तरिकतर्फ एक लिटरमा ९ रुपैयाँ ६९ र विदेशतर्फ २१ रुपैयाँ नाफा छ। मट्टितेल एक लिटरमा ३ रुपैयाँ ७४ पैसा नाफा छ। अगस्ट १५को मूल्यमा निगमलाई पेट्रोलमा एक लिटरमा ३ रुपैयाँ ३६ पैसा र मट्टितेलमा १० रुपैयाँ ६२ पैसा नाफा थियो। डिजेलमा एक लिटरमा ८ रुपैयाँ १३ पैसा घाटा थियो भने ग्यास एक सिलिन्डरमा २ सय ५ रुपैयाँ ९६ पैसा घाटा थियो। हवाई इन्धन आन्तरिकतर्फ १६ रुपैयाँ ५० पैसा र वाह्यतर्फ २७ रुपैयाँ ८९ पैसा नाफा थियो। आइओसीले अहिले पठाएको मूल्य अन्तर्राष्ट्रिय बजारमा एक ब्यारलको १ सय १० डलर हाराहारीको हो। यो महिना ग्यास र डिजेलको घाटा बढेकाले निगमको घाटा चुलिएको हो। ग्यास जाडो महिना नआउँदै अन्तर्राष्ट्रिय बजारमा बढेकाले आगामी दिन निगमका लागि अझ असहज हुँदै गएको छ।
अर्को समाचार
पेट्रोलियम पदार्थको भाउ बढ्यो
१९ मंसिर २०६७
•
१ मिनेट पाठ
पेट्रोलियम पदार्थको भाउ बढ्यो
ग्यासमा सबैभन्दा बढी ७५ रुपैयाँ थप-
विज्ञान अधिकारी, काठमाडौँ, मंसिर २०- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ। एलपीजी ग्यासमा सबैभन्दा बढी ७५ रुपैयाँ भाउ बढेको छ। पेट्रोल, मट्टितेल र डिजेल  प्रत्येकमा ३-३ रुपैयाँ भाउ बढेको छ।




सरकारले बजेटमार्फत बढाएको सडक दस्तुरले घाटा चुलिएको जिकिर गर्दै आयल निगमले  पेट्रोलमा ७ र डिजेलमा प्रतिलिटर  चार रुपैयाँ बढाउन प्रस्ताव गरिएको थियो।

बजेटले सडक सुधारका लागि पेट्रोल र डिजेलमा प्रतिलिटर ४ र २ रुपैयाँ कर लिने व्यवस्था गरेको छ। गत वर्षसम्म यो शुल्क २ र १ रुपैयाँ थियो।

थप समाचार
पेट्रोल र डिजेलको भाउ बढाउन निगमको प्रस्ताव

रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस