पेट्रोलियम पदार्थको भाउ बढ्यो
०९ वैशाख २०६७
•
४ मिनेट पाठ
पेट्रोलियम पदार्थको भाउ बढ्यो
डिजेल, पेट्रोल र मट्टितेलमा २ रुपैयाँ बढ्यो-
काठमाडौं, वैशाख १० (नागरिक)- नेपाल आयल निगमले आजदेखि लागू हुने गरी तेलको मूल्य बढाएको छ। नयाँ मूल्य अनुसार डिजेल, पेट्रोल र मट्टितेल लिटरमा २ रुपैयाँ बढेको छ। अब पेट्रोल ८२ तथा डिजेल र मट्टितेल ६३ रुपैयाँ लिटर पुगेको छ।

अन्तर्राष्ट्रिय कच्चा तेलको भाउ आकासिएपछि मूल्य बढाउनु परेको निगमका कार्यकारी निर्देशक दिगम्बर झाले नागरिकलाई बताए।

निगमका अनुसार भारतीय आयल कर्पोरेसनले पठाएको पछिल्लो मूल्य अनुसार निगमलाई मासिक ३७ करोड घाटा थियो। मूल्य बढाइएपछि मासिक घाटा २६ करोडमा झरेको जानका पनि झाले दिए। कर्पोरेसनले पठाएको गत अप्रिल १६ मा पठाएको मूल्यको आधारको घाटा हो।

ग्यासमा निगमलाई प्रतिसिलिन्डर १ सय ८३ रुपैयाँ घाटा छ। झाले मूल्य समायोजन नभएमा तेलको आपूर्ति नै प्रभावित हुने भएकाले बढाइएको बताए। 'घाटामा गएर तेल ल्याउनसक्ने पस्थिति हुँदैन। त्यसैले मूल्य समायोजन गर्न हामीले सरकारलाई आग्रह गरेका हौं,' झाले भने। निगमले सह क्षेत्रमा प्रयोग हुने ग्यासको मूल्य पनि केही दिनमै बढाउने भएको छ।

ग्यासको मूल्य नबढाउने र अन्य पेट्रोलियम पदार्थको मूल्य बढाउने गर्दा ग्यासको खपत बढिरहेको छ। गत वर्ष मासिक १२ हजार टन मात्र खपत हुने ग्यास अहिले १७ हजार टन भन्दा बढी खपत हुने गरेको छ। 'अन्य पेट्रोलियम पदार्थको तुलनामा ग्यास सस्तो भएकोले यसको खपत बढेको हो,' निगमका एक अधिकाले भने, 'यसको मूल्य नबढाउने हो भने यसको खपत अझ बढ्छ।' झाले ग्यासको मूल्य वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महत्तोसँगको छलफल पछि बढाउने बताए। 'मन्त्रीसँगको छलफलपछि ग्यासको मूल्य बढाउनेतर्फ जानेछांै,' उनले भने।

पस्थितिको चुनौती
निगमले तेलको मूल्य बढाउँदा थुपै दबाब सामना गर्नुपर्ने चुनौती छ। खास गरी मुख्य प्रतिपक्ष दल माओवादी आन्दोलित मुडमा रहेकाले तेलको मूल्य वृद्धि उसका लागि एउटा बहाना बन्न सक्छ। वैशाख १८ बाट प्रतिपक्षी माओवादीले आन्दोलन घोषणा गरिसकेको छ।

दुई वर्षअघि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकासिएको आधारमा मूल्य बढाउँदा राजनीतिक आन्दोलनले गर्दा निर्णय फिर्ता लिनुपर्नेसम्मको अवस्था आएको थियो। राजनीतिक आन्दोलन हुने र निगमको घाटा बढै जाँदा तेल आपूर्ति गर्न नसक्दा तेल नपाएर उपभोक्ताले सास्ती भोग्नुपरेको थियो। तर अहिले भने निगमले न्यून मूल्य बढाउँदै लगेको छ। पछिल्लो समयमा दुई रुपैयाँको दरले डिजेलमा ६ रुपैयाँ बढाइसकेको छ। यो सरकारमा रहेको राजनीतिक दलको सहमतिमा निगमले मूल्य बढाएको हो। 
अर्को समाचार
पेट्रोलियम पदार्थको भाउ बढ्यो
१९ मंसिर २०६७
•
१ मिनेट पाठ
पेट्रोलियम पदार्थको भाउ बढ्यो
ग्यासमा सबैभन्दा बढी ७५ रुपैयाँ थप-
विज्ञान अधिकारी, काठमाडौँ, मंसिर २०- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ। एलपीजी ग्यासमा सबैभन्दा बढी ७५ रुपैयाँ भाउ बढेको छ। पेट्रोल, मट्टितेल र डिजेल  प्रत्येकमा ३-३ रुपैयाँ भाउ बढेको छ।

सरकारले बजेटमार्फत बढाएको सडक दस्तुरले घाटा चुलिएको जिकिर गर्दै आयल निगमले  पेट्रोलमा ७ र डिजेलमा प्रतिलिटर  चार रुपैयाँ बढाउन प्रस्ताव गरिएको थियो।

बजेटले सडक सुधारका लागि पेट्रोल र डिजेलमा प्रतिलिटर ४ र २ रुपैयाँ कर लिने व्यवस्था गरेको छ। गत वर्षसम्म यो शुल्क २ र १ रुपैयाँ थियो।

थप समाचार
पेट्रोल र डिजेलको भाउ बढाउन निगमको प्रस्ताव

रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस