३० प्रतिशत उद्योग अझै बन्द
२५ साउन २०७७
•
५ मिनेट पाठ
३० प्रतिशत उद्योग अझै बन्द
कोभिड–१९को संक्रमणले लकडाउन खोलेर उद्योग सञ्चालन गर्न सरकारले आग्रह गरे पनि करिब ३० प्रतिशत उद्योग अझै सञ्चालनमा आएका छैनन्। घर गएका कामदार ल्याउन कठिन, उत्पादनले बजार नपाउने, ढुवानी, कच्चा पदार्थको समस्या लगायत कारण उद्योग पूर्ण रुपमा सञ्चालनमा नआएका हुन्।

सञ्चालनमा आएका ७० प्रतिशत उद्योग पनि ६० प्रतिशत क्षमतामा मात्र चलेका छन्। औद्योगिक व्यवस्था लिमिटेडका अनुसार मुलुकका १० औद्योगिक क्षेत्रमा करिब ७ सय उद्योगमा पाँच सय मात्र सञ्चालनमा छन्। बाँकी अझै सञ्चालनमा नआएको कम्पनीका निर्देशक दिलीप श्रेष्ठले बताए। ‘करिब ३० प्रतिशत उद्योग अझै सञ्चालनमा आएका छैनन्,’ श्रेष्ठले भने, ‘सञ्चालनमा रहेका पनि ५०–६० प्रतिशत क्षमतामा चलेका छन्।’

लकडाउन अवधिमा ६५ प्रतिशत उद्योग, व्यवसाय पूर्णरुपमा बन्द थिए। ३५ प्रतिशत आंशिक सञ्चालनमा थिए। लकडाउन खुले पनि कामदार ल्याउन सक्ने अवस्था नभएकाले उद्योग पूर्ण रुपमा सञ्चालन गर्न कठिन देखिएको उनले बताए। लकडाउनले मुुलुकको अर्थतन्त्र चौपट भएपछि उद्योग सञ्चालन गर्न खुकुलो गर्ने नीति लिएको सरकारले गत वैशाख २४ गते ४२ प्रकारका उद्योग चलाउन अनुमति दिने निर्णय गरेको थियो।  

काठमाडौंको बालाजु औद्योगिक क्षेत्र र ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र रहेका उद्योगहरु पूर्ण रुपमा सञ्चालन हुन सकेका छैनन्। लकडाउन खुलेको लामो समय बित्दा पनि बाहिरी जिल्लाबाट कामदार ल्याउन कठिन, अझै कोभिडको त्रास, सामाजिक दुरी कायम गर्नुपर्ने, बजारमा माग नहुनु लगायत समस्याले उत्पादनमा समस्या भएको उद्योगीले बताएका छन्। औद्योगिक क्षेत्रमा सञ्चालित उद्योग मात्र नभएर अन्य औद्योगिक करिडोरमा सञ्चालित उद्योगको अवस्था पनि उस्तै छ। कोभिड–१९ त्रास बाँकी नै रहेका उद्योग सञ्चालन गर्न कठिन रहेको नेपाल उद्योग परिसंघ (सिएनआई)का वरिष्ठ उपाध्यक्ष विष्णु अग्रवालले बताए। ‘कामदार आउन पनि डराइरहेका छन्,’ अग्रवालले भने, ‘सामाजिक दुरी कायम गर्नुपर्ने अवस्था छ।’ सञ्चालनमा रहेका उद्योग ३०–४० प्रतिशत क्षमतामा मात्र सञ्चालनमा रहेको अग्रवालले बताए। ‘उत्पादित सामानको पनि खपत छैन,’ अग्रवालले भने।  

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘उद्योग प्रतिष्ठान सञ्चालन मापदण्ड, २०७७’ जारी गरेर सामाजिक दुरी र स्वास्थ्य मापदण्ड पालना गरेर उद्योग सञ्चालन गर्न आग्रह गर्दै आएको छ। लकडाउनकै बीचमा अत्यावश्यक सेवामा पर्ने दैनिक उपभोग्य वस्तु चामल, दाल, तेल, चिउरा, चिनी, बिस्कुट, पाउरोटी, पिठो, चाउचाउ जस्ता दैनिक उपभोग्य खाद्यवस्तु, पानी प्रशोधन, औषधी, स्वास्थ्य सामग्री, साबुन उत्पादन र सोको प्याकेजिङ सामग्री उत्पादन गर्ने उद्योग सञ्चालन गर्न सरकारले आग्रह गरेको थियो।

कोभिड–१९ को प्रकोप र त्रास बढ्दै गएकाले उद्योगी थप चिन्तित देखिएका छन्। अहिले विभिन्न जिल्लामा लकडाउन छ। मुलुकको प्रमुख औद्योगिक क्षेत्र बारा, पर्सामा लकडाउन हुँदा त्यहाँ उद्योग सञ्चालनमा कठिनाइ भएको छ। केही उद्योगका कामदारमा कोरोना संक्रमित भएपछि उद्योग नै सिल गरिएको छ।  

औद्योगिक क्षेत्रमा कोभिडको असर अझै लम्बिने एक अध्ययनले देखाएको छ। नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणले बन्दाबन्दीपश्चात् उद्योग व्यवसाय सामान्य अवस्थामा फर्कन करिब नौ महिना लाग्ने जनाएको छ।  उद्योग र व्यवसायले अब थप लकडाउन थेग्न नसक्ने उल्लेख छ। कतिपय उद्योगी, व्यवसायीले बिक्री वा बन्द गर्न चाहेको समेत अध्ययनमा छ। बन्द गर्न चाहनेमा केही घरेलु उद्योग, लघु, साना खुद्रा व्यापार र साना व्यवसायी छन्।

नेपालमा सञ्चालनमा रहेका उद्योगहरु सामान्य अवस्थामा पनि पूर्ण क्षमतामा चल्न सकेका थिएनन्। पोहोर प्रमुख उद्योगले क्षमताको ५७.१० प्रतिशतमात्र प्रयोगमा ल्याएका थिए। राष्ट्र बैंकले गरेको अध्ययनमा अघिल्लो वर्षको तुलनामा पोहोर उद्योगको उत्पादन क्षमतामा ह्रास आएको थियो। यो वर्ष कोभिडको कारण अझै खस्किने देखिएको छ।  

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष उद्योगले क्षमताको ५९.७० प्रतिशत उपयोग गरेकोमा पोहोर घटेर ५७.१० प्रतिशतमा झरेको थियो। फलामको रड, सिमेन्ट उद्योग, पशु दाना, चामल, खानेतेल उद्योगले क्षमता उपयोगमा ल्याउन नसकेका हुन्। सिमेन्ट उद्योगले आफ्नो क्षमताको ४०.४० प्रतिशत मात्र उपयोग गरेका थिए। लकडाउनपछि सिमेन्ट उद्योगले २० प्रतिशतमात्र उत्पादन गरिरहेका छन्। ८० प्रतिशत क्षमता प्रयोगमा ल्याउन पाएका छैनन्। पोहोर फलामे रड उद्योगले ६१.५० प्रतिशत, पशु दाना उद्योगले ५७.३० प्रतिशत, खाने तेल उद्योगले ४८.१०, चामल उद्योगले ३१.६०, चुरोट उद्योगले ३६.७० प्रतिशत क्षमता उपयोगमा ल्याएको राष्ट्र बैंकले जनाएको छ।

औद्योगिक उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्दै व्यापार घाटा कम गर्ने रणनीति बनाइरहेका बेला मुलुकमा सञ्चालित उद्योगले आफ्नो क्षमता अनुसार चल्न सकेका छैनन्। यहाँका उद्योगले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्दा क्षमता पूर्ण रुपमा प्रयोगमा ल्याउन नसकेका हुन्। नेपालका उद्योगको प्रविधि, उपकरण, गुणस्तर कमजोर भएकाले सहज रुपमा विदेशी उत्पादन आएपछि यहाँका उद्योगले कम उत्पादन गर्ने गरेका छन्। उद्योग मात्र नभए पर्यटन व्यवसाय करिब बन्द नै रहेको छ।  

उद्योगलाई बिमा प्रिमियम छुट

उद्योगी व्यवसायीले लकडाउन अवधिको बिमा प्रिमियममा ३३ प्रतिशत छुट पाउने भएका छन्। कोभिड–१९ को कारण मुलुक बन्दाबन्दीमा गएको अवधिमा बन्द रहेका उद्योग व्यवसायको बिमाको प्रिमियममा छुट दिने सहमति भएको छ।  

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल बिमक संघसहित शुक्रबार भएको सरोकारवालाको बैठकमा बिमा समितिले चार महिना लकडाउन अवधिको बिमा शुल्कमा उद्योग तथा कलकारखानालाई ३३ प्रतिशत छुट दिने सहमति गरेको हो।  

बिमालेखमा नभई चार महिनाको अवधिमा हुने बिमाशुल्क समानुपातिक रुपमा गणना गरी सोही अवधिको जम्मा शुल्कमा छुट दिने समितिले जनाएको छ। यो व्यवस्था बिमा समितिले निर्देशिका जारी गरेपछि कार्यान्वयनमा आउने छ।
अर्को समाचार
८७ प्रतिशत उद्योग व्यवसाय पूर्ण सञ्चालनमा
०९ मंसिर २०७८
•
२ मिनेट पाठ
८७ प्रतिशत उद्योग व्यवसाय पूर्ण सञ्चालनमा
कोरोना महामारीको प्रकोप घट्दै जाँदा उद्योग, व्यवसाय सञ्चालनमा पनि सहजता हुँदै गएको पाइएको छ। नेपाल राष्ट्र बैंकले कोरोना महामारीले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी गरेको तेस्रो पुनरावृत्ति सर्वेक्षणले सर्वेक्षणले यस्तो नतिजा देखाएको हो। राष्ट्र बैंकले उक्त प्रतिवेदन बुधबार सार्वजनिक गरेको हो।

ताजा अध्ययन अनुसार यतिखेर ८७.२ प्रतिशत उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालनमा आएको देखाएको छ। केन्द्रीय बैंकले अध्ययन कात्तिक ७ देखि १७ गतेसम्म गरेको थियो। त्यसयता पनि कोरोना महामारीको प्रकोप घट्दै गएका कारण सञ्चालनमा आउने उद्योग, व्यवसायको संख्या बढेको हुन सक्ने अनुमान गरिएको छ।

कोरोना महामारी सुरु हुनुअघिको तुलनामा २०७७ असारमा २८.८ प्रतिशत रहेको उत्पादन र कारोबार स्थिति ७४.७ प्रतिशत पुगेको समेत सोही अध्ययनले देखाएको छ। त्यस्तै, रोजगारीको अवस्थामा पनि सुधार आएर ९७.२ प्रतिशत पुगेको छ। यो पहिला ७७.५ प्रतिशत थियो।

कात्तिक दोस्रो सातासम्म २०७७ असारको तुलनामा उद्योग/व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोबार लगायतका सुधार आएको राष्ट्र बैंकको अध्ययनमा देखिएको छ। कोरोना महामारी रोकथामका लागि गरिएको लकडाउनपछि औसतमा ६१ प्रतिशत उद्योग/व्यवसाय सञ्चालन हुन सकेका थिएनन्।

राष्ट्र बैंकले २०७७ मंसिरमा प्रथम र २०७८ वैशाखमा दोस्रो पुनरावृत्ति सर्वेक्षण गरेको थियो। उक्त अध्ययन सर्वेक्षणमा सहभागी व्यवसायीको आधारमा गरिएको हो। कोरोनाले व्यवसायमा पारेको असर अध्ययन गर्न केन्द्रीय बैंकले ५२ जिल्लाका ६ सय ७४ उद्योगी/व्यवसायीबाट तथ्यांक संकलन गरेको थियो।

व्यवसायीका अनुसार पछिल्लो समयमा पर्यटन क्षेत्रका केही होटल, रेस्टुरेन्टबाहेक अधिकांश उद्योग, व्यवसायमा सञ्चालनमा आइसकेका छन्। महामारीका कारण कैयौं उद्योग, व्यवसाय सञ्चालनमा आउन नसक्दा केहीले कर्मचारीको पारिश्रमिक कटौती गरेका थिए। 

महामारीले निम्त्याएको समस्याका कारण गत वर्ष आर्थिक वृद्धि दुई प्रतिशत नकारात्मक हुन पुगेको थियो। कोरोना महामारीले समस्यामा परेको अर्थतन्त्रलाई सघाउन केन्द्रीय बैंकले दुई खर्ब १२ अर्ब रूपैयाँको पुनर्कर्जा कार्यक्रम घोषणा गरेको थियो। जुन कार्यक्रमलाई चालु आर्थिक वर्षमा पनि जारी राखिएको छ। महामारी रोकथामका लागि २०७६ चैत ११ गतेदेखि लकडाउन गरिएको थियो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस