काठमाडौ, जेठ १८ (नागरिक) - विद्युत प्राधिकरणले बिजुलीको लोडसेडिङलाई दैनिक एक घण्टा घटाउने भएको छ। शुक्रबारदेखि दिनमा दुई पटक गरेर सातघण्टामात्र लोडसेडिङ हुनेछ। गत साता प्राधिकरणले दैनिक ८ घण्टाको दरले सातामा ५६ घण्टामा लोडसेडिङलाई झारेको थियो।
'गत साता घटाइएको लोडसेडिङ तालिकालाई ३/४ दिनदेखि हेर्दा अझै घटाउन सकिने देखिएकोले कम गरिएको हो,' प्राधिकरण प्रणाली सञ्चालन विभाग प्रवन्धक भुवनसिंह क्षेत्रीले भने।
केही दिनदेखि गर्मी बढेर हिमाल पग्लिन थालेको र केही स्थानमा पानी समेत परेकोले खोलामा पानी बढेकोको बिजुली उत्पादन समेत वृद्धि भएको हो। ९२ मेगावाटका कुलेखानीका दुई विद्युतगृह बाहेक अरु सबै उत्पादन गृहहरु नदीको पानी प्रवाहमा आधारित छन्। नदी प्रवाहमा आधारित हुँदा खोलामा पानी बढेमा बिजुली उत्पादन स्वतः बढ्ने गरेको छ।
'अब विस्तारै लोडसेडिङ कम हुँदै जान्छ,' क्षेत्रीले भने।