काठमाडौं, फागुन १३ (नागरिक)- विद्युत् प्राधिकरणले सोमबारदेखि लोडसेडिङलाई दैनिक एक घण्टा घटाएर सातामा ६८ घण्टामात्र गर्ने भएको छ। प्राधिकरणले सार्वजनिक गरेको नयाँ तालिकाअनुसार सातामा एक दिन ११ घण्टा, तीन दिन १० घण्टा र तीन दिन ९ घण्टामात्र लोडसेडिङ हुनेछ।
कुलेखानी जलाशयमा अझै पनि प्रशस्त पानी भएको र चुहावट नियन्त्रणका अभियान प्रभावकारीरुपमा सञ्चालन गरिएकाले लोडसेडिङ घटाइएको प्राधिकरणले जनाएको छ।
गत सातामात्र प्राधिकरणले दैनिक एक घण्टाको दरले लोडसेडिङ घटाएको थियो। बिजुली चोरी हुने ठाउँमा भने दैनिक ५ घण्टासम्म थप लोडसेडिङ हुने तालिका पनि प्राधिकरणले सार्वजनिक गरेको छ।