नेपाली कथानक चलचित्र ‘लुट– २’ मा रहेको यस गीतले पछिल्लो (कोरोनाअघिको) ठमेल बजारको रौनक बयान गर्छ। कोरोना अघिसम्म काठमाडौंस्थित ठमेल बजारको गुल्जार बेग्लै थियो। सामान्य अवस्थामा यो क्षेत्रमा चौबिसै घन्टाजस्तो चहलपहल हुन्थ्यो, ८० प्रतिशतजस्तो बाह्य र २० प्रतिशत आन्तरिक पर्यटकको आऊजाऊले।
कोभिड–१९ पछि भने यो क्षेत्र सुनसानजस्तै छ। चीनलगायत विभिन्न मुलुकमा कोरोना भाइरस फैलँदै गएसँगै ठमेलको भीडभाड कम हुँदै आएको थियो। अगाडि नै आएका कतिपय पर्यटकले कोरोना त्रासका कारण बसाइ अवधि छोट्याउँदै फर्कन थाले भने, आउनका लागि अग्रिम होटल बुकिङ गर्नेहरूले पनि बुकिङ रद्ध गर्न थाले। जसको प्रत्यक्ष असर यहाँका व्यवसायी र मजदुर वर्गमा परेको छ।
ठमेल विकास परिषद्का उपाध्यक्ष भविश्वर शर्माका अनुसार, मुख्य सिजनमा मोटामोटी ५० देखि ६० करोड रुपैयाँसम्मको आम्दानी हुने यस क्षेत्रमा व्यवसाय ठप्प भएपछि अहिले व्यवसायीहरू भाडा तिर्न नसक्ने अवस्थामा पुगेका छन्। व्यवसायमा परेको मार र घरधनीले मासिक भाडा तिर्न दबाब दिएपछि यहाँका कतिपय व्यवसायीले सटर धमाधम खाली गर्न थालेका छन्।
ठमेलमा १५ वर्षदेखि ट्राभल एजेन्सीको काम गर्दै आएका गोरखाका राजकुमार क्षत्रीले अझै एक वर्ष व्यवसायमा फर्कन नसक्ने अवस्था आएकाले व्यवसाय नै छाडेको बताए। ‘नेपाल भ्रमण वर्षलाई मध्यनजर गरी लगानी र जनशक्ति थप गरेको थिएँ’, उनले भने, ‘घर–भाडा नै तिर्न नसक्ने अवस्था आएपछि व्यवसाय बन्द गरेँ, केही कामदारको रोजीरोटीसमेत खोसिएको छ।’
केही घरधनीले घरभाडा मिनाहा गर्ने वचन दिए पनि व्यवसायी पुनः पेसामा फर्कन सक्ने अवस्थामा छैनन्। पूर्ण रूपमा पर्यटकमै निर्भर ठमेल, पकनाजोल, कालधारा, धोबीचौर, नर्सिङचोक लगायत क्षेत्र कारोबारविहीन भएका छन्। घर–भाडा मात्रै होइन, कर्मचारीको तलब, बैंकको ब्याज, विद्युत््, टेलिफोन आदिको महसुल भुक्तानी तिर्न समेत नसकेर यहाँका व्यवसायीले सरकार गुहार्न थालेका छन्। तर, सरकारले घरभाडा छुटको कुरा गरे पनि स्पष्ट निर्देशन दिएको छैन।
परिषद् उपाध्यक्ष शर्माका अनुसार, ठमेल क्षेत्रका समग्र व्यवसायीले मासिक झन्डै ८० करोड रुपैयाँसम्म घर–भाडा तिर्दै आए पनि व्यापार नै नभएपछि करिब दुई सय व्यापारीले व्यवसायबाट विस्थापित हुनुपरेको छ।
ठमेलमा १५ वर्षदेखि ट्राभल एजेन्सीको काम गर्दै आएका गोरखाका राजकुमार क्षत्री भन्छन्– ‘नेपाल भ्रमण वर्षलाई मध्यनजर गरी लगानी र जनशक्ति थप गरेको थिएँ। घर–भाडा नै तिर्न नसक्ने अवस्था आएपछि व्यवसाय बन्द गरेँ, केही कामदारको रोजीरोटीसमेत खोसिएको छ।’
‘चिया पसलदेखि पाँचतारे होटल बन्द रहेको अवस्थामा मासिक ४५ लाख रुपैयाँसम्म भाडा बुझाउँदै आएका ठूला होटलहरू महामारीको ठूलो सिकार भएका छन्,’ शर्माले भने, ‘यो त केवल उदाहरण मात्रै हो। यहाँ घर–भाडा, बैंकको कर्जा लगायतको खर्च धान्न नसक्ने अवस्था भएपछि सामान्य पसलको भाडा समेत तिर्न नसकेर पलायन हुनुपर्ने अवस्था छ।’
अहिले लकडाउन खुकुलो पारिए पनि सार्वजनिक यातायात र हवाई उडान अझै बन्द छन्। विदेशी पर्यटककोे चहल–पहलको आशामा बसेका कतिपय व्यवसायी गाउँमा छन्। यता उनीहरूले लिएको बैंकको कर्जा दिन प्रतिदिन बढ्दै जाँदा झन्डै १० हजार व्यवसायी र तिनमा निर्भर झन्डै १२ लाख मानिसको रोजगारी समेत संकटमा छ। पछिल्लो खुकुलो लकडाउनमा यहाँको व्यापार धान्न सक्ने अवस्था छैन। त्यसैले व्यवसायीले घरधनीसँग एक वर्षका लागि घर–भाडामा ५० प्रतिशत छुट माग गरिरहेको उपाध्यक्ष शर्माले बताए। ‘केही घरधनी छुट दिन सहमत रहे पनि होटल, रेस्टुरेन्ट, पसल, ट्रेकिङ एजेन्सी र विभिन्न व्यवसायमा आबद्व पाँच प्रतिशत पनि काममा फर्कन नसक्ने अवस्थामा छन्,’ उनले भने, ‘विद्युत्, इन्टरनेट, टेलिफोन लगायत तिर्दै आएको शुल्कमा समेत छुट आवश्यक छ।’ एक वर्षसम्मका लागि विद्युत् महसुलमा ५० प्रतिशत छुट र बैंकको किस्ता तिर्न सक्ने व्यवस्था हुनुपर्नेको भनाइ छ।
घरधनीले कायम रहेको भाडा नबढाउने तथा विद्यमान भाडामा ५० प्रतिशत छुटको सर्त मान्न तयार हुने हो भने महिनामा ४० करोडको राहतसहित व्यवसायीले सिजनमै झन्डै पाँच अर्ब बराबरको राहत पाउन सक्ने उनको दाबी छ। व्यवसायीलाई परेको आर्थिक भारको मूल्यांकनबारे अर्थ मन्त्रालयदेखि राष्ट्र बैंकसम्म ड्राफ्ट पठाइसकेको उनले बताए।
कोभिड–१९ को संक्रमण बढिरहँदा उपत्यकामा भने क्वारेन्टिन व्यवस्थापनको तयारी फितलो बनेको छ। विगत तीन महिनादेखि जारी लकडाउन पछिल्लो समय खुकुलो पारेसँगै उपत्यकामा बाहिरबाट भित्रिनेको संख्यामा वृद्धि हुँदै जाँदा संक्रमणको जोखिम बढेको हो। तर, उपत्यकाका स्थानीय तहले क्वारेन्टिन व्यवस्थापनमा ध्यान दिन सकेका छैनन्। विज्ञका अनुसार महामारीले उग्र रूप लिए उपत्यकामै ठूलो संख्यामा मानिस अट्ने क्वारेन्टिन आवश्यक पर्छ। करिब ४० लाख जनसंख्या भएको उपत्यकाभित्रै क्वारेन्टिनको व्यवस्था नहुनुले सरकारले एथेष्ट तयारी नगरेको जनगुनासो बढेको छ।
यसैबीच, सरकारले देशभरका होटललाई क्वारेन्टिन बनाउन विभिन्न होटल व्यवसायीसम्बद्व संगठनसँग छलफल गरे पनि छलफलपछिको निर्णयलाई कार्यान्वयनमा ल्याउन नसकेको होटल व्यवसायीको गुनासो छ।
होटल व्यवसायीको छाता संगठन ‘होटल व्यवसायी महासंघ नेपाल’ले लकडाउन सुरु हुन ठीकअघि निःशुल्क रूपमा आफ्ना होटललाई क्वारेन्टिन बनाउन तयार रहेको सरकारलाई जानकारी गराएको थियो। पर्यटन बोर्ड, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, परराष्ट्र मन्त्रालय लगायतलाई ‘राष्ट्रलाई आपत परेको समय सहयोग गर्न आफूहरू तयार रहेको’ जानकारी गराए पनि समन्वय हुन नसकेको महासंघले जनाएको छ।
महासंघका अध्यक्ष हीराध्वज शाह सरकारले खाडी मुलुक लगायतबाट आउने कामदारलाई समेत महँगो दररेटका होटलमा बस्न बाध्य पारेको बताए।
काठमाडौं उपत्यकामा मात्रै एक हजार एक सय ९७ साना होटल रहेको बताउँदै शाहले आफ्नो इच्छा र स्तर अनुसारको होटलमा बस्न पाउने नागरिकको अधिकारलाई समेत वञ्चित गरेको दाबी गरे। ‘महासंघअन्तर्गत गेस्ट हाउसदेखि तीनतारे होटल छन्,’ उनले भने, ‘एक व्यक्तिले हरेक दिन चारपटक खाना खुवाएर बस्नका लागि हामीले एक हजार दुई सय रुपैयाँ मात्रै भनेका छौँ। तर, विदेशबाट आउनेलाई महँगोमा बस्न बाध्य पारी सिन्डिकेट लागू गर्न सरकार नै अग्रसर रहेको देखिन्छ।’
त्यस्तै, महासंघका कार्यवाहक महासचिव शेरबहादुर थापाले ठूला भनिएका होटलले राख्न नमानेका अस्पतालमा कार्यरत डाक्टरहरूलाई राख्न मात्रै ६ सय ४५ बेड सहितका ५९ होटलको सूची सरकारलाई बुझाएको बताए। हाल महासंघ अन्तर्गतका सदस्य होटलमा ५२ जना डाक्टर मात्रै बस्दै आएको उनको भनाइ छ।
महासंघले सरकारसँग १४ बुँदे माग राख्ने तयारी गरेको छ। घरभाडामा ५० प्रतिशत छुट, घरभाडा छुट दिने घरधनीको बैंक ऋणको ब्याजमा सहुलियत, बिजुली पानीको महसुलमा एक वर्षसम्म छुट, टेलिफोन, इन्टरनेटमा विशेष सहुलियत, एक वर्षको व्यवसाय कर तथा राजस्वमा छुट, लगायत माग भोलि सरकारलाई बुझाइने महासंघले जनाएको छ।
ठमेलको सञ्चयकोष नजिकै बर्गर पसल र क्याफे सञ्चालन गर्दै आएका सन्तोष लामिछानेले व्यवसाय व्यवस्थित बनाउन थप कर्मचारी खोजी गर्दै छन्। गृह मन्त्रालयको सचिवालयले २४ सै घण्टा पर्यटन व्यवसाय सञ्चालन गर्ने विषयमा सम्बन्धित निकायलाई निर्देशन दिएपछि सन्तोषजस्ता थुप्रै पर्यटन व्यवसायी उत्साहित छन्।
ठमेल र दरबारमार्ग क्षेत्रका व्यवसायी थप व्यापार फस्टाउन रचनात्मक योजना बनाइरेको छ। 'कर्मचारी बढाउनुपर्छ, क्याफे पनि अलि चिटिक्क पार्दैछु', सन्तोषले भने, 'अब भने पर्यटक फर्काउनु पीडा हुँदैन भन्नेमा ढुक्क छु।'
यसअघि उनले धेरैपटक क्याफेमा आएका पर्यटकलाई समय सकियो भन्दै सटर बन्द गर्नुपेरको अनुभव सुनाए। बेलुका १२ बजेसम्म पर्यटक उनको क्याफेमा रमाउथ्ये। समय अवधि सकिएपछि ‘तपाईं निस्किनुस्’ भन्न निकै अमानवीय स्वाभाव लाग्ने गरेको सन्तोषले बताए। 'यो चिन्ता अबदेखि हट्दैँछ। अब पर्यटक पनि खुसी हुन्छन्। आफ्नो व्यवसाय पनि थप चलायमान हुनेछ', उनले भने।
ठमेलका मुनलाइट होटल सञ्चालक सागर पाण्डेले सरकारले २४सै घण्टा व्यवसाय सञ्चालन गर्न दिँदा पर्यटकले भरपुर मनोरञ्जन गर्न पाउने बताए। व्यवसाय अझै चुस्त पार्न उनले तीन सिफ्ट स्टाफ खटाउने तयारी गरिरहेको बताए। व्यवसाय फस्टाउँदै गए रोजगारीका अवसरहरु पनि सिर्जना हुने उनको भनाइ छ।
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले डेढ वर्षदेखि सरकारसँग ठमेल र दरबारमार्ग क्षेत्रमा २४सै घण्टा पर्यटन व्यवसाय सञ्चालन गर्न माग राख्दै आएको बताए। सोही मागअनुसार गृहमन्त्रालय सकारात्मक भएको उनको भनाइ छ।
सुरक्षा, व्यवस्थित र रचनात्मक पर्यटन सेवा दिन आचारसंहिता हुन जरुरी रहेकाले व्यावसायिक आचारसंहिताको खाका (ड्राफ्ट) तयारी भइरहेको अध्यक्ष शर्माले जानकारी दिए। उनका अनुसार रात्रिसेवा सञ्चालन हुनसके अर्थतन्त्र चलायमान हुने, कोरोनाले थला परेका व्यवसायीमा उत्साह बढ्ने, रोजगार सिर्जना हुने, राज्यको राजस्वमा वृद्धि हुने लगायतका क्षेत्रमा सकारात्मक प्रभाव हुनेछ।
'पर्यटकले रातिको समयमा खान बस्न जुन समस्या झेल्नुपरेको थियो, त्यो अब समाधान हुँदै जानेछ', अध्यक्ष शर्माले भने। व्यवसायीले सिसी क्यामेरा जडान गर्नुपर्ने, सामुदायिक सुरक्षा गार्ड राख्ने, प्रहरी र ट्राफिक परिचालन गर्नेलगायत सुरका विषयमा तयारी भइरहेको उनले बताए।
शर्माले भने, 'परिष्दले २०/२५ जना सामुदायिक सुरक्षा गार्ड समेत राख्ने योजना बनाएको छ।' उनका अनुसार ठमेलमा ८० प्रतिशत व्यापार बाह्य पर्यटकबाट र २० प्रतिशत आन्तरिक पर्यटकबाट हुने गरेको छ।
शर्माले ठमेल क्षेत्रमा मात्रै लगभग १० हजार व्यवसायी आबद्ध रहेको जानकारी दिए। आगामी वैशाख १ गतेभित्र रात्रिकालीन व्यवसाय सञ्चालनमा ल्याउन परिषद्ले पहल गर्ने उनले बताए। उनका अनुसार जिल्ला प्रशासन कार्यालयले भने कहिलेदेखि कार्यान्वयनमा ल्याउने भनेर मिति तोकेको छैन।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले रात्रिकालीन पर्यटन व्यवसाय सञ्चालन व्यवस्थित गर्ने विषयमा कार्यविधि बनिरहेको बताए। उनले भने, 'कहिले खोल्ने भनेर मिति तोकिएको छैन, कार्यविधि बनाएर कार्यान्व्यन गर्ने विषयमा छलफल गरिरहेका छौं।'
गृहमन्त्रालयका उपसचिव एकदेव अधिकारीले सहरलाई जीवन्त बनाउन रात्रिकालीन २४ सै घण्टा व्यवसाय सञ्चालन गर्ने विषयमा मन्त्री सकारात्मक रहेको जानकारी दिए। सोहीअनुरुप यसलाई जतिसक्दो छिटो कार्यान्वयनमा ल्याउने गरी छलफल गर्ने, कार्यविधि बनाउनेलगायत काम भइरहेको उनले सुनाए। 'हाम्रा सहर मृत भए', उनले भने, 'चलायमान बनाई आर्थिक उन्नति र रोजगारी सिर्जना गर्ने मन्त्रालयको उद्देश्य छ।'
सरकारले पर्यटनमा प्रवर्द्धन गर्न सन् २०२५ लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेको छ। साथै सन् २०२३ देखि २०३२ लाई पयर्टन दशकका रुपमा मनाएर ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ।
चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा मुलुकलाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिनेमा जोड दिइएको छ। साथै नीतिमा राष्ट्रिय अर्थतन्त्र बलियो बनाउने आधारका रुपमा पर्यटन प्रवर्द्धन र पूर्वाधार विकास गर्ने विषय उल्लेख छ। ठमेल र दरबारमार्गजस्ता पर्यटकीय क्षेत्र चुस्त हुँदै २४ घण्टा सञ्चालन हुनसके सरकारको पर्यटक बढाउने लक्ष्य पूरा हुनसक्ने व्यवसायीको धारणा छ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...