फलहरूको राजा आँप, ‘अल्टरनेट बियरिङ’ का कारण कम उत्पादन
०९ असार २०७७
•
३ मिनेट पाठ
फलहरूको राजा आँप, ‘अल्टरनेट बियरिङ’ का कारण कम उत्पादन
“मालदह। आओ आओ ३० रुपयेँमे एक किलो, ५० रुपयेँमे दु किलो मालदह आम लिए।” जिल्लाका बजारहरुमा बाटोमा आँप बेच्दै गरेका एक विक्रेता ग्राहकलाई आकर्षित गर्न एकोहोरो चिच्याइरहेका थिए। पूर्वपश्चिम लोकमार्गको छेउमा तरकारी तथा फलफूलका ठेलागाडामा भारतीय आँप भरिभराउ थियो भने कोरोनाविरुद्धको लकडाउनको प्रवाह नगरी  स्थानीयवासीको भीडभाड पनि त्यत्तिकै थियो।




जिल्लाका विभिन्न स्थानमा डेरा गरी बस्ने भारतीय व्यापारी तथा विक्रेताहरु आँप बेच्दै थिए। मिथिलाञ्चालको लोकप्रिय फलको रूपमा आँपलाई लिने गरिएको छ। फलहरुको राजाका रूपमा आँपको पहिचान छ। मिथिलाञ्चलमा मानिसको जन्मदेखि मृत्यु पर्यन्त पनि आँपको प्रयोग हुने गरेको छ। आँपको पात शुभकार्यमा कलशमा राख्न प्रयोग गरिन्छ भने सुकेको काठ हवन र यज्ञादिमा प्रयोग गरिन्छ। शव जलाउन पनि आँपको काठलाई प्राथमिकता दिने गरिएको छ।

आँपको मौसम भएका कारण पनि शहरबजारमा मात्र नभई ग्रामीण क्षेत्रमा पनि आँपको व्यापार हुने गरेको पाइन्छ। आँपलाई मिथिला संस्कृतिको सर्वाधिक लोकप्रिय रुखका रुपमा मान्ने गरिएको स्थानीय जानकार उमाशङ्कर साहले बताए। शिव पार्वतीको विवाह आँपको रुखको छहारीमा भएको पुराणहरुमा उल्लेख गरिएको छ। यो रुखलाई स्वर्गको बगैँचाबाट नारदमुनिले धर्तीमा ल्याएका थिए। पुराणहरुका अनुसार पञ्चपुष्प अर्थात् पाँच फूलमध्ये चम्पा, समी, कमल, कनेरसँगै आँप पनि एक रहेको छ। विशेषतः पुसदेखि भदौ महिनासम्म आँपको मौसमको रुपमा मानिन्छ।

बम्बै, कृष्णभोग, चौसा, निलम, चौरिया र गुलाबलगायतका आँप छिटो पाक्ने आँप हुन् भने मालदह, सिपीया, दशहरी, फजिलीलगायत जातका आँप मध्यम जातको रुपमा पर्दछन्। कलकतिया र भदैयालगायतका ढिलो पाक्ने आँप हुन् तर पछिल्लो समयमा कृषकले बढी मूल्य पाउने लोभमा विभिन्न किसिमका अखाद्य रसायनको प्रयोग गरेर आँपलाई चाँडो पकाउन थालेका छन्। त्यसै त अखाद्य रसायनको प्रयोग गरेर कुसमयमा पकाएको आँपको स्वाद त बिग्रन्छ नै त्यसले उपभोक्ताको स्वास्थ्यमा पनि हानी पु-याउने गरेको चिकित्सकहरु बताउँछन्। प्रदेश नं २ का जिल्लामा आँपको बगैँचा आफ्नै नहुने गाउँ र कृषक बिरलैै होलान्। पहिला–पहिला आँपको बगैँचा, इनार र पोखरी नहुने घरमा आफ्नी छोरी दिन नमान्ने अर्का जानकार छोटेलाल साहले बताए।

पछिल्लो समयमा आँपको व्यावसायिक खेती हुन थालेपछि कृषक आँपप्रति आर्कषितसमेत हुन थालेका छन्। यसैले पछिल्लो समय आँपखेती गर्ने क्षेत्रफल पनि बढेको कृषि ज्ञानकेन्द्र मलङ्गवाले जनाएको छ। कृषि ज्ञानकेन्द्र मलङ्गवाका प्रमुख देवानन्द राय यादवका अनुसार जिल्लामा अहिले करिब दुई हजार १८० हेक्टर क्षेत्रफलमा आँप उत्पादन हुने गरेको छ। तुलनात्मकरूपमा १० हजार ९०० मेट्रिक टन आँप उत्पादन हुनुपर्नेमा असिनापानी तथा हावाहुरीले गर्दा केही उत्पादन हुनुपर्नेभन्दा कम आँप उत्पादन भएको उनको भनाइ छ।

आँप उत्पादनको प्रमुख समस्या ‘अल्टरनेट बियरिङ’
आँप उत्पादनको प्रमुख समस्या अल्टरनेट बियरिङ हो। कृषिविद्हरु एक वर्ष बिराएर बाली लगाउने प्रवृत्तिलाई अल्टरनेट बियरिङ भन्छन्। अल्टरनेट बियरिङको समस्याका कारण आँप हरेक वर्ष नफल्ने तथा कम फल्ने गरेको यादवको भनाइ छ। उष्ण प्रदेशीय बागवानी केन्द्रका प्रमुख डा रवीन्द्रनाथ चौबेका अनुसार पुराना आँपका जात तथा बोटहरु एक वर्ष बिराएर फल्ने गरेका छन् जसका कारण गत वर्षको तुलनामा यस वर्ष आँप कम फलेको किसानको पनि अनुमान छ।

यस भेगमा बम्बै, कृष्णभोग, चौसा, निलम, चौरिया, गुलाव, मालदह, सिपीया, दशहरी, फजिली, कलकतिया र भदैया जातका आँपको बगैँचा देख्न सकिन्छ। किसानले फलसँगै सुकेका हाँगा दाउराका रूपमा प्रयोग गर्न पाउँदा यिनै जातका आँप लगाउने गर्दछन् तर पुराना जातका आँप वर्ष बिराएर फल्ने गरेका कारण किसान पछिल्लो समयमा आम्रपाली, मल्लिका, दशहरी, अलफान्सो, अनवरतौलजस्ता आँपखेतीमा लागेका छन्। आधुनिक जातका आँपमा अल्टरनेट बियरिङको समस्या कम हुने गरेको कृषिविज्ञहरुको बुझाइ छ। पुराना परम्परागतरूपमा लगाइने आँपको फल तयार हुन करिब आठ महिना लाग्ने गर्दछ तर आधुनिक जातका आँप छ महिनामै तयार हुने गरेका कारण पनि किसान पछिल्लो समयमा आधुनिक जातका आँपखेतीमा लागेका छन्।

आयातित आँपको व्यापारले नेपाली कृषकले नेपालमै उत्पादन गरेको आँपको बजार मूल्य सस्तिएको किसानको गुनासो छ। नेपाली  किसानले आँपको फलमा विषादी कम प्रयोग गर्ने गरेका कारण पनि केही ढिलो पाक्ने गरेको र भारतीय बजारबाट नेपाली बजारमा आँप आउने गरेका कारण नेपाली कृषकले उत्पादन गरेको आँपको मूल्य सस्तिएको पाइएको छ।
अर्को समाचार
मुख्यमन्त्री केजरीवाल पक्राउ, जमानतबारे आज अदालतमा सुनुवाई
०९ चैत्र २०८०
•
१ मिनेट पाठ
मुख्यमन्त्री केजरीवाल पक्राउ, जमानतबारे आज अदालतमा सुनुवाई
भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन्। उनलाई अन्तःशुल्क नीति मामिलामा प्रवर्तन निर्देशनालय (इडी) ले बिहीवार राति उनकै निवासबाट पक्राउ गरेको हो।




आम आदमी पार्टी (आप) संयोजक समेत रहेका केजरीवालको जमानतका लागि आजै आप पार्टीले अदालतमा निवेदन दिने तयारी गरेको छ। अदालतले उनको जमानतको विषयमा आजै सुनुवाई गर्न सक्ने बताइएको छ।

मदिरा नीति मुद्दा सम्बन्धमा सोधपुछका लागि इडीको टोली बिहीबार केजरीवालको निवासमा पुगेको थियो। स्रोतहरूका अनुसार टोलीले उनको निवासमा खोजी अभियान समेत गरेको थियो।

दिल्ली उच्च अदालतले अन्तःशुल्क नीति मुद्दा सम्बन्धमा जबर्जस्ती कारबाहीबाट केजरीवाललाई अन्तरिम सुरक्षा दिन अस्वीकार गरेपछि इडीको टोली सोधपुछका लागि बिहीवार साँझ नै उनको निवास पुगेको हो।

यसअघि पनि पटकपटक इडीले केजरीवाललाई बयानका लागि पत्र पठाउँदा उनले अटेर गर्दै आएका थिए। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस