हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गर्न माग
१० जेष्ठ २०७७
•
२ मिनेट पाठ
हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गर्न माग
प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले दार्चुलाको व्यास गाउँपालिका–१ छाङरु र तिङ्करमा हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गर्न सरकारसँग माग गरेका छन्।  




उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई भेटेर सांसद ठगुन्नाले छाङरु र तिङ्करका स्थानीयवासी खलङ्गाबाट कुञ्चा हिँडिसकेको अवस्थामा उनीहरुका लागि आवश्यक पर्ने खाद्यान्न हेलिकोप्टरमार्फत ढुवानी गर्न माग गरेका हुँन्। नेपालतिर घोडेटो बाटो नभएको अवस्थामा खाद्यान्न समस्या समाधान गर्न तत्कालका लागि हेलिकोप्टर व्यवस्थापन गर्न उनले माग गरे।  

दार्चुलाका व्यास, छाङरु र तिङ्करका स्थानीयवासी बिहीबार भारतीय बाटो हुँदै गाउँ कुञ्चा सरेका छन्। उनीहरु चार दिनपछि मात्रै गाउँ पुग्नेछन् भने केही स्थानीयवासी नेपालतिरको बाटो भएर कुञ्चा सरेका छन्। यो क्षेत्रमा खाद्यान्न सङ्कट हुनसक्ने अवस्था रहेको भन्दै तत्काल खाद्यान्नको जोहो गर्न उनले माग गरेको छ।

व्यासको छाङरुमा ११५ घरधुरी तथा तिङ्करमा ६५ घरधुरीको बसोबास छ। यो वर्ष झण्डै ७० प्रतिशत व्यासवासी कुञ्चा सरेर गएका व्यास–१ का वडासचिव विनोदसिंह बुढाथोकीले बताए। विगतभन्दा यो पटक बढी स्थानीयवासी बसाइँ सरेका छन्। यो पटक बालबालिकासमेत लगेर स्थानीयवासी कुञ्चा सरेका हुन्। बन्दाबन्दीका कारण विद्यालय बन्द भएको तथा सदरमुकाम खलङ्गाभन्दा गाउँ सुरक्षित हुने भएपछि स्थानीयवासीले यो पटक बालबालिकासहित कुञ्चा सरेका छन्।

यहाँका स्थानीय विगतमा चीनको ताक्लाकोट र भारतीय बजारबाट खाद्यान्न खाने गरेका थिए। यो पटक बन्दाबन्दीका कारण सबै क्षेत्रका सीमानाका बन्द भएकाले हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानीका लागि सांसद ठगुन्नाले सरकारसँग आग्रह गरेका छन्। यहाँका स्थानीयवासीले यो पटक वैशाखमै लगाउनुपर्ने खेती पनि लगाउन पाएका छैनन्। यसकारण तत्काललाई हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गर्नुपर्ने स्थानीयवासीको माग छ।  

नेपालतिर अहिले नेपाली सेनाले बाटो खोल्ने काम शुरु गरेको छ। नेपालतिर बाटो खुल्यो भने खच्चडमार्फत खाद्यान्न ढुवानी गर्न सकिने स्थानीयवासीको भनाइ छ।
अर्को समाचार
अब खाद्यान्न ढुवानी सहजः अल्पकालीन अन्तरिम आदेश खारेजी
१४ मंसिर २०७८
•
३ मिनेट पाठ
अब खाद्यान्न ढुवानी सहजः अल्पकालीन अन्तरिम आदेश खारेजी
खाद्यान्न ढुवानी गर्ने ठेक्का आफूले नपाएपछि समिट एअरले दायर गरेको मुद्दामा पाटन उच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि ढुवानी व्यवस्था सहज हुने भएको छ।




समिटले सार्वजनिक खरिद ऐन विपरित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले एक कम्पनीलाई पोस्ने गरी खाद्यान्न ढुवानीको ठेक्का दिएको आरोप लगाउँदै अदालतमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा अदालतले अन्तरिम आदेश दिन इन्कार गरेको छ।

खाद्य व्यापार कम्पनीले मिलेमतोमा श्रीर्मिका एयर कार्गो सर्भिसलाई चामल ढुवानी ठेक्का दिएको भन्दै उक्त सम्झौता खारेज गर्न समिटले माग गरेको थियो।

चामल ढुवानी गर्न भएको सम्झौता कार्यान्वयन नगर्न समिटले अन्तरिम आदेश गर्न माग गरेको भए पनि उच्च अदालत पाटनका न्यायाधीश महेन्द्रनाथ उपाध्याय र नारायणप्रसाद पौडेलको संयुक्त इजलासले अन्तिम सुनुवाई नहुँदासम्म अन्तरिम आदेश जारी गर्नु नपर्ने आदेश दिएको हो। अदालतले मंसिर दुई गते जारी गरेको अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिनुनपर्ने आदेश गरेको छ।

विगतमा निजी विमान कम्पनीले मात्र चामलको ढुवानी गर्दै आएकोमा अहिले अन्य कम्पनीले पनि प्रतिस्पर्धा गर्न सक्ने व्यवस्था गरेर बोलपत्र आह्वान गरेको थियो। हुम्लामा चामल ढुवानी गर्न सस्तो दरमा दरखास्त दिनेलाई ठेक्का नदिएर महंगो मूल्यमा आवेदन गर्नेलाई ठेक्का दिएको आरोप लागेको थियो। यो विवाद सार्वजनिक खरिद पुनरवलोकन समितिमा पुगे पनि अनाधिकृत ठहर गर्दै बदर गरिदिएको थियो।

समिटले खाद्य कम्पनीले बढी रकम कबोल गर्ने कम्पनी छनोटमा परेको दाबी गरेको थियो। करिव १२ करोड रुपैयाँ बराबरको हवाई ढुवानीमा यो विवाद देखिएको थियो।

खाद्य कम्पनीले नेपालगञ्जबाट हुम्लामा चामल ढुवानी गर्न प्रतिकिलो एक सय १२ रुपैयाँ र सुर्खेतबाट हुम्ला ढुवानी गर्न किलोको एक सय १२ रुपैयाँ लाग्ने कबोलसहित श्रीर्मिका एयर कार्गो सर्भिसको प्रस्ताव स्वीकृत गरेको थियो। कम्पनीले नेपालगन्जबाट हुम्ला चार हजार क्विन्टल र सुर्खेतबाट हुम्ला ६ हजार क्विन्टल गरी १० हजार क्विन्टल खाद्यान्न ढुवानी गर्न बोलपत्र आह्वान गरी श्रीर्मिका एयर कार्गोलाई छनोट गरेको थियो।

समिट, सीता, तारा एयरको प्रस्तावलाई खाद्य कम्पनीले अस्वीकृत गरी श्रीर्मिकालाई दिएको थियो। यो वर्ष पनि तोकिएको समयमा चामल ढुवानी नहुँदा उत्तरी हुम्लाको नाम्खा गाउँपालिकामा खाद्यान्न अभाव भएको छ। हुम्लाका लागि छुट्याइएको चामल नपुगेपछि त्यहाँ भोकमरी सृजना भएको जनप्रतिनिधिले बताए।

खाद्य तथा व्यापार कम्पनीले हुम्लाका लागि छुट्याएको चामल कम्पनीको सुर्खेत, नेपालगन्ज र धनगढीका गोदाममा थन्किएको छ। कम्पनीले जुम्लाका लागि सुर्खेत, नेपालगन्ज र धनगढीबाट १०–१० हजारका दरले कुल ३० हजार क्विन्टल चामल स्थलमार्गबाट हुम्ला पठाउन कोटा तोकेको भए पनि पठाउन सकेको छैन।

चामल नपाएपछि सांसदसहित राजधानी आएर दबाब दिएपछि चामल पठाउन सुरु भएको हुम्लाको नाम्खा गाउँपालिका वडाध्यक्ष पाल्जोर तामाङले बताए। सरकारको आलोचना भएपछि चीनले सहयोग गरेको चार सय क्विन्टल चामल र मैदा तथा, खाद्य व्यापार कम्पनीको दुई सय क्विन्टल चामल हुम्ला पठाउने तयारी छ।

जनप्रतिनिधि दबाब दिएपछि गृह मन्त्रालयले नाम्खा गाउँपालिका–६ लिमीमा खाद्यान्न पठाउने जनाएको छ। गृह मन्त्रालयले सेनाको हेलिकोप्टरमार्फत खाद्यान्न पठाउने जनाएको छ। खाद्यान्न ढुवानी गर्न नेपाली सेनाको एमआई–१७ हेलिकोप्टर प्रयोग गर्ने तयारी छ। हिल्सादेखि लिमीसम्म हेलिकोप्टरबाट छोटो समयमा ढुवानी हुने जनाएको छ।

सरकारले दुर्गम क्षेत्रमा खाद्य कम्पनी तथा व्यापार कम्पनी लिमिटेडका माध्यमबाट अनुदान दिएर खाद्यान्न ढुवानी गर्दै आएको छ। हवाईसहित स्थल मार्गबाट पनि हुम्लाका लागि खाद्यान्न पठाउने तयारी छ। केही चामल हेलिकप्टरबाट र केही स्थलमार्गबाट ढुवानी गर्ने तयारी भएको खाद्य तथा व्यापार कम्पनीले जनाएको छ।

चीनले हुम्लाका स्थानीयका लागि पठाएको अनुदानको खाद्यान्न पनि समयमा पुग्न सकेको छैन। चीनले हिल्सा र नाम्खा गाउँपालिकाका लागि चार हजार ६ सय ८० बोरा मैदा र आठ सय बोरा अनुदानको चामल पठाएको थियो। सो खाद्यान्न हिल्सा नाकापारी चिनियाँ भूभागमा छ। हिल्सा नाका आएको खाद्यान्न पनि समयमा ढुवानी हुन सकेको छैन। विगतमा सीता, तारा र समिट एयरले हुम्ला लगायत अति विकट जिल्लामा खाद्यान्न ढुवानी गर्दै आएको थिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस