रसुवा – रसुवाको सदरमुकाम धुन्चेमा स्थानीय तरकारीको माग बढेको छ। १० दिनदेखि बाहिरबाट तरकारीको आयात हुन छाडेपछि स्थानीय तरकारीको माग बढेको हो।
पासाङ ल्हामु मार्गको राम्चे–धुन्चे सडक खण्ड बन्द भएपछि सदरमुकाम नजिकैका गाउँबाट तरकारी आउने क्रम पनि बढ्दै गएको छ। जिल्लाको तल्लो क्षेत्र, नुवाकोटको त्रिशूली र काठमाडौंबाट तरकारी ल्याउन नसकिएपछि सदरमुकाम नजिकै रहेका गाउँको तरकारीको माग उच्च भएको हो। सडक बन्द भएपछि स्थानीय कृषकबाट मागअनुसारको तरकारी उपलब्ध हुन नसकेको व्यापारीको भनाइ छ। सडक खुला रहेको समयमा बाहिरबाट बढी तरकारी आउने गरेको स्थानीय तरकारी व्यापारी रमेश न्यौपानेले बताए। ‘जिल्लाभित्र उत्पादन भएको तरकारीले बजारको माग धान्न सक्दैन,’ उनले भने, ‘अहिले तरकारीको केही अभाव भएको छ।’
सडक बन्द हुनुपूर्व नै व्यापारीले दैनिक उपभोग्य वस्तु स्टक राखेका थिए। अन्य सामग्रीको स्टक राख्न सकिने भए पनि तरकारीको स्टक धेरै राख्न सकिँदैन। होटल व्यवसायी निशान गजुरेलका अनुसार अहिले ताजा तथा स्वच्छ तरकारी आउन थालेपछि राम्रो भएको छ। ‘बाहिरबाट आउने तरकारीभन्दा यहीको तरकारी प्रयोग हुँदा जिल्लाका कृषकलाई पनि फाइदा हुन्छ,’ व्यवसायी गजुरेलले भने, ‘स्वच्छ र ताजा पनि खान पाइन्छ।’ सदरमुकाम जोड्ने सडक १० दिनदेखि बन्द छ। सडक बन्द भएपछि सामग्री आयात तथा निर्यात गर्न असहज भएको छ।
सडक बन्द भएपछि बाहिरबाट तरकारी आयात हुन नसकेका कारण सदरमुकाम नजिकै रहेका भार्खु, सोले, भीमलीलगायत क्षेत्रबाट तरकारी आउने क्रम बढेको व्यापारी बताउँछन्।