८० करोड तिर्नुपर्नेमा १० करोड
११ माघ २०७५
•
६ मिनेट पाठ
८० करोड तिर्नुपर्नेमा १० करोड
फाइल फाेटाे
काठमाडौं – नेपाल वायुसेवा निगमले दुई वाइड बडी विमान खरिदमा लिएको ऋणको पुस मसान्तमा साँवा व्याज गरी तिर्नुपर्ने ८० करोड रुपैयाँ किस्तामध्ये १० करोड मात्र बुझाएको छ। निगमले वाइड बडी जहाजलाई योजनाअनुसार उडाउन नसकेपछि आम्दानी नहुँदा किस्ताको ७० करोड रुपैयाँ तिर्न नसकेको हो।

निगमले दुई वाइबडी विमान खरिद गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट १२–१२ अर्ब रुपैयाँ ऋण लिएको थियो। यसमा सरकार जमानी बसेको छ। निगमले दुई वाइड बडीको ८० करोड ४२ लाख रुपैयाँका साथै अर्का दुई न्यारोबडीको पनि ३३ करोड नौ लाख रुपैयाँ किस्ता तिर्नुपर्नेछ। निगमले न्यारोबडीको सबै किस्ता भने बुझाएको छ। पुस मसान्तमा तिर्ने वाइड बडीको दोस्रो किस्ता हो। असोजमा व्याज मात्रै बुझाएको थियो। निगमका अनुसार ऋण सम्झौता गर्दा पहिलो किस्तामा व्याज बुझाउने सहमति भए अनुसार करिब ४५ करोड बुझाएको थियो।

न्यारो बडी विमानको भने १३ औं किस्ता हो। निगमले वाइड बडी गत असार र साउनमा ल्याएको थियो भने न्यारो बडी विमान चार वर्षअघि ल्याएको हो। ऋणमा ल्याएका विमानको तीन–तीन महिनामा किस्ता तिर्ने सम्झौता छ। समयमै किस्ता नबुझाएपछि ऋण दिने सञ्चय कोष र लगानी कोष दुवैले किस्ता बुझाउन ताकेता गरिरहेका छन्।

सरकारसँग याचना

निगमले आफूले किस्ता तिर्न नसकेपछि सरकारलाई गुहार्ने पक्षमा छ। निगमका कार्यकारी अध्यक्ष मदन खरेलका अनुसार निगमले आफ्नो आम्दानीबाट तिर्न सक्ने किस्ता तिरिसकेको छ। चारवटा विमानको एक अर्ब १३ करोडमध्ये झन्डै ४४ करोड रकम किस्ता भुक्तानी निगमको आम्दानीबाट गरेको उनले बताए। बाइड बडीको तिर्न बाँकी ७० करोड किस्ता सरकारबाट तिराउने कुरा भइरहेको खरेलले बताए।

‘वाइड बडीको बाँकी किस्ता तिर्न सरकारलाई अनुरोध गरेका छौं,’ अध्यक्ष खरेलले भने, ‘सरकार यो विषयमा सकारात्मक रहेकाले चाँडै निर्णय होला।’

उनका अनुसार निगमले पुसमा बाँकी रहेको किस्ता मात्रै नभएर अब चैतमा आउने किस्तासमेत तिरिदिन अनुरोध गरेको छ। त्यसका लागि अर्थ मन्त्रालय सकारात्मक रहेको उनले बताए। स्रोतका अनुसार निगमका कार्यकारी अध्यक्ष खरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै अनुरोध गरेपछि अर्थ मन्त्रालय सकारात्मक भएको हो। यसअघि निगमले सरकारसँग २० अर्ब रुपैयाँ मागेको थियो। निगमलाई पैसा दिन अर्थ मन्त्रालय भने सकारात्मक थिएन।

‘अर्थमन्त्री युवराज खतिवडा आउनेबित्तिकै हामी छलफल गरेर केही निष्कर्षमा पुग्नेछौं,’ खरेलले भने, ‘निगम सरकारको पनि संस्था भएकाले यो विषयमा सरकारको चासो रहन्छ नै।’ संकटमा परेको निगमलाई उकास्नु सरकारको पनि दायित्व रहेको उनले बताए।

निगमले यसअघि नै किस्ता रकम तिर्न नसक्ने बताउँदै आएको थियो। निगमले सरकारसँग ऋण लिने, किस्ता रकमलाई साँवा बनाउने तथा निगमको आफ्नै आम्दानीबाट किस्ता तिर्ने तीन  विकल्प तयार गरेको थियो। तीमध्ये दुई विकल्पमा निगम सफल नभएपछि सरकारसँगै ऋण माग्न खोजेको हो।

खरेलले पुस र चैतको किस्ता तिरिदिए त्यसपछि निगम आफ्नै आम्दानीबाट किस्ता तिर्न सक्ने बताए। निगमले आगामी फागुनभित्र वाइड बडी कोरिया, जापानलगायत देशमा उडाएर आम्दानी बढाउने योजना बनाएको छ।

अहिले निगमसँग भएका दुई सय ७४ सिटे दुइटा ‘ए३३०–२००’ वाइड बडी, एक सय ५८ सिटे दुइटा ‘ए३२०–२००’ न्यारो बडी विमानले भारतको नयाँ दिल्ली, मुम्बई, बैंगलोर, मलेसियाको क्वालालम्पुर, कतारको दोहा, दुबई, हङकङ र बैंकक लगायत छोटा गन्तव्यमा उडान गरिरहेका छन्।

निगमले चीन, जापान, कोरिया, अस्ट्रेलिया, युरोप, अमेरिका जस्ता लामो दूरीमा उडान गर्न ल्याएका वाइड बडी गन्तव्य तय गर्न नसक्दा न्यारो बडीले उडान गरिरहेकै छोटो दूरीमा उडाइरहेको हो।
अर्को समाचार
१ करोड तिर्नुपर्नेमा ७ करोड निकासा गरी अनियमितता
२९ असोज २०७१
•
६ मिनेट पाठ
१ करोड तिर्नुपर्नेमा ७ करोड निकासा गरी अनियमितता
काठमाडौं-एक करोड रुपैयाँ तिर्नुपर्ने भए पनि करिब साढे सात करोड रुपैयाँ निकासा गरी अनियमितता गरिएको निष्कर्षसहित तयार पारिएको प्रतिवेदन ससंदको सार्वजनिक लेखा समितिमा बुझाइएको छ।नेपाल पर्यटन बोर्डमा भएका अनियमितता छानविन गर्न गठित उच्चस्तरीय सरकारी समितिले बुधबार लेखा समितिमा बझाएको प्रतिवेदनका अनुसार बोर्डले विभिन्न कामका लागि १ करोड २१ लाख रुपैयाँ चुक्ता गर्नुपर्ने भए पनि सञ्चालक समितिको १९२औं बैठकले ७ करोड ४० लाख भुक्तानी गर्ने निर्णय गरेको थियो। 
‘कोरम नपुगेको बोर्डको १९२औं बैठकले त्यस्तो निर्णय गरेको रहेछ,' छानविन समितिका संयोजक तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सहसचिव पूर्णचन्द्र भट्टराईले भने, ‘पर्यटन बोर्डमा कामु प्रमुख कार्यकारी सुभाष निरौलाले नीतिगत विचलन गरेर व्यापक अनियमितता गरेको प्रमाण हामीलाई प्राप्त भएको छ। अनियमिततामा संलग्न सबैलाई कानुनी कारबाही गर्नुपर्छ।
प्रतिवेदनमा निरौलाले करोडौं हिनामिना गरेको उल्लेख छ। बोर्ड सञ्चालक समितिको निर्णयबिना निरौलाले १ करोड ७० लाख रुपैयाँसम्म आफूखुसी खर्च गरेको पनि प्रतिवेदनमा छ। 
एउटै कम्पनीबाट सामान खरिद गर्दा थरिथरी बिल पेस गरिएको पनि छानविन समितिका संयोजक भट्टराईले जानकारी दिए। अनियमितता छानविन गर्ने क्रममा पर्यटन बोर्ड पुग्दा त्यहाँको व्यवस्थापनले असहयोग गरेको गुनासो उनले गरे। 
निरौलाले जागीर छाडेका कर्मचारीका नाममा खर्च देखाएको, बोर्ड कर्मचारीका नाममा थाहै नदिई चेक काटेर करोडौं रकम भुक्तानी गराएको, तीन कर्मचारीको नाममा आर्थिक वर्ष २०६८/६९ देखि २०७०/७१ भित्र २ करोड ८६ लाख बैंकबाट झिकेको, नेपाल पर्यटन वर्ष २०११ मा १० करोडभन्दा बढी रकम उपलब्धीविहीन काममा खर्च गरेको, भारत नयाँदिल्ली गई बिबिसीसँग २ करोड कमिसन लिने गरी १३ करोडको विज्ञापन दिएको प्रतिवेदनमा उल्लेख छ।
त्यसैगरी निरौलाले विदेश भ्रमणमा जाँदा नक्कली बिल राखी भुक्तानी लिएका कागजात स्थानीय भाषामा रहेकाले छानविन समितिले त्यसमा छानविन गर्न नसकेको भट्टराईले बताए। 
प्रतिवेदनका अनुसार कतारको दोहा भ्रमणमा जाँदा निरौलाले खर्चको बिल भर्पाइ, कार्यक्रमको फोटो तथा अन्य प्रमाण पर्याप्त नबुझाएको, तत्कालीन पर्यटन मन्त्रीका १४ जना आफन्तलाई करारमा राखेको र त्यसो गर्दा सार्वजनिक सूचना जारी गरेका थिएनन्। पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड बिक्रीबाट प्राप्त आम्दानीको खर्चको श्रेस्ता दुरुस्त नराखेको र प्रतिस्पर्धा नगराइ खर्च गरेको पनि प्रतिवेदनको निष्कर्ष छ। 
त्यसैगरी निरौलाले बाउन्सरहरूलाई गैरकानुनी भुक्तानी दिएको, अमृत भोग मिठाइ पसललाई पटक–पटक रकम भुक्तानी गरे पनि कुन कार्यक्रमका लागि हो भन्ने नखुलाएको, इन्धन रकम भुक्तानी गर्दा लगबुक पेस नगरेको, तालिमसबन्धी खर्चको पेस्की फर्छ्यौट गर्दा सहभागीको हाजिरी, मसलन्द वितरण भर्पाइ, तालिम प्रतिवेदन लिने नगरेको, कारण र औचित्य नखुलाई गाडी भाडामा लिएको, प्रतिस्पर्धा नगराइ पटके रूपमा भाडामा गाडी लिएको, खर्च आदेश तथा भुक्तानी सिफारिसभन्दा पहिले नै चेक काटी भुक्तानी दिएको पनि प्रतिवेदनमा उल्लेख छ। 
मादक पदार्थ खरिद भएको तर, प्रयोजना नभएको, गुणस्तर नभएको भनी उल्लेख भए पनि रकम भुक्तानी भएको, पर्यटन बोर्डको श्रेस्ताको बैंक खाता र बैंक स्टेटमेन्ट नभिडेको, मन्त्रालयबाट गठित मस्यौदा समितिले तयार गरी लागु गर्न पठाएको आर्थिक विनियमावली कार्यान्वयन नगरी त्यसमा भएका प्रावधान संशोधन गरी नयाँ बनाएको र सो काम गरेको भन्दै एक सिए फर्मलाई भुक्तानी दिइएको प्रतिवेदनमा उल्लेख छ। 
लेखा समितिमा उपस्थित निरौलाले भने कानुनसम्मत तरिका र सार्वजनिक खरिद ऐनअनुसार विनियमावली संशोधन गरिएको दाबी गरेका थिए। आफूलाई एकपक्षीय आरोप लगाइएको र कतै पनि स्पष्टीकरण दिने मौकासमेत नदिइएको पनि उनले बताए। ‘निजी पर्यटन क्षेत्रले आरोप लगाउँदै बिनाजानकारी आन्दोलन गरेर पर्यटन बोर्ड ठप्प पारेका थिए,' उनले भने, ‘त्यसबाट अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको छवि धुमिल बन्न पुग्यो।'
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस