सूर्तिखैनीमा वर्षमै २ अर्ब राजस्व छली
१३ माघ २०७०
•
७ मिनेट पाठ
सूर्तिखैनीमा वर्षमै २ अर्ब राजस्व छली
काठमाडौं- सूर्तिजन्य कारोबार गर्ने व्यवसायीले वार्षिक दुई अर्ब रुपैयाँभन्दा बढी राजस्व छली गर्दै आएको खुलेको छ। वर्षको सवा दुई अर्ब रुपैयाँ अन्तःशुल्क तिर्नुपर्नेमा सरकारको निगरानी नपुग्दा १२ करोड मात्र तिरेर उम्किरहेको फेला परेको छ।




सरकारले अन्तःशुल्क छलीको शंकामा चालु बजेटमार्फत सूर्ति र खैनी (जर्दा, गुट्खा, पानमसला लगायत) उत्पादनमा स्टिकर लगाउने व्यवस्था गरेपछि यसको खुलासा भएको हो।
स्टिकरको व्यवस्था नहुँदा गत आर्थिक वर्ष ६ महिनामा सूर्ति र खैनी व्यवसायीले ६ करोड रुपैयाँ अन्तःशुल्क बुझाएका थिए। तिनै व्यवसायीले स्टिकर लागू भएपछि चालु वर्षको त्यही अवधिमा ८० करोड अन्तःशुल्क तिरेको आन्तरिक राजस्व विभागले जनाएको छ। मूल्य अभिवृद्धि कर (भ्याट) र आयकरसमेत जोड्दा झन्डै एक अर्ब रुपैयाँ असुल भएको छ।
विभागको अन्तःशुल्क हेर्ने उपमहानिर्देशक राममणि दुवाडीका अनुसार वर्षको पहिलो ६ महिनाको तुलनामा पछिल्लो ६ महिना सूर्ति र खैनीको कारोबार बढी हुने गरेको छ। यस वर्ष पहिलो ६ महिनामै सूर्ति र खैनीबाट एक अर्ब रुपैयाँ बराबर राजस्व उठिसकेकाले वर्षभरिमा सवा २ अर्बभन्दा बढी पुग्ने उनले बताए। गएको वर्षभरिमा जम्मा १२ करोड उठेको थियो। त्यसअघि पनि असुली यही हाराहारी थियो।
'करको दायरामा परे पनि चुस्त निगरानी नहुँदा राज्यले सानो क्षेत्रबाट पनि वार्षिक करिब दुई अर्ब रुपैयाँ राजस्व गुमाउँदै आएको रहेछ,' विभागका महानिर्देशक टंकमणि शर्माले सोमबार नागरिकसँग भने, 'गत वर्ष यो क्षेत्रबाट १२ करोड रुपैयाँ मात्र अन्तःशुल्क उठेकामा अहिले ६ महिनामै ८० करोड उठेको छ।'
एकाएक अन्तःशुल्क बढी उठ्नुमा गत वर्षभन्दा कारोबार वृद्धि भएर होइन। एक वर्षभित्रै यति उच्च परिमाणमा कारोबार बढेको कुनै रेकर्ड छैन। अन्तःशुल्क स्टिकर लागू गरेर असुलीमा कडाइ गरिनुले नै यति धेरै असुली भएको शर्माले बताए। उनका अनुसार महिनाको साढे २ करोड रुपैयाँसम्म अन्तःशुल्क बुझाउने उद्योग पनि छन्। 'राजस्व छली गर्ने यस्ता अन्य क्षेत्रमा पनि अब विभाग कडाइका साथ लाग्नेछ,' उनले भने।
सूर्तिजन्य पदार्थको मूल्य थोरै भए पनि कारोबार परिमाण उच्च हुन्छ। देशभरका खुद्रा बिक्री केन्द्रमा व्यापक रूपले यसको खरिदबिक्री हुने गर्छ। कारोबार परिमाणको तुलनामा अन्तःशुल्क असुली थोरै भएपछि विभागले राजस्व छलीको शंका गर्दै यसै वर्षदेखि स्टिकर लगाउने व्यवस्था गरेको हो। स्टिकर लगाउनुअघि सम्बन्धित व्यवसायीसँग छलफल गर्दा उनीहरूले कुनै विरोध गरेका थिएनन्।
'वर्षौंदेखि अर्बौं रुपैयाँ राजस्व छल्दै आएकाले व्यवसायीले विरोध गर्न नसकेका रहेछन्,' विभागका एक अधिकारीले भने, 'नत्र एक रुपैयाँ मात्र कर बढाउन खोज्दा पनि विरोध गर्ने चलन छ।'
विभागले सूर्ति, खैनी, पानजर्दा, पान मसला, गुट्खाजस्ता सूर्तिजन्य पदार्थको कार्टुनमा मात्र स्टिकर लगाएको छ। 'मदिराको प्रत्येक बोतलमा स्टिकर लगाएजस्तै यसमा पनि प्रत्येक प्याकेटमा लगाउने हो भने राजस्व अझै बढ्छ,' दुवाडीले भने।
सरकारले सूर्तिजन्य पदार्थमा किलोका हिसाबले अन्तःशुल्क लगाउँदै आएको छ। एक किलो सूर्तिलाई १ सय ६० रुपैयाँ, गुट्खालाई २ सय ७५ र जर्दा मिसाएको सूर्तिलाई २ सय ४० रुपैयाँका दरले अन्तःशुल्क लाग्ने व्यवस्था गरिएको छ। यस्ता वस्तुको उत्पादन अधिंकाश तराई क्षेत्रमा हुने गरेको छ। भारतलगायत मुलुकबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने सामान राजधानीलगायत देशभर पुर्यामउने गरिन्छ। 
सूर्ति र खैनीका अतिरिक्त करको दायरामा आएर पनि राजस्व छली भइरहेका अन्य सम्भावित क्षेत्र पहिचान गरी छानबिन भइरहेको महानिर्देशक शर्माले बताए। करको दायरामा आएर पनि विवरणसम्म नबुझाउने र दायरामै नआएर अर्बौं राजस्व छल्ने क्षेत्र धेरै छन्। सूर्तिजन्य व्यवसायी कति छन् भन्नेमै विभाग अनभिज्ञ छ। ती सबै करको दायरामा आएका छैनन्। डाक्टर, वकिल, पत्रकार, इन्जिनियर, परामर्शदाताजस्ता पेसाकर्मीसमेत वर्षौंदेखि करको दायराबाहिरै छन्। सरकारले अर्बौं राजस्व उठ्ने घरबहाल कर पनि असुल गर्न सकेको छैन। 
उद्योगी व्यवसायीका प्रतिनिधि संस्थाहरूले सरकारलाई वर्षौंदेखि यस्ता क्षेत्रमा प्रवेश गरेर करको दायरा बढाउँदै राजस्व वृद्धि गर्न सुझाव दिँदै आएका छन्। करको दर होइन, दायरा बढाउनुपर्छ भन्ने यस्ता संस्थाको भनाइ रहँदै आएको छ। 
निर्दोषको ज्यान लिने घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न सत्यनिरूपण आयोग बन्ने पुरानो रटानले अब पीडितहरूको कान टट्टाउन थालेको छ। 'खै कारबाही? अपराधी खुल्लमखुल्ला हिँड्दै छन्', उनीहरू भन्छन्, 'उल्टो आममाफी दिने आयोग पो आउँदै छ रे!' आममाफीले पीडितको घाउ अझ चिमोट्ने बताउँछन्।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस