आर्थिक वर्षको अन्त्य (असार मसान्त) नजिकिँदै गर्दा उदयपुर जिल्लाका अधिकांश स्थानीय तहहरूको आन्तरिक राजस्व सङ्कलनको गति सुस्त देखिएको छ।
साउनदेखि वैशाख मसान्तसम्मको तथ्याङ्क हेर्दा केही अपवादबाहेक अधिकांश पालिकाहरूले निर्धारित लक्ष्य हासिल गर्ने सम्भावना न्यून देखिएको हो।
त्रियुग: लक्ष्य १४ करोड ५२ लाख, सङ्कलन ९ करोड २१ लाख
जिल्ला सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले चालु आर्थिक वर्षमा १४ करोड ५२ लाख २० हजार रुपैयाँ आन्तरिक राजस्व उठाउने लक्ष्य लिएको छ।
तर, वैशाख मसान्तसम्ममा ९ करोड २१ लाख २१ हजार रुपैयाँ मात्र सङ्कलन भएको लेखा अधिकृत बिनया बस्नेतले जानकारी दिए। यो लक्ष्यको करिब ६३.४३ प्रतिशत हो।
जेठ र असार महिना बाँकी रहेकाले लक्ष्य हासिल हुने अपेक्षा गरिए पनि गत वर्ष पनि नगरपालिकाले आन्तरिक आम्दानीमा प्रक्षेपणअनुसार सफलता पाएको थिएन।
गत वर्ष १२ करोड आन्तरिक आय हुने अनुमान गरिएकोमा ३ करोड कम उठेको थियो। यस्तो अवस्था हुँदाहुँदै पनि चालु वर्षको राजस्व गत वर्षभन्दा २ करोड बढी अनुमान गरिएको थियो। हालसम्मको सङ्कलनलाई सन्तोषजनक मानिए पनि लक्ष्य पूरा हुनेमा भने अनिश्चितता कायमै छ।
चौदण्डीगढी: लक्ष्य १ करोड ५६ लाख, सङ्कलन १ करोड ३४ लाख (८५ प्रतिशत)
जिल्लाको चौदण्डीगढी नगरपालिकाले भने आन्तरिक राजस्व सङ्कलनमा उत्साहजनक प्रगति हासिल गरेको छ।
चालु आर्थिक वर्षको जेठ १५ गतेसम्ममा १ करोड ३४ लाख ३ हजार ७ सय १४ रुपैयाँ राजस्व सङ्कलन भइसकेको छ। जुन कुल लक्ष्यको करिब ८५ प्रतिशत हो।
नगरसभाले चालु वर्ष १ करोड ५६ लाख ६६ हजार ७ सय ५१ रुपैयाँ सङ्कलन गर्ने लक्ष्य लिएको लेखा अधिकृत महेश रानामगरले जानकारी दिए। हालसम्मको सङ्कलन प्रतिशत उत्साहजनक रहेको र लक्ष्य सजिलै प्राप्त हुने उनको विश्वास छ।
चौदण्डीगढीका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले आर्थिक वर्ष सकिन करिब डेढ महिना बाँकी रहेकाले लक्ष्य सहजै पूरा हुने मात्र नभई प्रक्षेपणभन्दा बढी नै राजस्व उठ्ने अनुमान गरे।
आन्तरिक आम्दानीका केही नयाँ ठेक्काहरू भर्खरै लागेको र आर्थिक वर्षको अन्त्यतिर राजस्व सङ्कलन तीव्र हुने भएकाले लक्ष्यभन्दा बढी उठ्ने अपेक्षा गरिएको उनको भनाइ छ।